tag:blogger.com,1999:blog-205443441511996056.post3317032299749918938..comments2023-04-02T17:36:25.684+09:00Comments on दूर्जेय चेतना: कुन दिन सम्म, कुन हद सम्म यो सिलसिला चल्ने हो?दूर्जेय चेतनाhttp://www.blogger.com/profile/17194392784429305908noreply@blogger.comBlogger10125tag:blogger.com,1999:blog-205443441511996056.post-80645421212076200312009-07-03T18:33:41.682+09:002009-07-03T18:33:41.682+09:00स्रोत साधन जनसन्ख्या र भौगोलिक बनोट नै भिन्न रहेको...स्रोत साधन जनसन्ख्या र भौगोलिक बनोट नै भिन्न रहेको देशमा राजनिती र बिकास को मोडेल पश्चिम बाट अन्धनुकरन गरिएकोले पो एस्तो भएको हो कि ?HAWAhttps://www.blogger.com/profile/05591585431361640166noreply@blogger.comtag:blogger.com,1999:blog-205443441511996056.post-52185405236657754472009-07-03T12:09:21.954+09:002009-07-03T12:09:21.954+09:00हाम्रो राजनिती गर्ने र सासन चलौनेहरु नै निकम्मा छन...हाम्रो राजनिती गर्ने र सासन चलौनेहरु नै निकम्मा छन्। तेसैले गर्दा।wordflowshttps://www.blogger.com/profile/11559130059420489484noreply@blogger.comtag:blogger.com,1999:blog-205443441511996056.post-50462444176038942662009-07-03T00:55:12.731+09:002009-07-03T00:55:12.731+09:00नेपाल को वर्तमान स्थितिको कारक राजनीति हो ,त्यो भन...नेपाल को वर्तमान स्थितिको कारक राजनीति हो ,त्यो भन्दा पनि हाम्रो दूर्भाग्य के छ भने यो अवस्था सुधार्नको लागि पनि हामीले राजनैतिक ( राज अनैतिक ) नेताहरु माथिनै भर पर्नु पर्छ। समस्या दिन दिन बढ्दो छ ,कहाँ सम्म पुगिने होला खै !दिनेश राजhttps://www.blogger.com/profile/08202193589171614071noreply@blogger.comtag:blogger.com,1999:blog-205443441511996056.post-12285899259406126292009-07-03T00:47:34.308+09:002009-07-03T00:47:34.308+09:00दूर्जेय जी , हाम्रो यो अहिलेको अवस्थाको जिम्मेवार ...दूर्जेय जी , हाम्रो यो अहिलेको अवस्थाको जिम्मेवार भनेको नेपालको राजनीतिनै हो यसमा कुनै दुबिधा छैन र समाधान पनि त्यहिबाट मात्र हुनुसक्छ यो चाहिँ हाम्रो दुर्भाग्य हो ।दिनेश राजhttps://www.blogger.com/profile/08202193589171614071noreply@blogger.comtag:blogger.com,1999:blog-205443441511996056.post-58975983374428713662009-07-02T19:21:18.196+09:002009-07-02T19:21:18.196+09:00पार्टीविशेषको मात्र नेता रहेसम्म यस्तो भद्रगोल स्थ...पार्टीविशेषको मात्र नेता रहेसम्म यस्तो भद्रगोल स्थिति कायमै हुने देखिन्छ । बरू अझ यो भन्दा पनि नाजुक स्थिति आउनेमा प्रशस्त बाटोहरू प्रस्टै भएकाले संवेदनाको लेप खिइँदै गरेको आफ्नो मन र आफूलाई त्यो अवस्था सामना गर्न तयारी स्थितिमा राख्दा वेश हुन्छ ।

कानुनविहीनताको दुश्चक्रमा देश यस्तरी फसिसक्यो, अब यसबा निकालेर नीतिनियमको सीधा लाइनमा सबैलाई 'बानी लगाउन' हम्मेहम्मे नै पर्ने देखिन्छ । दूध खान केही क्षणलाई छाडा छाडिएको छुकछुके बाछो बाँध्न सास फटाउनु परे जस्तै मुश्किल हुनेछ सही बाटोमा सामाजिक सुव्यवस्ता र अमनचैन वहाल गर्नु ।

तर यो सबै अपराधीकरणलाई राजनीतिक संरक्षण दिएर कालोलाई सेतो तुल्याइदिने जाली नेताहरूकै जादुगरी अवतारको नतीजा हो । उनीहरूले नै सही लाइनमा ल्याउन सक्छन् अहिलेको बिग्रँदो हरेक स्थितलिलाई । तर तिनको होशचेत कहिले खुल्छ, भगवान्लाई पनि थाहापत्तो नहोला ।Jotare Dhaibahttps://www.blogger.com/profile/16329491919485071804noreply@blogger.comtag:blogger.com,1999:blog-205443441511996056.post-52884331327570972932009-07-01T17:00:23.280+09:002009-07-01T17:00:23.280+09:00मलाई त लाग्छ यस्मा हाम्रो जनताको पनि उत्तिकै कमजोर...मलाई त लाग्छ यस्मा हाम्रो जनताको पनि उत्तिकै कमजोरी छ । आधुनिकता यो चरम समयमा पुगेको बेला हामी कछुवको भरमा हिडेका छौ । राजनितिको फोहोरी खेलले गर्दा अराजकता,दन्डहिनता र अशान्तिको जराहरुले मौलौने मौका पाइरहेका छ । हरेक क्षेत्रमा पैसाको भरमा जस्तो सुकै अपराधी होस य कुनै भ्रष्ट ब्यक्ति सजिलै उम्कन सक्छ यो सबै उहि कुर्सीबाट दिइने आदेशले तर आशा गरौ उपयुक्त वाताबरणको सृजना होस ।

सोचनिय बिषयको कुरा उठाउनु भएकोमा धन्यबाद दूर्जय जी ।डीआर न्यौपाने'सूर्य'https://www.blogger.com/profile/11552762998204904474noreply@blogger.comtag:blogger.com,1999:blog-205443441511996056.post-70543200424651409192009-07-01T03:31:12.925+09:002009-07-01T03:31:12.925+09:00विज्ञानका अनुसार पृथ्वीमा मान्छेको सृष्टि भएको १५ ...विज्ञानका अनुसार पृथ्वीमा मान्छेको सृष्टि भएको १५ करोड बर्ष भै सकेको छ, यसबीचमा मानिसमा विकसित क्रमिक चेतनाले उ अनेकौं भौतिक र आध्यात्मिक प्रगति गर्दै आजको सभ्यताको मोडमा आइपुगेको हो । पशु र मान्छेमा यहि त फरक छ, कि मान्छे अस्तित्वभरि कै सर्वश्रेष्ट चेतनशिल प्राणि हो । तर यहि चेतना जब गुम्छ, भत्कन्छ र भंग हुन्छ, तब मान्छे पशु भन्दा पनि निकै तल्लो स्तरको घृणित व्यवहार देखाउदो रहेछ ।

तपाइको प्रश्न एकदम मननीय छ, म पनि बारम्बार यस्तो प्रश्न सोध्छु -कुन मोडमा कहानेर कसरी मान्छेको मति विपरित वहन थाल्छ ? कुनबेला मान्छे भ्रष्ट बन्छ? अनि सभ्यता नै लज्जित हुने कर्महरु गर्न थाल्छ?

यसरि यो सिलसिला एकपछि अर्को थपिदै जानुमा हुनसक्छ हाम्रो सामाजिक तथा राजनीतिक पृष्ठभुमि र त्यसको संरचनामै खोट छ कि? कहिले काही त यस्तो पनि लाग्छ यसरी समाज उधोगतिमा भासिनु सतिको श्राप परेर भन्थे, त्यहि भएर पो हो कि?

यो अवव्यस्था अशान्ति र भाडभैलोको कारणको खोजि र समुल नाश अब हाम्रो समयको मुद्दा हुनुपर्छ। यदाकदा निराश बनाए पनि एकदिन यो सिलसिलाको सुधार र अन्त्य हुनेछ भन्ने कुरामा सबैले आशा चाहि मार्नु हुदैन । गम्भीर विषय उठानका लागि दुर्जेयजीलाइ धेरै धन्यवाद !कृष्णपक्षhttps://www.blogger.com/profile/11443226977236302372noreply@blogger.comtag:blogger.com,1999:blog-205443441511996056.post-55437279466960905222009-06-30T14:52:52.740+09:002009-06-30T14:52:52.740+09:00हरेक किसिमको यस्ता दोहोरिरहने घटनाले सम्बन्धित पक...हरेक किसिमको यस्ता दोहोरिरहने घटनाले सम्बन्धित पक्षलाई अनी समाज र देशलाई पिडा र दु:ख दिन्छ।नेपालमा कानुन नभएको भने अवश्य होईन यी ठुलाबडा भनाउँदा नेताहरुको रजाँई चलेको मात्र हो।नेपालमा स्वतन्त्र नागरिक भएर बाच्न पाउने आधिकार पनि छैन भन्दा पनि हुन्छ ।नेपाल को राजनीति हत्या, हिंसा,अपहरण,चन्दाको एक श्रृखला बनिसकेको छ। नेपालमा यस्ता घटनाहरु धेरै नै भई राखेका छन । तर यस्को समाधान अइले सम्म पनि भएको छैन किन ? यो सबै राजनीतिक करणले गर्दा हो ! यस्तो घटना हुन नदिन सबै भन्दा पहिले देशमा बिकास हुनु जरुरी छ ।अब न्यायको लागि हाम्रो कदम कस्तो र कसरी अघि बढाउनुपर्ने त्यसमा पहल गर्नुपर्छ।Anonymoushttps://www.blogger.com/profile/04364989085004558211noreply@blogger.comtag:blogger.com,1999:blog-205443441511996056.post-46739018476221597892009-06-30T13:07:04.617+09:002009-06-30T13:07:04.617+09:00कमजोर नेतृत्व वा हुत्तिहाराह शासक रहेसम्म यो सिलसि...कमजोर नेतृत्व वा हुत्तिहाराह शासक रहेसम्म यो सिलसिला पनि निरन्तर चलि नै रहनेछ ।

एउटा उदाहरण हेरौं है: 'पानी उम्लन दस मिनेट लाग्छ' । तर यसो भन्दैमा पानीलाई भाँडामा राखेर दस मिनेट कुर्दैमा पानि उम्लन्छ र? । हामीकहाँ अहिले भएको समस्या समाधान नहुने समस्या हैन तर जबसम्म समाधान गर्ने तर्फ पाईला नै चल्दैन तबसम्मको प्रतिक्षाको कुनै अर्थ हुँदैन ।

पानी तताउने हो भने आगो बाले पछि घडि हेर्न शुरु गर्नु पर्छ । हामीकहा आगो बाल्ने भन्दा पनि जम्मा भएको दाउरा र मट्टितेल समेत लुटालुटको स्थिति छ । कसले आगो बाल्ने?, कसले भाडो बसाल्ने? कस्ले सलाई कोर्ने? ...यस अबस्थामा यो सिलसिला रोकिने हैन झनै बढने मात्रै देख्छु म त ।

दुर्जेयजी, हुन त मैले 'आवर संसार'मा यहि बिषयमा टिप्पणी गर्दा पनि म निराशावादी हैन तर यो सिलसिला समाप्त हुने पनि देख्दिन भनेर लेखेको थिएँ ।

यहाँनेर मलाई एउटा कोटेशन याद आएकोले म कस्तो खाले आशावादी हुँ भनेर प्रष्ट्याउँ है:

I'm an optimist, but I'm an optimist who takes his raincoat when it's raining.Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-205443441511996056.post-56467444024409592862009-06-30T07:54:06.562+09:002009-06-30T07:54:06.562+09:00दुर्जेयजी ताजा प्रधानमन्त्रीको भाषण यस्तो छ - उसला...दुर्जेयजी ताजा प्रधानमन्त्रीको भाषण यस्तो छ - उसलाई पनि त गाह्रो परेको थियो नि समर्थन जुटाउन अनि हामीलाई चाहिं कसरी पर्दैन ? एउटा परिवारमा समर्थन जुटाउन त कति समय लाग्छ ? समर्थन जुटायौं हामीले , सरकार बनाएर देखायौं |
"सरकार भनेको के हो माकुनेजी ? कसलाई देखाउनु भयो सरकार बनाएर ? जनातालाई या प्रचण्डजीलाई ? "
अब बासी भए पछि गर्ने भाषण सम्झी हाल्नुहोस - यहाँ भन्दा पहिला कसले समाधान गरेको थियो समस्या ? कसले सकेको थियो समाधान गर्न ? एउटा परिवारको समस्या समाधान गर्न त कति समय लाग्छ ! जादू जानेको छ कसैले ? जादू गर्दा हुने कुरा हो ? ??
धन्यबाद |
समयको अनुमान नलगाऊँ मित्र खालि गोदोको प्रतीक्षा गरौँ | निरासाबादी
हुनुहुँदैन रे भनेको सुनेको छु | आफैले पनि कतिलाई सम्झाएको छु | यसर्थ आसा गरौँ भोलि नै चमत्कार भै हाल्ने छ |
बेकामे कुरा पो गरें कि क्या हो ? जे होस् |chudamanihttp://cmbhattarai.blogspot.com/noreply@blogger.com