tag:blogger.com,1999:blog-205443441511996056.post7999525398872098212..comments2023-04-02T17:36:25.684+09:00Comments on दूर्जेय चेतना: फूलको आँखामा काँडै संसार..दूर्जेय चेतनाhttp://www.blogger.com/profile/17194392784429305908noreply@blogger.comBlogger4125tag:blogger.com,1999:blog-205443441511996056.post-48030916654905815052011-12-21T00:37:48.459+09:002011-12-21T00:37:48.459+09:00वाहिद अली जी नमस्ते। प्रश्नहरूको लागि धन्यवाद। हुन...वाहिद अली जी नमस्ते। प्रश्नहरूको लागि धन्यवाद। हुन त म कुनै घर्मको बिद्दान हैन तर धार्मिक व्याख्या र यसको सही मार्गदर्शनको अध्ययन गर्न मन पराउने मान्छे मात्र हूँ। मेरा बिचारहरू सबै सँग मिल्न पर्छ भन्ने छैन मैले जानेको कुरा र लागेको कुरा राखेको छु।
प्रश्न १ – ईश्वर अनि भगवान मा के फरक छ?
यी शब्द मात्र फरक हुन अर्थमा कुनै फरक छैन।
प्रश्न २ – तपाई ले गीता पुराण रामायण महाभारत या अन्य धार्मिक ग्रन्थ मा उल्लेखित महानायकहरु लाई कुन दर्जा दिनु हुन्छ? के उहाँ हरु नै इश्वरको रुपधारण गरेर संसारमा आएका अलौकिक शक्ति या समय सापेक्ष संसार मा भएका गलत काम हरु को अन्त्य का लागि पठाईएका इश्वरीयदुत सम्झिनु हुन्छ?

म यो कुरामा सहमत छैन। कथाकारले कथा लेखे जस्तो, बिद्धानले र चलाख मान्छेले छेउ टुप्पो मोलाएर लेखेको दस्तावेज भन्दा केही हैन। हेर्नुस समय सापेक्ष मान्छेले गरेका गल्तीहरूको लागि यसरी दूतहरू आउने भए, सबै भन्दा खाँचो अहिले छ यस्ता दूतहरूको हिटलर देखि अहिले चहिरेको युद्ध, सोमालियाको भोकमरीमा आउनु पर्थ्यो यी दूतहरु। यी सबै दूतहरू त्यस बेला आए जस बेला मान्छेहरूको बीचमा यो केही थिएन। भए पनि यति साह्रो थिएन अपरिपक्व समाज, असभ्य समाज र संसार बुझ्न ईश्वरीय शक्ति भन्दा अरू कुनै विकल्प नसम्झेको मानव मस्तिष्कको उपज हो यो सबै।
प्रश्न -३ तपाइले हिन्दु धर्म संगै अन्य धर्महरु को धर्म ग्रन्थहरु जस्तो (बाइबल, कुरान, हदिस) केहि अध्यन गर्नु भाको पनि होला र त्यो सम्पूर्ण अध्यन गरि सके पछि एक इश्वर छन् भन्ने कुरा मा सहमत हुनु हुन्छ या हुनु हुन्न?

ईश्वरको कुनै रूप हुँदैन, नाक मुख, हात खट्टा, टाउको भएको बस्तु ईश्बर हुँदैन। मैले हिन्दू शाश्त्र, बाइबल र कुरान पढेको छु। जीवन कर्म र विज्ञानका हिसाबले केही नजिक म हिन्दू शास्त्रहरू सँग नजिक छु तर ईश्वरीय अस्तित्वको बारेमा जुन उपमा दिन खोजिएको छ त्यसमा म सहमत छैन। निरपेक्ष रूपमा ईश्वरको स्वरूप र सम्भावित अस्तित्वको बारेमा मैले पहिलो लाइनमा भने जस्तै कुरानको व्याख्यासँग सहमत छु।
तर जब ब्रमाण्डको अस्तित्व र यसको विशालतालाई बुझ्न सकिँदैन सबै भन्दा सजिलो उम्कने तरिका चाहिँ पक्कै हो।
प्रश्न -४ तपाई को लेख व्यंग्यात्मक छ जुन कुरा को स्वीकार मैले पहिले नै गरि सकेको छु तर पनि तपाई को एउटा नै उत्तर को प्रतिक्षा मा छु कि कुनै पनि परिमार्जित ग्रन्थ हरु या धर्म चाहे त्यो हिन्दु मुस्लिम क्रिस्चियन को अध्यन पछी एक इश्वर जुन सृस्टिकर्ता हुन् छन् भन्ने कुरा मा तपाई को मत कस्तो छ र किन?
मेरो लेख व्यङ्ग मात्र हो। यसले कुनै घर्म वा समुदायलाई अस्वीकार गर्न खोजेको हैन, जुन कुरा यहाँले बुझिदिनु भएकोमा खुसी लाग्यो। म आफूले जुन धार्मिक कर्महरू गरेको छु त्यो आफू सँग जोडिएका र आफ्नाहरूका खुसीको लागि गरेको छु। तर मेरो लागि डार्बिनको क्रमिक विकास (ईभोलुसन)को सिद्दान्त र स्टेफिन हाकिन्सको बिग बैन्ड थेउरीनै सबै भन्दा स्वीकार गर्न योग्य ग्रन्थ हुन् म अहिले सम्म यसमा विश्वास गर्छु। तर ईश्वर वा अलौकिक शक्ति पनि हुन सक्छ भन्ने कुरामा सचेत चाहिँ रहन्छु।
यो सबै मेरो निजी विचार मात्र हो यसमा कसैलाई सहमत हुनु पर्छ भन्ने चाहिँ छैन है। प्रश्नहरू राख्नु भो खुसी लाग्यो। फेरि फेरि पनि यस्ता बिचारहरू पस्कँदै गर्नुहोला । धन्यवाददूर्जेय चेतनाhttps://www.blogger.com/profile/17194392784429305908noreply@blogger.comtag:blogger.com,1999:blog-205443441511996056.post-70204110051906107932011-12-19T19:31:11.545+09:002011-12-19T19:31:11.545+09:00सुन्दर लेख ..सुन्दर लेख ..Shishir Pariyarhttp://shishir-pariyar.blogspot.com/noreply@blogger.comtag:blogger.com,1999:blog-205443441511996056.post-28976511624618109012011-12-19T19:30:27.672+09:002011-12-19T19:30:27.672+09:00फूल को आँखामा कांडै संसार ....लेख सुन्दर अनि निकै ...फूल को आँखामा कांडै संसार ....लेख सुन्दर अनि निकै मार्मिक बनेको छ दुर्जेय जी!चुरो कुरो सम्म पुग्नु भएको छ जसले पाठक लाइ बाँधी राख्दछ .. ..बिषयको गहिराइ अनि चिन्तनको कोलाज अत्यन्तै गहन माने ..लेखन यात्रा को निरन्तरताको कामना .शुभ दिन !!Shishir Pariyarhttp://shishir-pariyar.blogspot.com/noreply@blogger.comtag:blogger.com,1999:blog-205443441511996056.post-14444811834672740122011-11-30T16:06:52.040+09:002011-11-30T16:06:52.040+09:00फूलको आखाँमा कांडै संसार भन्ने तपाईको व्यङ्ग्यात्म...फूलको आखाँमा कांडै संसार भन्ने तपाईको व्यङ्ग्यात्मक लेख धेरै नै चाख लिएर पढे खुसि लाग्यो सम्बन्धित ठाउँ मा यो लेखले राम्रो झटारो हानेको मैले महसुस गरेको छु मैले लेख को झटारो कुन ठाउँ मा लाग्यो भनेर आफैले विवेचना पनि गरि सकेको छु तर पनि केहि तपाई संग प्रश्न हरु गर्न चाहन्छु..

प्रश्न १ – ईश्वर अनि भगवान मा के फरक छ?
प्रश्न २ – तपाई ले गीता पुराण रामायण महाभारत या अन्य धार्मिक ग्रन्थ मा उल्लेखित महानायकहरु लाई कुन दर्जा दिनु हुन्छ? के उहाँ हरु नै इश्वरको रुपधारण गरेर संसारमा आएका अलौकिक शक्ति या समय सापेक्ष संसार मा भएका गलत काम हरु को अन्त्य का लागि पठाईएका इश्वरीयदुत सम्झिनु हुन्छ?
प्रश्न -३ तपाइले हिन्दु धर्म संगै अन्य धर्महरु को धर्म ग्रन्थहरु जस्तो (बाइबल, कुरान, हदिस) केहि अध्यन गर्नु भाको पनि होला र त्यो सम्पूर्ण अध्यन गरि सके पछि एक इश्वर छन् भन्ने कुरा मा सहमत हुनु हुन्छ या हुनु हुन्न?
प्रश्न -४ तपाई को लेख व्यंग्यात्मक छ जुन कुरा को स्वीकार मैले पहिले नै गरि सकेको छु तर पनि तपाई को एउटा नै उत्तर को प्रतिक्षा मा छु कि कुनै पनि परिमार्जित ग्रन्थ हरु या धर्म चाहे त्यो हिन्दु मुस्लिम क्रिस्चियन को अध्यन पछी एक इश्वर जुन सृस्टिकर्ता हुन् छन् भन्ने कुरा मा तपाई को मत कस्तो छ र किन?http://wahidali.blogspot.com/https://www.blogger.com/profile/12887757108526769896noreply@blogger.com