म बस्ने घरको नजिकै एउटा अमेरिकन परिवार बस्छ। हिजो उसको घरमा बेलुका भोजको निम्तो आयो। सोफामा खाली ठाउँहरू खोज्दै जाँदा म त्यही टेबुलको नजिकै बस्न पुगेँ। भोज खादै गर्दा म बसेको नजिकै टेबुलमा ह्वीस्की, रम र ब्रान्डीका बोतलहरू थुप्रेँ थिए र त्यसै टेबुल नजिकै बसेर खाना खाएँ। त्यसै बीच मेरो मोबाइलमा ट्याङ्ग घण्टी बज्यो फेसबुकको। वल्लो र पल्लो घरको नाताले बीसौं बर्ष छिमेकी भएर बसेको रत्ने दाजुले पठाउनु भएको अनुरोध रहेछ। मुस्स हाँसे, मनमनै खुसी भए र स्वीकार गरिहालेँ। उहाँसँग आज फेरि फेसबुकमा साथी बन्ने मौका मिल्यो त्यसैमा खुसी थिएँ म।
निकै बेर सम्म हामी त्यहाँ गफ गरेर बसियौँ र यसै बीच थुप्रै फोटो पनि खिच्यो उसले। उनले खिचेका सबै फोटोहरू राम्रा रहेछन्। भोलिपल्ट सधैँ झैँ फेसबुकमा ट्याग गरेर आए पछि थाह पाईयो। राती कति खेर राखिसेकेछन् उनले थाह भएन। बिहानको चियासँगै फोटो हेर्दै थिए, त्यसै बेला नेपालबाट फोन आयो बुबाको।
“के हो त त रक्सी खाएर मातेको फोटो राखेर बसेको रहेछस् रे कम्प्युटरमा, यहाँ त्यही हल्ला छ।“ बुबाले एकै सासमै भन्नु भो। मेले सुनेको नसुने झै गरेँ।
“अनि अरू के छ बुबा खबर?” मैले कुरा मोड्न खोजेँ।
“मेरो ठिकै छ” बुबाले भन्नु भो।
“अनि के गरिरहनु भएको थियो त बुबा” मैले हालखबर बुझ्न खोजेँ।
“के गर्नु नि, तेरी आमा बिष्णु-पधेरा तिर गईछ, रत्ने आएको थियो भर्खर गयो” बुबाले हाल बताउनु भयो।
हाल र खबर सबै एकै साथ चेतना भया....................
:)) ।
Very interesting!
So, facebook can be used to know whats cooking in neighbors.
:P
यो पोष्ट पढेर फेरी कसैले तपाइको बुवालाई नयाँ सन्देश दिने छ....अनि फेरी मोबाइलको घन्टी.............
हाहाहा यस्ता कुरा भै रहन्छन ।
tyo ratne bhanne tapaiko milne saathi ki dusman