मान्छेहरू जीवन बाचेर मरिन्छ भन्छन् तर मरेर बाचेको पत्तै छैन। बाँचेको छु भन्दा भन्दै हजारौं पटक मरेको थाह नपाउने मान्छे, अन्तिम मृत्युलाई जीवनको अन्तिम बिन्दु मानेर दौडिएको छ। कसरी बाँचेको छ र कसरी बाँच्ने भन्दा पनि मरेको थाहै नपाउने एनेस्थेसियाको भरमा बाँचेको भ्रम पालिरहेको छ। आफ्नो वर्तमानलाई वास्तै नगरी भविष्यको आशामा कुद्दै योजना बनाउने गर्छ र जीवनको अन्तिम अवस्थामा सबै सपना अधुरो बुझेर मर्छ। सपना वर्तमानका लागि देख्नेहरु हर दिन बाच्न र मर्न तयार हुन्छन्। जीवनको अन्तिममा पछाडि फर्केर हेर्दा मानसपटलमा बाँकी रहेका केही धमिलो संझनाका भरमा आफ्नो जीवनको मूल्याङ्कन गर्ने गर्दछ। यो त दैनिक डायरी लेखे जस्तो पो हो त। डायरी दैनिक लेख्दै गयो भने सबै अवस्था र क्षणको यथार्थ विवरण लेख्न र उतार्न सकिन्छ।
वर्तमानमा बाचेको जीवनमा कहिलै पछुतो र पश्चताप गर्न पर्दैन। जो वर्तमानमा बाच्ने गर्दछ उसले मर्नु पर्दैन। भविष्यका लागि बाँच्नेहरु विगतका क्षणहरू सँग वर्तमानलाई तुलना गरेर खुसी खोज्ने प्रयास गर्छन् । आफू कति सफल भए वा भइन भनेर बुझ्न र तुलना गर्न अरूको बारेमा चासो र जिज्ञासा राख्ने गर्छन्। जो अरूको बारेमा चासो राख्छ र आवश्यकता भन्दा बढी अरूको बारेमा कुरा गर्छ उसको वर्तमान सहजै बुझ्न सकिन्छ। अर्थात् वर्तमानमा उ खुसी छैन।
चलिरहेको घडीको विपरीत तर्फ प्रकाशको गति भन्दा चाँडो दौडिन सकियो भने त्यो घडीको समय जहाँ को त्यही रोकिन्छ अर्थात् समय रोकिन्छ्। समय रोकिनैको लागि आफ्नो निश्चित गति कायम राख्नु पर्ने हुन्छ्। जुन बेला आफ्नो गति रोकिन्छ वा सुस्त हुन्छ त्यस बेला देखि घडी चल्न थाल्छ। त्यसैले रिलेटिभिटीको सामान्य यो सिद्धान्त मूलभूत रूपमा ब्रमाण्डकै परिभाषालाई समेट्ने प्रयास गरेको छ र हामी त्यसै परिभाषा भित्रका पात्र मात्रै हौ। समय रोकिनैको लागि आफ्नो गतिलाई कायम राख्नु पर्ने बाध्यताको बीचमा बाचेका हामीले कहिलै समयलाई रोक्न सकेका छैनौ। अर्थात् हामीले त्यो न्यूनतम गतिलाई कायम गर्न सकेका छैनौं।
विज्ञानको अर्को आधारभूत मान्यता छ, शक्तिहरूलाई परिवर्तन गर्न सकिन्छ। शक्तिहरूको आफैमा परिवर्तनशील क्षमतालाई मानेर जाने हो भने त्यसरी चलेको घडीको स्थिति त्यो माथि परिरहेको प्रकासमा भर पर्छ अर्थात् प्रकास छ भने मात्रै समयको अस्तित्व बोध गर्न सकिन्छ। जब प्रकासलाई जित्ने गतिमा कसैले गति लिन्छ तब उसलाई समयको बोध हुदैन। महत्वपूर्ण कुरा त यो हो कि यथार्थमा समय रोकिएको छैन। त्यो त आफैमा चलिरहेको छ मात्रै गतिलिनेले बोध गर्न सक्दैन। भौतिकरुपमा यो गति असम्भव भएर पनि हामी बुझिरहेका छैनौ र दौडिने प्रयास गरिरहेका छौ र दौडिरहन्छौ जीवन बाच्ने परिभाषामा। हरेक मान्छेको जीवनको अन्तिम अवस्था समय रोकिने उत्सव हुन्छ। बाँचुन्जेल रोक्न प्रयास गरेको समयलाई रोक्न सफल क्षणलाई मैले मृत्यु भनेर बुझेको छु। आफूमा अन्तर्निहित शक्तिले जब शरीर छोडेर जान्छ तब त्यस शक्तिले समय रोकेर हेर्ने गति लिन सक्छ र समय रोकिदिने गर्दछ अनि ब्रमाण्डको कुनै परिधिमा उसलाई रहनु पर्दैन। वास्तवमा जुन बेला त्यो क्षण आउछ त्यो दिन जीवन भर गर्न नसकेको यथार्थता माथि विजय हासिल गर्ने क्षण हुने छ र जीवनमा विजय बोध हुने छ। त्यसैले मृत्यु उत्सव हो, विजय हो र त्यो अवश्यम्भावी छ। जब प्राकृतिकरुपमा जीवनको अन्तिम क्षण उत्सवै हो भने बाचिरहेको जीवनलाई किन नरक बनाउँछौ? भविष्यको चिन्ता र योजनामा वर्तमानलाई विगतसँग तुलना गरेर अनि बिगारेर बाँच्न अभ्यस्त हामीले बाँच्न जान्नु पर्छ। कुनै कुरा पनि स्थायी छैन र यो अस्थायी जीवन र शरीरलाई स्थायी बनाउने होडबाजीमा हामी हरेक दिन मरिरहेका छौं अनि बाचेर पनि बाचेको बोध गर्न सकेका छैनौं। मृत्यु हाम्रो हातमा छैन तर पनि उत्सवमय छ तर जीवन माथि हाम्रो नियन्त्रण छ। जीवनलाई उत्सव बनाउन जान्नेहरू नै सफल र सुखी रहन्छ.... चेतना भया....
चलिरहेको घडीको विपरीत तर्फ प्रकाशको गति भन्दा चाँडो दौडिन सकियो भने त्यो घडी जहाँको त्यहीँ रोकिन्छ अर्थात् समय रोकिन्छ्। समय रोकिनैको लागि आफ्नो निश्चित गति कायम राख्नु पर्ने हुन्छ्। जुन बेला आफ्नो गति रोकिन्छ वा सुस्त हुन्छ त्यस बेला देखि घडी फेरि चल्न थाल्छ। भौतिकरुपमा यो गति असम्भव भएर पनि हामी बुझिरहेका छैनौ र दौडिने प्रयास गरिरहेका छौ र दौडिरहन्छौ जीवन बाच्ने परिभाषामा। हरेक मान्छेको जीवनको अन्तिम अवस्था समय रोकिने उत्सव हुन्छ। बाँचुन्जेल रोक्न प्रयास गरेको समयलाई रोक्न सफल क्षणलाई मैले मृत्यु भनेर बुझेको छु। त्यसैले मृत्यु उत्सव हो, विजय हो र त्यो अवश्यम्भावी छ। जब प्राकृतिकरुपमा जीवनको अन्तिम क्षण उत्सवै हो भने बाचिरहेको जीवनलाई किन नरक बनाउँछौ?
Comments :
0 comments to “मृत्यु हाम्रो हातमा छैन तर पनि उत्सवमय छ!!!!!!!”
Post a Comment