हुनै नसक्ने कल्पना र मेरो देशले नसोचेको बेदना र सोच। सधै स्वतन्त्र र सालिन मेरो देश कता कता अल्झिएको जस्तो लाग्छ। मैले सचेत गराउनै पर्छ मेरी आमालाई। बेदना र रोदन कति दिन सम्म चल्छ र? एकदिन त पक्कै पनि मेरी आमा हाँस्ने छिन। मैले चाहे झै , मनग्गे माया गर्न सकेको छैन, एक कोणबाट म कायर छु, नालायक छु तर पनि तिम्रो खुसी मेरो खुसी नै हो। कहिले काहीँ जबरजस्ती कसैले हस्तक्षेप गरे जस्तो लाग्छ, कता कता भिन्न प्रकारको चीत्कार सुन्छु। म कसरी मेरी आमा माथीको हस्तक्षेप सहन सक्छु र अझ भनौ कसरी तिमिलाई म हस्तक्षेप हुन दिउँ? मरेर जान्छु तर तिमिलाई कसैको हुन दिन्न, तिमीलाई हेर्ने र तिम्रो स्याहार गर्ने जिम्मेवारी मेरै त हो। जे सुन्ने गरे, जस्तो सुने र जस्तो अनुभव पाँए यहाँ राखेको छु।
“कसरी तिम्रो नयाँ पति खोजु म?”
तिम्रो रोदन कति दिन सम्म
स्थिर भएर चल्ने हो
तिम्रो पीडा कति बेर सम्म
बीच बाटो मै अल्झने हो
थाह नभईकन
रोएको चीत्कार सगै
आमा
तिम्रो म र मेरी तिमी
भक्कानो बाहेक केही छैन
सायदै समान
किन रुन्छौ तिमी
तिमी संग बढी भन्दा भढी
बेदनाको अनुभूति छ
मलाई जन्मायौ र भाई पनि
कयौं दिदीहरु जन्मदै गए
तर पनि किन यस्तो सानो कुरामा
किन आमा
बरू सक्दिनौ भने भन
कति छोराहरु मारिनु पर्छ
मैलेनै खोज्ने छु तिमीलाई
तर पनि किन अल्मलिन्छ्यौ आमा
सत्य थाह छ तिमीलाई
बाध्यता थाह छ तिमीलाई
तैपनि किन खोज्छ्यौ
सुकिलो बाउ र चिल्लो पति!!!!!!!
तिम्रा सबै सन्तान कायर भए
कायर जन्माउने तिमी
कायर भएर किन रुन्छ्यौ
पीडा त तिम्रो जन्मजात पेवा हो
सुख तिम्रो दुश्मन
तैपनि आमा के को आशा गरेकी छौ
तर मलाई थाह छ
किनकी म हेरी रहको छु
तिमी माथी लागेका आँखाहरु
देश प्रदेश र दूरदेशबाट
तिमी माथीको नजरहरु
म अन्यौलमा छु
कसरी
कसरी छान्छ्यौ नौलो बाउ
कसरी चिन्छौ आफूलाई माया गर्ने पति!!!!
कसरी जोगाउछ्यौ आफूलाई यहाँ
किनकी
नालायक र काम चोर छोराहरु
हेरिरहेका छन्
नौलो बाबु र ललिपप।।।।।
जन्मायौ किन म र मेरो भाईहरु
थाह छ मलाई पाप लाग्छ
तैपनि केहि गर्दिन म
हास्छु तर चुपचाप
देख्छु बन्द तर खुल्ला हस्तक्षेप
नाङ्गो दाउपेच र
गोप्य बलात्कार
तर पनि आमा आशा गर
कोही त होलान सुद्रिएका छोराहरु
तिम्रो कोखमा खोट छैन
तर
कसरी खोजु म अर्की आमा
बेदना मात्रै हुदा पनि बाचेकी तिमी
बिना बाबु जन्माईएको म
तर पनि
जन्माउदै र हुर्काउदै
आफ्नो बैँस फालेकी तिमीलाई
कसरी तिम्रो नयाँ पति खोजु म ???।।।
its a good poem
हँ ????????????????????????????????????????????????????
मन छुने देशप्रतिको भावना । मिठो छ दूर्जय जी ।
निकै गहिरो भाव लिएर धेरै साहित्यिक उचाई चुम्नु भएको रहेछ - दूर्जय जी ! देशको व्यथा लाइ मर्म स्पर्शी ढंग ले प्रस्तुत गर्न सक्नु भाएको रहेछ | धेरै शब्दहरुले झस्काई रह्यो र मनमा गढेर बस्यो | सुन्दर लेखाई को लाइ धन्यबाद !
देशप्रेमी भावको रचनाले देशप्रति गर्व जगाउनुपर्ने हो, तर हाम्रो शिर भने हतासपन र हीनताबोधले झुक्न थालेको छ ।
ओतबिना र सहाराहीन नेपाल आमाबारेको कविता मार्मिक छ । बेसहारा र टुहुरोपन नै चिनारी भएको छ हाम्रो ।
"कसरी जोगाउछ्यौ आफूलाई यहाँ
किनकी
नालायक र काम चोर छोराहरु
हेरिरहेका छन्
नौलो बाबु र ललिपप।"
आजको तीतोपन र विडम्बना नै यही हो ।
तर खोजी असल छोराहरूको छ, यति भए पुग्छ ।
देश प्रेमले ओतपोत भाबनाहरुले साँचै मलाइ पनि सोच्न बाध्य बनायो?
साँचै what we contribute to our nation
बब्बाल छ दुर्जेय जी मेरो मतलब धेरै नै राम्रो देशप्रतिको माया।
निकै राम्रो लाग्यो कविता!
नढाँटी भन्नु पर्दा मलाई चाही साह्रो क्लिष्ट भो है !!!
यसपाला भने 'वेबलेन्थ' नमिलेको हो वा तपाईको भावसम्म मैले उर्ध्वगमन गर्न नसकेको हो मरी गए बुझ्या भे पो!!!!
भोली फेरी पढ्ने बिचार छ, हेरौं केह बुझ्छु कि !!!
ल है, चेतना जी !
मैले त ३ चोटि पढें । सान्दर्भिक लेख ।
सान्दर्भिक र मर्म स्पर्शी कविता | जति लुकाउन खोजे नि सत्य त यस्तै हो ...