यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Friday, June 29, 2012

पढ्न पनि नपर्ने, गर्न पनि नपर्ने……

सधैँ ट्याक्टर चलाएर फोहोर उठाउन आउने पोडे कान्छाको ट्याक्टर, आफ्ना हेड मास्टर बाबुले सधैँ चढ्ने साईकल भन्दा ठूलो र सानदार लाग्ने भएकोले उसले सानै देखि ट्याक्टर चलाउने सपना देख्‍थ्यो। यही बहनामा कहिलै होमवोर्क पनि गरेन। पढेर ठूलो मान्छे बन्नु भनेको साईकल नै त चढ्नु रहेछ, यही बुझ्यो उसले सानै देखि। पढ्नु पर्छ, पढे राम्रो हुन्छ नत्र उ त्यो फोहोर उठाउन हिँड्ने जस्तो बनिन्छ भनेर सधैँ  उसकी आमा कराउथिन्। नगरपालिकाको टोपी, टल्कने इस्टकोट र नयाँ पान्डा जुत्ताको अगाडि उसको बाबुको झुत्रे झिम्रे लुगा, पुरानो हिरो-होन्डा साइकलको कुनै तुलना नै थिएन। त्यही माथि उसको आमाको सधैँ जसोको गालीको अगाडि रुझेको बिरालो जस्तो हुने बाबुको तुलनामा, बिहानै सिटी फुक्कै उसको आमालाई समेत जुरुक्क बिस्तारकाबाट उठाउन सक्ने पोडे कान्छाको क्षमताको त उ प्रशंसककै बनेको थियो। पढेर ठूलो मान्छे बनिन्छ भनेर धेरै सुनेको थियो उसले तर पढेर ठूलो बनेको भनेको के हो उसलाई हेक्कानै थिएन। उनै विज्ञानका पारस सर, गणितका यादव सर, नेपालीका विश्व गुरु सबै उनै हुन् BSc, MSc र MA गरेका र उसले देख्‍ने गरेको धेरै पढेका सरहरु। त्यही माथी MA-Med गरेका उसकै बाबु त्यही स्कूलका शिक्षक र हेड-मास्टर, मास्टरहरूका पनि हेडको दिनहुँको पारा त त्यस्तो छ अरूको के कुरा। स्कूलमा जति सुकै फुलेर गफ गरे पनि, जति सुकै ठूला गफ गरे पनि पढेका मान्छेहरूको गफ मात्रै हो भन्ने कुरा बेलुका उसकै आमा सँगको तुरी खेलाइबाट बुझिसकेको थियो उसले। पुरा बर्ष बितेर दशै आउने बेला सम्म पनि त्यी गुरुको खट्टामा कहिलै नयाँ जुत्ता देख्‍न पाएन उसले। सधैँ फुर्सद भयो कि राजनीतिका गफ गरेर बसेको मात्रै देख्थ्यो र सुन्थ्यो। नेताका कुरा, भाषण र भनाई र बोलीहरू सधैँ बहसको विषय बनिरहन्थ्यो। उसले बुझ्यो, पढेर गफ मात्रै त गर्न जान्ने रहेछ। काम त सानदारले ट्याक्टर चढ्ने पोडे कान्छाकै दामी।

बिचारमा छुरा उसले जीवनको अनेकौँ विकल्पहरूको बारेमा सोच्नै नपर्ने गरि बिकल्प निकाल्यो। पढ्ने कुरा उसलाई सानै देखि त्यसै भएर मन परेन। हेड-मास्टरको छोरा, स्थिति बुझ्दै जाँदा ट्याक्टर चलाउन पनि नसक्ने बुझ्यो। जीवनलाई अनेकौँ पाटोमा तुलना गर्न पनि चाहेन, न त कुनै अन्य पाटोमा सोच्ने वातावरण पायो उसले तर उ अहिले ट्याक्टर कम्पनीको मालिक भएको छ, वरिपरि गफ मात्रै गर्ने चम्चाहरू राखेर हिँड्न थालेको छ। नयाँ गाडी, नयाँ घर किनेर र मस्त नोकर चाकर राखेर जीवन बिताएको छ। जीवन प्रति उसको कुनै गुनासो छैन किनकी समयको छाप र पृष्ठभूमिले उ अहिले नेता बनेको छ। पढ्न पनि नपर्ने, गर्न पनि नपर्ने……चेतना भया
»»  पुरै पढ्नुहोस

Monday, June 18, 2012

ल भन्नुस् के देख्‍नु भो यो फोटोमा नौलो ?

आज केही पनि नभनीकन एउटा कुरा सोध्छु। करिब एक बर्ष अगाडि मैले यो फोटो लिएको थिएँ। यो फोटो लिनको एउटा कारण छ। पहिले यो फोटो हेर्नुहोस् अनि भन्नु होला के देख्‍नु भयो त? यो फोटोमा के त्यस्तो अनौठो, नौलो, भिन्न वा कुनै भिन्न बस्तु देख्नु भयो वा हजुरलाई के लाग्यो लेख्‍नु होला।

 

Picture 135

फोटो ठूलो बनाएर हेर्न फोटोमा क्लिक गर्नु होला।

 

के छ यो तश्बिरमा केही समय पछि अपडेट गर्ने नै छु।

 

अपडेटः July 1, 2012

 

सबै जसो साथीहरूले ठिकै भन्नु भो। यो स्टिलले बनेको रुख हो। University of Nebraska-Lincoln को पुस्तकालयको ठीक पछाडि रहेको यो स्टिलको रुख वास्तविक नभए पनि चराहरु यसमा बसेर रमाइरहेको देखिन्छ। न्याउरी मुसाहरु चढ्न खोज्दै, चिप्लेर खसेको पनि देख्‍न सकिन्छ। ४२ फुट अग्लो, स्टेनलेस स्टिलले बनेको यो रुख कलाकार Roxy Paine ले बनाएका हुन्। यो रुखको भिडियो यहाँ हेर्नु होला।

 

 

यी कलाकारको यस्तै अरू कला हेर्न यहाँ क्लिक गर्नु होला।

»»  पुरै पढ्नुहोस

Wednesday, June 13, 2012

सडकमा स्कूल बसहरुः

हाम्रोमा सडक दुर्घटना ज्यादै बढी छ। सडकको अवस्था, देशको भौगोलिक अवस्था, ट्राफिक नियम, बनेको कानुन व्यवस्था, सामाजिक चेतना आदि इत्यादि सबैको बराबरी योगदान छन्। देशको सामाजिक सुरक्षा सँग यातायात प्रत्यक्ष रूपमा जोडिएको हुन्छ। समाज चल्न र जीवन्त रहन राज्यले यातायातलाई निकै महत्वका साथ हेरिरहेको हुन्छ बिकसित देशहरूमा। सार्वजनिक बस, ट्रेन, टेक्सी, वा निजी सवारी साधन किन नहोस् सबैलाई व्यवस्थित रूपमा चलाएको र चलिरहेको पाइन्छ। हाम्रो सडक-जीवनको वर्तमान अवस्था कस्तो छ, यहाँ भनिरहनु वा उल्लेख गरिरहनु पर्ने कुरा हैन। अवस्थाको बारेमा हामी सबै जानकार छौ तर हामीले हालको अवस्थालाई कसरी सुधार गर्न सक्छौ भन्ने कुरा ठूलो हो। हामीले अहिले सुधार गर्न सकेनौ र यसको बारेमा जान्न सकेनौ भने कसले गर्छ हाम्रा लागि र हाम्रा नयाँ पुस्तका लागि? कुनै न कुनै पुस्ताले यो काम सुरु गर्नु पर्छ, जान्नु पर्छ र सडक नियमहरूलाई पालना गर्ने संस्कारको विकास गर्नु पर्छ। मैले आज यस्तै एउटा सानो कुरा ब्लगमा राख्‍न खोजेको छु। हाम्रो सडकमा “स्कूल बस” र हामीले गर्नु पर्ने र पालना गर्नु पर्ने कुराहरु। हामीले यहाँ नै उल्लेख गरे अनुसार गर्नु पर्छ भन्ने मेरो मान्यता हैन तर यो भन्दा पनि बढी सुरक्षित र राम्रो गर्न सक्नु पर्छ। मैले आज रिफ्रेन्स लीन खोजेको अमेरिकाका सडकमा स्कूल बसहरूका लागि यहाँका मान्छेहरूले पालना गर्ने कुराहरू र नियमहरूको हो।

हालसालमै मिडियाहरूमा निकै ठूलो चर्चा भइरहेको कुरा हो यो। स्कूलहरूले स्कूल बसमा नानीहरूलाई भैडाबाख्राहरु झैँ कोचेर जोखिम पुर्ण यात्रा गराइरहेका छन् भनेर हामीले निकै सुन्यौ देख्यौ र भोग्यौं। स्कूलहरूले पैसा पुरै असुलेर पनि सुविधाहरू न्यून, त्यो पनि जोखिम पुर्ण रूपमा उपलब्ध गराउनु कतै राम्रो कुरा हैन। यसमा हाल मात्रै प्रहरीहरूले गरेको प्रयास राम्रो छ र यसले निरन्तरता पाओस् भन्ने हामी सबैको चाहना पनि छ।

स्कूलका केटाकेटीहरू स्कूल बसमा कोचिएर यात्रा गर्दा मात्रै जोखिममा छन् भन्ने कुरा सही हैन। स्कूल बसमा यात्रा गर्ने केटाकेटीहरू सडकबाट स्कूलबस चढ्दा, ओर्लदा पनि त्यतिकै जोखिम अवस्थामा छन्। हामीले केटाकेटीहरूलाई हाम्रो सडकमा पहिलो प्राथमिकतामा राख्दैनौ। केटाकेटीहरूलाई बाटो काट्ने अवस्थामा प्राथमिकता दिँदैनौ। त्यसैले कहयौ सडक दुर्घटनाहरूमा बालबालिकाहरूले ज्यान गुमाउन परेको छ। मैले माथिमै भने अमेरिकामा सडक दुर्घटना हुनबाट बचाउन, सडक प्रयोगकर्ताहरूले के कस्तो नियमहरू पालना गरिन्छ फोटो मार्फत यहाँ राख्‍ने प्रयास गरेको छु।

सबै भन्दा पहिले सरकारले प्रकाशित गरेर निःशुल्क उपलब्ध गराउने गरेको Driver’s manual मा रहेको यो नियम पेज

 

DMV  १

अब यो नियमलाई सडक प्रयोगकर्ताहरूले कसरी पालना गरिरहेका छन् तः

यी फोटोहरूमा, मैले आफूले स्कूल बस देखेर, उसले रातो बत्ती बाल्ना साथ रोकिरहेको अवस्थामा हो। यहाँ यो बस स्कूलबाट केटाकेटी ल्याएर ओराल्दै गरेको छ। मलाई यो बसको ठीक अगाडीबाट बाटो पारी देब्रे तिर जानु पर्ने थियो। तर मैले यो बस सहित बसको पछाडी रोकिएका सबै सवारीहरूलाई पालो नदीकन जान नपाइने नियम अनुसार पालो कुरेर बसिरहेको छु। यहाँ स्कूल बस रोकिएर रातो बत्ती बाल्न साथ पछाडिका सवारीहरूले उछिनेर जान पाईदैन। त्यसैले फोटोमा स्कूल बस पछाडी र अगाडि रहेको म समेत रोकिएर बसेको अवस्था छ। अझै कसैले यो नियमको पालना गरेन भने उसलाई समात्‍नको लागि कहयौ बसहरूमा क्यामेरा पनि राखिएका हुन्छन्।

IMG_1957

IMG_1963

संयोगले अर्को दिन मेरो सवारी ठीक बसको पछाडि पर्‍यो। अगाडि रहेको बसले रातो बत्ती बाल्न नछोडे सम्म उछिनेर जान नपाइने हुँदा कुरेर बसिरहेको अवस्था हो। दुईतर्फी बाटोलाई बीचमा पहेँलो रँगका रेखाहरूले मात्र छुट्टाइएको ले बसको ठीक अगाडि तर विपरीत तिरबाट आइरहेको सवारी पनि रोकिरहेको छ यहाँ।

थप केही फोटोहरूः

IMG_2307

IMG_2306  ५

(त्यो चाहिँ रबरको माकुरा हो है)

यी तलका फोटोहरू स्थानीय एउटा स्कूल अगाडिको हो। यहाँ एउटा कार स्कूल बसलाई आफ्नो पछाडि देखेर आफ्नो बाटो नै परिवर्तन गरेर( फर्किएर ) जुन बाटो आए उही बाटो जादै छ।

 IMG_2339

IMG_2340IMG_2341

IMG_2342IMG_2343१०

हाम्रो देशमा हाम्रा बिधार्थीहरुले यात्रा गर्नु पर्ने तरिका, बाध्यता यस्तो छ। राम्रा भनिएका स्कूलहरुले पनि चाहिने भन्दा बढी राखेर हिडालेका छन्।  केही गुगल गरेर निकालेका फोटोहरुः

1 ११2१२ 3 १३

हामीले चलाउने सवारीहरूले पनि त नानीहरूलाई जोखिममा पारिरहेको हुन्छ। साधारण नियमहरूको पालनाले हामी दुःखद दुर्घटनाबाट जोगिन र जोगाउन सक्छौ। राज्यलाई दोष दिएर मात्रै कहयौ कुराहरूबाट हामीले उन्मुक्ति पाउँदैनौ र लीन पनि खोज्नु हुँदैन। हामी पनि सचेत हुन जरुरी छ। हामी उही नेपाली हौं, विदेशमा आए पछि यहाँको नियम कानुन मान्छौ, जस्तो चलेको छ र जस्तो चलाउन खोजिएको छ उस्तै हुन र चल्न सक्छौ तर हामी हाम्रो देशमा किन यो सबै कुराहरू मान्न तयार हुदैनौ? सोच्नु पर्ने कुरा यहाँ छ। सबै कुरा अमेरिका वा बिकसित देशहरुमा जस्तै हुनु पर्छ भन्ने छैन तर हामीले हाम्रो क्षमता र दक्षताले जाने बुझे जति सधै राम्रो गर्ने प्रयास गर्नु पर्छ.... चेतना भया

(मैले लिएको सबै फोटोहरु मोबाईलबाट खिचेको हो)

»»  पुरै पढ्नुहोस

नेपालको समय

नेपाली पात्रो

ट्वीटरमा

दूर्जेय चेतनाको साथमा

दूर्जेय फेशबुक संजालमा

छिमेकीको घरमा

यहाँ आउनेहरु

हाम्रो दौतरी

Dautari

नेपाली भाषा ब्लग स‍ंजाल

 
इम्प्याक्ट फ्याक्टर

Disclaimer: If any copyrighted material is found , will be deleted immediately upon request.

फेरि फेरि पनि पाल्नु होला