एउटा कथा सुन्नु भएको छ? हामी सानो हुँदा खुब मज्जा लिएर पढियो नि, कक्षा ३ मा हो कि ४ मा याद भएन मलाई। सिहँ र खरायोको कथा।
खुब आतंक थियो त्यो जङलमा,सिहँको तनाशाही खुब चलेको थियो। हरेक दिनमा एक जना सिहँको आहरा बन्न जानु पर्ने। जान पनि ठीक समयमा जानु पर्ने,ढिलो भयो भने राजा रिसाउने र गाह्रो हुने रहेछ। यो क्रम लामो समय सम्म चल्यो। खुब दु:ख पाए जङलका जनवारहरुले। सुत्नु भन्दा पहिला आफ्नो पालो कहिले पर्ने हो गन्नु पर्ने र पालो परेको दिनमा आफ्नो परिवारसँग बिदा भएर, मन भरी अनेकौ पिडा लिएर मृत्युको मुखमा जानु पर्ने। एक एक गर्दै सबै जङलका प्राणीहरु सकिदै गए, हरेक जनवारको घरमा आफ्नो परिवारको सदस्य बिछोडको पिडाको रोदन थियो। त्यस्तैमा एकदिन पालो आयो खरायोको। सदा झै त्यो दिन खरायोलाईपनि खुब पिडा भयो। आफ्नो परिवारसँग बिदा भयो र सिहँको आहारा बन्नको लागि निस्कियो। अब फेरी आफ्नो परिवारसँग कहिले पनि भेट हुँदैन, खुब रोए बिचरा खरायोहरु। तर नगैइकन सुख थिएन। खरायो बिस्तारै सिहँको दरबारतिर लाग्यो। उसको पाइला चल्न मानेको थिएन, बिस्तारै बिस्तारै हिंडेर गयो खरायो। उता सिहँ भोकले खुब आत्तिएको थियो। समयमा खरायो नआएकोले खुब रिसाएर बसेको थियो। खरायो पनि टुप्लुक्क आईपुग्यो। खरायो ढिलो गरी आएको देखेर सिहँ गर्जेर खरायो माथि करायो। "तलाई नाथे खरायो.... तलाई थाहा छैन मलाई भोक लागेकोकुरा? चाडै आउनु पर्दैन? मुर्ख खरायो। अब म तलाई एकै गासमा खाइदिन्छु ल तयार भो।" खरायो थर्थर्ती काप्यो बिचरा अनी बिस्तारै काप्दै भन्यो: " महाराज म त चाडै नै हिंडेको हो घरबाट तर बाटोमा तपाईं जस्तै अर्को सिहँ भेट भयो। उसले आफुलाई यो जङलको महाराज भएको कुरा गर्यो। मलाई धरै बेर सम्म बाटोमा रोकेर राख्यो र तपाईंलाई यो जङलको राजा नभएको कुरा गर्यो। म त बल्ल बल्ल उम्केर आए। एउटा जङलमा कसरी दुई जना राजा हुन सक्छ? म यो कुरा सोधेर आउछु भनेर उम्केर आएको हो महाराज।" खरायोको कुरा सुनेर सिहँ बेस्करी रिसायो। को हो त्यो ? म हुँदाहुँदै कस्ले भन्यो त्यो राजा भनेर? ल हिड र मलाई देखा त्यो नाथे सिहँलाई म पहिला त्यसलाई खत्तम गर्छु अनी तलाई खान्छु। खरायोले हस् भन्यो र हिड्यो। खरायोको पछि पछि लाग्यो सिहँ। पर पुगे पछी,जङलको छेउमा रहेको ईनार तिर देखाउदै खरायोले भन्यो " महाराज तपाईं जस्तै अर्को सिहँ त्यो ईनार भित्र बसेको छ एकपटक आँफैले हेर्नुस् त" सिहँले बेस्करी गर्जदै, ईनार भित्र हेर्यो। बिल्कुल खरायोले भने जस्तो ईनार भित्र पानीमा लुकेर बसेको अर्को सिहँलाई देखेर महाराज सिहँ बेस्करी हास्यो।।।।।।।।।।। हा।। हा।। हा।। हा..... अनी खरायोको घाटी समातेर बेस्करी करायो। तलाई नाथे खरायो कक्षा तीनमा पढेको कथा सुनाएर मलाई झुक्काउने.......बिचरा खरायो फेरी मुर्ख भयो। समय अनुसार आफुलाई परिमार्जन(अद्याबधिक) गर्न नजान्दा र आफ्नो दुस्मनलाई नजरअन्दाज गर्दा बिचरा खरायो सधै दु:खको चपेटामा पर्ने गरेको छ। सबै लाई चेतना भया...............
आज अलिक फरक कुरा गर्न मन लाग्यो तर आफै बाट सुरु गरुम है। ब्लगिङको क्षेत्रमा म पुरानो हैन,तर आज ब्लगिङ गर्ने साथीहरुको पेजमा जब म पुग्छु, म एउटा साझा ब्लगरहरुको जमात पाउछु। एकले अर्कालाई अनुसरण गर्ने अनी कुनै लेख वा कसैको बिचारमा आफ्नो बिचार दिने ठुलो जमात। आफ्नो कुनै बिचार राखिसकेपछी, आफ्नो विचारमा अरुको बिचार कस्तो छ, आएका कमेन्टहरु पढ्न मज्जा आउछ। कुनै पनि ब्लगमा भएको कमेन्टहरु आलिक बढी ध्यान दिएर हेरिन्छ, आफुले कमेन्ट लेक्नुपर्दा समेत अरुको कमेन्टहरुमा आँखा लगाएर, अरुको बिचारसँग सन्तुलित प्रकारको बिचार राखेको मैले पाएको छु। कमेन्टहरुको बिकल्पले वास्तवमा कुनै पनि ब्लगर वा ब्लगलाई जिबन्त राखेको हुन्छ। सोभाबिकरुपमा आफुले लेखेको र आफ्नो बिचारमा कस्को कस्तो बिचार छ, जान्न मन लाग्छ र आफ्नो बिचारमा अर्काको बिचार भुझ्दा,अझै बढी लेखु वा अझै राम्रो कुराको प्रस्तुती दिन मन लाग्नु सोभाबिक हुदो रहेछ। आफ्नो ब्लगको ढाचा र बनौट,रङ र बास्तुलाई सधैं अरुको भन्दा नराम्रो र कम परिमार्जित देखिनुले पनि सधैं राम्रो गरु र आफ्नो ब्लगलाई सुन्दर बनाउ जस्तो हुदो रहेछ। ब्लग वास्तवमा आफ्नो बिचार, आफ्नो साथी वा भनु आफ्नो सर्कलको सामुन्ने राख्ने सजिलो तरिका हो, यसमा कुनै दुई मत हुन सक्दैन, यसको मतलब के ब्लग आफ्नो लागि हैन त? सधैं कुनै समाचार, कुनै घटना क्रमलाई जान्न वा भनु आफुलाई एकै थालोबाट संसारलाई चिहाउने तरिका वा भनु आफुलाई दुरुस्त राख्ने माध्यम पनि त हो ब्लग। हामी ईन्टरनेटमा बस्ने बित्तिकै सबै भन्दा पहिला कुन वेब साइट हेर्छौ? हामीले न्युनतम कुन कुन साइट एक पटक हेरेरै छोड्छौ? हाम्रो आन्तिम हेराइ कुन कुन साइडमा हुन्छ? यो प्रश्न म आफैलाई गर्ने गर्छु। यो सबै कुरा आफुसँग उप्लब्ध समयमा भर पर्छ। बढी समय छ भने हामी ईन्टरनेटको दुनियामा कता पुग्छौ आफैलाई थाह हुँदैन, हेर्दै जादा कता कता पुगिन्छ कि कहिलेकाँही आँफैले खोलेको पेज आँफैले झट्ट बन्द गर्नु पर्ने हुन्छ। तर तपाईसँग समय छैन वा भनु ब्यस्त हुनु हुन्छ भने के गर्नु हुन्छ? सोभबिक हो हामी कुनै सिमित साइट मात्र हेर्छौ, जस्तोकी इ-मैल, एकाद समाचार मूलक साइट अनी आफ्नो बिषय अनुसारको आफुलाई दुरुस्त राख्नु पर्ने जर्नलहरु बस। यि सबै कुराको एकै ठाँउमा लिन्क राखेर, आफ्नो साथीहरुको बिचार अनी आफ्नो बिचार साटासाटगर्ने ठाउँ पनि त होनी ब्लग र ब्लगिङ। बिचारको परिमार्जन र ज्ञानलाई अझ बढी मस्काउने र दुरुस्त राक्ने ठाउँ हैन र ब्लग ? म आफन्तबाट टाढा रहेको बेला, निरास भएको बेला समेत साथीहरुको ब्लग चिहाउदा र आफ्नो ब्लगमा साथीहरुको उपस्थितीले मलाई आनन्दको अनुभूती हुन्छ। निरास भएको बेला म ब्लगमै कयौ चोटि हासेको पनि छु। के मुस्कान र सानो खित्का छोडेर हास्ने मौका हैन र ब्लग अनी ब्लगिङ? प्रसँग गतहप्ताको हो। फेसबूक मार्फत मेरो एक जना मित्रले मेरो ईमेलमा पठाएको सन्देशको हो। मैले ब्लग लेखेको देखेर वा भनु मैले आफ्नो कुराहरु राखेको देखेर मलाई सुजाउदै हुनुहुन्थ्यो कि "ब्लग त काम नपाएका, अबकाश पाएका मान्छे, पत्रकारहरुले मात्र गर्ने कुरा हो। तिमी किन गर्दै छौ थाह भएन।" म एक चोटि झसँग भए। तर मलाई थाहा छ,यो कामबाट मलाई कतिको आनन्द मिलेको छ। मेरो परिवारबाट टाढा भएको बेला, मेरो मनको कुरा सँगालेर राख्ने जिबन्त दस्ताबेद भएको छ ब्लग। सबै भन्दा ठुलो कुरा म बौद्दिक जमातको घेरामा छु, म बिचार र भाबनाको कदर गर्ने यस्तो समाजमा पसेको छु जो बिरलै पाईन्छ। म सधैं रेस्टूरेन्टमा गएर, प्रयोगशालामा लागेर वा बियरको चुस्कीमा रमेर नपाउने आनन्द र एक्लो पनको साथी पाएको छु ब्लग र ब्लगिङ मार्फत ।।।मेरो साथीलाई चेतना भया ................
जापानमा आजबाट गोल्डेन वीक सुरु भयो। लगभग १ हप्ताको बिदा हुन्छ यो बेलामा। बर्खरै मात्र जापानमा पनि swine फ्लु देखा परेको हल्लाले बजार तातेको छ। यो गोल्डेन वीकको सुरुवात, किन नहोस घरबाटै सुरु गरुम जस्तो लाग्यो। अनी आज यसो you tube तिर लागे। यो गोल्डेन वीकको समय म , मेरो ठाउँ भन्दा बाहिर बिदा मनाउन जाने तयारीमा छु तर हेरौ के हुन्छ, कसो हुन्छ, यो Swine फ्लु ले के गर्छ। यसो बिचार गर्दा त्यती जागर चाँही लागेको छैन। फेरी मेरो गृह मन्त्रालयको मन्जुरी लिन गाह्रो भएको छ। त्यसो त मलाई पाश्चतय संगीत त्यती मन पर्दैन। एकदमै कम सुन्छु। प्रस्ट भन्नु पर्दा, एकदमै हल्ला गरे जस्तो, नोइज भए जस्तो लाग्ने। तर धेरै कर्ण प्रीय गीतहरु पनि छन् है छनत। जेहोस म कम मात्र English गीतहरु सुन्ने मान्छे आज भने बडो मज्जा लिए यो गीतबाट।मलाई त शब्द पनि राम्रो लाग्यो । हेर्नुस् त तपाईंलाई कस्तो लाग्छ? अनी आफ्नो बिचार लेख्न नभुल्नुस है।
Swine फ्लुको प्रकोप अब अझ बढी खतरा हुँदै छ। यो एक बिशेष प्रकारको भाईरसबाट हुने,रोग हो। रुगा लाग्दा जस्तै हुने यो रोग अहिले संसार भरी चर्चाको बिषय भएको छ। अझ बैज्ञानिक जगतमा यसको जटिल्ताले धेरै प्रश्नहरु खडा गरिदिएको छ। भाइरसको अर्थ हुन्छ toxin अर्थात poison तर सबै भाईरसहरु हानिकारक हुन्छ भन्ने चाँही गलत हो। भाईरस एक सुक्ष्म जिबाणु हो यसको आकार कुनै ब्याक्टेरिया भन्दा लगभग १०० गुना सानो हुन्छ। कुनैपनि भाईरस मुख्य रुपमा DNA वा RNA बाट बनेका जीनहरुले बनेको हुन्छ। जीननै कुनै पनि जिबित प्राणी वा बनस्पतीको लाखौं गुणहरुको संयुक्त केन्द्र हुने गर्छ। यो जीनलाई कहिले प्रोटिन त कहिले बोसोले बहिरबाट सुरक्षा प्रदान गर्ने गर्दछ। कुनै पनि भाईरसको अध्यन गर्नु भन्नुको अर्थ हुन्छ यिनै जीनहरुको क्रमता यसको बनौट र यसले प्रर्बाह गर्ने गुणको जानकारी। जब कुनै पनि भाईरसको जीनको पूर्ण रुपमा अध्यन गरिन्छ,तब यसको बिरुद्धको दबाई वा खोपको बिकास सम्भव हुन्छ। अझसम्ममा संसार भरी लगभग ५००० को सख्यामा भाईरसहरु पत्तालागेको बाताइएको छ तर अचम्म;सयौको सख्यामा यसको बिकास भैराखेको छ। जब कुनै भाईरसको पूर्ण अध्यन गरिन्छ तब किन यसको बिरुद्ध प्रभावकारी दबाई वा खोपको बिकास गर्न सकिएको छैन? त्यसो त भाईरसको बिरुद्धमा खोपहरुको बिकास नभएको हैन तर केही समय पछि फेरी यो भाईरसको लागि काम नगर्ने हुन सक्छ। कुनै पनि भाईरस जिबित प्राणी वा बनस्पतीबिना रहन सक्दैन। यसको बिकास हुन र जिबित रहन यसलाई प्राणी वा बनस्पतीको शरीरमा रहन आबस्यक हुन्छ। प्राणीको शरीर बाहिर रहेकोबेला प्रोटिन वा बोसोले यसलाई केही समय सुरक्षा प्रदान गर्छ। मुख्य कुरा यो हो, जब कुनै पनि भाईरस जिबित प्राणी वा बनस्पतीको कोषमा रहन्छ यसले त्यी जिबित प्राणी वा बनस्पतीको कोषमा वा शरीरमा रहेको अन्य जिबाणुको जीनसँग मिसिएर नयाँ जीनहरुको श्रङ्खला तयार गर्दछ,तब नयाँ जीनहरुको श्रङ्खलाले त्यो भाईरसले पुरानो नभई बिल्कुल नयाँ गुण लिनपुग्छ। अब यसरी बनेको नयाँ भाईरस बिल्कुल नयाँ र पहिलेको भन्दा पनि खतरनाक हुन पनि सक्छ। यसरी दिनानुदिन नयाँ प्रकारको,नयाँ गुण लिएर बिकासहुने भाईरसहरुको बनौट जटिल हुँदै जान्छ र त्यसको बिरुदमा बनाइएको खोप वा उपचारको सिमितता कायमा हुन पुग्छ। यस्तै भएको छ आहिले यो Swine फ्लुको कारक भाईरसको लागि पनि । Influenzavirus C (novel H1N1 strain )नाम दिएको यो भाईरस मानिसमा हुने इन्लुएन्जा, एबियन इन्फ्लुएन्जा र बङुरमा हुने दुई प्रकारको इन्फ्लुएन्जाबाट बनेको हो। मानिसमा हुने इन्फ्लुएन्जा र बङुरमा हुने इन्फ्लुएन्जा एक आपसमा सर्दैन भन्ने गरेको भए पनि यो नयाँ इन्फ्लुन्जा जो कोहीलाई पनि सर्ने बताइेको छ । जटिल रुपमा मिसिएर बनेकोले गर्दा यसको बनौटको अध्यन गरेर यसको बिरुद्धमा खोप बनाउन समय लगेको छ। बङुरहरु त यो नयाँ भाईरस बनाउनको लागि मिस्रणगर्ने भाडो मात्र हुन्। यसलाई "fits into the mixing vessel hypothesis," पनि भनिएको छ। हाल यो भाईरस पहिलो पटक कहाँ बिकास भयो थाहा हुन सकेको छैन तर मेक्सिकोबाट यो पहिलो पटक देखा परेको छ र यसको प्रकोप अन्य महादेशमा झै एशियामा पनि देखा परेको छ। साईन्स पत्रिकाको अनुसार कोरिया प्रायद्दिपमा यसको आशंकाले त झन बढी चिन्तानै थपेको छ। यदी यो रोग दक्षिण एशियासम्म आयो भने यसको प्रकोपको सिमा सोच्न नसकिने खालको हुने निस्चित प्राय छ। अझ बढी खतरा त यो भाईरसको फैलन सक्ने क्षमता र यसले मानब शरीर र जनवारको शरीरमा रहेको अन्य भाईरस वा जिबाणुहरुसँग मिसियर नयाँ प्रकारको गुण लिन सक्ने डरले बैज्ञानिकहरुलाई थप तनाब दिईरहेको छ। बैज्ञानिक जगतले यो भाईरसको अरु भाईरससँगको मिश्रणले हुनसक्ने खतराको लागि,यो भाईरस प्राकिर्तिकरुपमा मिसिनु भन्दा अगाडिनै पायोगशालामा,यसलाई अरु मानब वा जनावारको भाईरससँग मिसाएर अध्यन गरिनु पर्ने र भबिश्यमा यसले पार्न सक्ने हानीबाट बच्ने उपायको बारेमा एकमत हुन थालेका छन् । हाल सम्म प्रारम्भिक अबश्थाको बेला केही भाईरस बिरुदको औषधीले यसलाई काम गर्ने गरेको छ तर यदी बढीनै आक्रमण भएको अवस्थामा भने मृत्यु पनि हुन सक्ने हुँदा रोग लाग्नु भन्दा रोग लाग्न नदिनु नै प्रमुख उपाय हुन आउछ। यसको लागी, यदी भाईरसको सम्क्रमणको लक्षण जस्तै ज्वोरो आउनु , घाटी दुख्नु, शरीर दुख्नु, टाउको दुख्नु, खोकी लाग्नु, कहिले काही पखला लाग्नु र असजिलो अनुभब गर्नु आदि देखा परेमा डाक्टरको सल्लाह लिने, प्रचुरमात्रमा झोल कुरा खानु, मास्क लगाएर हिंड्ने जस्ता कुरामा ध्यान दिनु पर्छ।
Swine flu को बारेमा जान्न अहिलेलाई यो भिडियो हेर्नु होला। यो कसरी सर्छ, यो कसरी रोक्न सकिन्छ यसको बारेमा। हाम्रो जस्तो देश जहाँ हामी आम जनसरोकारमा ध्यान दिन सकिराखेको छैनौ, हामी आँफै यसमा ध्यान दिन आबस्यक छ। हाम्रो सिमाना खुला छ, र कुनै पनि साबधनी अपनाएका छैनौ। कुनै बेलामा यो हामीमा पनि देखिन सन्छ। डाक्टरसँग
तपाईंलाई यसको बारेमा अझ बढीजान्न मन लागेमा यहाँ क्लिक गर्नुस्।
यो कबिता अली अगाडि लेखेको थिए, जब कोशीको बाढीमा हाम्रो देश रोएको थियो। ढिलो भएपनी यो कबिता तपाईंहरुको माझमा राखेको छु। जब हामी पिडामा थियौ तब मनमा जे आयो, जस्तो भाबनाले ठाउँ लियो लेखिदिए, ढिलो भएपनी सुनाउन मन लाग्यो आज , सुनीदिनु होला। पिडै पिडाको समयमा हामी हिड्दै छौ।अनेकौ रुपमा, हाम्रो आशाहरुको बली चड्ने गरेको छ। सम्झँदा पनि मन रुन्छ, कता कता पिडा बोध हुन्छ, के गर्न सक्छुर; फगत आफ्नो भाबनालाई लेख्नु भन्दा.. बस लेखिदिन्छु। सुनाउनलाई खोज्दै थिए, आज मौका मिल्यो अनी यहाँ टासिदिए।
हरेक दिन जसो भएन यो आज समयसँगै अनेकन आस्था पनि गयो सबेरै झै म पनि उठेको थिए आज तर,सबै हेर्दा हेर्दै भत्किएर गयो।
बिहानमा कुन्नी किन धोबिनी कराएन आज न त सूर्यदयसँगै चन्द्रमा नै गयो सधैं झै म पनि खुशी थिए आज तर, सबै हेर्दा हेर्दै रित्तिएर गयो।।
मध्यरातबाटै सूर्य नउदाउने तयारीनै रहेछ आज बिधीको नियम यो, उदाएरै छाडी गयो सधैं झै मेरो पनि आशा थियो आज तर,सबै हेर्दा हेर्दै डलेरनै गयो।।।
सुन्सान समयमै तयारी थियो मेरो पनि आज खेत र खलियान नखनेरै गयो खनौला र बचौला भन्ने आशा मेरो पनि थियो आज तर,सबै हेर्दा हेर्दै पौडिएरै गयो।।।।
मनले नै नसोचेको बौरुपी बाढी फेरी आयो आज सधैं थियो पीर मेरो फेरी थोपरेर गयो कता कता अझै सानो आशा थियो आज तर,सबै हेर्दा हेर्दै डुबाएरै गयो।।।।।
पीडै पीडासँग यो दिन, फेरी नफर्कने गरी गयो आज आशा सँगै निराशाको भूमरीमा रुवाएरै गयो रुदा रुदै पनि पलपलको आशा बचाएको थिए आज तर,सबै हेर्दा हेर्दै बगाएरै गयो।।।।।।
रीमिक्स गीतहरु सुन्न रमाइलो लाग्छ मलाई। शायद नयाँ स्वाद भएर होला। एउटा निन्तान्त एकै प्रकारको लय वा संगीत सुन्दा सुन्दा अल्छी लाग्नु सोभाबिक हो जस्मा नयाँ संगीत र नयाँ तरिकाको प्रस्तुतीले होला अली फरक प्रकारको अनुभब हुन्छ। हुन त रीमिक्सलाई आलोचना गर्नेहरु पनि थुप्रै छन तर कहिले काहीं गीतको मर्मलाई नै बिगारेर गाउदा भने दु:ख लाग्छ। त्यस्तो चाँही नहोस। पुराना गीतलाई,नयाँ संगीतको तालमा गाउँनु नौलो हैन र त्यती गार्हो पनि हैन। तर संगीत त्यही राखेर नयाँ शब्दमा भने त्यती गीतहरु सुन्न पाईदैन। तर म भने रीमिक्सको प्रयोग गर्ने बिचार गरे आज एउटा कथामा। तपाईंलाई नौलो लाग्ला यो कस्तो नयाँ प्रयोग हो भनेर।
हामीले सुन्दै आएका,पढ्दै आएका अनेकौ कथाहरु छन्,सानो हुँदाबाट हामीले थुप्रै कथाहरु सुन्यौ र सुनाउदै आयौ। जस्तै राजकुमार दिक्पालको,खरायो र कछुवाको, सिंह र खरायोको, दाउरे र बन्चरोको आदि आदि। तर मेरो बिचारमा यस्ता अनेकौ कथाहरु छन जो आज समय सान्दर्बिक छैनन्। मलाई लाग्छ म सानो हुँदाको समय र अहिलेको समय फरक छ र त्यसबेलाको समयमा हुने गरेको अनेकौ कुराहरु आज यथार्थ हुँदैनन्। सुन्दा रमाइलो लाग्छ तर अलिक सोच्ने हो भने,पुराना कथाहरुमा पनि नयाँ प्रयोग गर्दा वा भनु रीमिक्स गर्दा समय सान्दर्बिक हुन्छ होला। अचम्म नमान्नु होला। त्यसो भए एउटा कथा पढु है त? म छोटकरीमा भन्छु नि । एकादेशमा एउटा खरायो र कछुवाको बिचमा दौड प्रतियोगीता भएछ, दुबैको बिचमा, पर रहेको पिपलको रुख सम्म कुन चाँही पहिला पुग्ने भन्ने बाजी परेछ। दौड सुरु भयो, खरायो बेस्करी दौडियो, अलिक पर पुगेपछी, खरायोले सोच्यो, यो कछुवा बिस्तारै हिड्छ, त्यो नआइपुग्दा सम्ममा एक निन्द्रा पुराउछु। बस खरायो निदाएर भुस पर्यो, त्यही बिचमा कछुवाले खरायोलाई उछिनेर, पिपलको रुख सम्म पुग्यो। जब खरायो बिउझियो धरै ढिलो भएको थियो र अन्त्यमा उसले दौड हार्यो।......१
यो हारले खरायोलाई सहीनसक्नु भयो र यो उस्को आत्मसम्मानको कुरापनि थियो। उस्ले यो हारको बारेमा सपनामापनि सोचेको थिएन। खरायोलाई फेरी नयाँ प्रतियोगीता सुरु गर्न मन लाग्यो र कछुवालाई भन्यो "ल फेरी दौड सुरु गरुम, अगाडिको खेलमा त म सुतेर पो तिमीले जितेको हो त"। कछुवालाई कुनै मतलब भएन किनकि यो प्रतियोगीतामा उ, खरायो सुत्ला र मैले खेल जितौला भनेरपनि त सुरु गरेको थिएन नि। बिस्तारै तर लगातारको कुनै पनि प्रयासले सफलतामामा पुराउछ भन्ने कुरामा कछुवा ढुक्क थियो। खेल सुरु भयो। खरायो यस पटक सुत्ने कुरै भएन,खरायो बेस्करी दौडियो र आफ्नो लक्ष्यमा पुग्यो र मज्जाले सुत्यो। कछुवा भने धेरै ढिला गरेर आयो र नियम अनुसार उस्ले खेल हार्यो। आफ्नो कामलाई भोली वा पछाडि गर्छु भन्न हुदोरहेनछ र आफ्नो काम सकेर मात्रा आराम गर्नु पर्ने रहेछ भन्ने राम्रो पाठ उस्ले सिक्यो। ...........२ यो हारबाट फेरी कछुवालाई सहीनसक्नु भयो। आफुले पहिला जीतेको जीत फेरी हारमा परिवर्तन हुँदा कछुवालाई फेरी मर्नु भयो। कछुवाले फेरी खरायोलाई भन्यो "ल खरायो भाई अब फेरी अर्को दौड प्रतियोगीता सुरु गरुम"। कछुवाको यो कुरा सुनेर खरायोलाई हासोपनि उठ्यो र मन मनै सोच्यो; कि कस्तो मुर्ख जन्तु रहेछ, म सँग फेरी दौडन्छु भन्छ। खरायोले फेरी हुन्छ भन्यो किनकि बाटोमा सुतेन भनेत कछुवाको कुनै सम्भाबनानै छैन उस्लाई उछिनेर जाने। खरायोले हुन्छ भन्यो। तर यसपाली भने पहिलाको बाटो नभै अर्कै बाटोमा दौडिने कुरा गर्यो कछुवाले। खरायोलाई के को मतलब, जुन बाटो दौडिएपनि कछुवाको गती बढ्ने हैन, उसले हुन्छ भन्यो। फेरी दौड सुरु भयो तर अर्कै बाटोमा।खरायो फेरी अगाडि अगाडि गयो। तर यस पाली चाँही पुग्नु पर्ने ठाउँ नदीको पारी रहेछ। खोला तरेर जानु पर्ने रहेछ। खरायोले खोला तर्न खोज्यो, अनेकौ कोशीश गर्यो, घण्टौ कोशीश गर्यो तर खोला तर्न सकेन। त्यतिकैमा कछुवापनि आयो। पुग्नु पर्ने ठाउँ ठीक खोला पारी तर आपत पर्यो खरायो लाई। उसले बुज्यो अब कछुवा पानीमा पैडिएर पारी जान्छ र फेरी उस्ले दौड जित्छ। बढो पीरमा पर्यो खरायो। त्यतिकैमा कछुवाले भन्यो " खरायो भाई आउ तिमी मेरो ढाढमा पछाडि बस र हामी दुबै जना पारी जाउ। खरायो कछुवाको पछाडि बस्यो र कछुवा पौडिएर खरायोलाई पनि पारी लाग्यो र दुबै जना सगै लक्ष्य सम्म पुगे .........३ कथा सकियो है ...... तर अब मेरो कथा किन यस्तो भयो त? एउटै कुरा भन्छु, अहिलेको समयमा सबै मेलेर काम गर्यो भने कसैले पनि हार्नु पर्दैन। सबैको जीत भएर, सबै खुशी भएरपनि लक्ष्य सम्म पुग्न सकिदो रहेछ। यो कथाको पहिलो खन्ड हामीले सुन्दै आएको कथा हो जसको नैतीक ज्ञान भनेको Slow and Steady Wins the Race हो। यही कथाको दोस्रो खन्डमा यसको उल्टो भयो। त्यसैले यो समय सान्दर्भिक छैन जस्तो लाग्यो। तर हेर्नुस त तेश्रो खन्डमा कुनैपनि काम मिलेर गर्यो भने कसैलेपनि हार्नु पर्दैन, कोही हार्दा आफ्नो आत्मसम्मान गुमाएको अनुभब गर्नु पर्दैन। कछुवा र कछुवा वा खरायो र खरायोको बिचमा हुनु पर्छ प्रतियोगीता यदि हुनेनै हो भने, असमान प्रतियोगीको बिचको प्रतियोगीता हासोको पात्र मात्र हुन्छ । हामीले खरायोलाई सदियौ देखि अन्याय गरेका थियौ। एकपटक हारेपछी त्यही कथालाई सदियौबाट भन्दै, खरायोको खिल्ली उडाउदै आयौ,हामीले खरायोलाई आफ्नो गल्ती सुदार्ने मौका कहिलैपनि दिएनौ। अझ भन्नुपर्दा सबै कुरालाई समयनुसार परिमार्जन गर्नु पर्छ। शायद समय अनुसारको परिमार्जनलाई नै बिकास भन्छन.. सबै लाई चेतता भया...................... अस्तु (यो कथाको सार धेरै पहिला मलाई मेरो साथीले ईमेल मार्फत गराउनु भएको थियो। त्यसलाई अली बढी जोडेर यहाँको सामुन्य राखे। यो घटनाले मलाई फेरी सबै कथा र प्रसँग लाई अर्को नजरले हेर्न प्रेरणा दियो र प्रयोगलाई निरन्तरता दिन मन लाग्यो। )
आज मैले पनि नयाँ कपडा फेर्ने जमर्को गरेको छु। ब्लगमा म एकदमै नयाँ हुँ र मलाई त्यती धेरै ज्ञान छैन यो कोड्को बारेमा, बिस्तारै सुधार गर्ने छु। धेरै दिनबाट म पनि नयाँ प्रकारले ब्लगगिङ गर्न मन लगेको थियो तर यो कोड को कत्ती पनि होस थिएन मलाई बल्ल बल्ल यसो कोशिश गरेको छु। मेरो नयाँ कपडा कस्तो छ सुझाबपनि लेख्नु होला है ।
एक जना सन्त आफ्ना चेलाहरु लाई भन्नु हुन्छ; हामि रीस उठ्दा किन कराउछौ ? किन मानिसहरु रीस उठ्दा एक आपसमा चिच्चाएर कुरा गर्छन् ? निकै बेर सोचेर एक जना चेला भन्छन" रीस उठ्दा हामीले शायद धैर्य गुमाउछौ र हामी अरुलाई आफ्नो कुरा पुराउन बेस्करी करौछौ" सन्त भन्नु हुन्छ जब अर्को मान्छे त्यती नजिक हुन्छ,बिस्तारै बोलेपनि त हुन्छ नि। चिच्चाएरै बोल्नु पर्छ र आफ्नो कुरा बुझाउनलाई ? बिस्तारै नरम भाषामा भनेपनि त हुन्छ नि; हैन र? चेलाहरुले अनेकौ उतरहरु दिए,अनेकौ अड्कल लगाए तर सन्तलाई चित्त बुझेन। अन्त्यमा सन्त आँफैले भन्नु भयो जब कुनै दुई जनाको बीचमा रीस उठ्छ, समस्या त्यी दुई जना बिचको मनको दूरी हो। मनको दूरी लामो र टाडा भएकोले त्यी मानिसहरु आफ्नो कुरा सुनाउन र बुझाउन बेस्करी कराएका हुन। जती बढी रीस उठ्छ,त्यती बढी कराउनु पर्छ किनकी तिनीहरुको बिचमा त्यतिनै बढी दूरी हुन्छ। सन्त भन्नु हुन्छ, के हुन्छ जब कुनै मानिस कसैसँग प्रेम गर्छ ? तिनीहरु एक आपसमा किन नरम अनी बिस्तारै बोल्छन ? किनकि तिनीहरुको बिचमा दूरी कम छ अर्थात तिनीहरुको मनको दूरी कम हुन्छ। सन्त फेरी भन्नु हुन्छ, के हुन्छ जब कुनै मानिस कसै सँग अझै बढी प्रेम गर्छ? त्यस्तो बेलामा मनको दूरी यती नजिक हुन्छकी बोल्नुपनि पर्दैन बस शाशले मात्रै बोलेपनि हुन्छ। सन्त अन्त्यमा भन्नु हुन्छ, के हुन्छ जब कुनै मानिस कसैसँग अझै बढी, आत्याधिक प्रेम गर्छ? त्यस्तो बेलामा मनको दूरी यती नजिक हुन्छकी शाशलेपनि बोल्नु पर्दैन बस एकले अर्कोलाई हेरे मात्रै पनि हुन्छ। त्यसैले तिम्रो शब्द मन बिचको दूरी फैसला भयो
जापान बसाइको बेलामेरो आफ्नै अनुभवहरु रहेका छन। नेपाल रहदा जापान भनेपछी के के नै लग्थ्यो। जती सुकै बिकशित होस् , जती सुकै सम्पन्न होस पल्लो घरको ठुले, मेरो घरमा एक मानो गतिलो पाक्न आफ्नै घर सम्पन्न हुनु पर्छ वा म आँफै सम्पन्न हुनु पर्छ। तस्तै लाग्छ आजकल मेरो देश सम्झँदा । मेरै देश सम्पन्न भए , यसैलाई राम्रो बनाउन पाए,सधै अर्काको घरमा कान्छा भएर बस्ने नै थिइन। मन वास्तवमा खुशी छैन बेदेशमा बस्दा। खैर यसको बारेमामा पछी लेखुला। आज प्रसँग अर्कै छ है फेरी। प्रसँग हो जापानी हानामिको। जापान संसारको कती नम्बरमा पर्छ थाहा छैन तर स्वर्ग मध्यको चाँही हो जस्तो भान हुन्छ यो समयमा ।
जापानमा रहदाको समय बर्ष भरी कामनै काम। लगातारको काम र आतिनै परिबर्तित हावापनी जापानको गुणनै हो। भर्खरै घाम छ , भर्खरै पानी , भर्खरै चिसो हावा। गर्मीको बेलामा त कुरै नगरुम। गर्मीमात्रै होर ? फेरी आद्रताले पो बेजोग बनाउने त। तर यो समय, मार्चबाट लगभग अप्रिलको बिच सम्म जापान वास्तवमै स्वर्गको भान हुन्छ, बिशेष रुपमा चेरीको फूलले गर्दा । यो फूलको रुखमुनी बसेर हानामी मनाउने चलनले त बर्षभरिको लगातर कामको थाकानलाई पल भरी मै बिर्साउछ। जापानमा बिभिन्न ४०० जातीका चेरीका प्रकार भएको बाताइएको भए पनि {somei-yoshino (Yedoensis} नामको साकुरा बिशेष प्रखयात छ । यो समयमा यहाँका मानिस आफ्नो कामबाट समय निकालेर , यही साकुराको रुखमुनी भोज (हानामी) खान्छन। पहारिलो घाममा दिन भरी जसो मस्त रमाइलो गर्नमा रमछन। यही समयमा म पनिके को कम , म पनि आजै लागे यो फूलहरुको माजमा हानामी मनाउन। त्यही बेलामा मैले लिएको फोटोहरु तपाईंहरु लाई देखाउछु है त। (हनामीको बारेमा अझ बढी यहाँ पनि छ है www.carbontube.bolgspot.com हेर्नुहोला) बर्ष भरी न कुनै पात न कुनै सुन्दरता हुन्छ यो रुखमा । बर्षको मुस्किलले ७ दिन फूल फूल्छ अनी फेरी केही समय पात रहे पछी फेरी बर्ष भरी नांगै।
जती भने पनि सधैं हरियो र सुन्दर रहने मेरो देश सँग कुनै तुलनानै छैन। मैले मात्रा भनेको हैन, स्यम नेपाल गएर आएका जापानीबाट पनि सुनेको छु मैले। हामीलाई भने कुनै रितु वा समय कुर्नु पर्दैन है न त ? वा मेरो देश । मेरो देश कती सुन्दर छ भन्ने कुरा बाहेर आए पछी थाह भयो। नेपाल फर्केए पछी, जहाजबाट झर्ने बित्तिकै माटोमा पल्टिएर, बेस्करी रुनमा लगेको छ र जहाँ बेस्करी रुदा पनि आनन्द आउछ। शायद आमाको काख भएर होकी है ? । जसले जे भने पनि .....मेरो देश नै पहिलो स्वर्ग हो ।
लगभग १५ बर्ष देखी म ईमेलहरु हयाक गर्ने काममा छु। यो बिचमा मैले धेरै चोटि ईमेलहरु हयाक गरेको छु। तर मैले कसरी सजिलोसँग ईमेल हयाक गरे त? यस्को बारेमा म तपाईंलाई आज आफ्नो कुरा राक्छु है त । तपाईंलाई ईमेल हयाक गर्नु छ? ईमेल हयाक गर्ने सजिलो तरिका छ म सँग। तपाईं लाई कुनै ईमेलले दु:ख दिएको छ? तपाईंलाई कसैको ईमेल पढ्न मन छैन? तपाईंलाई ईमेलको पासवोर्ड चेन्ज गरेर, दु:ख दिन मन छ? आउनुस म तपाईंलाई आज गूगल, याहू वा हटमेलले समेत गर्न नसकेको कुरा सिकाउछु। इ-मैल हयाक गर्नु पर्ने हो भने सबै भन्दा पहिला एउटा कुरको ख्याल गर्नु पर्छ। कुनै पनि ईमेलको युजरनेम र पास वर्ड जान्नु नै सबै भन्दा सजिलो तरिका हुन्छ यस्को। अब कसरी जान्ने त यो ? आउनुस एकपटक केही कुरा आँफै गरेर हेरुम है त। सबै भन्दा पहिला यो कुरा आफै गरेर हेर्नुस त... 1. सबै भन्दा पहिला तपाईंको ईमेल केमा छ ? गूगल, याहू वा हटमेलमा त्यस्को होम पेज खोल्नुस। जस्तै www.yahoo.com,www.google.com वा www.hotmail.com २. तपाईंको username टाईप गर्नुस् र password हान्नुस् 3. अब enter गर्नुस अब तपाईं आफ्नो ईमेल खोल्नु हुन्छ। जब तपाईंको ईमेल खोल्नु हुन्छ। तपाईंको ईमेलमा तपाईंको साथीको ईमेल पनि होला, तपाईंलाई मन नपर्ने मान्छेको पनि ईमेल होला हैन त ? बस अब तपाईंले आफ्नो ईमेलमा जे गर्ने मन छ गर्नुस्। किनकि तपाईं आँफैले आँफैको ईमेल हयाक गरी सक्नु भयो। आफ्नो ईमेल हयाक गर्ने सजिलो तरिका हैन त यो ? अप्रिल फुलको शुभकामना है साथीहरुलाई ..............