यो कबिता भयो के भयो थाहा भएन है।।। किन किन यो कलम मायाको कुरा बढी गर्न खोज्छ। फेरी बिस्तारै बिस्तारै के हुने हो ।। जेहोस् राम्रो नै होला। आज फेरी तिर्मो याद आयो ।। त्यस्तै त्यस्तै ..............
दूर्जेय ..............
तिमी नहुँदाको बेला
भावनामा डुबेर तिमीलाई खोज्दै छु ,
मनको तरङहरुमा खोज्दै छु,
बिबस जीबनको रङहरु धमिलिएकोबेला
आस्थाले मात्र जीबन धानेको छु।
तिमीलाई सम्झेको बेला....
आफ्नो समयलाई आफै नियालेको छु
मनको रोदनलाई आफै सुनेको छु
मनको पिडालाई आफैले कोरीरहेका बेला
पिडाले मात्र जीबन धानेको छु
तिमीलाई महसुस गरेको बेला .....
सपनाको तरङ जस्तै सधै महसुस गरेको छु
दूख र पिडामा तिमीलाई खोजी राखेको छु
एकान्त बासको बेला मनलाई थामिरहेको बेला
आँखाहरुलाई बन्द गरेर बस्ने गरेको छु
तिमीलाई माया गरेको बेला.......
Subscribe to:
Post Comments (Atom)
मायाँ गर्नु सारै जाती...मायाँको साहित्य सिर्जना गर्नु त झन जाती....तर मायाँ कै कारणले पीड़ित हुनु चाहीं नजाती...
मलाई सिर्जना मनपर्यो... निरन्तरताको कामना छ
धन्यबाद। हजुरको उपस्थितीले मेरो हौसला अझ बढेको छ। मेरो ब्लगमा यहाँको अझ बढी सुझाबको आशामा छु।