आज अलिक फरक कुरा गर्न मन लाग्यो तर आफै बाट सुरु गरुम है। ब्लगिङको क्षेत्रमा म पुरानो हैन,तर आज ब्लगिङ गर्ने साथीहरुको पेजमा जब म पुग्छु, म एउटा साझा ब्लगरहरुको जमात पाउछु। एकले अर्कालाई अनुसरण गर्ने अनी कुनै लेख वा कसैको बिचारमा आफ्नो बिचार दिने ठुलो जमात। आफ्नो कुनै बिचार राखिसकेपछी, आफ्नो विचारमा अरुको बिचार कस्तो छ, आएका कमेन्टहरु पढ्न मज्जा आउछ। कुनै पनि ब्लगमा भएको कमेन्टहरु आलिक बढी ध्यान दिएर हेरिन्छ, आफुले कमेन्ट लेक्नुपर्दा समेत अरुको कमेन्टहरुमा आँखा लगाएर, अरुको बिचारसँग सन्तुलित प्रकारको बिचार राखेको मैले पाएको छु। कमेन्टहरुको बिकल्पले वास्तवमा कुनै पनि ब्लगर वा ब्लगलाई जिबन्त राखेको हुन्छ। सोभाबिकरुपमा आफुले लेखेको र आफ्नो बिचारमा कस्को कस्तो बिचार छ, जान्न मन लाग्छ र आफ्नो बिचारमा अर्काको बिचार भुझ्दा,अझै बढी लेखु वा अझै राम्रो कुराको प्रस्तुती दिन मन लाग्नु सोभाबिक हुदो रहेछ। आफ्नो ब्लगको ढाचा र बनौट,रङ र बास्तुलाई सधैं अरुको भन्दा नराम्रो र कम परिमार्जित देखिनुले पनि सधैं राम्रो गरु र आफ्नो ब्लगलाई सुन्दर बनाउ जस्तो हुदो रहेछ। ब्लग वास्तवमा आफ्नो बिचार, आफ्नो साथी वा भनु आफ्नो सर्कलको सामुन्ने राख्ने सजिलो तरिका हो, यसमा कुनै दुई मत हुन सक्दैन, यसको मतलब के ब्लग आफ्नो लागि हैन त? सधैं कुनै समाचार, कुनै घटना क्रमलाई जान्न वा भनु आफुलाई एकै थालोबाट संसारलाई चिहाउने तरिका वा भनु आफुलाई दुरुस्त राख्ने माध्यम पनि त हो ब्लग।
हामी ईन्टरनेटमा बस्ने बित्तिकै सबै भन्दा पहिला कुन वेब साइट हेर्छौ? हामीले न्युनतम कुन कुन साइट एक पटक हेरेरै छोड्छौ? हाम्रो आन्तिम हेराइ कुन कुन साइडमा हुन्छ? यो प्रश्न म आफैलाई गर्ने गर्छु। यो सबै कुरा आफुसँग उप्लब्ध समयमा भर पर्छ। बढी समय छ भने हामी ईन्टरनेटको दुनियामा कता पुग्छौ आफैलाई थाह हुँदैन, हेर्दै जादा कता कता पुगिन्छ कि कहिलेकाँही आँफैले खोलेको पेज आँफैले झट्ट बन्द गर्नु पर्ने हुन्छ। तर तपाईसँग समय छैन वा भनु ब्यस्त हुनु हुन्छ भने के गर्नु हुन्छ? सोभबिक हो हामी कुनै सिमित साइट मात्र हेर्छौ, जस्तोकी इ-मैल, एकाद समाचार मूलक साइट अनी आफ्नो बिषय अनुसारको आफुलाई दुरुस्त राख्नु पर्ने जर्नलहरु बस। यि सबै कुराको एकै ठाँउमा लिन्क राखेर, आफ्नो साथीहरुको बिचार अनी आफ्नो बिचार साटासाटगर्ने ठाउँ पनि त होनी ब्लग र ब्लगिङ। बिचारको परिमार्जन र ज्ञानलाई अझ बढी मस्काउने र दुरुस्त राक्ने ठाउँ हैन र ब्लग ?
म आफन्तबाट टाढा रहेको बेला, निरास भएको बेला समेत साथीहरुको ब्लग चिहाउदा र आफ्नो ब्लगमा साथीहरुको उपस्थितीले मलाई आनन्दको अनुभूती हुन्छ। निरास भएको बेला म ब्लगमै कयौ चोटि हासेको पनि छु। के मुस्कान र सानो खित्का छोडेर हास्ने मौका हैन र ब्लग अनी ब्लगिङ?
प्रसँग गतहप्ताको हो। फेसबूक मार्फत मेरो एक जना मित्रले मेरो ईमेलमा पठाएको सन्देशको हो। मैले ब्लग लेखेको देखेर वा भनु मैले आफ्नो कुराहरु राखेको देखेर मलाई सुजाउदै हुनुहुन्थ्यो कि "ब्लग त काम नपाएका, अबकाश पाएका मान्छे, पत्रकारहरुले मात्र गर्ने कुरा हो। तिमी किन गर्दै छौ थाह भएन।" म एक चोटि झसँग भए। तर मलाई थाहा छ,यो कामबाट मलाई कतिको आनन्द मिलेको छ। मेरो परिवारबाट टाढा भएको बेला, मेरो मनको कुरा सँगालेर राख्ने जिबन्त दस्ताबेद भएको छ ब्लग। सबै भन्दा ठुलो कुरा म बौद्दिक जमातको घेरामा छु, म बिचार र भाबनाको कदर गर्ने यस्तो समाजमा पसेको छु जो बिरलै पाईन्छ। म सधैं रेस्टूरेन्टमा गएर, प्रयोगशालामा लागेर वा बियरको चुस्कीमा रमेर नपाउने आनन्द र एक्लो पनको साथी पाएको छु ब्लग र ब्लगिङ मार्फत ।।।मेरो साथीलाई चेतना भया ................

एकदमै सहि कुरा !! ब्लग भनेको फुर्सदका मान्छेको नभई विचार राख्न सक्ने तार्किक व्यक्तिहरूको साझा मञ्च हो !! फुर्सदमा ब्लग लेख्ने भन्नु एकदमै गलत हो !!
मेरो लागि पनि ब्लग एउटा रमाइलो हब्बी भएको छ...यो एउटा अथाह सागर पनि रहेछ...जति धेरै ब्लग हेरे पनि थुपै रमाइला ब्लगहरु छुटदा रहेछन् ।
साहैं रमाईलो कुरा गर्नु भयो दूर्जेय जी। साचैं नै ब्लग एउटा मनको बिचार पोख्ने र अरु सामु आफ्नो बिचार आदान प्रदान गर्ने साझा चौतारी हो।।
केहि कुरालाई कसैले कसरी हेर्छन् त कसैले कसरी । ब्लगमा रुचि नै नभएपछि तपाईंको साथीलाई त्यस्तै लाग्यो होला नि ।
निकै घतलाग्यो है, मलाई चाँहि यहाँ को कुरा !
रमाईलो अनूभव !, मलाई लाग्छ बल्गीङमा लागेपछि प्राय: हामिसबैलाई यस्ता केहि रोचक अनुभव हुने गर्छन । तपाईलाई त तपाईको साथिले "ब्लग त काम नपाएका मान्छेले गर्ने कुरा हो।" मात्र भनेछन। मलाई एकदिन मेरो एकजना शिक्षित साथीले
"हैन बिहे गरीसकेको मान्छेले पनि के बल्ग बनाएको?"भन्दा म एकछिन अकमक्क परेको थीएँ। थाहा छैन उनले ब्लगलाई के भन्ठानेका छन :)
फुर्सदमा एकचोटी मेरो यो पोष्ट पनि हेर्नुहोला (विज्ञापन गरेको चाही हैन है फेरी:)
ब्लगोमेनीया-कारण, लक्षण र निदान
हा हा हा.......... कमेन्टहरु हेर्दै जाँदाखेरी अन्तिममा पुगेपछि हाँसो छुट्यो। कुरा सही हो सबैको। घत पर्यो अनि कता कता काउकुती लागेर आयो अनि हाँसेको नि। दुर्जेयजीकै कुरालाई पैचो लिन्छु है फेरी "के मुस्कान र सानो खित्का छोडेर हास्ने मौका हैन र ब्लग अनी ब्लगगिङ?" । साँची हाँस्ने हसाउने/रम्ने रमाउने मात्रै नभएर कहिलेकाही त पारो चढ्ने र चढाउने मौका पनि हो नि ब्लगिङ। अनि चढेको पारो उतार्ने मौका पनि हो ब्लगिङ। कि कसो हो कुन्नी?
विश्व-संस्कृतिको असल पक्ष हामी नेपालीको बुझाईमा कति ढिलो आईपुग्छ भन्ने कुराको प्रमाण हो ब्लग भनेको अरु केहि काम नपाएकाको 'काम' हो भन्ने सोचाई। ब्लगले मूलाधारका संचार माध्यमसंग प्रतिस्पर्धा गर्न थालिसक्यो अन्त, हामीकहाँ भने अझै यस्तै छ। खैर केहि छैन, तपाईँ हामी लागिरह्यौं भने स्थिति फेरिन पनि सक्छ।
सबै साथीहरुका कुरामा सहमति जनाउन चाहन्छु। मलाई पनि ब्लग जगत अत्यन्त आत्मीय र जीवनको छुटाउन नसकिने भाग जस्तो लाग्छ।
म चाहीं भाग्यमानी भएको छू यो मामिलामा ... मैले ब्लग खोले देखि केटो के के न गर्ने भो भनेर धेरैले चासो दिएका छन ...
यो ब्लग जालोमा पाइला टेक्दै छु र सुन्दैछु अरुका कुरा, .... शुरुमा त मलाई ब्लगमा यसरी साथीभाईको नेट्वर्किंग जस्तो हुन्छ भन्ने नै थाहा थिएन। धेरैले थाहा नपाएर हो की केहो? मलाई चाही कसैले कही भन्न भ्याएका छैनन ।