खुब आतंक थियो त्यो जङलमा,सिहँको तनाशाही खुब चलेको थियो। हरेक दिनमा एक जना सिहँको आहरा बन्न जानु पर्ने। जान पनि ठीक समयमा जानु पर्ने,ढिलो भयो भने राजा रिसाउने र गाह्रो हुने रहेछ। यो क्रम लामो समय सम्म चल्यो। खुब दु:ख पाए जङलका जनवारहरुले। सुत्नु भन्दा पहिला आफ्नो पालो कहिले पर्ने हो गन्नु पर्ने र पालो परेको दिनमा आफ्नो परिवारसँग बिदा भएर, मन भरी अनेकौ पिडा लिएर मृत्युको मुखमा जानु पर्ने। एक एक गर्दै सबै जङलका प्राणीहरु सकिदै गए, हरेक जनवारको घरमा आफ्नो परिवारको सदस्य बिछोडको पिडाको रोदन थियो।
त्यस्तैमा एकदिन पालो आयो खरायोको। सदा झै त्यो दिन खरायोलाईपनि खुब पिडा भयो। आफ्नो परिवारसँग बिदा भयो र सिहँको आहारा बन्नको लागि निस्कियो। अब फेरी आफ्नो परिवारसँग कहिले पनि भेट हुँदैन, खुब रोए बिचरा खरायोहरु। तर नगैइकन सुख थिएन। खरायो बिस्तारै सिहँको दरबारतिर लाग्यो। उसको पाइला चल्न मानेको थिएन, बिस्तारै बिस्तारै हिंडेर गयो खरायो।
उता सिहँ भोकले खुब आत्तिएको थियो। समयमा खरायो नआएकोले खुब रिसाएर बसेको थियो। खरायो पनि टुप्लुक्क आईपुग्यो। खरायो ढिलो गरी आएको देखेर सिहँ गर्जेर खरायो माथि करायो। "तलाई नाथे खरायो.... तलाई थाहा छैन मलाई भोक लागेकोकुरा? चाडै आउनु पर्दैन? मुर्ख खरायो। अब म तलाई एकै गासमा खाइदिन्छु ल तयार भो।"
खरायो थर्थर्ती काप्यो बिचरा अनी बिस्तारै काप्दै भन्यो: " महाराज म त चाडै नै हिंडेको हो घरबाट तर बाटोमा तपाईं जस्तै अर्को सिहँ भेट भयो। उसले आफुलाई यो जङलको महाराज भएको कुरा गर्यो। मलाई धरै बेर सम्म बाटोमा रोकेर राख्यो र तपाईंलाई यो जङलको राजा नभएको कुरा गर्यो। म त बल्ल बल्ल उम्केर आए। एउटा जङलमा कसरी दुई जना राजा हुन सक्छ? म यो कुरा सोधेर आउछु भनेर उम्केर आएको हो महाराज।"
खरायोको कुरा सुनेर सिहँ बेस्करी रिसायो। को हो त्यो ? म हुँदाहुँदै कस्ले भन्यो त्यो राजा भनेर? ल हिड र मलाई देखा त्यो नाथे सिहँलाई म पहिला त्यसलाई खत्तम गर्छु अनी तलाई खान्छु। खरायोले हस् भन्यो र हिड्यो। खरायोको पछि पछि लाग्यो सिहँ। पर पुगे पछी,जङलको छेउमा रहेको ईनार तिर देखाउदै खरायोले भन्यो " महाराज तपाईं जस्तै अर्को सिहँ त्यो ईनार भित्र बसेको छ एकपटक आँफैले हेर्नुस् त" सिहँले बेस्करी गर्जदै, ईनार भित्र हेर्यो। बिल्कुल खरायोले भने जस्तो ईनार भित्र पानीमा लुकेर बसेको अर्को सिहँलाई देखेर महाराज सिहँ बेस्करी हास्यो।।।।।।।।।।। हा।। हा।। हा।। हा..... अनी खरायोको घाटी समातेर बेस्करी करायो। तलाई नाथे खरायो कक्षा तीनमा पढेको कथा सुनाएर मलाई झुक्काउने.......बिचरा खरायो फेरी मुर्ख भयो।
समय अनुसार आफुलाई परिमार्जन(अद्याबधिक) गर्न नजान्दा र आफ्नो दुस्मनलाई नजरअन्दाज गर्दा बिचरा खरायो सधै दु:खको चपेटामा पर्ने गरेको छ। सबै लाई चेतना भया...............

हा हा हा, तपाईक रिमिक्स कथाहरु रमाईलो मात्रै हैन, ज्ञान बर्धक पनि छन ।
आफूलाई अद्याबधिक (अपडेट) नगरी पुरानै ज्ञानको भरमा बसेमा आवश्यक परेको बेलामा त्यसले काम नगर्ने कुरा रमाईलो ढंगले प्रस्तुत भएको छ ।
'कक्षा तीनमा पढेको कथा सुनाएर मलाई झुक्काउने......' हा हा... हा... मजा आयो ।
सतर्क भएर सुरक्षित उपाय अपनाउने केही खरायोको चेतनाभन्दा दश कदम अघि बढेर सिंह ब्वासा र हुडारहरु भनिरहेछ्न - आउ, अब हामी अरुमाथि शासन गर्ने छैनौ, रगत पिउने छैनौ हो हामी शाकाहारी भएका छौं ।
पत्याई रहेछन र ल्याप्चे लगाईं रहेछन आँखा चिम्लेर निरीह खरायोहरु बिनाशकारी सहमतिपत्रमा, र जीवनको दाउ लगाईं रहेछन !
सार्है रमाइलो लाग्यो दुर्जय जी ! रिमिक्स कथा ।मज्जाले हाँसउठ्यो।कमेन्ट मा धेरै लेख्नै आएन !