यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Saturday, March 5, 2011

२०११: यो साललाई जीवनभर याद गर्ने छु

मैले बल्ग छोडेको हैन। समयले कहिले काहीँ निकै असहज बाटोबाट मान्छेलाई लैजादो रहेछ। सन २०१० को सुरुवातसँगै मेरो जीवनले निकै नयाँ मोड लियो। यसै साल डाक्टर डिग्री लिए, नयाँ जागिर पाएँ। म, मेरो परिवार र सबै साथी भाहरूले यसमा खुसी बाँड्यौ। बल्ग लेखन काममा मैले हात हालेको मेरो डाक्टर डिग्रीको दोस्रो वर्षबाट थियो। सही मानेमा पहिलो वर्ष र केही महिना बीचमै मैले विश्वविद्यालयले तोकेको प्राय सबै मापदण्डहरू सकेको थिए। चाहिने पब्लिकेसन, लिनु पर्न कक्षाहरु र सेमिनारहरू सबै यसै बीचमा सकिसकेकोले बाँकी समय मेरा लागि त्यस्तो हताश रहेन। समय निकाल्न सकेको थिए। बीच बीचमा निकै समय मनमा लागेको जे पायो त्यही लेखेर रमाउथें र यसै बीचमा नेपाली बल्गको दुनियाँका पारखीहरुसग भेट र चिनजान भयो। नयाँ संसार र त्यस बीच पाईने ज्ञानको त कुरै भएन। अझै पनि समय मलाएर पढिरहेको छु।

 

त्यस बीच म निकै लामो समय हराएको छु। वास्तवमा जीवन बाच्ने र कैरियरको पछि लाग्दा लाग्दै मान्छे हराउँदै जादो रहेछ। समय वास्तवमा ठूलो र भयानक घोलक पदार्थ ( Solvent) रहेछ। मान्छे समयसँगै घुल्दै जाने रहेछ। नुनलाई पानीमा धुलाउँदै गर्दा, अति-संतृप्‍त अवस्था पछि सुन्दर र सुद्ध मणिभहरू निस्कने कुरा हामीले विज्ञानको पुस्तकहरूबाट जानेकै हो। सायद यसैले समयसँगै घुल्दै जाँदा मान्छे पनि हराउँदै जादो रहेछ। कुन हद र तह सम्म आफूलाई हराउन सकिने हो र समयले कति हद सम्म घुलाउन सक्छ त्यसको नाप तौल केजीमा वा ग्राममा हुँदो रहेन छ। हरेकको परिवेश र समय अनुसार यसको समय तालिका र तौल तालिका फरक फरक हुँदो रहेछ। आफूलाई सुद्ध र निखारिएको मणिभको रूपमा समयसँगको यो घुलाईवाट आफूलाई निकाल्न सकिने हो वा हैन, थाह छैन तर पनि लागिरहनु बाहेकको कुनै विकल्प छैन। त्यसैले हामी सबै घुल्दै छौ.. फगत धमिलोपनको पर्खाइमा ।( धमिलोपन: मणिभहरू आउने संकेत)

 

तर सन २०११ मेरा लागि कतै शुभ र राम्रो रहेन। म यो साललाई जीवनभर याद गर्ने छु............

 

यसै बीचमा हाम्रा पिताजीको असामयिक निधनले हामीलाई निकै दुखी बनायो। जीवन दर्शनको अनेकौँ पाटाहरूमा म आफूलाई राखेर हेर्दा र मृत्यु चराचर जगतको अकाटय नियमको बोध हुँदा दुदै पनि केही समय मेरा लागि “समय” र “जगतै” रोकियो। चल्न बाध्य हामीहरू, चलाउनै पर्ने नियम मुताबिक फेरि नयाँ रूपमा नयाँ नाममा र नया सोचले अगाडि बढ्ने प्रयास गर्दै छौ। समय बलवान् छ भन्ने कुराको बोध हामी सबैमा छ। उहाँ सँग मैले अन्तिम अवस्थामा केही कुराहरू गर्न पाए। मैले जीवन दर्शनको अनेकौँ पाटाहरूलाई बुबाकै मुखबाट सुन्न पाएको थिए। मेरा लागि मेरा पिता एउटा पिता, गुरु र सबै भन्दा ठूलो साथी हुनुहुन्थ्यो। जीवनको अन्तिम समय सम्म उहाँले मलाई कहिलै कुनै पनि काममा रोक्नु भएन। हामीलाई छोड्नु भन्दा केही दिन अगाडि बुबासँग मैले फोनबाट कुरा गरेको थिए। उहाँले अन्तिम अबस्था सम्म पनि मेरो कैरियर र पेशामा इमानदार भएर काम गर्नु भन्ने उपदेश लिएको थिए। बुबाले यसो भन्दै गर्दा मलाई थाह थिएन कि उहाँको यीनै शब्दहरू मेरा लागि अन्तिम हुने छन्।

 

बिरामी भएर बिस्तरामा बसिरहेकै बेला मैले फोन गरे, बुबाले नै फोन उठाउनु भो। मैले भने बुबालाई गाह्रो भयो हो? उहाले भन्नु भो “ यो ईश्वरको लिला हो, दुई दिनको यो नाटकको म पनि बूढो पात्र हुँ, जो नाटकको सुरु देखि देखा परे, मेरो नाटकबाट बाहिरिने बेला भएको होला, तिमीहरूले पीर नगर्नू र आफ्नो काम र पेशा प्रति इमानदार भएर काम गर्नु। तिमी आएर, हुने टर्दैन, भई सके पछि तिमी आफैले बुझेका छौ”

 

मन भारी हुँदा हुँदै आफू र आफ्ना सबैलाई सँभाल्दै लैजानु पर्ने अर्को नियतिसँग म जुध्न बाध्य भए। अनि यसले थप हराउन सहयोग गर्यो र फेरि एक पटक टाढा जस्तो भयो। कामको, दामको र मामको चापसँगै मान्छे हराउने नै हो त? हामी मेसिन बनाइरहेका छौं आफै मेसिन बनेर। हामीलाई सुविधा होस भनेर बनाइरहेको मेसिनले हामीलाई नै मेसिन बनाएको पत्तो पाइरहेका छैनौ। तर पनि मणिभसँगै रहने पानी जस्तै समयले हामीलाई त्यस पछि पनि छोड्ने छैन र समय हामी सँगै रहने छ। जब हामी वास्तवमा समयसँग छुट्छौ, लाग्छ हामी मरिसकेको हुनेछौ.... समय बलवान् छ र मरिसके पछिको समय पुराणका कथाहरूमा बाहेक जीउदो  कसैले  भोगेको छैन। मणिभहरुसगै रहने पानी (water of crystallization), मणिभबाट छुट्छ तब मणिभले नयाँ आकार र रूप लिन्छ... समयले हामीलाई छोड्नुको अर्थ त्यसैले सहज र प्रस्ट छ....सबैलाई चेतना भया..

Comments :

10 comments to “२०११: यो साललाई जीवनभर याद गर्ने छु”

हार्दिक समबेदना !!
मेरा ममतामयी आमा पनि स्वर्गवास भएको २ महिना भयो | म पनि एकदिन अघि मात्र फोनमा गफ गर्दै थिए :'(
घर बाहिर पढ्न बस्नेलाई कसै लाई एस्तो वियोग नपरोस जस्तो लाग्छ | तर के गर्ने ...

--
Sincerely,
NabinKM
http://nabinkm.com

N K M said...
on 

सायद त्यसैले भनिएको होला । जीन्दगी नाटक हो । हजुरलाई भावुकता संग पढेँ ।

"ओजोन" सन्दिप निरौला said...
on 

दूर्जेय जी लामो समय पछी ब्लगमा आउनुभएकोमा खुशी लाग्यो। र तपाईको बुबाको दुखद खबर सुन्दा उस्तै दु:ख पनि लाग्यो। उहांलाई हार्दीक श्रदान्जली।
ब्लगको लेखनको रफ्तार पनि अचम्मकै हुंदो रहेछ। दौंतरीमा खुल्दाताका ३ पटक सम्म एकै दिनमा ब्लग अपडेट हुनेगर्थ्यो तर हिजो आज ३ दिनमा पनि एउटा ब्लग आउन मूश्किल पर्छ। कतै हराउने पो हो की, आंफैमा डर लाग्छ। फेरी सबैलाई क्यारियरकै चक्कर। यस्तै छ दुनिया। तर मुख्य कुरो लेख्दै गर्नुपर्छ,लेख्नमा आन्नद आओस पढ्नेलाई पनि उतिकै आनन्द आओस।
फेरी फेरी लेख्दै गर्नुहोला।
नेपालियन

Nepalean said...
on 

यो पिडाको खबरले साह्रै दु:ख लाग्यो दूर्जेयजी! मेरो समवेदना स्विकार गर्नुहोला। बुबाको आत्माले चीरशान्ति पाओस्! भगवानले तपाईँ र परिवारलाई धैर्यधारण गर्ने शक्ति प्रदान गरुन्।

Basanta said...
on 

पहिले देखि नै हो तपाइंको ब्लगमा आउँदा म केही भावुक हुने गर्छु, धेरै ढिला गरी आएको तपाइंको पोस्ट पढेर अझ धेरै भावुक बने म । ब्लग दुनियाबाट हराउन कहिलेकाही कुनै विशेष कारण नै चाँहिदो रहेनछ, भन्ने अनौठो अनुभव पनि छ म संग चाहिँ, यहाँका पिताप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्छु ।

कृष्णपक्ष
http://blog.krishnathapa.com

कृष्णपक्ष said...
on 

पितृशोकको खबर पढेर निकै नरमाइलो लाग्यो|दिवंगत पिताजीप्रति हार्दिक श्रद्दान्जली अर्पण गर्दै यहाँ र यहाँको परिवारलाई हार्दिक समबेदना व्यक्त गर्दछु | ईश्वरले धैर्य धारण गर्ने र सत्कर्ममा लागिरहने क्षमता प्रदान गरुन |

Chaitanya said...
on 

यहाँको पिताको आत्माको चीर शान्तीको कामना गर्दछु । परिवार सबैमा धैर्यधारण गर्न सक्ने शक्ति प्रदान होस् ।

दिनेश राज said...
on 

पोस्ट धेरै पटक पढें तर मनको भावना अनुरूप शब्द नभेटेकोले केही लेख्न सकिँन । जिन्दगी यस्तै हो... हामी आफ्नै सोचमा हिँडदै हुन्छौ र जीवनको गति पनि आफ्नै तालमा चलिरहेको हुन्छ । John Lennon ले कतै भनेका छन् "Life is what happens to you while you're busy making other plans." ।

पटक पटक यो पोस्ट पढ्दा यस्तो लाग्दैछ , तपाईँको पिता, पिता मात्रै हैन आदर्श पिता र महान आत्मा हुनुहुन्थ्यो । उहाँका अन्तिम वाक्यहरुले त्यही नै शंकेत गर्छन् । उहाँको आत्माको चीर शान्तीको कामना गर्दछु

Dilip Acharya said...
on 

पिताको आत्माको चीर शान्तीको कामना गर्दछु । परिवार सबैमा धैर्यधारण गर्न सक्ने शक्ति प्रदान होस् ।

प्रबिण थापा said...
on 

बुबाको आत्माले चीरशान्ति पाओस्!!

आश्मा said...
on 

Post a Comment