यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Tuesday, September 18, 2012

फेसबुक- पुराण

“फेसबुकको एउटा चर्तिकला यहाँ पनि राखेको थिए....

जब जब कुनै चाड पर्व आउँछ वा आउँन लाग्छ आजकल पात्रो हेर्ने नपर्ने भएको छ। इजरायलमा रहेकी मेरी एक जना फेसबुकले साथीले एक महिना अगाडि बाटै दर खाने कार्यक्रम र तीजको शुभकामना दिएर तीज आउँदै छ भन्ने संकेत अगाडिनै दिएकी थिइन। नेपाली होस वा विदेशीको बाबुको मुख हेर्ने दिन वा आमाको मुख हेर्ने दिन होस फेसबुकका भित्ताहरू बाबुलाई शुभकामना दिनेहरूको भीड बेस्करी हुन्छ। “happy father day” “You are the best dad ever” भित्ता भरी छरिएको देख्दा लाग्छ सबैका बाबु फेसबुक तिरै छन्। तर कसै र कतै कसैका बुबाले जबाफ देखिएको देखिदैन्। शिव रात्रीको शुभकामना, जनै पुर्णिमाको शुभकामना, नाग पञ्चमीको शुभकामना, दर खाने दिनको शुभकामना, सबै खाले सामाजिक पर्ब वा ब्यक्तीगत उत्सबहरको शुभकामना.. जे होस शुभकामनाको भीड कम छैन।

 

आजकल फेसबुक मान्छेहरुलाई फेसन मात्रै हैन, फेसबुक आफै अलिक बढिनै भीड भएको छ। मेले जान्दा सम्म कम्प्युटर सिक्न जानेहरुले इन्टरनेट, ई-मेल सिक्न जाने भनेर भन्थे तर आजकल इन्टरनेट र फेसबुक सिक्न जानेहरुको भीड छ बढ्दो छ। फेसबुकले आफूले मात्रै हैन, फेसबुक चलाउन जान्न चाहनेहरुले, करोडौँको मोबाईलको र कम्प्युटर व्यापार बढाउन सहयोग गरेको छ। सञ्चारको पहुँच र जानकारी लिन खोज्नु र यसको प्रयोग गर्नेहरुको संख्या‍या बढ्दै जानु भनेको सार्है राम्रो कुरा हो।

 

मान्छेका हरेक जीवनको क्षणहरू उत्सव हुन्छन् र त्यसलाई मान्छेहरूले हरेक तवरले उत्सवै झा भोग्न चाहन्छ। त्यसैले आजकल कसैले डिग्री सक्यो, नयाँ जागिर पायो, घरमा नयाँ बच्चा जन्मियो, कसैले गाडी किन्यो वा कसैको गाडी बिग्रियो सबै फेसबुकमा देख्‍न र सुन्न पाइन्छ। संसार सानो बनेको छ। फेसबुकमा फोटो राख्‍नको लागि आजकल फोटो खिचिन्छ। कुनै नयाँ नौलो र अचम्म लाग्ने कुराहरू देख्यो भने मान्छेहरू मोबाईलको क्यामेरा निकालेर फोटो खिच्न थाल्छ। पोखरीमा डुबिरहेको मान्छेलाई पानीबाट निकाल्नु भन्दा पनि पहिले क्यामेरा खिचेर फोटो खिच्नेहरुको भीड कम नहोलान्।

 

अझै आजकल कुनै भगवानका फोटो, देशका झन्डा वा केही पुराना भनाइहरू राखेका फोटोहरू राखेर like ठोक्नुस भन्दै लाईक बटुल्नेहरुको भिड र त्यसै माथि ट्याग गर्नेले हैरान कति गरेका छन् भन्ने त भनिरहनु पर्ने कुरै हैन। सयौ राम्रा र असल कामहरु पनि भएका छन् फेसबुकमा। सामाजिक दबाब, चेतना र बहसको राम्रो माध्यम बनेको छ फेसबुक। कुनै संस्थाले आफ्नो कम्पनीको एप्लीकेसनको प्रचार गर्न होस वा आफ्नो सर्कलमा बढी भन्दा बढी मान्छेहरू जम्मा गर्नका लागि करोडौँ पुरस्कार राखेर सबै भन्दा भोट पाउनेले उक्त रकम पाउने नियम राखेका अनेकौँ उदाहरण छन्। मेरो सर्कलमा यति मान्छेहरू छन् भनेर आफ्नो सर्कलमा भएका सबै साथीहरूको ईन्फर्मेसन बेचेर पैसा कमाउनेहरुको पनि भीड उस्तै छ। फेसबुकमा आउदै नआउने आयो भने एकै चोटी अग्रेजी, हिन्दी, नेपालीमा २०-२५ वटा स्टाटस अपडेट गर्ने पनि छन्। कमेन्ट खेती गर्नेहरुको भीडको त कुरै नगरौ।

 

अहिले तीजको चहल पहल, राता र ताता फोटोहरूले फेसबुक छोपिएको छ। नेपाललाई भोट गरौ भनेर चेस कम्पनीको पुरस्कार हात पार्न दौडमा भोट माग्नेहरूले फेसबुक चलायमान भएको छ। मैले पनि थुप्रै पटक यसमा भोट मागेको छु। पूर्वी तटमा तीजको कार्यक्रम भएछ, कार्यक्रमबाट फर्केकाहरुले एकै चोटि ३०५ वटा फोटो अपलोड गरेर अरूको कामै छैन झै गरेका छन्। त्यस्तै क्यालिफोर्नियाका साथीले आफ्नो छोराको जन्मदिनको पार्टीमा खिचेको २०३ वटा फोटो एकै चोटि राखेर सबैलाई छक्कै पारेका छन्। घरमा मःम बनाएको बेला, मःम बनाउनेहरुले चिसो खान पाउलान् फेसबुकमा तातो तातो आउछ। संसारका कुन कुनामा कहिले र किन सेल रोटी पकायो, त्यही बसेर खानेहरुले बासी र सार्हो रोटी पाउलान् तर फेसबुकमा तातो तातै आईपुग्छ।

 

अघिल्लो बर्ष मेरा परिवारका सदस्यहरूले यथोचित समय वा घडीमा जानकारी दिने सल्लाह गरिरहेको बेला, एक जना बिद्धानले नेपाल बाटै मेरो फेसबुकको भित्तामा मेरो बुबाको मृत्युको खबर लेखि दिएर दुःख जनाउ गरिदिए। तर घर नजिकै बस्ने र काम गर्ने त्यी बिद्धानले म कोरामा बस्दा भेट्न समेत आएनन्। उनले यो खबरलाई कतै र कसै गरि संवेदनशील ठानेनन्। आफूले केही नगरी, अरुले के गर्यो भनेर चियो चर्चामात्रै गर्नेहरुको भीड पनि कम छैन। जस्ले जसरी जानेको छ त्यसरी नै मनाएका छन् र प्रयोग गरेका छन् फेसबुक।  यस्तै छ आजकल फेसबुक पुराण... चेतना भया..

Comments :

3 comments to “फेसबुक- पुराण”

हो है !। यो पुराणले कहिलेकाहीँ त साह्रै नै गर्छ :( । कहिलेकाहीँ “happy father day”, “You are the best dad ever” लेखेको देख्दा म पनि त्यही सोच्ने गर्थे। 'बा' ले फेसबुक भनेको के हो भने र सुनेका छन कि छैनन् । अनि स्वयं ती लेख्नेले पनि भौतिक रूपमै भने आ-आफ्ना बा लाई कत्तिको सम्झना र आदर गर्छन भनेर म पनि सपच्ने गर्छु....

Dilip Acharya said...
on 

फेसबुकमा टुक्रे विचारहरूलाइ त्यसै राख्न सकिने भएकोले म पनि अचेल ब्लगिङ कम र फेसबुके बढी भएको छु । तर एउटा कुरा, फेसबुके साथीहरूमा गम्भीर र बौद्धकहरू भने कमै भेटाएको छु ।

वसन्त बलामी said...
on 

हे हे हे....सबैकुरो देखाउनअलाई गरिने चलन आजकलको । फोटो खिची नसक्दै अलि राम्रो आएको रहेछ भने, ओहो बल्ल प्रोफाईल पिकलाई हुने फोटो आयो भनेर खुसी हुने जमात त प्रसस्त छदै छ । घरमा केहि नयाँ कुरा पकाईयो भने सुरूमा चाख्ने क्यामेराले हो आजकल मिठो छ कि छैन भनेर!!
कुन कुरो कति सम्वेदनशिल हो, अर्काको फेसबुक वालमा लेख्नुले के अर्थ राख्छ, अनि कुन कुरा अरूको वालमा लेख्ने कुन कुरो म्यासेज गरेर पठाउने जस्ता सामान्य कुराहरूमा पनि हामी सचेत छैनौँ । मैले उतापट्टीको मेरो साथीलाई लेखेको कुरा अरूले पनि हेरेर कमेण्ट गरून्, तारिफ गरून् भन्ने सोचले उसलाई कति अप्ठेरोमा पारिरहेको हुन्छ भन्ने कुरा हामी चालै पाउँदैनौँ । सुतेको, उठेको, खाएको, पिएको भए भरका कुराले फेसवुक भरिएको हुन्छ । नपाउनेले केरा पायो भनेजस्तो भा'छ फेसवुक ।

जेहोस् दाजुको फेसबुक पुराण रमाईलो लाग्यो । साथसाथै उत्तिकै सम्वेदनशिल पनि ।

Ashesh said...
on 

Post a Comment