यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Friday, August 19, 2011

ब्लग खोल्नु र ब्लग लेख्‍नु फरक कुरा हो।

एक जना नयाँ ब्लगर फेसबुकमा झ्यास्स देखिएँ। नयाँ ब्लग तर पुरानो पोस्ट लिएर। १ बर्ष अगाडि कतै अन्तनै पढेको त्यो लेख फेरि देखियो। फेसबुकको भित्तामा पटक पटक पोस्ट गर्दै कमेन्ट खेती गर्दै थिए उनी। मैले उनको ब्लग पछ्याएँ। ब्लग राम्रो छ। नयाँ भएकोले बढी खरानीको गन्ध त नौलो भएन। ४-५ वटा लेखहरू पोस्ट गरेका रहेछन्। सबै लेखहरू एकै दिनमा त्यो पनि ब्लग खुलेकै दिनमा पोस्ट गरेका रहेछन्। उनको शीर्षकलाई गुगल गरे। एउटा विदेशी ब्लगरको सबै लेखहरू जस्ताको तस्तै कपी र पेस्ट। त्यी विदेशी ब्लगरले नेपालको राम्रो व्याख्या गरेका रहेछन्। अन्नपूर्ण बेस क्याम्प जस्ता दर्शनिय स्थलहरूको स्मरण र त्यो स्मरणसँग पाश्चात्य देशका पर्वत श्रृणलाहरु सँगको तुलना पनि उस्तै सारेर ब्लगको सुरुवात गरेका रहेछन्।

 

ब्लग खोल्नु र ब्लग लेख्‍नु फरक कुरा हो। ब्लग खोल्न सजिलो छ आजकल। अनेकौँ निःशुल्क दाताहरू अनेक सुविधाका साथ तयार छन् ब्लगरलाई स्थान दिनको लागि। जब ब्लग खोल्न सिकिन्छ, खोलिन्छ र प्रकाशित गरिन्छ तब निकै खुसी लाग्छ तर जब प्रकाशित ब्लगमा कुनै लेख वा पोस्ट हुँदैन तव ब्लगरले आफूले भर्खर खोलेको ब्लगरलाई निर्जीव पाउँछ। सजीवता दिनै र सजीवतलको अनुभव गर्न, ब्लग खोल्न मात्र सिकिरहेको बेला कुनै पोस्ट आफैले लेखेर तत्काललै हाल्न सक्दैन, अनि त सुरु हुन्छ पहिलो चोरीको पोस्ट। वास्तवमा चोर्नु उसको मनसाय हैन। मात्र तयारी लेखहरू ब्लगमा राखेर हेर्न खोज्दा खोज्दै चोरिन्छ। आफूलाई कति चाहिने हो त्यति मात्र राखेर ब्लगको पहिलो पोस्ट तयार हुन्छ। मैले अरूको लेख राखेको छु है भनेर बिर्सिन्छ र आफूले बनाएको ब्लगको नयाँ रुप हेरेर नै मक्ख हुन्छ। ब्लगको पहिलो जन्मदिन त्यहीबाट सुरु हुन्छ र नयाँ ब्लगरले जन्म लिन्छ।

 

जीवनको क्रम-विकाश जस्तै ब्लगको क्रम-विकाशमा अरू ब्लगरले राखेका पुर्जाहरू र तडकभडकको नक्कल र अनेकौ लिकहरू सँगै बिस्तारै ब्लगले आफ्नो उन्नति गर्दछ। झिलिमिली, पुराना पंजाबी ट्रक वा रक्सौलका टेम्पो जस्तो, सिन्दूर पोते, ऐना सबै झुन्डाएर लाखे नाच देखाउन लागेझै सजावट गरिन्छ र यसरी खोलेकै ब्लगलाई आफ्ना साथीहरूको माझमा पुराउनका लागि सामाजिक सञ्जालहरूको मद्दत लिने गरिन्छ।

 

तर आफ्नो ब्लग खोलेर, त्यसलाई प्रकाशित गरेर, फेसबुक वा अन्य सामाजिक सञ्जालहरूमा राख्‍न हतार गरिहाल्नु भन्दा पनि पहिले, त्यसलाई अनेकौँ तवरले बिचार गरेर वा आफूले चिनेका जानेका कोही साथी वा ब्लगरसगँ सल्लाह लिएर कमजोरीहरू लाई पहिचान गर्न जरुरी हुन्छ।

 

गुगलमा सामान्य तवरले खोज्यो भने मात्र पनि हजारौं नेपाली ब्लगहरु देखिन्छन्। स्यामेले ब्लग खोलेको छ म रामेले किन नखोल्ने भनेर मात्र ब्लग खोल्दा वा चलाउनु भन्दा पनि पहिले आफूले लक्ष गरेका पाठकहरु कस्ता छन्, आफूले नियमित तवरले पाठकहरूलाई दिन सक्ने कुरा के हो र आफूले कुन क्षेत्रमा लेख्दा, पाठकहरू सधैँ आफूलाई पछ्याई रहन्छन् भन्ने कुरा पहिचान गर्न जरुरी छ। आफूले देखेका र पढेका सबै ब्लगहरुको जस्तै सामग्रीहरू आफ्नै ब्लगमा राख्छु र दिन्छु भन्दा कहिले काहिँ आफ्नो क्षमता भन्दा बाहिरका सामाग्री नियमित दिन पर्ने हुदा लेखक अरूका सामाग्रीहरू चोर्न वा सार्न पुग्छन्।

 

ब्लग सुरु गर्नु भन्दा पहिले के कुरा बुझ्न जरुरी छ भने, ब्लगको जगतमा त्यस मितिमा सबै भन्दा कान्छो ब्लगर आफै हो। आफू भन्दा अगाडिका ब्लगहरु, ब्लग चलाउँदा आई पर्ने प्राविधिक वा बौद्धिक संकटहरु सँग गुज्री सकेका छन् र आफूसँग त्यस्तो अनुभव अहिले छैन भन्ने कुरा स्वीकार गर्न जरुरी छ।

 

केही औँलामा गन्न सकिने, घमन्डी र आफूलाई नै सबै भन्दा जानकार ठान्ने अर्ध-व्यावसायिक ब्लगरहरु बाहेक नेपाली ब्लगर जगतमा सबै ब्लगर साथीहरू सार्है सहयोगी र असल भएको मेरो अनुभव छ। आफूले जानेका कुराहरू प्रस्टसँग सिकाउने र सहयोग गर्ने नेपाली ब्लगर जगतको एउटा राम्रो पाटो हो। त्यसैले नयाँ ब्लग खोल्ने साथीहरूले ब्लगर सर्कलमा सामेल भएर आफ्ना कुराहरू राख्दा निकै फाइदा नै हुन्छ।

 

ब्लगमा लेख्नु मात्र ब्लगर बन्नु हैन। बिद्धान हुदैमा मात्र ब्लग लेख्‍न सकिन्छ भन्ने हैन र लेख्‍न जान्नाले मात्रा ब्लग चल्दैन। यसमा अनेकौँ प्राविधिक कुराहरू छन्। जो सामान्य छन् तर पनि त्यसमा भएका साना भन्दा साना कुराले हप्तौ खर्च गर्ने पर्ने हुन्छ। त्यसैले सबै भन्दा पहिले सर सल्लाह र सहयोग लिएर अगाडि जाँदा राम्रो हुन्छ र यसो गर्दा सामान्य रूपमा आफ्ना पाठकहरू पनि बढ्छन् र अर्को एउटा बौद्धिक सर्कलसगँ सँगत गर्न पुगिन्छ।

 

सबै कुरा हतार गरेर, अरूका सामाग्री राखेर बल्ल लेख्दा कुनै न कुनै दिन पक्कै पनि पत्ता लाग्छ नै। एक पटक कतैबाट ब्लगमा आई पुगे पनि फेरि पछ्याएर त्यही चोरीकै लेख पढ्न प्राय कोही आउँदैनन्। अझ परिपक्व नभईकन सामाजिक सञ्जालमा आउँदा त झनै नराम्रो छाप पर्न सक्छ। यस्ता सामाजिक सञ्जालमा नाम कहलिएका पुराना ब्लगर जसले प्राय नाम चलेका र राम्रा लेखहरू लेख्ने ब्लगरहरुलाई पछ्याउँदै उनीहरूका लेख पढेर पोख्त भएका हुन्छन् र जब उनीहरूको आँखामा यस्ता सामाग्रीहरू पुग्छन् तब लौ है मैले यो लेख कतै पढेको छु भनेर त्यसको खोजी हुन्छ। सुरुवातको समयमा कुन लेखक कत्तीको प्रख्यात छ भन्ने सामान्य ज्ञान पनि नहुदा नाम चलेकै त्यस्ता लेखकहरूलाई मेरो लेख पढ्नुस है भनेर उनीहरूकै लेख पठाएको पनि पाइएको छ त्यसैले होसियार हुन जरुरी छ।

 

आफ्नै मौलिक लेख लेख्दा हुने गरेका गल्तीहरू सबैका लागि स्वागत योग्य र सामान्य हुन्छ। आफ्नो मनमा आएका कुराहरू लेख्‍न कसैले छेक्दैन। तार्किक होस वा नहोस्, मीठो होस वा नहोस, सबैसगँ आफ्नो बिचार मिल्नु पर्छ भन्ने छैन। सबै लेखकहरू तपाइका पाठक हुनै पर्छ भन्ने जरुरी पनि छैन। उदाहरणको रूपमा, एउटा गजलको ब्लग लेखकले अधिकतम गजलकै ब्लगहरु पछ्याइरहेको हुन्छ। कथा लेख्‍ने ब्लगरले कथाका ब्लगरहरुलाई बढी पछ्याएको हुन्छ। त्यसैले आफ्नो बिचार वा ज्ञान सबैका लागि पाच्य हुन्छ भन्नु वा ठान्नु यहाँ नेर निकै ठूलो गल्ती हुन पनि सक्छ। आफ्नो मौलिकतालाई लगातार नियमित रूपमा प्रस्तुत गर्नु र आफ्ना कुराहरूलाई आफ्ना पाठकहरूको बीचमा खुल्लारुपमा राख्‍नु नै मौलिक ब्लग लेखन गर्नु हो.....सबैलाई चेतना भया...

Comments :

18 comments to “ब्लग खोल्नु र ब्लग लेख्‍नु फरक कुरा हो।”

हैन यो ब्लग हो कि ? बल्ग हो ?

subbaparu said...
on 

सुन्दर अत्यन्त्य सुन्दर पोस्ट चोरी गरि पढ भन्नेलाई गतिलो झापड

Rameshwar said...
on 

Subbaparu जी सुझावको लागि धेरै धेरै धन्यबाद। मैले सच्चाएको छु्।

दूर्जेय चेतना said...
on 

कुरो मनपर्यो ! ज्ञानको अभाव छ, अनि कति को चैँ मनसाय नै पनि हुन्छ !

Aakar said...
on 

ok मैले तपाइको यो लेख लाई नियालेर फुर्सद म पढे पहिलो पल्ट मैले हेर्दा तपाइको गलत शब्द लेखाई लाई मात्र औल्याएको थिए किन भने एकातिर मलाई पढ्नलाई समय थिएन भने आर्को तिर तपाइको शब्द लेखाई ले पहिलो गास मा ढुंगा परे जस्तो लग्यो जे होस् हामी आम मान्छे को बानि नै यस्तै हो कि जहिले हामी नकारात्मक कुरा बाट सुरु गर्छौ हैन ? ल हेर्नुस त नेपाली को बानि मेरो पनि यो नै बनि छ जैले पनि हैन त ? भन्ने बानि यो नकारात्मक सब्दनै त हो . दार्जिलिंग का मित्र ले कुरा गर्दा हो भन्छन . जे होस् तपाई को यो लेखा ध्यान पुर्बक पढे यो कुरा भने मलाई नै व्यंग्य गरेर लेखेको जस्तो लग्यो किन भने मेरो पनि २ वटा निस्क्रिय ब्लग हरु छन् कहिले update नहुने समस्या तपाइले भन्नु भा जस्तै ट्याक्क छ केवल सिक्न लाई खोलेको थिए र अहिले मलाई लेखन समय ब्यबस्थापन गर्न सक्दिन या त भनौ मलाई ब्लग लेखन आउदैन . अनि तपाइले भन्नु भा जस्तै यसका धरै प्राबिधिक पक्ष बाट मा अनभिज्ञ नै छु यसलाई मैले स्विकार्नै पर्छ . तर के उपाय ? त्यसैले निस्क्रिय छन् ब्लग हरु . तर तपाइलाई भने धन्यवाद दिन चाहन्छु बडो सान्दर्भिक कुरा उठाउनु भयो तर मा नया भनेर पनि मेरो ब्लग मा चोरी को समान राखेको भने छैन .लिंक भने छन् ल त पुन धन्यवाद .

subbaparu said...
on 

आफ्नै र मौलिक लेख नियमित लेख्न त धेरै नै गार्हो हुने रहेछ

Bishnu Marasini said...
on 

Bishnu जी तर जे भए पनि आफ्नो मौलिकतामा रहेर लेख्दाको आनन्द अर्कै हुन्छ। सानो होस, ठूलो होस, राम्रो नराम्रो जे होस आफ्नो भनेको आफ्नै हो। गाह्रो त अबश्यनै हुन्छ नै है..

दूर्जेय चेतना said...
on 

रामेश्बर जी धन्यवाद है।
SubbaParu जी फेरि पनि हजुरलाई धन्यबाद। गल्ती र नराम्राकुराहरु उठाईदिदा लेखन अझै राम्रो हुन जान्छ। मैले पनि सुरु सुरुमा २,३ वटा ब्लग सुरु गरेकोक थिए। समय दिन पनि नसकिने हुदा त्यती राम्रो लागेन। मेरो सल्लाह त पहिले एउटालाई नै नियमित गर्न सकियो भने त्यो नै राम्रो हुन्छ। फेरि एउटा ब्लगबाटै पनि त आफूले भन्न खोजेको कुरा भन्न सकिन्छ। स्थान वा स्पेसको पिर भएन बरू ३ वटा ब्लग लेख्‍ने सामाग्रीले एउटैमा लेख्दा नियमित पनि त हुन्छ नि।
प्राबिधिककुराहरु जान्नेकै लागि त थुप्रै ब्लगहरु साथीहरुले नियमित लेखिरहनु भएको छ। नेपाली ब्लगरहरुको गुगल समुह पनि छ। त्यहाँ बाट पनि जानकारी लिन सकिन्छ। जस्तै हामी दौतरीमा पनि ब्लग भेला गरिरहन्छौ, त्यहा सहभागी हुदा पनि र नभए उढेका कुराहरु पढेरै सहभागी भए पनि निकै जानकारी पाईन्छ। फेसबुकमा पनि सबै साथीहरुको प्रोफाईल छ सिधै पनि उहाँहरु सगँ सम्पर्क गर्न सकिन्छ। मलाई गाह्रो छ जस्तो लाग्दैन। समय चाहिँ निकाल्नु होला है।

दूर्जेय चेतना said...
on 

आकारजी. मनस्थिती कमजोर हुनेहरु त छदै छन् नि।

दूर्जेय चेतना said...
on 

जानकारीमुलक पोस्टका लागि धन्यवाद । साँच्चै ब्लग खोल्नु र लेख्नु फरक नै हुन् । खोल्न सजिलो रहेछ, इमेलको युजर क्रिएट गरेजस्तै । तर, आफ्ना फरक कुराले भिजिटरको ध्यान तानिरहने बनाउन सजिलो छैन । म पनि ब्लगर होइन, एउटा रहर पालेको वर्षौं भयो, तर, म ब्लगर हुन सकिनँ । म तपाइका पोस्टका भाषागत त्रुटीमा जान्न, कारण लेख्दै गए ती सुध्रदै जाने कुरा हो । अभ्यासको निरन्तरताले भाषागत त्रुटी सच्याउन पारंगत बनाउने नै छ । तर, पोस्टको भावना सही छ । मर्मसँग मेरो सहमति छ ।

bhim ghimire said...
on 

We have posted your article in our portal. Link: http://www.nepalarab.com/articles_view.php?id=1046

Nepalarab said...
on 

okay, read this blog too! http://rumanamant.blogspot.com

Anonymous said...
on 

Bhim जी सादर नमस्कार। आफ्नो बिचारको लागि धन्यबाद। मैले ब्लग सुरु गर्नुको एउटा प्रमुख कारण पनि भाषा नै हो। नेपाली भाषा स्कूल पढ्ने बेला सम्म साह्रै राम्रो थियो। तर अहिले निकै गडबढी भईरहेको छ। यसैलाई सुधार गर्न पनि सहयोग होस भन्ने मेरो बिचार छ। गल्तीहरु देखाईदिनु भयो भने म निकै आभारी हुने थिए।

दूर्जेय चेतना said...
on 

दूर्जेय चेतना ek dam ramro blog banaunu vhaye ko raicha.........padera dherai khusi lagyeo...ani mero blog pani hernu la...(mero blog ma yeuta problem aako chha plz tapai le help garnu pareo...la mero email id adhikarikeshavraj@yahoo.in ho plz maile write gareka rachana haru maile pretti font bata lekchu...tara mero blog ma support gardaina kina hola...sir ani kun font bata lekdha support garchha plz malai emal garei yeo problem solve garne upaye batai diye aavhari hune thiye....la... )

परदेशि कान्छा said...
on 

परदेशि कान्छा जी कृपया हजुरको ईमेल हेर्नु होला। मैले जानेको कुरा त्यँहा पठाईदिएको छु। बाकीँ कुनै कुरा छ भने सोध्नु होला म सहयोग गर्ने छु जानेको कुरा

दूर्जेय चेतना said...
on 

साह्रै चित्त बुझ्यो गाठे .....मार्मिक कुरो

शिशिर परियार said...
on 

The title of your text is true.......... I like it

sujana said...
on 

kura sahi ho

Milan said...
on 

Post a Comment