यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Wednesday, July 20, 2011

चेतना शून्यमा जानु योग हो वा मृत्यु?

कहिले कहीँ मृत्यु रुन्छ र अनायासमै चुप लागेर सुत्छ। जसरी एउटा अबोध बालक रुदारुँदै थाकेर, निदाएको थाहै हुँदैन त्यसैगरी मृत्यु रुदारुदै अनायासमै सुतिदिन्छ। मृत्युको सुताई सँगै समयले लामो सास फेर्छ र बीच बाटोमै आफ्ना सूचकहरूलाई रोकिदिन्छ। परिभाषा र व्याख्या अनि आख्यानहरूमा समय काल हो भने काल मृत्यु। बुझ्ने हो भने जीवनको गतिरोध सँगै निश्चित परिस्थितिमा मृत्यु सँगै सबै समय रोकिनु नौलो हैन । किनकी जब काल वा समय रोकिन्छ तब मृत्यु भएको मान्नु पर्छ। मृत्यु सँगै जब समय रोकिन्छ तब सबै शून्यमा अन्त्य हुन्छ। शून्य के हो? शून्यताको यो जबाफलाई के सँग जोड्ने? काल वा मृत्यु सँग? हाम्रो मनस्थितिमा आईरहने कालको अनुहार कालो नै हो त् ? मृत्यु सँगै गुमेको चेतनाले के अनुभव गर्ला ? के चेतना बिहिन शरीरले मृत्यु पछि कालो रँग वा प्रकाश बिहिन अनुभव गर्ने भएरनै हो त काल कालो हुन्छ भनिएको वा कालो रँग अशुभ भएरै काल भनिएको हो वा मृत्यु अथवा काल अशुभ भएर काल भनिएको हो, एकिन गर्न गाह्रो छ।

चेतना शून्यमा जानु योग हो वा मृत्यु? कतै मृत्यु पनि योग त हैन? मृत्यु योग हो भने जीवन के हो त? के जीवन पनि योग हो? कि भोग सँगै अन्त्यमा सबैले मृत्यु योगको अनुभव गर्न पर्ने हो? भौतिक रूपमा जीवनको त्यो कालखण्डको परिभाषा दिन वा गर्न के गाह्रो नै हो त? गाह्रो भएर वा सोचाई र चेतना भन्दा परको कुरा भएरै हो त मान्छे त्यो भोगाई (भोग) सँगै सांसारिकतामा अल्झिएको? हुन सक्छ परिभाषाहरू जन्मजात, मानव संरचनासँगै जोडिएर नआएको भएर पनि सबैलाई चेतना नभएकै होला। ज्ञान र बौद्धिकताको अभाव भनौं भने पनि के सबै विद्वानहरू यो चेतना सँग जोडिन सकेका छन् त? हामीलाई क्षणिक भान्त्रि भित्र बाच्ने संकारको अनुभव छ। हामी भ्रममा बाचेका पनि हुन सक्छौ। किन कि जीवन बाच्नुसँग परिभाषाहरूलाई जोडेर हेर्दा, एउटा चराचर जगतको परिवेश कृष्णको मुख भित्र छ भन्ने कथामै भुलेका पनि हुन सक्छौं। कसैले सोचेको होला, लोक पछिको भोग, लोककै कर्ममा भर पर्छ। तर अरू पनि त छन् लोकनै अन्त्य हो र लोकको भोग लोककै लागि हो भन्नेहरू। हामी भौतिकवादीहरूको उदाहरणमा यसलाई समेट्न खोज्छौ आफू आध्यात्मिक बनेको सम्झिएर। लोक पछिको भोग वा भोग पछिको मृत्युलोक, काललोक वा यथास्थिति लोक सबै आफ्नै परिभाषामा बाच्नेहरुको घुईचो निकै लामो हुँदै गएको छ। सबै कुरालाई एउटा निश्चित परिधि भित्र समेट्न खोजेर हो वा बाच्ने इच्छाले त्यसै परिधिलाई नाघ्न खोजेर हो थाह भएन तर परलोकको यात्राको केही समय अगाडि सम्म पनि यसै लोकको माया गरिरहेको हुन्छ। तयारी सुरु भई सक्यो, बिदाइ लागी वरिपरि सबै छन् तर पनि कुरा लिने र दिनेको मात्र। शुभ यात्रा हो बा अशुभ यात्रा, जानेर वा नजानेर, चाहेर वा नचाहेर सबै यसको तयारी गरिरहेका हुन्छन्। सबै सांसारिकता भित्रका चीज, बस्तु वा परिवेशले सानो भन्दा सानो निहुँ खोजिरहेको हुन्छ यात्राको तयारी गर्न तर पनि अन्तिममा र निन्तान्तै अन्तिम पलमा पनि यसै लोकको कुरामा मान्छे अल्झिन्छ। अर्ति उपदेश र कहिले पनि नसुझेको ज्ञानको बोध भएर आउँछ। मृत्युको अगाडि मूर्ख पनि विद्वान् बन्छ। प्रेमिका अगाडि कवि बन्न नसक्ने पनि, आफ्नो र अर्काको भन्ने बोधमा जीवन चलाउन नजान्नेहरु पनि, अरूलाई पीडा दिएर कुम्लाउने पेशामा लागेको भए पनि, त्यस बेला विद्वान् र दार्शनिक बनेको भान हुन्छ। यात्रा कस्तो हुने हो वा कति लामो हुने हो भन्ने कुराको एकिन छैन, लेखा जोखा छैन तर पनि यही लोकको पीर र चेतनाले सबैलाई त्यो ज्ञान अनुभव हुन्छ।

 Death-Creative-Lifeभोगाई जस्तो सुकै होस, मृत्यु सँगै त्यो यात्रा चलिरहँदा, चेतनाको आधारभूत दुई पाटाहरू वा खण्डहरूको अनुभव भएको हुनु पर्छ। चेतनाको एउटा खण्डमा भर्खरै भोगेको, अनुभव गरेको, उज्यालो जसको प्रस्ट चित्र मानस पटलमा छ भने अर्को खण्ड पुरै अँध्यारो छ। स्वाभाविक रूपमा मृत्यु पक्षको चेतना खण्डको बारेमा बोल्न, लेख्न, सुन्न र अनुभव गर्न गाह्रो मात्र है असम्भव प्राय हुने गर्छ। अनेकौँ कथा र पुराणहरूका कथासँग जोडेर हेर्न खोज्दो हो सायद। त्यसै कालो* चेतनाको खण्डहरहरूमा पुराणका पात्रहरूलाई खोज्ने प्रयास गर्दो हो। जीवन बाच्दा, र बाच्ने बन्दा बन्दै, मान्छे अनुभवी बन्दै गयो अनि अनुभव गर्नु अनुभवी बन्नु हो भने उ सबै थोक बन्यो। तर चेतनाको यो कालखण्डबाट त्यो कालखण्ड सम्मको सानो, केही न्यानो सेकेन्ड बा फेम्टो सेकेन्ड दूरी पनि बिना अनुभव हाम फाल्ने अनुभव बाँड्न सक्दैन। कुनै अदृश्य शक्तिले एकै साथ त्यो न्यून सेकेन्डको अन्तरालमा पार गराउने हो वा आफै नजानिदो तवरले पार हुने हो कसैलाई थाह छैन्। त्यसैले मान्छेलाई ईश्वर यहाँ नेर बोध हुन्छ वा खोज्न सक्छ्। कुनै शक्तिको सहयोगले त्यो दूरी पार गर्ने हो भने, साथमा कोही छ (ईश्वर) भनेर मान्नै पर्दछ अन्यथा यो पनि जीवननै रहेछ भनेर सोचिनु पर्छ। जसरी जीवन स्वतः चलिरहेको छ, त्यसै गरि यो यात्राको खुड्किलो पनि जीवनसँगै स्वतः भएको हुनु पर्दछ। अन्यथा यो न्यून सेकेन्डको समय अन्तराल मात्र लाग्छ आँखामा कालो पट्टी बाँधेर ठूलो भीरबाट खस्दै छ, झ्वाट्ट वा एकसाथ सबै चेतनालाई शून्यमा बाँधेर.. सबैलाई चेतना भया...

Comments :

4 comments to “चेतना शून्यमा जानु योग हो वा मृत्यु?”

fantastic article for spiritualism divineness

lava said...
on 

कैलेकाँहि चिमोट्छन् मलाई पनि यस्ता विषयले तर पार पाईनसक्नुका लाग्छन् यि कुराहरु मलाई । एकताका यस्तै कुरामा रुमलिएर लेखेको यौटा शेर याद आयो -

उज्यालो खोज्छौ कति के सूर्य कम्ति छ र?
आदि हो या अन्त्य दुबै छ अँध्यारो साथी ।

दीपक जडित said...
on 

लेख बुझ्न गार्हो छ, तर राम्रो लाग्यो । के जीबन र मरन एक सिक्काका दुइ पाटा हुन्।

Bigyan said...
on 

i am feeling too much complicated to write about this topics...........
i am studying this from some years and still confused.

mahesh sagar khanal said...
on 

Post a Comment