यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Monday, November 8, 2010

तिहार आयो, मेरी दिदीलाई फेरि सम्झाएर गयो

आमाले सुनाउनु हुन्थ्यो सधैँ एउटा कुरा। जहिले पनि हामी बीच कुनै कुरा भो वा हाम्रो बीचमा कुनै कुरा भयो भने एउटै कुरा सुनाउनु हुन्थ्यो। सानोका कुरा के नै थाह हुन्छ र सबैलाई। अझै सबै भन्दा सानो बेलाका कुरा, जो हामीलाई याद नै हुदैन, त्यसता कुरा सुन्दा निकै रमाइलो हुन्छ। तर कहिलेकाहीँ चाही लाजै लाग्ने रमाइला किस्साहरूले चाहिँ च्वास्स पार्न चाहिँ छोड्दैनन्। मेरो आफ्नै कथा र रमाइला प्रशंगहरु जो म अझै पनि कुनै हद सम्म सबैलाई बाँड्न सक्दिन त्यसलाई bhai tika फेरि रमाइलो प्रशंगहरु मिलाएर भन्दा राम्रो होला।

सानो छदा, मेरी दिदी घर नजिकैको पीपलको रुखमा खेल्न जान्थिन् रे, आमाले भनेको। घरबाट निजिकै छ अझै पनि त्यो रुख, जो म कहिलेकाहीँ गाउँ गए भने देख्छु र नौलो अनुभव गर्छु, मेरो घरको नजिकैको मन्दिर न किन नहोस, त्यी सबै सँग मेरो दिदी र मेरा रमाइला प्रशंगहरु जोडिएका छन। यो सबैले मनमा नौलो अनुभव हुन्छ। म ३ वर्षले सानो थिए दिदी भन्दा र यो सानो उमेरको फरकले पनि मैले सानो हुदैकी मेरी दिदी र मेरो बीचका निकै रमाइलो र अनौठो घटना क्रमलाई सम्झन मद्दत गरिरहेको छ। म अझै सम्झन्छु तर कुरा त्यहाँबाट सुरु भएको हैन। आमाले सुनाउने रमाइला प्रशंगहरुबाटै जोड्दा निकै रमाइलो लाग्छ।

म जन्मिएको थिइन, सबैका भाईहरु भएका ले मेरी दिदीलाई पनि भाई भई दिए हुन्थ्यो भन्ने लाग्दो हो, बिहानै सधैँ पीपलको रुखमा गएर नमस्ते गर्ने, कुनै मन्दिर वा पूजामा गएका बेला बेस्करी हात जोडेर केही माग्ने मेरो दिदीको बानी। उहाँ जहाँ जानु भो, मन्दिर वा पूजामा आमाको हात समात्दै एउटै कुरा माग्नु हुन्थ्यो रे, “भाई” । जहिले पनि भाईनै माग्ने मेरी दिदीलाई त्यस बेला कुनै तिहारको सम्झना थियो होला न कुनै तीजका कुरा मनमा थिए तर पनि उहाले लगातार मेरो जन्मको लागी प्रथना गर्नु भयो। बच्चाहरू ईश्वर हुन्छन् र त्यसै भयो म मेरै दिदीको तपस्याले जन्मिए भनिरहँदा मलाइ कुनै नौलो वा अचम्म लाग्दैन। किनकी अझै पनि चिनेर जानेका मान्छेहरू यो कुरा सुनाउँछन्।

जहिले पनि दिदीले नै बोकेर हिँड्नु हुन्थ्यो रे। बोक्न सक्ने भए पछि, आमाको पछ्यौराले आफ्नो ढाडमा बोकेर गाउँ र पल्ला घरको पीढी सम्म खेल्न पुराउने मेरी दिदी सँगका यस्ता धेरै कुराहरू मलाइ याद छैन। पहिलो पटक दिदीको हात समातेर शिशु कक्षा पढ्न जादाका घटनाहरू निकै याद छन्। बाल मन्दिरमा दिदीहरू पढ्दा, म पनि दिदी सँगै हुन्थे। सबै कुरा छोडेर सबै भन्दा मेरो ख्याल गर्ने दिदी सँगका त्यस बेलाका निकै घटनाहरूले मनलाइ नै कस्तो कस्तो बनाएर ल्याउँछ। अहिले हामी हाम्रो बच्चाहरूलाई टाइम-आउट गरे जस्तै सानोमा मेरो आमाले हामीले निकै कुरामा सजाय र पुरस्कार दिनु हुन्थ्यो। कहिलेकाहीँ बेस्करी थप्पड पनि खान्थ्यौ। एउटा छोरा र छोरी, जसलाई आफ्नो जीवनको अन्तिम सहारा मान्नु पर्ने परिवेशमा आफ्ना बच्चाहरू बिग्रेलानकी भन्ने पीर सबै भन्दा बढी बाबु आमालाई हुनु स्वाभाविक नै हो। बदमासी गरियो भने कहिलेकाहीँ आमाले खाना दिनु हुन्थेन। केही समय, हामीले आज टाईम आउट गरेर। दिदीले भने आफूले नखाएर भए पनि केही न केही किनेर बा चोरेर खुस्स दिनु हुन्थ्यो। मेरो त्यस बेला पनि मनमा दिदीनै मेरो लागि सहारा र सबै भन्दा ज्ञानी लाग्थ्यो।

समय निकै परिबर्तन भयो, ठूलो हुँदै गर्दा, सँगै बसेर तीज मनाउन नपाएको बर्षौ भएको थियो तर यस पाली तीज सबै भन्दा रमाइलो भयो। हामी दुबै सँगै थियो तर फेरि तिहार पो हो त है ? भने जस्तै गरि गयो। एकै छिन नभई नहुने दिदी भाई, भेट भयो भने सबै भन्दा बढी झगडा हुन्छ अहिले पनि। कुनै न कुनै कुरामा मलाइ सानै देख्नु हुन्छ सायद। म पनि उनै हात समातेर, म भन्दा अलिक अग्ली त हो नि भने जस्तै गरेर व्यवहार गरेको हूँला, बिना कारण झगडा वा भनौ ठ्याक ठुक्क पर्छ छोड्दैन। तर मलाइ सबै भन्दा बढी माया गर्ने उनै मेरी दिदीलाई बेस्करी सम्झिएको छु। तिमीले भाईको आ.. त गुलियो हुन्छ भनेर भनेका त्यो सानोका घटनाहरू निकै सम्झिन्छु। म बिरामी हुँदा हप्तौ सगै बसेर मेरो दिशा पिसाब, घाउका पट्टीहरू समेत स्याहारेर बस्ने तिमीलाई मैले नसम्झेको हु र? फोनमा कुरा गर्दा पनि कता भक्कानो छुट्छ की जस्तो गरेर थाम्न नै गाह्रो भो। कुरा गर्न मन नलागेर हो र? कतै न कतै दिदीलाई सम्झेको पिडा फुत्कन्छ कि भन्ने पिरले बढी बोल्नै मन लागेन। बोल्दा पनि बाहिरी प्रशंग, मेरो नया जागिर र नया ठाउँकै बारेमा कुरा लगेर टारेँ.. तिमीलाई धेरै धेरै सम्झिएको छु। यो तिहारमा न सही भेट भएकै बेला सधै तिहार हुने गरि मनाउला। तिम्रो आशीर्वाद सधैँ म सँगै छ। म जहाँ छु, त्यो सबै तिम्रो आशीर्वाद र कृपाले हो। तिमी मेरो लागि आमा हौ, बाबु दिदी हौ, मेरो दाजु अनि भाई हौ साथि हौ र सबै भन्दा पनि ठूलो मेरो सहारा हौ। तिमीलाई मेरो धेरै धेरै सम्झना र माया छ। सधै सम्झिने नै छु... तर सही मानेमा मेरो आँखालाई भने आज पनि रोक्न सकिन। तिमीलाई पुज्न र सम्झन तिहार आउन पर्दैन तर पनि यो तिहार आयो, मेरी दिदीलाई फेरि सम्झाएर गयो, मैले मेरी दिदीलाई फेरि बेस्करी सम्झिए... सबैलाई चेतना भया

. . . TO MY SISTER . . .
I'm blessed to call you sister,
I also call you friend;
You've loved me unconditionally,
And stood through thick and thin.
You've shared my joys and sorrows,
My laughter and my tears.
You've been my inspiration,
As we grew up through the years.
When we were little children
We laughed and played together;
Then growing up you stood by me,
Through good and stormy weather.
There's something God has given us,
That's more than family;
He's placed a love for you, my Sister,
Deep down in the heart of me.

Allison Chambers Coxsey

http://www.allisonsheart.com/sister/sister.html

Comments :

7 comments to “तिहार आयो, मेरी दिदीलाई फेरि सम्झाएर गयो”

अबेर भए तापनि शुभ दीपावली सर ! "बच्चाहरू ईश्वर हुन्छन् र त्यसै भयो म मेरै दिदीको तपस्याले जन्मिए भनिरहँदा मलाइ कुनै नौलो वा अचम्म लाग्दैन।" मर्मश्पर्सी लेखको लागी धन्यवाद तथा बधाइ । मैले त मेरी बहिनी र बहिनी सँग का कुरा सम्झन लागेँ। आशा छ आँगु साल यहाँ ले दिदीको हातको टीका ग्रहण गर्ने व्यवस्था मिल्नेछ ।

Rabindra said...
on 

यो पोस्ट टाँस्ने बित्तिकै देखेको हो तर तिहारको चपेटाले गर्दा भर्खर पढेँ । पारिवारिक स्नेह, ममता र प्रेमको एकदम वेजोड प्रस्तुति । मन छुने गरेर लेख्नु भएको रहेछ ।

सुरुदेखिका शब्द-शब्द भित्रैसम्म पुग्ने छ र पुरै लेख एकदमै मन पराएर पढेँ । अन्ततिरको "तिमीलाई पुज्न र सम्झन तिहार आउन पर्दैन..." भन्ने वाक्यांशले फेरि एकपटक मन जित्यो । दिदी-भाइको प्रेमले लफक्कै भिजायो !

Dilip Acharya said...
on 

अती उत्तम लेख ठुल्दाइ। वास्तवमै हुने तेहि हो। दिदि बहिनीको हात बाट टाढा बसेकहरुले यो छेणमा पक्कै पनि यस्तै कुरा सम्झेहोलन्। यस्तै लेख को प्रतिक्षा मा।

Siroj said...
on 

sarahai mitho lekh feri teyo bachpan ko tihaar yaad aayo aama le tika lagayar dd lai dinu bhaneko paisaa 50 rupiyaa nikalera dd pachhi dinchhu hai nabhannu hai aama lai bhaneko.. aaj ta purano yaad le aaankha rasayar aayo..

Anonymous said...
on 

. . . TO MY SISTER . . .
I'm blessed to call you sister,
I also call you friend;
You've loved me unconditionally,
And stood through thick and thin.
You've shared my joys and sorrows,
My laughter and my tears.
You've been my inspiration,
As we grew up through the years.
When we were little children
We laughed and played together;
Then growing up you stood by me,
Through good and stormy weather.
There's something God has given us,
That's more than family;
He's placed a love for you, my Sister,
Deep down in the heart of me.

bikash basukala said...
on 

शुभ दिपबली को मंगलमय शुभकामना तपाईं को लेख मर्मा स्पर्सी पाय वास्तवमा पारिवारिक स्नेह, ममता र प्रेमको प्रस्तुती अति सरल भाषा ले मन छोयो

shankar banjara said...
on 

सबे साथीहरुलाई कमेन्टको लागि धेरै धेरै धन्यबाद।

दूर्जेय चेतना said...
on 

Post a Comment