यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Sunday, October 24, 2010

म निरपेक्ष दु: ख वा सुखको पछाडि छैन

धेरै दिन देखि लेख्ने मुड चलिरहेको छ। वास्तवमा मैले यो लामो अन्तरालमै धेरै लेखहरू लेखेको छु तर साफी गर्ने मुड चलेको छैन। मेरो पढाई सकिएको अवस्था र फेरि जीवनले एक पटक कोल्टे फेरेको अवस्थाले गर्दा निकै चटारो चलिरहेकै हो। नयाँ ठाउँ र नया परिवेशमा अनौठो तरिकाले रमाउने प्रयास गर्दैछु। सधैँ आफू बसिरहेको ठाउँ छोड्न पर्दा मनमा कता कता दु: ख लाग्ने रहेछ। तर यो पनि अब त आदतै भइसक्यो।

स्कूले जीवन पछि कलेज पढ्न घर छोडेर बसेबाट अहिले सम्म अनेकौँ नाममा घर छोडी राखिएकै हो। घर छोड्ने पीडा कस्तो रह्‍यो भन्ने ट्याक्कै याद छैन। तर मलाई लाग्छ, स्कूल पछि घर छोडिरहँदा, मनमा दु: ख भन्दा पनि कौतूहलता, र जीवनमा केही गर्न पर्छ है भन्ने जोस थियो। समयको अन्तरालमा जीवनको कठिनपनहरुको अनुभव गर्दै गर्दा मात्र घर छोडेको पीडबोध हुँदो रहेछ।

सानो बच्चाहरूलाई हेरौन, कस्तो माया लाग्ने, सानो र अनौठो मुखाकृतिले जुन रमाईलोपनको अनुभव हुन्छ त्यस्तै बीचमा माया लागेर पनि आउँछ। कठै, न बोल्न सक्छ, न भोक लाग्यो भन्न सक्छ, न दिसा पिसाप लाग्यो भनेर गुनासो नै गर्न सक्छ। राती सुत्छ, ओड्ने आफ्नै खुट्टाले मिल्काउँछ अनि जाडो हुन्छ। चिसो भयो निद्रा लाग्दैन अनि रुनु बाहेक कुनै उपायै छैन। हेर्ने मान्छेले सम्पूर्ण मानसिकता बुझेर उसलाई हेर्नु पर्ने र उसलाई स्हार गर्नु पर्ने। वास्तवमा जीवन निकै कष्टकर छ। पेट दुखिरहेको छ, दुखाइको अनुभव रुहाइमा आउँछ। बुझ्ने ले कसरी बुझ्छ, यहाँ भर पर्छ। आफ्नो जीवन र आफ्नो दैनिकी आफ्नो हातमा छैन, त्यसैले मुखमा निप्पल छिर्छ, उ बाध्य भएर चुस्छ अनि दुखाई पनि बिर्सन्छ र त्यसै सुत्छ। ल त भोक लागेर पो त रोएको, यस्तै बुझिन्छ अनि पटक पटकको दुखाइलाई एउटै अर्थमा बुझिन्छ तर उसले भन्न सक्दैन।

हामी उनै बच्चाहरूलाई हेरेर भन्छौ, “वास्तवमा यस्तो पो जीवनको हो त” सुत्यो, उठ्यो, खायो फेरि सुत्यो। हामी कतिले यो भनेका पनि छौ “केटाकेटीहरूलाई कस्तो आनन्द, जे माग्यो भने पनि पाईने, खान पाईने, समयमा सुत्न पाईने”। छुस्स केही भयो कि घन्टौ चाटेर बस्ने बा आमा.. के भन्ने खै...

मलाइ लाग्छ यो सबै कुराहरू सापेक्षरुपमा यसरी व्यक्त भएका हुन। केटाकेटी हुन सजिलो छ र? सजिलो त्यतिखेरबाट लाग्छ जतिखेरवाट उसले केटाकेटीकै लागि हन्डर खाएर जीवन चलाउनु पर्छ। आफ्नो दैनिकी, आफ्नै नभइ रहेको अनुभव लिएर दश दिशामा कामकै लागि, आवश्यकता पूर्तिका लागि कुद्छ अनि बेलुका आएर केही नगरी खाली खाएर मात्र सुतेको आफ्नो बच्चा देख्छ अनि भन्छ फेरि “यीनीहरुको जीवनको पो जीवन है”।

हामीले सोच्दै गरेको जीवनको बाल्य, यौवन र वृद्ध अवस्था मध्य सबै भन्दा दुख दायी समय कुन हुन्छ भनेर सोध्यो भने जो कोहीले एउटै उत्तर दिन्छन्, त्यो हो बृद्धा अवस्था। कसरी हुन्छ बृद्धा अवस्था दुःखमय? हाम्रो देशमा मात्र हैन, विदेशमा समेत, अनेकौँ रूपमा हामीले बृद्धा अवस्थालाई दुःखदायी भनेर परिभाषित गर्छौ र यसै कुरामा विश्वास पनि । म कहयौ पटक प्रश्न गर्छु आफैलाई, किन दुःखदायी हुने गर्छ जीवनको यो क्षण? केही गर्न सकिँदैन, सबै अर्काले गरिदिनु पर्ने भन्दै, बाल्य कालको समय सुखमय र आनन्दको देख्ने हामी जीवनको अन्तिम त्यस्तै क्षणलाई किन आनन्दको जीवन समय भनेर बुझ्दैनौ?

पैसा हुनेहरू आनन्दित मान्ने हुन भने पनि, कहयौ पैसावालहरूका श्रीमती पोईला दौडेका छन्, त कहयौ लोग्ने मान्छेहरू जोईला कुदेका छन्। फेरि प्रश्न गर्छु, एउटा निर्दयी आमाले सामाजिक संजालको डरले, सिस्नोघारीमा फालेको बच्चालाई हेरेर कसैले भन्छ यो बच्चाको जीवन आनन्दको छ भनेर?

जीवनको यो पाटोलाई नियाल्दा, हामी कति खेर सुखी हुन्छौ त? हामीले कति खेर, केटाकेटीको अनुहारमा ईश्वरत्व देख्छौ, कतिखेर जीवन सफल भएको अनुभव गर्छौ? र कतिखेर बुढेसकालको जीवनलाई छुट्टी मनाइरहेको मान्छेको रूपमा आनन्दित समयको रूपमा लिन्छौ?

जीवनको कुन पाटो सुखमय छ र? दुःखमय जीवनकै कुनै दुःखित क्षणलाई सुखको रूपमा लिनमै हामी अभ्यस्त छौ र कहिलेकाहीँ दुखी भएको अनुभव गर्छौ। child and oldजीवन दर्शनमा मेरो बिचार फरक हुन सक्छ म निरपेक्ष दु: ख वा सुखको पछाडि भन्दा पनि आत्म सन्तुष्टलाई सन्तुलित भूमिकामा राख्‍नुनै जीवन बाच्नु र जीवन सार्थक भयो भन्ने ठान्छु अनि जीवनको सुरुवात सँगै अन्तिम अवस्थासम्म आफ्नाहरूले कतिको साथ दिए भन्ने कुरामा बुझ्छु। सानोमा आफ्नो न्यानो साथ देखेर आफ्नै बच्चा भाग्यमानी र आफ्नै बच्चाको अनुहारमा ईश्वर देख्नेहरु, जब समय र कानुनले एक्लो बनाउँदै जान्छ तब हामी आफैले आफ्नै बच्चाले दुख पाएको देख्छौं। त्यसैले साथीभाई, इष्टमित्र, नातागोता भन्ने कुरा मानव जीवनलाई कतै न कतै सुखमय बनाउने माध्यमहरू हुन्। आफ्नाहरूको साथ अन्तिम अवस्था सम्म रहयो भने त्यो नै सबै भन्दा ठूलो सुख हुनेछ। केटाकेटी रहदा, बा आमाको, ठूलो हुँदा घर परिवार, साथीभाई र इष्टमित्रको र बुढेसकालमा पनि यसरी नै आफन्तहरूको साथ रहयो भने जीवन सुखमय हुनेछ। त्यसैले मानव चेतनाको सुन्दर र हरित पक्ष भनेकै एक अर्काको साथ र सम्बन्ध हो। त्यसैले म त भन्छु जीवन बाच्नु र चलाउनु नै एउटा कर्पोरेट बिजनेस(संजालहेतु ) हो जो एउटा निरन्तर आन्तिरक संजालमा बाँधिएको छ। जसले यो संजाल तोड्छ वा जसको तोडिन्छ उसैको जीवन कतै न कतै दुखी रहन्छ..... सबैलाई चेतना भया...

Comments :

6 comments to “म निरपेक्ष दु: ख वा सुखको पछाडि छैन”

Nice article. Fact of life!!!!!!!!!
You reveal the truth, most of new parent do and think about their new addition and further journey of life.
I like it.

bibek said...
on 

तपाइको गहन चिन्तनशील लाइ माने मैले ...हो नि ! कति सरल उदाहरणको रुपमा केटाकेटीको प्रसंग प्रस्तुत गर्ग्नु भएको छ !
पलपल जीवनको खुसि खोज्नेहरु ...आफ्नो साथैमा राखेर अन्त खोज्न हिड्छन !
सुख आफ्नै संग खोज्नु पर्छ , आफ्नो सन्तुष्टि , आफ्नो मनमा हुन्छ !

वेदनाथ पुलामी ( उमेश ) said...
on 

तपाईंको सिर्सकले तान्यो.. सुख दु:ख अनिवार्य तत्व हुन के का लागि सुख वा दु:ख भन्ने महत्वपूर्ण हो.. छोरा छोरी को मायामा तपाईं सबै थोक भोग्न तयार हुनुहुन्छ.. माया नै सबै थोक हो कि ?

HAWA said...
on 

yes, janme dekhi marne belasama manis le dherai dherai nai bichar garcha. yestai dherai bichar haru madhyee yo pani euta gahan bichar ho. ra yesta bichar harulai time ra place le determine garcha. chintan ramro cha. like it!!!!

archana said...
on 

जीवनको अर्थ निकै गहन र वास्तविक अनुभूतिको संघारमा उभिएर प्रस्तुत गर्नु भयो दूर्जेय जी। लेखका शब्द शब्दमा मानवताको सुख दुखको भाव जन्मदेखि मृत्यु सम्म पोखियो । मानव चेतनाको सुन्दर र हरित पक्ष भनेकै एक अर्काको साथ र सम्बन्ध हो । सत्य .. चेतना भया

सूर्य/सिकारु said...
on 

बधाई छ यहाँलाई पढाइको टुङ्गो लागेकोमा | लेखले उठाएका प्रश्नहरुको टुङ्गो निस्कन भने अलि कठिन छ | लेख सोचपूर्ण त छंदैछ | जिबनलाई उज्यालो क्यानभासमा बिछ्याएर हेर्नु बढी ब्यबहारिक होला कि ?

Chaitanya said...
on 

Post a Comment