यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Wednesday, April 1, 2009

ईमेल हयाक गर्ने सजिलो तरिका

लगभग १५ बर्ष देखी म ईमेलहरु हयाक गर्ने काममा छु। यो बिचमा मैले धेरै चोटि ईमेलहरु हयाक गरेको छु। तर मैले कसरी सजिलोसँग ईमेल हयाक गरे त? यस्को बारेमा म तपाईंलाई आज आफ्नो कुरा राक्छु है त ।
तपाईंलाई ईमेल हयाक गर्नु छ? ईमेल हयाक गर्ने सजिलो तरिका छ म सँग। तपाईं लाई कुनै ईमेलले दु:ख दिएको छ? तपाईंलाई कसैको ईमेल पढ्न मन छैन? तपाईंलाई ईमेलको पासवोर्ड चेन्ज गरेर, दु:ख दिन मन छ? आउनुस म तपाईंलाई आज गूगल, याहू वा हटमेलले समेत गर्न नसकेको कुरा सिकाउछु।
इ-मैल हयाक गर्नु पर्ने हो भने सबै भन्दा पहिला एउटा कुरको ख्याल गर्नु पर्छ। कुनै पनि ईमेलको युजरनेम र पास वर्ड जान्नु नै सबै भन्दा सजिलो तरिका हुन्छ यस्को। अब कसरी जान्ने त यो ? आउनुस एकपटक केही कुरा आँफै गरेर हेरुम है त। सबै भन्दा पहिला यो कुरा आफै गरेर हेर्नुस त...
1. सबै भन्दा पहिला तपाईंको ईमेल केमा छ ? गूगल, याहू वा हटमेलमा त्यस्को होम पेज खोल्नुस। जस्तै www.yahoo.com,www.google.com वा www.hotmail.com
२. तपाईंको username टाईप गर्नुस् र password हान्नुस्
3. अब enter गर्नुस
अब तपाईं आफ्नो ईमेल खोल्नु हुन्छ। जब तपाईंको ईमेल खोल्नु हुन्छ। तपाईंको ईमेलमा तपाईंको साथीको ईमेल पनि होला, तपाईंलाई मन नपर्ने मान्छेको पनि ईमेल होला हैन त ? बस अब तपाईंले आफ्नो ईमेलमा जे गर्ने मन छ गर्नुस्। किनकि तपाईं आँफैले आँफैको ईमेल हयाक गरी सक्नु भयो।
आफ्नो ईमेल हयाक गर्ने सजिलो तरिका हैन त यो ? अप्रिल फुलको शुभकामना है साथीहरुलाई ..............

Comments :

4 comments to “ईमेल हयाक गर्ने सजिलो तरिका”

wow, i was punked:D , good idea!

कृष्णपक्ष said...
on 

hahaha.......
april foollllllllllllll

Aakar said...
on 

हा हा हा !! मजाले अप्रिल फूल बनाउनुभयो यार !!!

Prabesh said...
on 

what a co-incidence.. i was looking for email craking software...u really made me fool....

Anonymous said...
on 

Post a Comment