यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Thursday, April 9, 2009

रीस उठ्दा हामी किन कराउछौ ?

दूर्जेय ..............
एक जना सन्त आफ्ना चेलाहरु लाई भन्नु हुन्छ; हामि रीस उठ्दा किन कराउछौ ? किन मानिसहरु रीस उठ्दा एक आपसमा चिच्चाएर कुरा गर्छन् ?
निकै बेर सोचेर एक जना चेला भन्छन" रीस उठ्दा हामीले शायद धैर्य गुमाउछौ र हामी अरुलाई आफ्नो कुरा पुराउन बेस्करी करौछौ" सन्त भन्नु हुन्छ जब अर्को मान्छे त्यती नजिक हुन्छ,बिस्तारै बोलेपनि त हुन्छ नि। चिच्चाएरै बोल्नु पर्छ र आफ्नो कुरा बुझाउनलाई ? बिस्तारै नरम भाषामा भनेपनि त हुन्छ नि; हैन र? चेलाहरुले अनेकौ उतरहरु दिए,अनेकौ अड्कल लगाए तर सन्तलाई चित्त बुझेन। अन्त्यमा सन्त आँफैले भन्नु भयो जब कुनै दुई जनाको बीचमा रीस उठ्छ, समस्या त्यी दुई जना बिचको मनको दूरी हो। मनको दूरी लामो र टाडा भएकोले त्यी मानिसहरु आफ्नो कुरा सुनाउन र बुझाउन बेस्करी कराएका हुन।
जती बढी रीस उठ्छ,त्यती बढी कराउनु पर्छ किनकी तिनीहरुको बिचमा त्यतिनै बढी दूरी हुन्छ। सन्त भन्नु हुन्छ, के हुन्छ जब कुनै मानिस कसैसँग प्रेम गर्छ ? तिनीहरु एक आपसमा किन नरम अनी बिस्तारै बोल्छन ? किनकि तिनीहरुको बिचमा दूरी कम छ अर्थात तिनीहरुको मनको दूरी कम हुन्छ। सन्त फेरी भन्नु हुन्छ, के हुन्छ जब कुनै मानिस कसै सँग अझै बढी प्रेम गर्छ? त्यस्तो बेलामा मनको दूरी यती नजिक हुन्छकी बोल्नुपनि पर्दैन बस शाशले मात्रै बोलेपनि हुन्छ। सन्त अन्त्यमा भन्नु हुन्छ, के हुन्छ जब कुनै मानिस कसैसँग अझै बढी, आत्याधिक प्रेम गर्छ? त्यस्तो बेलामा मनको दूरी यती नजिक हुन्छकी शाशलेपनि बोल्नु पर्दैन बस एकले अर्कोलाई हेरे मात्रै पनि हुन्छ।
त्यसैले
तिम्रो शब्द
मन बिचको दूरी
फैसला भयो

Comments :

5 comments to “रीस उठ्दा हामी किन कराउछौ ?”

Interesting post!

Unknown said...
on 

hahahha.. interesting post

Anonymous said...
on 

it's good article

Anonymous said...
on 

cute

Anonymous said...
on 

सबै जनालाई मेरो मुरी मुरी धन्यबाद। हजुरहरुको उपस्थितीले नै मेरो हौसला अझ बढेको छ।

दूर्जेय चेतना said...
on 

Post a Comment