यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Saturday, May 2, 2009

एक पटक सुन्नुस त यो। मलाई त राम्रो लाग्यो है

जापानमा आजबाट गोल्डेन वीक सुरु भयो। लगभग १ हप्ताको बिदा हुन्छ यो बेलामा। बर्खरै मात्र जापानमा पनि swine फ्लु देखा परेको हल्लाले बजार तातेको छ। यो गोल्डेन वीकको सुरुवात, किन नहोस घरबाटै सुरु गरुम जस्तो लाग्यो। अनी आज यसो you tube तिर लागे। यो गोल्डेन वीकको समय म , मेरो ठाउँ भन्दा बाहिर बिदा मनाउन जाने तयारीमा छु तर हेरौ के हुन्छ, कसो हुन्छ, यो Swine फ्लु ले के गर्छ। यसो बिचार गर्दा त्यती जागर चाँही लागेको छैन। फेरी मेरो गृह मन्त्रालयको मन्जुरी लिन गाह्रो भएको छ।
त्यसो त मलाई पाश्चतय संगीत त्यती मन पर्दैन। एकदमै कम सुन्छु। प्रस्ट भन्नु पर्दा, एकदमै हल्ला गरे जस्तो, नोइज भए जस्तो लाग्ने। तर धेरै कर्ण प्रीय गीतहरु पनि छन् है छनत। जेहोस म कम मात्र English गीतहरु सुन्ने मान्छे आज भने बडो मज्जा लिए यो गीतबाट।मलाई त शब्द पनि राम्रो लाग्यो । हेर्नुस् त तपाईंलाई कस्तो लाग्छ? अनी आफ्नो बिचार लेख्न नभुल्नुस है।

Comments :

6 comments to “एक पटक सुन्नुस त यो। मलाई त राम्रो लाग्यो है”

हुन त म पनि यस्ता पाश्चात्य संगीत कमै सुन्छु, सुन्दै सुन्दिन भन्दा पनि हुन्छ। त्यसैले यस्ता पाश्चात्य संगीत तिर ध्यान नै जाँदैन । तर तँपाईले राख्‌नु भएको यो भिडियो चाँही किन हो कुनि, रमाईलै मानेर सुने ।

Unknown said...
on 

साँच्चै राम्रै हो कि क्या हो ? जति बुझेँ त्यति चाहिँ राम्रै छ है ।

friendlyniraj said...
on 

मलाइ पनि राम्रो लाग्यो है यो चाहीं

Anonymous said...
on 

ए भनेपछि यहाँ जस्तै त्यहाँ पनि अहिले बिदा चलेको रहेछ, है। बिशेष गरी यस्तै बेलामा झन् धेरै जनालाई यो फ्लु सर्न सक्ने डर हुन्छ जस्तो मलाई लाग्दछ। तपाईं पनि आफ्नो स्वास्थ्यको राम्रो हेरचाह गर्नु होला। अनि दूर्जेय जी,कुन गीत पस्किनु भएको, यसो सुन्नु त मन लागेको थियो अहिले यहाँ चीनमा YouTube लाई निषेध गरिएकोले हेर्न/सुन्न मिलेन :(

कलमबीर_घोताने said...
on 

तपाईंको कुरामा म समहत छु \ खुशी लाग्यो ..............

Ramro Nepali News said...
on 

मलाई पनि मन पर्यो ।

दिनेश राज said...
on 

Post a Comment