यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Thursday, April 2, 2009

यो स्वर्ग वा त्यो स्वर्ग

जापान बसाइको बेलामेरो आफ्नै अनुभवहरु रहेका छन। नेपाल रहदा जापान भनेपछी के के नै लग्थ्यो। जती सुकै बिकशित होस् , जती सुकै सम्पन्न होस पल्लो घरको ठुले, मेरो घरमा एक मानो गतिलो पाक्न आफ्नै घर सम्पन्न हुनु पर्छ वा म आँफै सम्पन्न हुनु पर्छ। तस्तै लाग्छ आजकल मेरो देश सम्झँदा । मेरै देश सम्पन्न भए , यसैलाई राम्रो बनाउन पाए,सधै अर्काको घरमा कान्छा भएर बस्ने नै थिइन। मन वास्तवमा खुशी छैन बेदेशमा बस्दा। खैर यसको बारेमामा पछी लेखुला।
आज प्रसँग अर्कै छ है फेरी। प्रसँग हो जापानी हानामिको। जापान संसारको कती नम्बरमा पर्छ थाहा छैन तर स्वर्ग मध्यको चाँही हो जस्तो भान हुन्छ यो समयमा ।
जापानमा रहदाको समय बर्ष भरी कामनै काम। लगातारको काम र आतिनै परिबर्तित हावापनी जापानको गुणनै हो। भर्खरै घाम छ , भर्खरै पानी , भर्खरै चिसो हावा। गर्मीको बेलामा त कुरै नगरुम। गर्मीमात्रै होर ? फेरी आद्रताले पो बेजोग बनाउने त। तर यो समय, मार्चबाट लगभग अप्रिलको बिच सम्म जापान वास्तवमै स्वर्गको भान हुन्छ, बिशेष रुपमा चेरीको फूलले गर्दा । यो फूलको रुखमुनी बसेर हानामी मनाउने चलनले त बर्षभरिको लगातर कामको थाकानलाई पल भरी मै बिर्साउछ। जापानमा बिभिन्न ४०० जातीका चेरीका प्रकार भएको बाताइएको भए पनि {somei-yoshino (Yedoensis} नामको साकुरा बिशेष प्रखयात छ । यो समयमा यहाँका मानिस आफ्नो कामबाट समय निकालेर , यही साकुराको रुखमुनी भोज (हानामी) खान्छन। पहारिलो घाममा दिन भरी जसो मस्त रमाइलो गर्नमा रमछन। यही समयमा म पनिके को कम , म पनि आजै लागे यो फूलहरुको माजमा हानामी मनाउन। त्यही बेलामा मैले लिएको फोटोहरु तपाईंहरु लाई देखाउछु है त। (हनामीको बारेमा अझ बढी यहाँ पनि छ है www.carbontube.bolgspot.com हेर्नुहोला) बर्ष भरी न कुनै पात न कुनै सुन्दरता हुन्छ यो रुखमा । बर्षको मुस्किलले ७ दिन फूल फूल्छ अनी फेरी केही समय पात रहे पछी फेरी बर्ष भरी नांगै।
जती भने पनि सधैं हरियो र सुन्दर रहने मेरो देश सँग कुनै तुलनानै छैन। मैले मात्रा भनेको हैन, स्यम नेपाल गएर आएका जापानीबाट पनि सुनेको छु मैले। हामीलाई भने कुनै रितु वा समय कुर्नु पर्दैन है न त ? वा मेरो देश । मेरो देश कती सुन्दर छ भन्ने कुरा बाहेर आए पछी थाह भयो। नेपाल फर्केए पछी, जहाजबाट झर्ने बित्तिकै माटोमा पल्टिएर, बेस्करी रुनमा लगेको छ र जहाँ बेस्करी रुदा पनि आनन्द आउछ। शायद आमाको काख भएर होकी है ? । जसले जे भने पनि .....मेरो देश नै पहिलो स्वर्ग हो ।

Comments :

7 comments to “यो स्वर्ग वा त्यो स्वर्ग”

कुन चैँ स्वर्ग हो हो खै ?? छुट्याउनै गाह्रो भयो त !!

Prabesh said...
on 

waooooo.... so cute pics...thanx a lot

ani hanami ko shubhkamana...

Anonymous said...
on 

साँच्चै नै साह्रै सुन्दर रहेछन् फोटोहरु ।।

Unknown said...
on 

वर्षैभरि हरियो-परियो र सुन्दर हुने ठाऊँहरु जापानमा पनि धेरै छन्। मैले पनि केहि घुमेको छु। आफ्नो देश, गाम-ठाम अलि प्यारो लाग्नु स्वाभाविकै हो।

तपाईँले हानामी मनाउनुभएछ आफ्नोमा भने मौसम 'भिलेन' भइदियो यसपाला। शनिबार, आइतबार(अप्रिल ३,४) असाध्यै जाडो भयो र अलि-अलि झरी पनि प-यो। अरु दिन निक्लने मेसो मिलेन। अब त साकुरा झर्न थालिसक्यो।

Basanta said...
on 

सबै जनालाई मेरो मुरी मुरी धन्यबाद। हजुरहरुको उपस्थितीलेनै मेरो हौसला अझ बढेको छ। मेरो ब्लगमा यहाँहरुको अझ बढी सुझाबको आशामा छु।

दूर्जेय चेतना said...
on 

Wow so cute photoes.............. Love to see more........... pics.
keep writing.
Thank
Sunita

Sunita Basnet said...
on 

Wow What a cute pics...........Love to see more...


Thanks
With love and regards
Sunita

Sunita Basnet said...
on 

Post a Comment