यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Sunday, April 19, 2009

एकादेशका खरायो र कछुवा

रीमिक्स गीतहरु सुन्न रमाइलो लाग्छ मलाई। शायद नयाँ स्वाद भएर होला। एउटा निन्तान्त एकै प्रकारको लय वा संगीत सुन्दा सुन्दा अल्छी लाग्नु सोभाबिक हो जस्मा नयाँ संगीत र नयाँ तरिकाको प्रस्तुतीले होला अली फरक प्रकारको अनुभब हुन्छ। हुन त रीमिक्सलाई आलोचना गर्नेहरु पनि थुप्रै छन तर कहिले काहीं गीतको मर्मलाई नै बिगारेर गाउदा भने दु:ख लाग्छ। त्यस्तो चाँही नहोस। पुराना गीतलाई,नयाँ संगीतको तालमा गाउँनु नौलो हैन र त्यती गार्हो पनि हैन। तर संगीत त्यही राखेर नयाँ शब्दमा भने त्यती गीतहरु सुन्न पाईदैन। तर म भने रीमिक्सको प्रयोग गर्ने बिचार गरे आज एउटा कथामा। तपाईंलाई नौलो लाग्ला यो कस्तो नयाँ प्रयोग हो भनेर।
हामीले सुन्दै आएका,पढ्दै आएका अनेकौ कथाहरु छन्,सानो हुँदाबाट हामीले थुप्रै कथाहरु सुन्यौ र सुनाउदै आयौ। जस्तै राजकुमार दिक्पालको,खरायो र कछुवाको, सिंह र खरायोको, दाउरे र बन्चरोको आदि आदि। तर मेरो बिचारमा यस्ता अनेकौ कथाहरु छन जो आज समय सान्दर्बिक छैनन्। मलाई लाग्छ म सानो हुँदाको समय र अहिलेको समय फरक छ र त्यसबेलाको समयमा हुने गरेको अनेकौ कुराहरु आज यथार्थ हुँदैनन्। सुन्दा रमाइलो लाग्छ तर अलिक सोच्ने हो भने,पुराना कथाहरुमा पनि नयाँ प्रयोग गर्दा वा भनु रीमिक्स गर्दा समय सान्दर्बिक हुन्छ होला। अचम्म नमान्नु होला। त्यसो भए एउटा कथा पढु है त? म छोटकरीमा भन्छु नि ।
एकादेशमा एउटा खरायो र कछुवाको बिचमा दौड प्रतियोगीता भएछ, दुबैको बिचमा, पर रहेको पिपलको रुख सम्म कुन चाँही पहिला पुग्ने भन्ने बाजी परेछ। दौड सुरु भयो, खरायो बेस्करी दौडियो, अलिक पर पुगेपछी, खरायोले सोच्यो, यो कछुवा बिस्तारै हिड्छ, त्यो नआइपुग्दा सम्ममा एक निन्द्रा पुराउछु। बस खरायो निदाएर भुस पर्‍यो, त्यही बिचमा कछुवाले खरायोलाई उछिनेर, पिपलको रुख सम्म पुग्यो। जब खरायो बिउझियो धरै ढिलो भएको थियो र अन्त्यमा उसले दौड हार्यो।......१
यो हारले खरायोलाई सहीनसक्नु भयो र यो उस्को आत्मसम्मानको कुरापनि थियो। उस्ले यो हारको बारेमा सपनामापनि सोचेको थिएन। खरायोलाई फेरी नयाँ प्रतियोगीता सुरु गर्न मन लाग्यो र कछुवालाई भन्यो "ल फेरी दौड सुरु गरुम, अगाडिको खेलमा त म सुतेर पो तिमीले जितेको हो त"। कछुवालाई कुनै मतलब भएन किनकि यो प्रतियोगीतामा उ, खरायो सुत्ला र मैले खेल जितौला भनेरपनि त सुरु गरेको थिएन नि। बिस्तारै तर लगातारको कुनै पनि प्रयासले सफलतामामा पुराउछ भन्ने कुरामा कछुवा ढुक्क थियो। खेल सुरु भयो। खरायो यस पटक सुत्ने कुरै भएन,खरायो बेस्करी दौडियो र आफ्नो लक्ष्यमा पुग्यो र मज्जाले सुत्यो। कछुवा भने धेरै ढिला गरेर आयो र नियम अनुसार उस्ले खेल हार्यो। आफ्नो कामलाई भोली वा पछाडि गर्छु भन्न हुदोरहेनछ र आफ्नो काम सकेर मात्रा आराम गर्नु पर्ने रहेछ भन्ने राम्रो पाठ उस्ले सिक्यो। ...........२
यो हारबाट फेरी कछुवालाई सहीनसक्नु भयो। आफुले पहिला जीतेको जीत फेरी हारमा परिवर्तन हुँदा कछुवालाई फेरी मर्नु भयो। कछुवाले फेरी खरायोलाई भन्यो "ल खरायो भाई अब फेरी अर्को दौड प्रतियोगीता सुरु गरुम"। कछुवाको यो कुरा सुनेर खरायोलाई हासोपनि उठ्यो र मन मनै सोच्यो; कि कस्तो मुर्ख जन्तु रहेछ, म सँग फेरी दौडन्छु भन्छ। खरायोले फेरी हुन्छ भन्यो किनकि बाटोमा सुतेन भनेत कछुवाको कुनै सम्भाबनानै छैन उस्लाई उछिनेर जाने। खरायोले हुन्छ भन्यो। तर यसपाली भने पहिलाको बाटो नभै अर्कै बाटोमा दौडिने कुरा गर्‍यो कछुवाले। खरायोलाई के को मतलब, जुन बाटो दौडिएपनि कछुवाको गती बढ्ने हैन, उसले हुन्छ भन्यो। फेरी दौड सुरु भयो तर अर्कै बाटोमा।खरायो फेरी अगाडि अगाडि गयो। तर यस पाली चाँही पुग्नु पर्ने ठाउँ नदीको पारी रहेछ। खोला तरेर जानु पर्ने रहेछ। खरायोले खोला तर्न खोज्यो, अनेकौ कोशीश गर्‍यो, घण्टौ कोशीश गर्‍यो तर खोला तर्न सकेन। त्यतिकैमा कछुवापनि आयो। पुग्नु पर्ने ठाउँ ठीक खोला पारी तर आपत पर्‍यो खरायो लाई। उसले बुज्यो अब कछुवा पानीमा पैडिएर पारी जान्छ र फेरी उस्ले दौड जित्छ। बढो पीरमा पर्‍यो खरायो। त्यतिकैमा कछुवाले भन्यो " खरायो भाई आउ तिमी मेरो ढाढमा पछाडि बस र हामी दुबै जना पारी जाउ। खरायो कछुवाको पछाडि बस्यो र कछुवा पौडिएर खरायोलाई पनि पारी लाग्यो र दुबै जना सगै लक्ष्य सम्म पुगे .........३
कथा सकियो है ...... तर
अब मेरो कथा किन यस्तो भयो त? एउटै कुरा भन्छु, अहिलेको समयमा सबै मेलेर काम गर्‍यो भने कसैले पनि हार्नु पर्दैन। सबैको जीत भएर, सबै खुशी भएरपनि लक्ष्य सम्म पुग्न सकिदो रहेछ। यो कथाको पहिलो खन्ड हामीले सुन्दै आएको कथा हो जसको नैतीक ज्ञान भनेको Slow and Steady Wins the Race हो। यही कथाको दोस्रो खन्डमा यसको उल्टो भयो। त्यसैले यो समय सान्दर्भिक छैन जस्तो लाग्यो। तर हेर्नुस त तेश्रो खन्डमा कुनैपनि काम मिलेर गर्यो भने कसैलेपनि हार्नु पर्दैन, कोही हार्दा आफ्नो आत्मसम्मान गुमाएको अनुभब गर्नु पर्दैन।
कछुवा र कछुवा वा खरायो र खरायोको बिचमा हुनु पर्छ प्रतियोगीता यदि हुनेनै हो भने, असमान प्रतियोगीको बिचको प्रतियोगीता हासोको पात्र मात्र हुन्छ । हामीले खरायोलाई सदियौ देखि अन्याय गरेका थियौ। एकपटक हारेपछी त्यही कथालाई सदियौबाट भन्दै, खरायोको खिल्ली उडाउदै आयौ,हामीले खरायोलाई आफ्नो गल्ती सुदार्ने मौका कहिलैपनि दिएनौ। अझ भन्नुपर्दा सबै कुरालाई समयनुसार परिमार्जन गर्नु पर्छ। शायद समय अनुसारको परिमार्जनलाई नै बिकास भन्छन.. सबै लाई चेतता भया...................... अस्तु
(यो कथाको सार धेरै पहिला मलाई मेरो साथीले ईमेल मार्फत गराउनु भएको थियो। त्यसलाई अली बढी जोडेर यहाँको सामुन्य राखे। यो घटनाले मलाई फेरी सबै कथा र प्रसँग लाई अर्को नजरले हेर्न प्रेरणा दियो र प्रयोगलाई निरन्तरता दिन मन लाग्यो। )

Comments :

8 comments to “एकादेशका खरायो र कछुवा”

दुर्जेयजी,रिमिक्स कथा राम्रो लाग्यो । कसैलाइ पनि चोट नपुग्ने सकारात्मक अन्त्य भएको कथा रहेछ । प्रतियोगिता बराबरी बीच गर्नुपर्छ भन्ने तपाइँको तर्कमा मेरो पनि पूर्ण सहमति छ । अरू दन्त्य कथालाइ पनि आधुनिक रूपमा पढ्न पाए समय अनुरूप राम्रै हुन्थ्यो ।

वसन्त बलामी said...
on 

excellent...this is the beautiful rimix

Milan said...
on 

साँच्चै नै पुरानो कथालाई नयाँ रूपमा पढ्दा रमाईलो लाग्यो।।

Sujan Sharma said...
on 

बिचार राम्रो छ...तर कथा अलि लामो जस्तो लाग्यो साथी...

nepali said...
on 

समय परिवर्तनशिल छ र यो परिवर्तनशिल समयमा कथाको पनि पूनरावलोकन हुनु जरुरी छ, कत्ती सधैं खरायोलाई मात्रै हाँसोको पात्र बनाउने?, सबैको आ-आफ्नै विशेषता हुन्छन र आ-आफ्नो क्षेत्रमा सबैजना अब्बल पनि ।

पुरानो कथाको उचित चिरफार!

Dilip Acharya said...
on 

देशअनुसारको भेष त्यस्तै हो समयअनुसारको चलन र खटन । तपाईँको कथानक विनिर्माण ठीक जँच्यो- पक्कै हो समान शक्तिबीच प्रतिस्पर्धा हुनुपर्छ, अझ सकेसम्म त कसैलाई तल र माथि भनेर विभाजनपूर्ण प्रतिस्पर्धा चर्काउनुभन्दा मिलिजुली सफलता हासिल गरेर अघि बढे कसैले टाउको ठोक्नु पर्दैनथ्यो । उचित अवसर र संयोग पाएमा जून जित्न जोकसैले सक्छ ।

>Jotare Dhaiba< said...
on 

kathaa raamro chha, jamaanaa rimix hunaa laagyo, aajakal ta budhaapaakaharu pani loka bhaakaa mana paraauchahna ra hiphop tira laagna thaale, tapaiko kathaa raamro chha.
dhanyabad

B.J. Dummali said...
on 

यो कथा सबैले मन पराउनु भएकोमा धन्यबाद सबैलाई।

दूर्जेय चेतना said...
on 

Post a Comment