यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Sunday, April 26, 2009

बगाएरै गयो सन्ध्या

यो कबिता अली अगाडि लेखेको थिए, जब कोशीको बाढीमा हाम्रो देश रोएको थियो। ढिलो भएपनी यो कबिता तपाईंहरुको माझमा राखेको छु। जब हामी पिडामा थियौ तब मनमा जे आयो, जस्तो भाबनाले ठाउँ लियो लेखिदिए, ढिलो भएपनी सुनाउन मन लाग्यो आज , सुनीदिनु होला।
पिडै पिडाको समयमा हामी हिड्दै छौ।अनेकौ रुपमा, हाम्रो आशाहरुको बली चड्ने गरेको छ। सम्झँदा पनि मन रुन्छ, कता कता पिडा बोध हुन्छ, के गर्न सक्छुर; फगत आफ्नो भाबनालाई लेख्नु भन्दा.. बस लेखिदिन्छु। सुनाउनलाई खोज्दै थिए, आज मौका मिल्यो अनी यहाँ टासिदिए।

हरेक दिन जसो भएन यो आज
समयसँगै अनेकन आस्था पनि गयो
सबेरै झै म पनि उठेको थिए आज
तर,सबै हेर्दा हेर्दै भत्किएर गयो।

बिहानमा कुन्नी किन धोबिनी कराएन आज
न त सूर्यदयसँगै चन्द्रमा नै गयो
सधैं झै म पनि खुशी थिए आज
तर, सबै हेर्दा हेर्दै रित्तिएर गयो।।

मध्यरातबाटै सूर्य नउदाउने तयारीनै रहेछ आज
बिधीको नियम यो, उदाएरै छाडी गयो
सधैं झै मेरो पनि आशा थियो आज
तर,सबै हेर्दा हेर्दै डलेरनै गयो।।।

सुन्सान समयमै तयारी थियो मेरो पनि आज
खेत र खलियान नखनेरै गयो
खनौला र बचौला भन्ने आशा मेरो पनि थियो आज
तर,सबै हेर्दा हेर्दै पौडिएरै गयो।।।।

मनले नै नसोचेको बौरुपी बाढी फेरी आयो आज
सधैं थियो पीर मेरो फेरी थोपरेर गयो
कता कता अझै सानो आशा थियो आज
तर,सबै हेर्दा हेर्दै डुबाएरै गयो।।।।।

पीडै पीडासँग यो दिन, फेरी नफर्कने गरी गयो आज
आशा सँगै निराशाको भूमरीमा रुवाएरै गयो
रुदा रुदै पनि पलपलको आशा बचाएको थिए आज
तर,सबै हेर्दा हेर्दै बगाएरै गयो।।।।।।

Comments :

3 comments to “बगाएरै गयो सन्ध्या”

Des le bhogeko auta kahali lagdo daibi prakop ani tesailai sametne hridaya 6une kabita...............tara bidambana, tehi daibi prakop ma pani neta haru rajniti garna 6od dainan......dhikkar 6 hamra neta ani tinka wori parika bhajan mandali lai.

Birendra said...
on 

नराम्रो अतीतलाई कबितामा राम्ररी चित्रण गर्नु भएको रहेछ | बगाएरै गयो भन्ने शीर्षकले पनि बास्तबिकता र भावनालाई पुरै समेटेको छ...

Milan said...
on 

निकै राम्रो लाग्यो यो कविता! मिठो भावको सटिक चित्रण !!

Sujan Sharma said...
on 

Post a Comment