यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Thursday, April 16, 2009

मेरो नयाँ कपडा कस्तो छ ?

आज मैले पनि नयाँ कपडा फेर्ने जमर्को गरेको छु। ब्लगमा म एकदमै नयाँ हुँ र मलाई त्यती धेरै ज्ञान छैन यो कोड्को बारेमा, बिस्तारै सुधार गर्ने छु। धेरै दिनबाट म पनि नयाँ प्रकारले ब्लगगिङ गर्न मन लगेको थियो तर यो कोड को कत्ती पनि होस थिएन मलाई बल्ल बल्ल यसो कोशिश गरेको छु। मेरो नयाँ कपडा कस्तो छ सुझाबपनि लेख्नु होला है ।

Comments :

7 comments to “मेरो नयाँ कपडा कस्तो छ ?”

खै के नमिलेको, नमिलेको जस्तो लागी राकेको छ मलाई त !!! बरु पहिला कै टेम्पलेट सुहाएको थियो कि ?

Unknown said...
on 

त्यही त सुजनजी मलाई पनि कस्तो कस्तो लागिराखेको छ। यसो गर्‍यो उसो गर्‍यो हैरान भाईसके भन्या ल।

दूर्जेय चेतना said...
on 

होइन, एकदमै ठिक छ !! मलाई त राम्रो लाग्यो !!! शुरूमा टेम्प्लेट चेन्ज गर्दा पहिलाको हेरिराको बानी भएर नसुहाएको जस्तो लाग्छ तर त्यसो होइन । विस्तारै यहि नै मनपर्दै जान्छ । राम्रो छ यो !!

Prabesh said...
on 

तपाईको यो 'कपडा' मुख्य पृष्ठमा ३ कोलम र भित्र छिरेपछि २ कोलममा देखिने रहेछ । 'अनलाईन' पत्रिकाकोलागि यो एकदम सहि हुन्छ, तर तपाईले दाया पट्टी फोटो ब्लग पनि राखेको र त्यो फोटो र साईडको 'पोष्ट' संग कुनै सम्बन्ध नबएकोले बल्ग हेर्नेलाई केहि कन्फ्युजन भने पक्कै हुन्छ ।

पहिलो कुरा त यो ब्लगको 'कपडा'जत्ती फेरे पनि चित्त बुझ्दैन, फेरी केहि समयको अन्तरालमा 'नफेरे' पनि चित्त बुझ्दैन । हाललाई यहि राखेर अर्को झन राम्रो टेम्पलेट खोज्न थाल्नुहोस ।:)

Dilip Acharya said...
on 

अनि मलाई मनपर्ने फिक्का निलो रंगको अधिकांश प्रयोग भएकोले यो नयाँ टेम्पलेट रंगको हिसाबले राम्रो छ...तर मुख्य पोस्टले अली सानो चौडाई पाउंदा पेज सांघुरो देखिएको छ...

दिलीप दाईले भने झै ब्लगको टेम्पलेट भन्ने कुरो जति फेरे पनि चित्त नबुझ्ने रहेछ.... चेन्ज गरेको एकछिन ठीकै लाग्छ अनि एकछिन पछि के नपुगे के नपुगे जस्तो लाग्छ...

सुन्दा अनौठो होला ... मैले मेरो ब्लग टेम्पलेट ५० पटक भन्दा बढ़ी परिबर्तन गरेको छू...अनि एकै दिनमा ८ वटा भन्दा बढ़ी टेम्पलेट चेन्ज गरेको छू...त्यों पनि अस्तिको दिन मात्रै ...

र पनि मलाई पुरै चित्त बुझेको टेम्पलेट आज सम्म भेटेको छैन ...

Anonymous said...
on 

खोजीको सिलसिला यस्ते कुराबाटै सन्तोषप्रद गन्तव्यमा पुग्ने त हो नि । मैले तपाईँको यसअघिको 'पहिरन' त नियाल्ने मौका पाइनँ, सुरुको भन्दा यो पहिरन पक्कै पनि लायकको थियो होला र ने फेर्नुभयो । मलाई चाहिँ 'read more' मा आउनुअघिको मूलघरमा 3 column टेम्प्लेट कताकता के साँगुरो र असजिलो लाग्यो । read more पछि पढ्दा बने ठीकै छ । फेरि-फेरि 'बजार' तिर आँखा डुलाउँदै गर्नुहोला ।

Jotare Dhaiba said...
on 

सुजनजी , प्रबेशजी, दिलिपजी र मिलनजीलाई सुझाबकोलागि मुरी मुरी धन्यबाद। मलाई यो कोडको बारेमा त्यती धरै अनुभब छैन त्यसैले भने जस्तो बनाउन सकेको छैन, म हजुर हरुको सुझाबलाई मनन गर्दै अझ राम्रो गर्ने छु।

दूर्जेय चेतना said...
on 

Post a Comment