यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Saturday, July 4, 2009

फुकोका टावर(Fukuoka Tower):

Fukuoka टावर: जपानका हरेक सहरले समान रुपमा बिकासको लेप लगाएका हुन्छन्, कम र बढी भन्ने हुदैन। जापानको प्राय जसो ठूला सहरहरु बिभिन्न बहानामा धुम्ने मौका मिलेको छ तर पनि Fukuoka सहर मेरो लागि बिशेष छ। त्यसको पछाडि बिभिन्न कारणहरु छन् तर म आज त्यो कुरा गर्दिन। मैले कुरा गर्ने खोजेको कुरा हो Fukuoka सहरमा रहेको Fukuoka टावर र त्यसबाट देखिने सहरको दृष्य।
जापानको ठूला सहर मध्य एक Fukuoka सहर म बसेको ठाउँ बाट लगभग ४५ मिनेटको रेल र १ धण्टाको ड्राईभ दूरीमा पर्छ। बास्तबमा २३४ मीटर अग्लो समुन्द्रिक तटमा रहेको जापानकै सबै भन्दा अग्लो Fukuoka टावर १९८९ मा १४ महिना लगाएर बनाईएको हो। यसको लागत मूल्य जापानी 6,000,000,000. यन लागेको थियो रे जुन मूल्य हालको लगभग 62,536,212 US डलर बताईएको छ। (यो मुल्य मैले बिभिन्न साईटमा खोजेको हो है जुन कुरा मैले भ्रमणको बेलामा पनि बुझ्न खोजेको थिए तर सकिन।)। ७ रेक्टरस्केलको भूइँचालो र ६५ मी.प्रति सेकेण्डको हावाको बहावलाई थेग्न सक्ने रहेछ।
यो टाबरको माथि तीन तहहरु रहेछन् जहाँबाट पूरै फुकोका सहर हेर्न सकिदो रहेछ। पहिलो ११६ मी. को उचाइमा, दोस्रो १२० मीटरमा आरम गर्न र जापानी परिकारको मजालिदै पूरा फुकोका सहर हेर्न मिल्ने रेष्टुरेण्ट, र तेस्रो १२३ मीटरको उचाइमा दूरबिनहरु राखिएका रहेछन्।
गत केही महिना अगाडि मेरो एक जना साथीलाई नेपालबाट मेरो विश्वविद्यालयमा निमन्त्रणा गर्ने मौका मिलेको थियो, त्यँही क्रममा उहाँलाई Fukuoka सहर घुमाउने मौका मिलेको थियो। आज त्यँही बेला खिचेका तस्बिरहरु राखेर अल्छी गरेको छु है।
हामी दिहुँसोको समयमा गएकोले रातिको समयमा कस्तो देखिन्छ आफैले अनुभब गर्न सकिएन तर ईन्टरनेटबाट एउटा रातिको समयमा लिएको फोटोपनि राखेको छु(http://adlpena.com/great_places.htm )। यी तस्बिरहरु लिन र हामीलाई त्यो ठाँउमा धुमाउन सहयोग गर्नु हुने डा. अर्जुन कुमार थापालाई बिशेष धन्यबाद!!!
तस्बिर १: मेरो साथीलाई Fukuoka सहर घुमाउदै, मेट्रो बाट झरेर हामी हिड्दै थियौ।।।

तस्बिर २:यो तस्बिर मैले माथि भनेको श्रोत बाट लिएको हो। हामी यो ठाउँमा पनि गएका थियौ तर क्यामेराको ब्याट्रीले साथ दिएको थिएन।।।।

तस्बिर ३: टावरको अगाडि मूल ढोका। तस्बिर ४:टावरको अगाडिबाट खिचेको फोटो

तस्बिर ५: यो टाबरको माथि बाट खिचेको फोटो हो। यो देखिएको समुन्द्र माथिको धर वास्तबमा विबाह गर्ने र भोज गर्नको लागि प्रयोग हुदो रहेछ।

तस्बिर ६: टाबरबाट देखिएको Fukuoka सहरको दृष्यहरु

तस्बिर ७: हामी बेलुका सम्म बस्न सकेनौ त्यही कारण यो सुन्दर दृष्य भने हेर्न पाईएन, त्यसैले अन्य श्रोतबाट राखे है।

तस्बिर ८: जादा जादै यो Fukuoka सहरको बाटो। निकै सफा हुदोरहेछ।

Comments :

11 comments to “फुकोका टावर(Fukuoka Tower):”

निकै रमाईलो अनि सुन्दर ठाऊँ रहेछ!नपुगेको ठाँउहरु हेर्नु पाउँदा रमाईलो हुन्छ । यहाँ बसि बसि जापान घुमे है मैले त ।
यति सुन्दर तस्बिरहरु सहित जानकारी बाँड्नुभएकोमा धन्यबाद् ।

Unknown said...
on 

सुन्दर तस्वीर सहितको प्रस्तुतीले आफैले घुमेको जस्तै बनाई दिनुभयो लौ | एअरपोर्ट हुँदै त आईयो, समयले साथ दिएछ भने एकदिन फुकोका टावर पनि घुम्नै पर्ला जस्तो छ |

https://www.youtube.com/channel/UCCZWja8o4uNVu5txxGve6dA said...
on 

सुन्दर टासो, दुर्जेय जी,
आकाशै चुम्न उभिए जस्तो यो फुकोका टावर
र सागरको किनार छोएर फैलिएको यो शहर !
अनि समुन्द्र माथि थपक्क बसेको त्यो घर, अहा कस्तो मनोहर!

कृष्णपक्ष said...
on 

night view dammi lagyo. photo raamro chha

wordflows said...
on 

वाह ! मजा आयो, दु:ख नगरीकन आफ्नै कोठाबाट घुम्न पाएकोमा ।

Dilip Acharya said...
on 

amazing photography...good job dude....keep posting

Bharat's Blog said...
on 

धन्यबाद अर्जुनजी! फुकुओका पुगिएको छैन आफू, तपाईँको यो टाँसोबाट केहि झलक पाईयो।

Basanta said...
on 

निकै अत्याधुनिक पाराको र सुन्दर रहेछ फुकोका टावर | जेहोस दिदृश्यावलोकन गर्न पाइयो , रमाइलो लाग्यो | धन्यवाद !

Yumesh Pulami said...
on 

अचेल मलाई एस्तो खर्चिलो बिकास पनि दिगो हुँदैन कि जस्तो लाग्छ

HAWA said...
on 

भ्रमण रोमाञ्चक लाग्यो । नाम मात्रै सुनेको टावर आँखैसामु झुल्कियो एक क्लिकमा । टोपी खस्ने फुकोका टावर, वाह ! कति कञ्चन रहेछ ठाउँ पनि । तस्बिर खिचाइ पनि सुन्दर रहेछ ।

Jotare Dhaiba said...
on 

धन्यवाद दुर्जेय जुउ,
कुनै कस्त नगरि जापान घुमाउनु भएको मा समय भए नेपाल पनि घुम्ने होकी ?

trekking said...
on 

Post a Comment