म र मेरो वरिपरी चलिरहेको समयको कुरा, स्टीफन हॉकिंगले सोचेंका र व्याख्या गरेको समय भन्दा पृथक!! मेरो लागि बिग बैंग सिन्द्दान्त त्यही दिनबाट सुरु भयो जब मैले यहा पाईला टेकेँ। सुन्यबादको कुरा हैन, यथार्थमा समयसँग जोडिएको म र मेरो समयको कुरा सायद कुनै खगोलिय संरचनासँग तुलना नगरेरै हेरेको राम्रो। जीवन बाच्नकै लागि र बचाउनकै लागि मेरो समय सुरु भयो जहाँ भोग्न र भोगाईनकै लागि मार्ग प्रशस्त गरिएको थियो। सबैको लागि यस्तै जीवन-दर्शनपरक समयको सुरुवाती पलहरुको खोजीमा कयौं मान्छेहरुले आफूलाई युगीन बनाएँ वा कति बन्नेक्रममा पनि होलान। म आफैमा मेरा लागि युगपुरुष बन्न खोजेँ, बनेँ र रहेँ। मेरो चौधेरा भित्रको संसारमै बिग बैंग सिन्द्दान्तको सुरुवात भयो। सीमान्त समय र यसको परिधि भित्रै मैले समयको सुरुवात खोजेँ। सायद हॉकिंगले एकनास सबै खाले समयको ब्याख्या गरे होलान्, सबै समयलाई एक नजरले हेरेका होलान। कति मान्छेहरु यसमा सहमत होलान, कत्तीले यो सोच्न पनि सकेका छैनन्। मैले यो एकमुष्ट समयलाई निहाल्ने प्रयासनै गरिन तर यस उपर एकनासको नजर भने राख्दै आएँ। केही सिकेँ, केही सिक्ने प्रयास गरे र सबै एकमुष्ट समयलाई मेरो अनुकुल बनाउने प्रयास गरे। जीवन बाच्नु र चलाउनुको एउटा अटुट सम्बन्धलाई हॉकिंगको समयको ब्याख्याले एकमुष्ट ब्याख्या दिन्छ वा दिदैन त्यो बहसको बिषय हुन सक्छ तर मैले मेरो जीवन चालसगै लिनुपर्ने र काट्नुपर्ने समयलाई उनको नजरबाट हेर्ने प्रयासनै गरिन। पृथक पृथक समय र त्यस बीचको अनेकौ खण्डहरुलाई मैले त्यो ठूलो एकमुष्ट समयसगँ दाज्ने गरेको छैन। मात्र मेरो समयको सुरुवात सगै अनेकौ तयारीमा हिड्नु र योजनाकै सेरोफेरोमा नै केही समय गएको अनुभब भन्दा केही पनि गरिन।
“हेर न समय कस्तो चाडो गयो, हिजो मात्र लाग्छ बिहे गरेको है” मेरी श्रीमतीलाइ यसो भन्दैगर्दा समयले कोल्टे फेरेको अनुभव गरेकै हुँ। एक अर्थमा समयसँग उमेर, जोस, जाँगर, पाणीग्रहण र त्यस बीच उत्पन्न प्रणयभावको मिठो अनुभवसँग जोडेर हेरेकै पनि थिए। ओहो तपाईकी छोरी ठूली भईछन् भन्दा , प्रसवनमा छट्पटिरहेकी मेरी श्रीमतीको अनुहार, अहिले त्यही रुपमा याद नै छैन, भए पनि त्यो पिडाको समयलाई अहिलेको समयको कुनै कुरा सगँ दाजेँर हेर्नै मिल्दैन तर पनि बिल्कुल निरपेक्षय रुपमा अनुभवलाई एउटै समयको कालखण्डबाट अनुभव गर्न नसकेको अबस्थामा र त्यही घटनाक्रम दोहोर्याइ अनुभव गर्नु बाहेक समयले केही पनि याद गराउदो रहेनछ किनकी समय चलयमान छ र यसको अनेकौ भुमरीमा हरेकलाई धुम्नु नै छ।
त्यसैले जीवन अनकौ योजना र एउटा तयारीमात्र हो। बाबु आमाले गरेको जन्मको तयारी वा भनौ आमाको पेटमा जाईगोट बनाईए पछि सुरु भएको समय सगैं हामी यहाँ अनेकौ तयारीका साथ, एउटा कालखष्डमा गएर रोकिने तयारी गरिरहेका छौ तरपनि हॉकिंगको भीष्म समयको व्याख्याबाट चोईटाएर,चोरिरहेको वा अनुभब गरिरहेको समय हाम्रा लागि बास्तबिक उपाहारनै होला, किनकी समय फेरि पनि बिना योजना र तयारीका साथ चलिरहेकै छ। भौतिक तयारीहरु !! जो मेरो जीवनको योजनाबद्ध तयारी भित्र समयले व्याख्या नगर्ने सीमा भित्र पर्छन् तर पनि समयलाई सुरु गर्ने समयको परिभाषा कुन समयले दिन सक्छ र? मात्र एकसाथ हजारौ अवसरहरुको खोजीमा एकैनास समयलाई घोच्ने (क्लिक गर्ने)हरुको मात्र, म एक प्रणीत प्रतिनिधि पात्र हु,. सबैलाई चेतना भया............
हुँदै होइन भनेर निहुँ खोजौँ भनेपनि, निहुँ खोज्ने ठाउँ छैन । निकै यथार्थपरक कुरा गर्नुभएको छ । सबैभन्दा मलाई त बिग ब्याङ्ग थ्यौरी कै कुरा गज्जब को लाग्यो । आफ्नो जन्मसँगै सुरु भयो, आफ्नो लागि, बिग ब्यांग थ्यौरी ।
साँच्चै समय पनि चाँडै जान्छ है, आफूलाई बुढेसकाल को अनुभव हुनथालिसक्यो तपाईलाई । तपाई जस्तै म पनि त्यही एक प्रतिनिधि पात्र हुँ...
'म एक प्रणित प्रतिनिधि पात्र' निकै सान्दर्भिक तवरले आफै लाई दाँज्नु भयो । सानदार छ लेख दूर्जेय जी ।
जीवन-रहस्यमाथि पोखीएको दार्शनिक चिन्तन!
i enjoyed it but did not get the idea!
के प्रतिक्रिया दिऊँ म सबै माथिको पोष्टमा व्यक्ति गरिसक्नुभएको छ दूर्जेय जीले । अर्थात मैले समयलाई अझै बुझेको छुइन कि ? एकचोटी विगतलाई सम्झने चेष्टा गराएयो यो पोष्टले मलाई पनि । दर्शनमय पोष्टका लागि धन्यवाद ।
एउटा बालक सानो छँदा उसले बोल्ने तोते बोली मीठो लाग्छ बाबुआमालाई । तर १५ वर्ष पुगिसक्दा पनि उसले तोतेनै बोलिरह्यो भने नराम्रो लाग्छ,चिन्ता बढ्छ । साईनो त्यही हो,माया त्यतिनै हो, छोरो त्यही हो,बाबुआमा पनि तिनै हुन्....तर किन हिजो राम्रो लागेको त्यही कुरो आज नराम्रो लाग्यो त? यो समयको खेल हो।
एकजना भारतिय लेखकले लेखेको कुरोलाई सम्झनाको आधारमा राखेँ यहाँ मैले ।
आज तपाईँको लेख पढ्दा त्यही पुरानो कुरोलाई सम्झिएँ मैले ।
अनि तपाईँको पृथक चिन्तनलाई पनि मेरो सलाम ।
जीवन-दर्शन र Fiction को तार्किक तालमेल । निक्कै ओज पूर्ण रचना । धन्यवाद दाई ।।
"यती गहिराइमा त म कहिले डुबेकै थिएन सधै माथि बाटै पौडिएर निस्के " कता सुनेको यो सम्बाद याद आयो . दार्शनिक ,तार्किक चिन्तन !
शायद म ढिलो भएछु, के भन्नु लेख्नु पर्ने प्रतिकृया अरु मित्रहरु ले कोरिदिएछन्।
साँच्चै नै तपाईको चिन्तनले मलाई 'जीवन र समय' को सोचमा डुब्न लगायो। मन प्रशन्न भया।
जीवन अनकौ योजना र एउटा तयारीमात्र हो। सही कुरा ! तर समय त एउटा मान्यता मात्रै हो कि जस्तो लाग्छ मलाई | समय साँच्चिकै छ र ?
जीवनको गहिरो चिन्तन !! यथार्थपरक भोगाइको दस्तावेज !!
कहीलेकाही चित्त नबुझेर चुल लागिन्छ कहीले भने एकदमै राम्रो लाग्दा पनि 'बोलती बन्द' हुन्छ । तपाईँको यस पटकको पोस्ट टाँसीएकै दिनमा पढेको हो तर कमेण्ट लेख्ने शब्द भेटीँन। आज फेरि पढें यत्ति उत्कृष्ट लेखको प्रशंसा नगर्नु पनि हद हुन्छ भनेर यो कमेण्ट लेख्दैछु ।
साँच्चै चेतना भया!