यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Sunday, July 11, 2010

लघुकथा: राहत

बज्र नारायणको सबै भन्दा पहिले पालो आयो यस पटक। उसलाई एकाउन्टेन्ट रामदासले बोलाए यो महिनाको तलब बुझ्न। केही हात्ती र बाघका पत्ताहरू सहित, उसले राहत महसुस गर्ने भयो। हतार हतार एकाउन्टेन्ट कहाँ पुग्यो, पैसा बुझ्यो। रामदासले टाउको कन्याउँदै महिनाको पहिलो हप्ताको शुक्रबार क्यान्टिनमा चिया खादै गर्दाको कुरा सम्झायो, बज्र नारायण केही बोलेन, खुरुक्क दुईवटा हात्ती उसैलाई थमायो र साथमा धन्यवाद लियो र फर्कियो।

 

रामदासको कोठाबाट निस्कने बित्तिकै, उसलाई बुझाएको सापटी सँगै मनमा अनेकौं रामदासहरुको याद आयो । पालै पालो अफिसका सबै रामदाहरुलाई सापटी बुझाउँदै गयो र साथमा धन्यवादको पोको लिएर फर्कियो । बेलुका घर जाने बेला बाटोमा मझुवा कान्छोको रासनको दोकान हुँदै, अन्सारी कसाईको पसलमा पुग्यो। पुग्दा नपुग्दै, अन्सारीले भन्यो, “नमस्ते सर आज त ३० गते हो क्यारे है ? महिनाको अन्तिम दिन” उसले पनि सम्झेकै रहेछ । बज्र नारायणले अनुमान गरे जस्तै भयो । त्यहाँ पनि उसले बाँकी तिर्‍यो । विचार गर्‍यो आज त मासु लैजाउ क्यार । “अन्सारी भाइ खसीको मासु कसरी गएको छ अहिले?” उसले सोध्यो । “हजुर, तपाई मात्र हो भाउ सोध्ने, भाउजूले अगाडि नै लैजानु भो मासु त, तपाइले लानु पर्दैन” अन्सारीले भन्यो । लौ ठिक्कै भए छ, फेरि मुख फोरेर उधारो माग्न त परेन । उसले पहिलो पटक राहत महसुस गर्‍यो ।

 

तिर्दै जाँदा उ सँग कति बाँकी बच्यो, उसले पैसा गन्ने आटै गरेन फेरि । घर पुग्यो, मन मनै सोच्यो कसैलाई छुट्यो कि तिर्न; कसैलाई छुट्यो भने त फेरि अर्को महिना चलाउन गाह्रो हुन्छ। यसै बीचमा भान्साबाट भाउजू कराइन “सुन्नु भो, मासु ल्याएकी छु अन्सारी कहाँबाट तर प्याज सकिएको रहेछ, ल्याउनु पर्ने” । प्याज सँगै उसको मनमा लसुन, अदुवा, जीरा, धनियाँ सबै एक साथ आयो । उसलाई डर लाग्यो के के कुरा सकिएका छन् आजै । “ह्‍या छाडिदेउ प्याज हालेको मासु खल्लो हुन्छ” बज्र नारायणले जबाफ दियो । “हो हुन त, प्याज हालेको मासु खल्लो नै हुन्छ” भाउजूले जबाफ दिइन् । केही बेरमै प्रेसर कुकरको सिट्ठी बज्यो । एकै साथ सबै मसलाहरूको बोझ टर्यो र फेरि बज्र नारायणले राहत महसुस गर्‍यो.. ……सबैलाई चेतना भया...

Comments :

10 comments to “लघुकथा: राहत”

राहत शीर्षक देखेर पढ्दै गएको त बढो मार्मिक र महङ्गो राहत रहेछ । आम नेपालीको गाथा छ तीन परिच्छेदको सानो लघुकथामा । साँच्चै सशक्त लघुकथा!

Dilip Acharya said...
on 

दिलिप दाइ कै, प्रतिक्रिया मा सहमति जनाएँ मैले पनि ! आम नेपालीको गाथा छ तीन परिच्छेदको सानो लघुकथामा ।

Aakar said...
on 

कस्तो मार्मिक कथा रहेछ, यसमा एउटा जागिरे नेपालीको त्यो तस्विर प्रतिबिम्बित भएको छ, जुन तस्विर हामी सबै लुकाउन चाहन्छौं । त्यस्तो हुनु नपरोस भनेर सधै सतर्क हुनु पर्ने वा कम्तिमा त्यतिको नभएकोमा राहत महशुश गर्ने स्थितिका हामी नेपालीको आम विवशताको चित्र कोरिएको छ यहानेर । निकै मन छोयो ।

कृष्णपक्ष said...
on 

यी सन्तोकी संतोष सरले राहत महसुस गर्नु पर्ने कुनै ठाउँ नै नभए नि राहत महसुस गरेका छन्.... तर बास्तबिकता त्यही हो, उनले राहत महसुस नगरी धरै छैन....

थोरै शब्दले आम नेपालीको कथा बोकेको छ...

Milan said...
on 

सानो शब्दले ठुलो यथार्त उनेको कथा "राहत "

सूर्य/सिकारु said...
on 

कविता असंख्य प्रतिविम्ब तथा भावहरु बोकेको छ । समय र परिस्थितिहरुलाई नबुझ्दा देखिन्छन् यस्तै नियतिहरु । चुडामणि जी यो कवितामय पोष्टका लागि । यस्तै रोमान्टिक कविताहरुको आशामा छु है । ईश्वरले तपाईको सदैव भलो गरुन् ।

राजेश नतांश said...
on 

दूर्जेय जी --- मैले नि राहत महशुस गरे !ह्या प्याज लगाएको .... खल्लो हुदो रहेछ साच्ची !

अब निकलौ न नेपालीको प्रति व्यक्ति आय ! दुइ चार ओटा केही हात्ती र बाघका पत्ताहरू ... हो कि ! पकेटमा रहेको एक सुक्का ????

वेदनाथ पुलामी (उमेश ) said...
on 

लघुकथाहरु साच्चिकै केहि परिच्चेदमै मन छुने हुदा रहेछन् !!! मर्मस्पर्शी छ राहत !!! आदत लाग्दै छ लघुकथाहरूको तर त्यो आदत को श्रेय चै हाम्रो दिलिप लाई लाई जान्छ !!

ametya said...
on 

Ametya जी बास्तबमै लघुकथाहरु छोटो हुने र समस्त जीबनलाई केही हरपहरुमै ब्यक्त गर्न सकिने हुदा मलाई पनि खुब मन पर्छ पढ्नको लागी। बास्तबमै दिलिपजीका कथाहरु दमदार छन्। मैले पनि उपलब्ध भए जतीका सबै पढेको छु उहाका कथाहरु..

दूर्जेय चेतना said...
on 

धेरैले भोगेको यथार्त जीबनलाई टपक्क शब्द मार्फत टिपेर कथा त्यो पनि लघु ---
पढ्दा लघु भए पछि आखा भरि चै चलचित्र झैँ छर्लंगै दृश्य बनि -----
मेरो मनको कुरा साथीहरुले नै लेखिसक्नु भा' भ र पो त ! नत्र मैले पनि उस्तै कमेन्ट लेख्नि थिए :)

Luna said...
on 

Post a Comment