मैले सोचेँ, भने वा गरे भने त्यो मेरो लागि कर्म, दिनचर्या वा कसैको पृष्ठपोषण के हो निकै गाह्रो हुन्छ बुझ्न तपाइलाई, तर तपाइले गर्नु भो भने मेरो लागि, उदाहरण, प्रेरणा र अन्त्यमा एउटा ईतिहास बन्न सक्छ। जस्तो सुकै होस, बिचार र आदतले माने सम्म र सोच्ने हो आफ्नो काम र बिचार। निकै सोच्न बाध्य भएर एउटा असन्तुलित भावावेगमा कलम चलाउने मात्र हैन, जीर्ण सोच र स्वतः स्फूर्त नियममा बाँधिएर पनि असरल्ल कर्मका भोगी हामी आफैमा नितान्तै पलायन तर्फ गइरहेका हुन्छौ। के का लागि र कसको लागि बिचार प्रधान हुने हो, त्यो पृथक् पृथक् बिचार र मान्छेमा भर पर्ने गर्छ। आ-आफ्नै परिभाषामा रमाउनेहरु पनि कसैका लागि आफैलाई उम्दा साबित गर्ने काममा तल्लीन छन्। म तपाई र जो कोही पनि बिचारमा कटिबद्ध तर गतिगरास मनस्थितिले बाँचेका छौ।
एकाम्य बिचार त जीवन भर सायद कसैको पनि हुँदैन होला। सायद यही परिवेश भित्र आज हामी लड्दै, मर्दै, मार्दै र मार्ने योजनामा छौं। आफ्नै जीवनमा समेत सहजता, एउटै परिवेश खोज्न कठिन अवस्थामा कसरी समाज र बिचारमा एकाम्य बोध हुन सक्छ र ? फगत एउटा केस्रो जीवनको लागि बाचिरहेका हामी, कसरी र के गर्दा पूर्णता प्राप्त हुन्छ? म सोच्दिन, कम सोच्छु र कम बिचार गर्छु तर पनि केही न केही बिचारमा कैँडा परिनै हाल्छ, पीडा बोध भईनै हाल्छ। सायद जीवनको सबै भन्दा सजिलो परिभाषा, नियम वा मेरो जिउपालो गर्ने तरिका हो यो। बाँचेकै र रमाएकै छु आफ्नै जीवन परिभाषामा । सबै यस्तै सोच्दा हुन्; म नै जीवन हो, म नै संसार हो र मेरो परिवेश नै मेरो लागि सबै कुरा हो।
कसैले सोचेको छ, एउटा जीवन र पुरै सभ्यता भित्र कति जिन्दाबाद र मुर्दावादहरू आए? वाद र सिद्धान्तकै पछि लागेर कति मान्छेहरू मरे, कति मर्दै छन् र कति मार्ने योजनामा छन्। के को लागि? मार्ने सभ्यता र अस्तित्व नै सिद्धाउने खेलकै परिवेशमा कति सभ्यताहरू गुमेको छन् र कति तुहेका छन्। कसैले हिसाब गरेको छ? कसैले सोचेको छैन, मात्र आफ्नो लागि बाच्दा बाच्दै, कहिले पनि यहाँ अरू पनि छन् र बाच्न चाहन्छन् भन्ने कुरा बिर्सिएका छौं हामी। सहअस्तित्वको बोध हामीले अहिले हैन, यीनै पेसुवा वाद भित्रकै जिन्दाबाद र मुर्दावादहरू भित्र सभ्यताको विकासको नाममा कयौं पटक गुमाई सकेका छौ। पोखरीमा अर्को सिंह छ भन्ने भ्रान्तिमै बाचेका छौं र आफैलाई शत्रु देख्छौ। जान्ने बुझ्ने र टाठो बाठो खरायोहरूले चलाएको संसार, जहाँ आफू बाच्न कै लागि, पोखरी भित्र अर्को सिंह भएकै भ्रान्ति दिएर आफू बाचेको र मुर्दाहरू बचाएको नाटक गर्दै छन् । त्यसैले राम्रो सगँ सोचौं, हाम्रो समाज र देशमा लादिदैं गएको राजनैतिक, सामाजिक र आर्थिक भ्रान्तिवाद हाम्रा लागि पटबाँझो जमिन भन्दा केही हुने छैन ....सबैलाई चेतना भया..
बुज्नलाई अली दिमाग लगाउनु पर्ने रैछ।
a thoughtful article.i always enjoy ur way of expressing ideas though u always use ambiguous words and sentence structures are always like a curved road.
what is the definition of "purnata" for u? life is not for "purnata" life is to live. u live the life,do something that gives u happiness, do something that gives u anxiety, u think , rethink, analyse, regret n finally u die.{sometime people die without regretting}u can't escape from the death.yes yes yes!!!! n that is the wholeness of everyone's life.so do whatever comes in ur mind .life automatically gifts u ur so called" purnata" n u finish everything.
"बाँचेकै र रमाएकै छु आफ्नै जीवन परिभाषामा । सबै यस्तै सोच्दा हुन्; म नै जीवन हो, म नै संसार हो र मेरो परिवेश नै मेरो लागि सबै कुरा हो" - अनि म नै नरहे - के नै रहला हैन र ?
.................
यहि रागले खाएको छ हामीलाई अनि त ... मार्न र मर्न उद्त छौ -हामि !अनि ति सबले कहिले बुझ्ने हुन् (तपाइँ कै भाषामा भन्नु पर्दा ) -"राम्रो सगँ सोचौं, हाम्रो समाज र देशमा लादिदैं गएको राजनैतिक, सामाजिक र आर्थिक भ्रान्तिवाद हाम्रा लागि पटबाँझो जमिन भन्दा केही हुने छैन ! "
बरु बाच्नको लागि मार्न हैन बचाउन सिकौ !
दर्शन मै चुर्लुम्मै डुबेजस्तो लाग्यो है । तर देशको स्थिति र आफ्नो स्थिति दुबै असरल्ल भएको अबस्थामा प्राय चिन्तन यस्तै हुन्छ होला है प्रायको ।