यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Monday, April 11, 2011

NO SHIRT, NO SHOES, NO SERVICE

आज केही तस्विरहरू राख्‍न मन लाग्यो। बाँकी सबै फोटोकै क्याप्सनबाट..

यो तस्विर साँझ सूर्य अस्त भई सकेर लिंकन शहर जाग्नै लागेको बेलाको हो। मेरो अफिसको झ्यालबाट( नवौ तला)लिएको तस्विरमा देखिएको सूर्यको भान दिने त्यो चम्किलो बिन्दु वास्तवमा अगाडिको झ्यालको सिसामा टल्किएको क्यामेराको फ्यास् मात्र हो।

 

IMG_0096

 

सुविधा दिन व्यस्त शहरका मान्छेहरू वा व्यापारीहरू कहिलेकाहीँ कुनै न कुनै कुराबाट दिक्क हुँदा हुन्। एउटा प्रेट्रोल पम्पको अगाडि ढोकामा यस्तो लेखिएको रहेछ। ( NO SHIRT, NO SHOES, NO SERVICE) मैले क्यामेराले फोटो खिच्दै थिए, भित्रबाट कोही कराउँदै आयो: “यहाँ फोटो खिच्न पाईदैन”। मैले वरिपरि हेरेँ तर त्यस्तो साइनबोर्ड मैले कतै देखिन। केही समय फोटो मेटाउ भनेर निकै झर्कियो साहूँजी। जे होस नियमित ग्राहक भएकै कारण फुत्किए... कत्ति साह्रो डर छ यहाँ मान्छेहरुलाई....

 

IMG_0334

 

प्रयोगशालामा जोख्‍ने र नाप्ने काम निकै हुन्छ। पल पलमा हरेक कुराको नाप तौल लिनु पर्ने कुरा साधारण नै हो। यो सानो बोतलको नाप लिदै थिए, राम्रो संयोग परेछ 4,5,6,7,8 को। सयौको सख्यामा प्याकेटमा आउने यो साइजको सानो बोतलको तौल प्राय ४ ग्राम हुन्छ तर बाकीँ पछाडिका कुनै पनि अंकहरु यसरी कुनै तवरले मिल्नु गजबकै संयोगै होला...

 

IMG_0338

 

आज भर्खर बजार गएर तिर घर फर्कदै थिए। हरियो बत्तीमा अगाडिबाट आइरहेको गाडीहरूलाई जान दिएर, देब्रे मोडिनु पर्ने थियो। मैले यो अगाडिको सूर्यको प्रकाशले गर्दा केही पनि देख्न सकिन। न रातो बत्ति देखिन्छ न त हरियो नै। अब अगाडि बढ्नु भनेको खतरा मोल्नु बाहेकको केही पनि ठानिन र गाडीको फ्यास्‍लाईट बालेर बसिरहेँ। त्यही बीचमा मोवाइलले एउटा फोटो लिईहालेँ। पहिले त पछाडिको गाडीले हर्न बजाउँदै थियो तर मेरो आपत्कालिन बत्ती पछि उसको हर्न पनि रोकियो। करिव १० मिनेट पछाडि प्रहरीको सहायताले बाटो पार लगाईयो। यो घटना मेरो लागी नौलो अनुभव हुन पुग्यो।

 

IMG_0353

 

गत केही महिना अगाडि नेपालमा थिए। काठ्मान्डौको आन्तरिक विमान स्थलमा, अनेकौँ सुविधा र सेवा दिने गफ गर्दै राम्रा राम्रा तस्विर सहितको साइनबोर्ड तल राखिएको नेपाल टेलिकमको टेलिफोनमा त तारनै रहेनछ। हाँसो पनि लाग्यो तर आउँदै गरेको पर्यटन वर्षलाई सम्झेर दिक्क पनि...

 IMG_0234

 

लौ है म आईपुगे भनेर खबर गरौ क्या हो भनेर फोन खोज्दै थिए, अन्तरराष्ट्रिय विमान स्थलमा चाहिँ त फोन नै रहेन छ। तर यो ठाउँबाट हटाएर अर्को भित्तामा चाहिँ फोन सेट राखेको रहेछ नेपाल टेलिकमले खुसी लाग्यो......

 

IMG_0231

 

म सँग अरू सुन्दर फोटोहरू पनि छन् है.. लौ हेर्नुस -३० डिग्रीको लामो जाडो पछि, न्यानो घाम पाउँदै गर्दा यो पनि मज्जाले हाँसेको छ।

 

IMG_0349 

मैले काम गर्ने कलेजको बगैचामा फुल्दै गरेको यो... न्यानो, घमाइलो शान्त र वातावरण भए, हामी पनि फुल्ने थियौ की हाम्रै माटोमा.... चेतना भया..

Comments :

4 comments to “NO SHIRT, NO SHOES, NO SERVICE”

The snaps are nice. Where were they taken?

prelude said...
on 

नो सर्ट नो सुज नो सर्भिस ढोकैमा टासेको मैले पनि देखेको छु। जुत्ता पनि नलाउने, शरीर मा लुगा पनि नलगाउने हरुले सार्है हैरान परेर यस्तो लेखेको हो की भन्ने मलाई लागेको थियो। यो पनि त्यै प्रयोजन को लागि हो की अरु नै रैछ?

Basant Giri said...
on 

निकै लामो समय पछीको यहाँको उपस्थिति लाइ स्वागत छ दूर्जेय जी !
निकै अनौठा तस्विरहरु बाड्नु भएकोमा धन्यबाद -त्यो पनि आफैले खिच्नु भएको !

वेदनाथ पुलामी said...
on 

no shirt no shoes no sevice na lekhne bhane ta yi khaire mora le nangai ayera barbadai garchan ni. ha ha ha.

Nepalean said...
on 

Post a Comment