यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Saturday, May 21, 2011

बिधार्थीलाई फेलनै गर्न हुँदैन....

परीक्षा चल्दै गर्दा, हाइड्रोजन ग्याँस बनाउनु पर्ने प्रयोगमा मेरो कक्षामा एक जनाको हात glass tube ले काट्यो र परीक्षा दिनै नसक्ने गरि बाहिर गएको बिधार्थीको सबै भन्दा बढी नम्बर आयो।

 

परीक्षा चल्दै थियो, जुन प्रयोग पनि गर्न नसक्ने भए पछि, परीक्षकले परीक्षा हलबाट बाहिर निकालिदिए। आफूसँग टिउसन पढेको नाममा त्यही कलेजको मास्टरको दबाबमा पुन परीक्षा दिन लगाइयो। सबै भन्दा रमाइलो त रिजल्ट आएर नम्बर हेर्दा पो थियो. छक्क परियो।

 

परीक्षा चलिरहेको थियो प्राक्टिकलको। ल्बाबमा परिक्षा दिनेहरुको बीचमा मैले बनाएको डेरिभेटिभ कक्षा भरि नमुनाको रुपमा देखाईयो र मलाइ हौसाला दिईयो। सबैले मेरो प्रसंसा गरे। त्यती जेहनदार हैन तर कमजोर बिधार्थी म थिइन मेरो ब्याजमा। बुबा बिरामी भएर केही दिन सैद्धान्तिक कक्षामा उपस्थित हुन नसकेको कारण बीच, त्यसै समयको हाजिर पुस्तिका हेरेरै नम्बर दिईएछ। मैले शिक्षकलाई पछि सोधेको थिए र मैले यो उत्तर उहाकै मुखबाट सुनेको थिए।

 

“मेरो Theory कक्षामा तिमी केही दिन उपस्थित रहेनछौ त्यसै भएर तिम्रो राम्रो नम्बर आएन।“ थेउरी र प्राक्टिकल परीक्षा फरक कुरा हो। जसको आ-आफ्नै प्रक्रिया छन् र समय पनि फरक हुने गर्छ। उनै Theory परीक्षामा अझै सम्मको सबै भन्दा बढी नम्बर ल्याउने भित्र परे तर उही Theory कक्षामा ३ दिन उपस्थित हुन नसक्दा र राम्रो गर्दा गर्दै पनि कम नम्बर ल्याएर आज सम्म पनि त्यसको असर भोगिरहेको छु। तर ठीक छ, जो मूल्याङ्कन गरियो त्यसैले बाच्न र काम गर्न पुगेको छ। कुनै गुनासो छैन। म बाट पनि गल्ती भएकै होला तर मूल्याङ्कनको नियत ठीक हैन भन्ने मेरो धारणा मात्र हो। यी प्रतिनिधि उदाहरण जो हामीले सगै र सधैँ भोग्दै आएको कुरा हुन्। आफ्नै अगाडि, आफ्नै आँखाको अगाडि यस्तो हुन्छ भने लेखेर दिएको उत्तर पुस्तिका कहाँ गयो, कसले हेर्यो र कसरी मेरो मूल्याङ्कन भयो भन्ने जान्न पाउनु बिधार्थीको अधिकार हो भन्ने कुरामा मेरो सहमत छ।

 

फेरि नयाँ समाचार सगै, सबै विद्धानहरुले यो टीयूको जटिल प्रक्रिया हो भनेर आफू बच्न र टार्न खोजेको देखेर कता कता खतरा देख्दै छु। बर्ष भरी खर्च गरेर गाउँबाट काठमान्डू झरेर पेसेवर भएर पढेको बिधार्थीको नम्बर ०१ आए पछि कति मन दुख्यो; अनुमान लगाउन सकिन्छ। जुन दिन बिधार्थीहरु कक्षामा कुनै कारणले आएनन् भने, त्यही दिन पठाएको प्रश्न निकालेर दु:ख दिने। Theory को कक्षामा उपस्थित हाजिर पुस्तिका हेरेर, प्राक्टिकल परीक्षाको नम्बर निर्धारित गर्ने मैले पनि देखेको छु। आफूसगँ टिउसन पढ्नेलाई बढी नम्बर दिने, राम्री केटी देखे बढी नम्बर दिने जस्तो काम तल्लो तह देखिनै जो कोहीले पनि भोगेका हुन्। गोलमाल र मनोमानी, माथि देखि तल सम्म पृथक् पृथकरुपमा जारी छ। कुनै हद सम्म त मान्छेको व्यक्तिगत बानी र स्वभावले गर्दा पनि कलेज तह सम्म दुख पाएका छन् बिधार्थीहरुले। त्यसैले बिधार्थीहरुको परीक्षाको नतिजा आए पछि कलेज कलेजमा पठाउने मार्क सिट सहित उत्तरपुस्तिकाको प्रतिलिपि पनि सँगै पठाउनु पर्छ। बिधार्थीहरुको चरम चाप र हुन सक्ने आक्रमणलाई चाहिँ नजर अन्दाज गर्न सकिँदैन त्यसैले तत्काल नयाँ व्यवस्था गर्न जरुरी छ ।

 

यो सबै बीच, बिधार्थीहरुको नपढ्ने, नम्बरमात्र खोज्ने र पढ्ने समय भर राजनैतिक कार्यकर्ता भएर काम गर्ने काम चाहिँ TU का शिक्षक र TU आफैले केही गर्न नसक्ने कुरा हो। राजनीतिकै लागी बर्षौ एउटै तहमा बसेर कोटा ओगटेर बस्ने नेताहरूको पनि कमी छैन। सोच्न जरुरी छ।

 

मेरो बिचारमा कुनै पनि बिधार्थीलाई फैलने गर्न हुदैन। सबैलाई उसले गरेको कामको आधारमा ग्रेडिङ् गरेर A, B,C,D… क, ख, ग आदि को आधारमा पास गरिदिनु पर्छ। जो सचेत छ र मेहनत गर्छ उसले राम्रो ग्रेडिङ् लिएर बजारमा जान्छ र राम्रो काम गर्छ। जो अल्छि र राम्रो गर्न सक्दैन उसले नराम्रो ग्रेडिङ् लिएर बजारमा जान्छ। मानौँ मेरो कुनै कम्पनी छ र मलाई “D” ग्रेडिङ् पाएको बिधार्थीले काम चल्छ भने मैले किन “A” पाएको बिधार्थीलाई लिएर बढी लगानी गर्ने? सबै खालका मान्छेको आवश्यकता छ समाजमा र सबै जेहनदार हुँदैनन् भन्ने कुरा हामीले बिर्सनु हुँदैन। फेरि मेरो कम्पनीमा “A” मात्र पाएको मान्छेले काम चल्छ र? उसले गरेको मेहनत र कामको आधारमा जीवन बाच्न र चलाउन पाउनु उसको अधिकार हो। यदि “A” भएन भने दुख पाउन सक्छु भन्ने कुरा सबैले बुझ्छन् नै।

 

नयाँ समाचारसँगै बिधार्थीहरुले आफ्नो कपी हेर्न पाउने अदालतको निर्णयले यसको राम्रो सुरुवात गरेको छ। अस्तव्यस्त बीच यो निर्णय कसरी लागू गर्न सकिन्छ वा सकिदैन, केही समय कुरेर बस्नु पर्छ। यो जटिल प्रक्रियामा सबै बिधार्थी र शिक्षकहरूले TU लाई समय सापेक्ष सहयोग पनि गर्न जरुरी छ। किनकी TU हाम्रै विश्वविद्यालय हो, यसको इज्जत हाम्रो इज्जत हो। यसको अ-ब्यबस्थाले हाम्रो डिग्री माथि प्रश्न उठ्ने छ। हामीले आफ्नो विश्वविद्यालयको बेइज्जत हुन दिनु हुँदैन। सबै कुरा मिलाएर जान जरुरी छ र कसैलाई नराम्रो नहोस् चेतना भया..

 

नागरिक न्यूज केशब भाई र सबैलाई मेरो तर्फबाट बधाई र शुभकामना ।

तश्बिर स्रोत: nagriknews.com

Comments :

2 comments to “बिधार्थीलाई फेलनै गर्न हुँदैन....”

धेरै शुभकामना !!

Prabesh Poudel said...
on 

कुरा त ठिकै हो, तर हाम्रा भुरा कस्ता छन नि शैतानहरु, त्यो पनि त बिचार गर्न पर्यो पहिले । फेरी सबैले 'डी' ल्याउने होडबाजी चलाएर शिक्षा क्षेत्र अहिलेको भन्दा खत्तम बनाइदिए भने के गर्नी? तर परीक्षामा सबै कुरा गोप्य राख्ने प्रचलनमाथि आमुल परिवर्तन गरि यसरी रुप र हाजिर हेरेर मुल्यांकन गर्नीलाई चाहि टुपिमा समात्न पर्छ ।

झटारो काँइला said...
on 

Post a Comment