यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Friday, June 29, 2012

पढ्न पनि नपर्ने, गर्न पनि नपर्ने……

सधैँ ट्याक्टर चलाएर फोहोर उठाउन आउने पोडे कान्छाको ट्याक्टर, आफ्ना हेड मास्टर बाबुले सधैँ चढ्ने साईकल भन्दा ठूलो र सानदार लाग्ने भएकोले उसले सानै देखि ट्याक्टर चलाउने सपना देख्‍थ्यो। यही बहनामा कहिलै होमवोर्क पनि गरेन। पढेर ठूलो मान्छे बन्नु भनेको साईकल नै त चढ्नु रहेछ, यही बुझ्यो उसले सानै देखि। पढ्नु पर्छ, पढे राम्रो हुन्छ नत्र उ त्यो फोहोर उठाउन हिँड्ने जस्तो बनिन्छ भनेर सधैँ  उसकी आमा कराउथिन्। नगरपालिकाको टोपी, टल्कने इस्टकोट र नयाँ पान्डा जुत्ताको अगाडि उसको बाबुको झुत्रे झिम्रे लुगा, पुरानो हिरो-होन्डा साइकलको कुनै तुलना नै थिएन। त्यही माथि उसको आमाको सधैँ जसोको गालीको अगाडि रुझेको बिरालो जस्तो हुने बाबुको तुलनामा, बिहानै सिटी फुक्कै उसको आमालाई समेत जुरुक्क बिस्तारकाबाट उठाउन सक्ने पोडे कान्छाको क्षमताको त उ प्रशंसककै बनेको थियो। पढेर ठूलो मान्छे बनिन्छ भनेर धेरै सुनेको थियो उसले तर पढेर ठूलो बनेको भनेको के हो उसलाई हेक्कानै थिएन। उनै विज्ञानका पारस सर, गणितका यादव सर, नेपालीका विश्व गुरु सबै उनै हुन् BSc, MSc र MA गरेका र उसले देख्‍ने गरेको धेरै पढेका सरहरु। त्यही माथी MA-Med गरेका उसकै बाबु त्यही स्कूलका शिक्षक र हेड-मास्टर, मास्टरहरूका पनि हेडको दिनहुँको पारा त त्यस्तो छ अरूको के कुरा। स्कूलमा जति सुकै फुलेर गफ गरे पनि, जति सुकै ठूला गफ गरे पनि पढेका मान्छेहरूको गफ मात्रै हो भन्ने कुरा बेलुका उसकै आमा सँगको तुरी खेलाइबाट बुझिसकेको थियो उसले। पुरा बर्ष बितेर दशै आउने बेला सम्म पनि त्यी गुरुको खट्टामा कहिलै नयाँ जुत्ता देख्‍न पाएन उसले। सधैँ फुर्सद भयो कि राजनीतिका गफ गरेर बसेको मात्रै देख्थ्यो र सुन्थ्यो। नेताका कुरा, भाषण र भनाई र बोलीहरू सधैँ बहसको विषय बनिरहन्थ्यो। उसले बुझ्यो, पढेर गफ मात्रै त गर्न जान्ने रहेछ। काम त सानदारले ट्याक्टर चढ्ने पोडे कान्छाकै दामी।

बिचारमा छुरा उसले जीवनको अनेकौँ विकल्पहरूको बारेमा सोच्नै नपर्ने गरि बिकल्प निकाल्यो। पढ्ने कुरा उसलाई सानै देखि त्यसै भएर मन परेन। हेड-मास्टरको छोरा, स्थिति बुझ्दै जाँदा ट्याक्टर चलाउन पनि नसक्ने बुझ्यो। जीवनलाई अनेकौँ पाटोमा तुलना गर्न पनि चाहेन, न त कुनै अन्य पाटोमा सोच्ने वातावरण पायो उसले तर उ अहिले ट्याक्टर कम्पनीको मालिक भएको छ, वरिपरि गफ मात्रै गर्ने चम्चाहरू राखेर हिँड्न थालेको छ। नयाँ गाडी, नयाँ घर किनेर र मस्त नोकर चाकर राखेर जीवन बिताएको छ। जीवन प्रति उसको कुनै गुनासो छैन किनकी समयको छाप र पृष्ठभूमिले उ अहिले नेता बनेको छ। पढ्न पनि नपर्ने, गर्न पनि नपर्ने……चेतना भया

Comments :

3 comments to “पढ्न पनि नपर्ने, गर्न पनि नपर्ने……”

पढेर के फाईदा हुन्छ भन्ने बुझाउन/ बुझ्न नसक्दा पनि धेरैले पढाइमा ध्यान दियेनन र पढेनन्। एक्पटक स्कुल अप्ग्रेड गर्नको लागि मेरा बा (तत्कालिन उक्त स्कुलका हेड्मास्टर) गाऊ तीर चन्दा उठाउन जादा एक जना बुढाले दिएको जवाफ साह्रै घत्लाग्दो छ। उनले भनेका थिए "स्कुल बनाएर के गर्छौ मास्टर्? मेरा छोरा नपढे पनि इन्डिया गएर बर्ष बर्षमा पैसो खन खनती गनेका छ। ती पढेका ले बरु के नाप्या छन् र? जागिर पाइएन भन्दै हल्लिने बाहेक्।" गाऊका मान्छे ले जब सम्म ब्यवहारिक रुपमा शिक्षाको फाईदा देख्दैनन आफ्नै ओरिपरी तब सम्म अरुले कर गरेर केही लाग्दैन।
-बसन्त (www.bgiri.com)

admin said...
on 

पढ्नु नपर्ने, सजिलो जागिर ।

Aakar Anil said...
on 

अहिले सबैभन्दा सजिलो र सबैभन्दा कमाइ हुने पेशा यही त भएको छ ।

दिनेश राज said...
on 

Post a Comment