यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Wednesday, June 3, 2009

मानेको छैन मन तैपनी बिस्तारै भुल्दै छु

मनमा के के आयो आयो। के हो र के हैन? कस्तो भएको छ र कस्तो भएको छैन? किन र कसरी ? त्यस्तै त्यस्तै भयो यो मन। मनको नजानिदो चालले कता कता पुरानो घाऊ लाई दर्खरायो, पिडा त्यसैबाट बगेर आयो अनी थाम्न खोजे, समालिन खोजे र आफुलाई फगत थुम्थुमाएर राखे। अनेकौ रुपमा पिडाहरु बल्झिन्छन् बिना कारण र बिना रुपमा। कती त समालिन पनि सक्छन् तर कती समालिन खोज्दा खोज्दै पोखिन्छन्। जिबनमा हरेकको आफ्नो आफ्नो भोगाइ, आफ्नै अनुभबहरु र आफ्नै तरिका हुन्छ जिउने तर हरेकले आफुलाई पिडा भन्दा माथि राख्न खोज्छ। तर म अलिक निरपेक्ष भएको छु, पिडा र सुखको एक अतभुत चाहना भएको छ एकैसाथ। "माया नगरु तिमी रिसाउने पीर, गरुम तिमीलाई पिडा हुने पीर".............

त्यसैले
चाहेको छैन तैपनी सम्झेको छु
मन भरी पिडा छ तैपनी हाँसेको छु
समालिन खोज्छु तैपनी छरपस्ट भएको छु
नपिउन खोज्छु तैपनी मातेको छु
किनकी
मानेको छैन मन तैपनी बिस्तारै भुल्दै छु ।

रोएको छैन मन तैपनी आँसु झारेको छु
च्यातिएको छैन मन तैपनी टालेको छु
आत्तिएको छैन मन तैपनी समालेको छु
बिलाउन खोजेको छु तैपनी बाचेको छु
किनकी
मानेको छैन मन तैपनी बिस्तारै भुल्दै छु ।

थामिएको छ सास तैपनी फेरेकै छु
खुट्टाहरु बाधीएका छन् तैपनी हिंडेकै छु
सून्य भएको छ मन तैपनी भावहरु अंगालेकै छु
जोडिएको छैन मन तैपनी यान्त्रिक बनाएको छु
किनकी
मानेको छैन मन तैपनी बिस्तारै भुल्दै छु ।

झिरले रोपेको छ मुटु तैपनी चलाएकै छु
सधै नउठ्न खोज्छु तैपनी बिहान उठेकै छु
नसम्झन खोज्छु तैपनी सम्झीराखेको छु
दौडिएको छैन मन तैपनी बिश्राम लिएको छु
किनकी
मानेको छैन मन तैपनी बिस्तारै भुल्दै छु ।
किनकी........................तिमी हाँस्दा मलाई बिर्सियौकी भन्ने पीर, तिमी निरास हुँदा मलाई सम्झेर दु:खी भयौकी भन्ने पीर..........ल हेर्नुस त कस्तो छ यो मन ।

Comments :

15 comments to “मानेको छैन मन तैपनी बिस्तारै भुल्दै छु”

जिवन भन्नु नै हाँसो खुसि, मिलन बिछोड र सम्झना बिर्सना भएर होला दुर्जय जी नमानेको मनलाई पनि मनाएर सम्हाल्नु पर्ने । त्यसैले हाँस्दा रुदाको मनोबृतिलाई सहज रुपमै लिदा हुन्छ । मिठो कबिता ।

सिकारु said...
on 

यो मन त धनवान मन लाग्यो है ।
हुन त यो मेरो भनाइ एउटा बहाना जस्तो लाग्ला, तर यो पोष्‍टले अहिलेसम्म पढिएका तपाईँका अन्य पोष्‍़टलाई जितेको छ । सिर्जनाको स्पर्धा त हुँदैन तर मेरो मनको ठहरले यस्तै भन्यो । अनुभूति र संवेदना निकै घनीभूत छ यस कवितामा । कविता नै भनेर तपाईँले लेवल नदिए पनि मभित्रको पाठकीय चेतनाले यसलाई स्विकार्‍यो ।

'माया नगरुँ तिमी रिसाउने पीर, गरुम तिमीलाई पीडा हुने पीर' देखि 'नपिउन खोज्छु तैपनि मातेको छु', 'आत्तिएको छैन मन तैपनि समालेको छु', 'थामिएको छ सास तैपनि फेरेकै छु','शून्य भएको छ मन तैपनि भावहरु अँगालेकै छु' जस्ता पङ्क्तिमा जादुमय साहस छन् । यी पङ्क्ति छमछमी नाचेका छन् आफैँमा । कस्तरी खुलेका छन् भने माथिका टिप्पणी नलेखेको भए पनि तलका सिङ्गो काव्यिक पङ्क्तिले यस पोष्टलाई धान्न सफल हुनेथ्यो ।

पीडैपीडाको हो यात्रा, जीवन नै आफैँमा पीडा हो भन्छन् । तर प्रतिकूलताको मझधारमै उठान र निकासकोको सिँढी ठड्याउन सक्नु यस विसङ्गत युगको खोजी हो । तपाईँका अभिव्यक्ति त्यसतर्फको प्रेरणापुञ्ज हुन् ।

आभार आभार !!!

Jotare Dhaiba said...
on 

मलाई त गौरी काव्यको लाइन याद गराइदिनुभयो माधवप्रसाद घिमिरेको ।

यी रोए पनि सुख छैन मनमा सम्झे कि आमा भनि
यी हाँसेपनि सुख छैन मनमा सम्झे कि आमा भनि

भाव चैँ यस्तै थियो अलि शब्दमा बेइमानी गरेँ मैले ।

Prabesh Poudel said...
on 

दुर्जेयजी तपाईको मनमा उब्जेको यो अत्यन्त गहन भाव, यसरी कविता बनेर पोखिदा म पनि एकपटक त तपाइमा अनुवाद भएर त्यो मन बोकेर हिड़ने आफै हो की जस्तो लाग्यो, विशेष गरि यहानेर ...

रोएको छैन मन तैपनी आँसु झारेको छु
च्यातिएको छैन मन तैपनी टालेको छु
आत्तिएको छैन मन तैपनी समालेको छु
बिलाउन खोजेको छु तैपनी बाचेको छु
किनकी
मानेको छैन मन तैपनी बिस्तारै भुल्दै छु ।

मनले नमानेर पनि कति यात्राहरु समाज समय र परिस्थिति संगको सापेक्षिता अनुरूप हिदनु पर्ने रहेछ । मस्तिस्क र चेतनाका कतिपय विवेकपुर्ण निर्णयहरु पनि मनले कहा सहजै स्वीकार गर्दो रहेछ र? त्यसैले त कोरिन्छ यस्तो कविता!

कृष्णपक्ष उज्यालोको खोजिमा said...
on 

मन भन्ने नै यस्तै हो क्या'र ?

अनि यो
रोएको छैन मन तैपनी आँसु झारेको छु
च्यातिएको छैन मन तैपनी टालेको छु
आत्तिएको छैन मन तैपनी समालेको छु
बिलाउन खोजेको छु तैपनी बाचेको छु
किनकी
मानेको छैन मन तैपनी बिस्तारै भुल्दै छु ।


अचम्म को तालमेल देखिन्छ शब्दहरु मा ।

आकार said...
on 

म त ढिला भएछु हो, मैले भन्न खोजेका सबै कुरा माथी साथीहरुले भनी सक्नु भएछ ।

विपरीत जस्तो लाग्ने शब्दहरुको अनौठो संयोजन र ताना-बानाले बेमेल जस्ता लाग्ने हरफहरुलाई बुनेर नया अर्थ दिनु भएको छ ।

उत्कृष्ट !!!

Dilip Acharya said...
on 

दुर्जेयजी तपाईं र तपाईंको मनका बीच कतिको अन्तर्द्वन्द छ कुन्नि ! यस कवितामा भने आठौँ बारौ परेको जस्तो देखिन्छ | कवितामा भावको अन्तर्द्वन्द तिब्रतर छ र यहीं पृथकताले लेखकीय अभिव्यक्ति र लेखन ईच्छाको बोध गर्न सजिलो बनाई दिएको छ | म भन्दा माथिका साथीहरूका कमेन्टबाट पनि यो प्रस्ट हुन्छ | यो कवितामा बाटो बक्र जस्तो लागेपनि सजिलै बुझेने बिशेषता मलाई मन पर्यो |
थप सिर्जनाको प्रतीक्षामा !

chudamani said...
on 

मलाई त एकदमै राम्रो लाग्यो ।
धेरै राम्रो !!अरु पनि राख्नुस् है ।।

Sujan Sharma said...
on 

दुई बिपरित धुर्बलाई एकआपसमा कस्नुभएको छ धेरै राम्रो लाग्यो

wordflows said...
on 

दुर्जेय जी , भाव र शब्द भएपछि मन त्यतिकै तानिन्छ नजानिदो पाराले अनि डुब्दै जान्छ कबितामा । एकदम राम्रो लाग्यो ।

दिनेश राज said...
on 

मलाई त एकदमै राम्रो लाग्यो ।
धेरै राम्रो छ धेरै राम्रो लाग्यो wela done keep it up

nijgadh (pralad ) said...
on 

म मोरो नि यस्तै पिडामा थिएँ क्यार ! ढिलो भएँछु ... क्षमा पाउँ है

सारै राम्रो कविता लेख्नु भएको रहेछ ... पिडा सबै तिर छताछुल्ल पोखिएको छ | पिडा हुनु त राम्रो होइन ... तर प्रस्तुति चाहिं गज्जब कै रहेछ

बिस्तारै भुल्दै हुनुहुँदो रहेछ ..ठिकै छ... छिटो भुल्ने हो भने चाहिं म संग अर्को दबाई छ

कतै सुनेको थिएँ

आप के वास्ते गुना है सही हम पीए तो सबाब बनती है,
सौ गमो को निचोड़ने के बाद एक कतरा सराब बनती है...

अमेरिका मै हुनुभएको भए त बेलुकी कोरोना तान्न आउनुस भन्न हुने ...

Milan said...
on 

Bolau bhane timilai baat lagne dara , nabolau ta timro pritko paap lagne dara ..........Kavita paDhda yahi geet yaad aaudaithiyo . Tyo sabailai hune awastha ho saayad tara tyo awasthako chitraN sayadai arule yati sundar Dhangale garlan .

दीपक जडित said...
on 

धैर्य गर मेरी प्रीयसी समयले मानिस् लाई कहाँ कहाँ पुर्याउछ

एकलकाटे said...
on 

Bhuligaye paplaglahai.

बिमल गिरी said...
on 

Post a Comment