यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Saturday, June 13, 2009

विडम्बना (लघुकथा)-रिमिक्स

दिलिपजीका लघुकथाहरु आँफैमा अतीनै सुन्दर र यथार्थ परक हुन्छन। यसो हुँदा हुँदै पनि आज एउटा कथामा रिमिक्स गर्न मन लाग्यो। राम्रो होला वा नहोला तर मलाई लाग्योकी गोरखापत्रमा(२५-०२-२०५८)त्यो बेला यो कथा प्रकाशित हुँदा र अहिलेको परिस्थिती फरक छ। अनी केही थपेर यहाँ राखेको छु। लेखकको बिचारको उच्च कदर गर्दै; यसलाई साधरण रुपमा र रमाइलोको रुपमा लिनु होला।

उसले निकै मेहनत गरेर मात्रै आफ्नो पढाइ पूरा गरेको थियो । घर-गाउँ छाडी काठमाण्डौमा बसी पढ्दा आर्थिक समस्याले पनि उसलाई सधैं सताउँथ्यो, जे होस् निकै संघर्षपूर्ण तरिकाले उलसे कानुनमा स्नातक गर्‍यो ।

पढाइ सक्काउन त गाह्रो छँदैथियो, काम पाउन उसले झनै मुश्किल महसुस गर्‍यो । महिनौंको शीष्टाचार र अनेकौं पत्राचारले पनि काम नपाएपछि उसले आफ्ना अरु दुईजना साथीसंग मिलेर ‘ल फर्म’ खोल्ने निधो गर्‍यो ।

जसो-तसो २-३ महिनाको बहाल जम्मा गरी उसले पाएक पर्ने ठाउँमा यौटा अफिस खोल्यो । अनी कार्यालयको बाहिर यौटा बोर्ड झुण्यायो: “यहाँ कानुनी सल्लाह दिईन्छ”, कार्यालय भर्खरै खोलेको र कोठामा भएको फोनको पनि अधिकतम उपयोगिता लिन साईनबोर्ड मुनि सानो अक्षरमा थपियो “साथै टेलीफोन सेवा पनि उपलब्ध छ”

दिन बित्दै जाँदा, कानुनि सल्लाह लिन आउनेको भन्दा फोन गर्न आउनेको संख्या बढ्दै जान थाल्यो । शुरु शुरुमा भाडा उठाउन पनि मुश्किल हुनेमा बिस्तारै बहाल तिरी केहि मुनाफा समेत हुन थाल्यो ।

केही समयपछि एकदिन उनिहरुको बीचमा गम्भीर छलफल भयो। त्यसको भोलिपल्ट उनीहरुको साईनबोर्ड परवर्तन गरिएको थियो:- “यहाँ एस. टी. डी. र आई. एस. डी. सेबा उपलब्ध छ” अनी साईनबोर्डको अलि तलपट्टि सानो अक्षरमा लेखिएको थियो ‘साथै यहाँ कानुनी सल्लाह पनि दिईन्छ।’

तर समयले कोल्टे फेर्यो, देशको स्थिती र सामाजिक परिबेश निन्तान्त फरक हुँदै आयो। आर्थिक संकटको बाबजुत ,सबै को हातमा मोबाइल फोन भयो, र कानुनी उपचार गाँउ गाँउमा हुँन थाल्यो र राज्यको कानुन कसैको सरोकारको बिषय भएन शायद। यस पटक न पसल खुला थियो न त कुनै साईनबोर्ड। खियालागेर प्वाल परेको सटरको बिचमा साईनबोर्डको नाममा लेखिएको थियो "टु-लेट"। मलाई अचम्मै लाग्यो र पल्लो पसलमा सोधे अनी पत्ता लाग्यो कि उनीहरु त पासपोर्ट बनाउन जिल्ला तिर लागेका रहेछन् । सबैलाई चेतना भया..................

वास्तविक कथा पढ्न यहाँ क्लिक गर्नुहोला



Comments :

11 comments to “विडम्बना (लघुकथा)-रिमिक्स”

गज्जब मजाले रिमिक्स गर्नु भएछ । कथाको अन्तमा आएको विल्कुलै नयाँ मोडले यसलाई 'ओरिजिनल' भन्दा निक्कै राम्रो बनाएको छ ।

हुन त नेपलमा मोबाईल भित्रनु अगाडि र तुलनात्मक रुपमा नेपाल हालको भन्दा धेरै शान्त रहेको बेलामा यो कथा लेखीएको थियो तर पनि समय अनुसारको यथार्थ मसला प्रयोग गरेर तपाईले झनै रोचक बनाईदिनु भयो ।

मलाई एउटा रमाईलो कोटेशन पनि याद आयो :

"Love at first sight is possible.....but it is always better to have a second look"

मेरो कथाहरुलाई पनि "second look" दिने बेला भएको जस्तो लाग्यो ।

समय अनुसार परिस्थिति र घटनाहरुलाई 'भिन्न भिन्न कोण' बाट पनि हेर्न तपाईको यो कथाले मलाई सधैं प्रेरित गर्ने छ ।

धन्यवाद ।

Dilip Acharya said...
on 

हा हा हा !!मलाई साहैं रमाईलो लाग्यो अनि हाँसो पनि। अब अरु त यो भन्दा बढी के भनुम र!!!

Sujan Sharma said...
on 

विनिर्माणतिर लाग्नुभएछ त दुर्जेय जी । सिर्जनाभन्दा पुन:सिर्जना झन् गाह्रो कुरा हो जस्तो लाग्छ । मूल लेखक र विषयको उचाइ र र मर्म पनि भाँच्नुभएन अनि त्यसभन्दा नयाँ पनि केही राम्रै दिन सक्नुपर्‍यो । तपाईँको प्रयासको सराहना गर्छु म ।

Jotare Dhaiba said...
on 

एकदमै राम्रो !! मैले पहिला पनि पढेको थिएँ दिलीप दाइको ब्लगमा तर रिमिक्स पढ्न पाउँदा झन् रमाईलो लाग्यो !! thumbs up to this remake !!!!

gufgaf.com said...
on 

हाहाहा, साह्रो कडा रिमिक्स गर्नुभएछ । निकै मन पर्‍यो अनि दिलिप दाइ को कथा ले त्यतिखेर को कुरा बोलेको थियो, भने अहिले को स्थिति तपाई को कथा ले बोलेको छ । म त सम्झि सम्झि हाँसिरहेको छु । हाहाहा
:)

आकार said...
on 

दुवै कथाहरु पढ्न भ्याएँ, दुवैले आआफ्नो समयका विवशता र पिडाहरुको प्रतिनिधिनित्व गरेका छन, दिलिपजीको मूलकथा उत्कृष्ट छदैछ त्यसमा दुर्जेयजीको रिमिक्सले नया भाव सहित रोचकता थपेको छ । लघुकथाले देशको समय र स्थिति माथि चोटिलो व्यंग्य प्रहार गरेको छ ।

" ....उनीहरु त पासपोर्ट बनाउन जिल्लातिर लागेका रहेछन्" यो अन्तिम वाक्यांशले भित्र कता कता चसक्क बनायो ।

कृष्णपक्ष उज्यालोको खोजिमा said...
on 

गजबले नै रिमिक्स भएछ । घत लाग्दो ।

दीपक जडित said...
on 

टेलीफोन कै भए नि दिलीपदाईको बन्द ब्यापार सप्रिदा ख़ुशी नै लागेको थियो ... तर ब्यापार बन्द गरेर बिदेश तीर लाग्नु परेको देख्दा दुःख लाग्यो | तर के गर्नु अहिलेको परिस्थिति नै उस्तै छ ...

कम्तिमा ख़ुशीको कुरा कहाँ नेरी छ भने देशमा हरेकको हातमा मोबाईल आएछ ... हरेकले गाऊं गाऊं मै कानूनी उपचार पाउन थालेछन ..

जे होस दुर्जेयजीको नौलो प्रयासलाइ चाहीं मान्नै पर्छ...हो नि समयानुकूल नरहे साहित्य कहाँ सान्दर्भिक साहित्य रहन्छ र, ईतिहास भई हाल्छ नि ...

Milan said...
on 

geet remix garne harule pani tapaai sikos kasari remix garnuparchha bhanera.

very good remix

wordflows said...
on 

ल अब लघु कथा पनि रिमिक्स भएछ। मज्जाले रिमिक्स गर्नुभएकोमा धन्यबाद दूर्जय जी लाई।

सिकारु said...
on 

रिमिक्स ले पुरानो कथाको सम्झना परिवेश अनि नयाँ परिवेश एकै चोटी पस्कन भ्याउने रहेछ ,त्यसैले दुर्जेय जी को यो पस्काइ राम्रो लाग्यो ।

दिनेश राज said...
on 

Post a Comment