यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Thursday, June 18, 2009

मन र निदाएका बुध्द

जब मनहरु आतड.कित हुन्छन तब हरेक पटक नजानिदो तान्द्राको भरमा आफूलाई उभ्याउन र शान्त पार्न खोज्छ। अनेकौ पिडा र खुशीहरु फुकाउनै नमिल्नेगरी अल्झिएको गाठो होला सायद यो मन। जति तन्काए पनि तन्किन्छ, जति छोट्याए पनि छोट्टिन्छ तर फुकाउन खोज्यो मात्र निरर्थक।

कसरी हुन्छ शान्त?, के ले होला आफ्नो उद्धार? स्बयमको उद्धारमा लाग्ने बानि मै समय खेर गईरहेछ। सोच्ने बानि मै र आफै भित्रको द्धन्दले कता कता मन प्लवन हुन्छ अनि नजानिदो पाराले पलायन। जति तरल भएपनि आशाहरु र जिज्ञाशाहरु बग्नै मान्दैनन्, मानौ न्यून तापमानमा जमेको छ मन्। आगो लागेको छ, धुँवा निस्केको छ र मनको राप बाहिर सम्म निस्केको छ, त्यै पनि किन मन अनि आशाहरु जमिरहेका छन् ? सोच्न बाध्य भएर कयौ चोटी आफैलाई सोधेको छु वा भनु झड्कारेको पनि छु तर फगत अनुत्तरीत मनहरु।बिना सिमाना, बिना परिधि, त्यसै त्यसै निश्चित दाएरामा बाधेर मनहरुलाई घस्याउन खोज्छु ताकि शान्त होस र मनग्यै अघाएर बसिरहोस् । तर पनि ईच्छाहरु निश्चित आकारमा बस्नै मान्दैनन् । मन अब मनहरु भईसके सायद ‍भिन्न भिन्न परिधिमा छन् अब तै पनि निदाएका छैनन् ।

एकमात्र हैन, अनेकन रुपमा मनहरु रोएका छन् । अभाबले, अज्ञानताले, बन्दूकले, तातो गोलीले, दबाबले, मजबुरीले, पिडाले, बिछोडले, गुलामीले, बन्दले, हड्तालले, भ्रष्टचारले, अपराधले,हत्याले, बलत्कारले,।।।उफ!! कति हो कति। कयौ पटक मनहरु उत्तर पाउने आशामा यिनै बीच रुमलियो। तर अभाब देखी, गुलामी हुदै बलत्कार सम्म कतै छैन उत्तर। जिज्ञाशामै आफै रुमलिएर बसेको मन र नजानिदो पिडाहरुले कतै पाएको छैन यसको उत्तर तर पनि खोजिरहेको छ र बस् खोज्दै छ।

पिडा पछिको पिडा, रोग पछिको रोग, समस्या पछिको समस्या कत्तिको दर्दनाक हुन्छ सोच्नै सक्दिन तर पनि आशाहरु छन् मेरो मन भित्र। आशा र निराशा सगै यी मनहरु सोच्न थाल्छन र टोलाउछन्। कतिखेर निदाउछ थाहै पाउदैन र सपनाको रँगमञ्चमा आफूलाई दर्शक बनाएर हेर्न पुग्छ्। रँगमञ्चमा कलाकारहरु कथासगै अगाडि बढेका हुन्छन् र अन्तिममा बुध्द निदाएको दृष्य सगै रँगमञ्चको पर्दा बन्द हुन्छ। पर्दा बन्द हुदा नहुदै आँखाहरु खुल्छन फेरि उहि कथा !! उहि परिदृष्य !! उहि घटनाक्रम। सायद हामिले रोजेको र अन्त गर्न नचाहेको कथा हो यो।

तस्बिर श्रोत:www.flickr.com

Comments :

11 comments to “मन र निदाएका बुध्द”

सायद त्यै सिमा परिधि र रेखाङकनहरुको बन्धन नभएर होला मन आफ्नै स्वतन्त्रतामा अनेकौ कल्पना, सोच, पिडा, दर्द र महत्वकाङक्षाहरुको बिचमा लूकामारी खेल्दै कहिले सगरमाथाको शिखरमा पूगेर रमाउछ भने कहिले बुद्धको आँगनमा लडेर कराउछ तिनै निदाएका बुद्धबिच भएपनि । सपनाको रँगमञ्चमा आफूलाई दर्शक बनाएर उभिनु नै जिवनको पर्दा रहेछ दूर्जय जी ।

सिकारु said...
on 

आगो लागेको छ, धुँवा निस्केको छ, आकासको निलो मैलिदैछ
र यस्तो पीडादायी रापमा पनि किन मन अनि आशाहरु जमिरहेका छन् ?

त्यो जमेको मन र आशाहरु जागृत गर्ने उपाय के होला?
त्यो सपनाको रंगमंचलाइ विपनामा उतार्ने र फेरी बुद्ध बोलाउने उपाय के होला ?

दुर्जेयजीको शान्तिको कथा सपनामा हैन बिपनामा देखिने दिन कहिले आउला?

कृष्णपक्ष उज्यालोको खोजिमा said...
on 

बढो गम्भिर प्रसंग उठाउनु भएछ, शान्तिको कथा विपनामा आउला भनेर कुर्दा कुर्दै, उल्टै सपनामा पनि दुर्लभ होला जस्तो स्थितिले गाँज्दैछ हामीलाई ।

Dilip Acharya said...
on 

निकै गहन भाव राख्नुभयो! हाम्रो समय हिँसाको जालोमा नराम्ररी गाँजिएको छ। हिँसालाई यो वा त्यो नाममा महिमामण्डित गर्नेहरुको जगजगी छ। यो परिवेशको अन्त्य जरुरी छ। हामीलाई फेरि एउटा बुद्धको आवश्यकता छ।

Basanta said...
on 

सबै सत्य पाटो उतार्नु भयो दुर्जेय जी शायद हालको हाम्रो परिस्थितीलाई उतार्नु भयो खुशी लाग्यो, आगमी दिनहरुमा पनि यस्तै लेखहरु पढ्न पाउँ है।

B.J. Dummali said...
on 

'बुद्ध' त हैन यो वास्तवमा मान्छेको 'मन' निदाएर यस्तो भएको हो ।

दीपक जडित said...
on 

बुद्द त बिचरा एक प्रतिक न हुन्... यो दिपक दाइले भने झैं वास्तवमा मान्छेको 'मन' निदाएर नै यस्तो भएको हो

Milan said...
on 

सबै आशा र सपना बुद्धको ध्यानमग्न टाँसिएका आँखामै छोपिएर बसे जस्ता छन् । शान्ति र अमनचयनको काँचो भोक पर्खाइकै भटटीमा पोलिएर सकिएका छन् ।
तपाईँको चिन्तन र चिन्ता आजका मान्छे भएर बाँच्न चाहने मान्छेसँग हातेलामो गर्छन् दुर्जेय जी ।

Jotare Dhaiba said...
on 

मान्छेको मन निदाएको होइन । जसरी रातका ताराहरुको हत्त्या गर्दै पुरै डाडाकाडा रक्ताम्ये पारेर बिहानी उदाउछ तेसरीनै स्वर्थ जुर्मुराएर हम्रो मन उदाएको चै पक्कै हो।

wordflows said...
on 

कतै हामी एउटा काल्पनिक बुद्ध को खोजिमा आफुलाई नै त बिर्सेंनौ ?

हावा Hawa said...
on 

Just clicked your blog for the first time...and read this post...
Man ko tarangit bhawana haru...dherai mazzale express garnu bha cha...padda paddai maan kaha kaha bahakiyo... dherai maan chune..bhawanatmak....post rahe6...maan ko buddha sachikai nidayeka hun ta ?

Eternal said...
on 

Post a Comment