यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Thursday, August 6, 2009

वाह!!!! ठुल्दाईको टिभी र “कसौटी जिन्दगी” ।

गाईजात्रा त के मनाउने खै, मनाउदै गयो, मान्दै गयो उस्ताको उस्तै। कति मात्रै मनाउने भन्दा पनि कसरी मनाउने भन्ने मै समय जाने भो । के बाट मनाउने, कसबाट सुरु गरेर मनाउने, कहाँबाट मनाउने नै समस्या। कुनै कतै ठाउँ बाँकी भए पो यहीबाट मनाउँ भन्न हुन्थ्यो। सबै तिर उस्तै भद्रगोल भएर होला गाईजात्रा सुरु गर्नै आएन। सोच्दा सोच्दै जानै लागिसक्यो यो चाड तर पनि मेरो मनमा हजारौ ठाउँहरु छन् गाईजात्रा मनाउने। मूल कुरो चाहिँ कुन कुराबाट सुरु गरौ पो भयो त। हास्दै पनि भन्दै पनि भयो भने गाईजात्राको मजा हुन्छ रे। भनिरह्यो भने पनि नहुने, हासिरह्यो भने पनि नहुने। दुबै एकै पटक हुनु पर्ने रे। सिधा कुरा पनि गर्न भएन फेरि। गर्‍यो भने कसैले नपत्याउने होला। गाईजात्रा न पर्‍यो। त्यस्तै भयो आज मलाई। तर म सुन्दै पनि थिए, पठ्दै पनि थिए र हास्दै पनि।


“रामे।।ए रामे..... कता मरेछ यो” सानदाई घाँटी सुक्ने गरि कराउदै थिए। पल्लो ठुल्दाईको घरमा कसौटी हेरेर बसिरहेको रामेलाई बाबुको बोलाईले जर्‍याकजुरुक बनायो। “हैन यो पानीमन्तरे कता मरेछ” सानदाई अझै कराउदै थिए।


“हजुर बा म यही छु” रामे हातमा चप्पल लिएरै उभियो। त्यसो त उसको बुबाले बोलाउने पालो पनि निकै दिन पछि आउने गर्थ्यो उस्को। “जा न तल पधेराबाट एक गाग्री पानी लिएर आइज, भित्र के के हुदैछ, पानी चाहिन्छ होला” सानदाई रामेलाई prignency photoरित्तो गाग्रो दिदै थिए। भित्र के के हुदै छ? पानी चाहिएला? रामेले कुरा बुझेन होला तर केही नबुझे पनि के गरोस, गाग्री बोक्दै थियो उ, भित्रबाट सुडेनी आमाको आवाज आयो। सुडेनी आमाको आवाज रामेलाई नौलो हैन, धेरै पटक सुनेको छ उसले त्यो घरमा त्यसै गरी। “ल बधाई छ सानदाई फेरि छोरा भयो” सानदाई खिस्स हासेँ, रामेले कुरा बुझ्यो। हैन बा हाम्रा यत्रो धेरै भाई र बहिनी किन भएका? रामेले सोधेरै छाड्यो। सानदाईले के भन्ने अब खै, तर पनि उनले भनिदिए “तैले यस्तोकुरा बुझ्दैनस जा पानी लिएर आईज” कुरा टार्न खज्दै थिए सानदाई तर रामेले छोड्नै मानेन। धेरै दिन पहिलैबाट सोध्न खोज्दै थियो होला ... भन न बा भन किन हो? “ईईईईई उता जा त, त्यती पनि बझ्दैन नाथे। तिमीहरु पल्लो घरमा टीभी हेर्न जान्छौ हाम्रो घरमा छैन।।। जा जा पानी लिएर आईज। सानदाईले भनिहाले। रामेले “भन न बा भन” भन्दै थियो अझै। खुब हाँसे म पनि……..बेकुफ मेरो पानीमन्तरे भतिजो र वाह ठुल्दाईको टिभी र “कसौटी जिन्दगी” ।


अरू बेला भन्दा के हो के हो गाईजात्रकै मौका छोपिहाले ।

Comments :

11 comments to “वाह!!!! ठुल्दाईको टिभी र “कसौटी जिन्दगी” ।”

“तैले यस्तोकुरा बुझ्दैनस जा पानी लिएर आईज" हा..हा.. हा.. हा.....! “ईईईईई उता जा त, त्यती पनि बझ्दैन नाथे। हा..हा.. हा.. |

जनसंख्या नियन्त्रणमा मनोरन्जनका सुबिधाको पनि हात रहन्छ भन्ने population studies maa पढेको थिएँ |
कुरो सही रहेछ |

chudamani said...
on 

वाह दुर्जेय जी क्या छ, ठुल्दाईको कसौटी अनि अरुको खुस्क्या लगौटी, हाहाहाहा।

धेरै राम्रो रचना। गाईजात्राको अवसरको लेख धेरै सही छ।

B.J. Dummali said...
on 

हा हा हा! रमाईलो लाग्यो! कुरो फेरि साँचो पनि हो। नेपालमा १८ घण्टे लोडशेडिङ हुँदा गर्भवतीहरुको संख्या बढेको खबर त पत्रिकाहरुमै आएको हो। आर्थिक मन्दीका कारण बिभिन्न अरु मनोरञ्जनमा पैसा खर्च नसक्ने भएपछि पश्चिमतिर पनि "मान्छे बनाऊ! मान्छे बढाऊ!" अभियान जोडतोडका साथ चलेको हो।

Basanta said...
on 

ल है यो पनि बेजोड गयो !!
गाईजात्रको मौका पनि 'मौकैमा' छोप्नु भएछ :)

Dilip Acharya said...
on 

ha ha funny

wordflows said...
on 

हा हा हा हा !! हो त है, साह्रै दामी गयो ल!! गाईजात्रा विषेश।

Sujan Sharma said...
on 

लौ पढीयो गाइजात्रे टाँसो
अनि हाँसियो मज्जाको हाँसो

सूर्य/सिकारु said...
on 

he he
ramilo rechha dai!

Archana said...
on 

मौकामा चौका भनेको यहि हो,
अरुका घराँ गएर कसौटी.. हेर्न सक्ने भा' पानीमन्तारे ले त्यो नबुझेको पक्कै हैन,
बेबकुफ बाउलाइ र्याखर्याखति पार्न खोज्या मात्र हो ।

कृष्णपक्ष उज्यालोको खोजिमा said...
on 

लौ, जात्राको पन्तुरो गजब लाग्यो है ।

Jotare Dhaiba said...
on 

he he ..cute... as Mani said definitely entertainment has direct relationship with population sometimes...

Milan said...
on 

Post a Comment