यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Wednesday, August 12, 2009

हामी पशु कहिल्यै हुन सकेनौ !!

कर्म गर्नु योग हो, यसमा दुबिधा कसैको पनि छैन। भगवान कृष्णको यो भनाई साह्रै मार्मिक छ र करौडौ मानिस यसलाई आफ्नो जीवनको आदर्श मान्छन्। समाजको परिवर्तित अवस्था यस्तो यान्त्रिक बन्दै गईरहेको छ, मात्र बाच्नकै लागि पनि हरेकलाई आफ्नो कर्म गर्नै पर्छ। चाहेँ असल कर्म होस चाहेँ खराब, गर्न त पर्छ नै। कर्म गरे पछि फलको आशा नगर्नु भन्नै भनाई पनि त्यतिकै प्रख्यात छ। तर पनि यो भौतिक जगत र यान्त्रिक जीवन कुनै पनि कुराको आशा नगरी वा कुनै फलको आशानै नगरी चल्दै चल्दैन; यो पनि वास्तबिकता नै हो। मानिस फगत कर्मको अनेकौ परिभाषामा अल्झेको छ, मुक्ति चाहन्छ तर पनि सक्दैन। मानिस धर्मलाई, कानुनलाई सामाजिक मूल्य र मान्यतालाई आफ्नो अनुकूल बनाउन चाहिरहेको हुन्छ र अनेकौ उपमा दिएर आफूले गर्ने कामलाई धार्मिक, कानुनी, सामजिक मूल्य र मान्यता अनुरुप ठान्दछ। हरेकले आफूले गरेको कामलाई सर्बश्रेष्ठ मान्ने गर्छन् र आफूलाई अब्बल दर्जामा उभ्याउछ। सबैले आफूले गरेको काम राम्रो मान्दा मान्दै र आफूले गरेको काम सबै भन्दा उत्तम हो भन्दा भन्दै पनि किन हामी आज मानिस हुन सकेका छैनौ त? मानिस भनेर कसले भन्यो हामीलाई? हाम्रो सभ्यताको इतिहास कसले लेख्यो? मानिसलाई सर्बश्रेष्ठ प्राणीको दर्जा कसले दियो? के के आधारमा हामी मानिस ब्रम्हमाण्डको सबै भन्दा चेतनशील प्राणी भनेर आफैलाई घोषणा गरेका हौ? कुन कुन परिवेशमा हामी चराचर जगतको सबै भन्दा अब्बल दर्जाको प्राणी भयौँ?


मानव जगतले गरेको काम, जसले बनाएको सीमना के का लागि र किन हो भन्ने पश्न मेरो मानसपटलमा आईरहेको छ। कसरी मिल्न सक्छ यो प्रश्नको उत्तर?


हामीले कम चेतनशील भनेका प्राणी वा भनौ जनवारहरुलाई किन कुनै धर्मको आवस्कता छैन? किन कानुनको सीमा छैन?, किन कुनै राज्य र सीमनाको मतलब छैन? किन शून्य भएर बाँचेका छन् उनीहरु? किन उनीहरु आफ्नो धर्मको लागि काटमार गर्दैनन्? किन उनीहरु राज्य र सीमनाको लागि शहिदको खेती गर्दैनन्? किन उनीहरु दाउपेच र छलकपट गर्दैनन्? किन उनीहरुका लागि भगबान कृष्ण, राम, जिसस वा अल्लाहहरुको जन्म हुदैन? किन गीता, बाइबल र कुरान लेखिदैनन् उनीहरुका लागि? किन कुनै स्वर्गको कल्पना र फलको आशा गरेका हुदैनन् उनीहरु? गीता, बाइबल बा कुरान कुनै धर्म ग्रन्थहरु छैनन् उनीहरुका लागि तर पनि उनीहरु भन्दा मानिस किन बढि हिंसात्मक र अराजक? प्रश्न कहाँ नेर अल्झिएको छ? यो कुनै र कसैलाई पनि सरोकारको बिषय भएको छैन आज।


पैसा बा कुनै कुराको लागि गरिने कर्म, कर्म हुन सक्छ तर योग हुन सक्दैन। मनको शुद्धीकरण पहिलो कर्म हो जसले योग र मानव योग्यताको परिभाषा गर्छ। मनलाई राम्रो बनाउनु, आफूलाई असल पात्रको रुपमा उभ्याउनु बास्तबमा पहिलो कर्म हो तर यहाँनेर सबै जना मानव भएर जन्मेकै आधारमा सभ्य र सर्बश्रेष्ठ प्राणीको उपाधि पाइरहेका छन्। जसरी राजाको छोरा राजा हुने गर्थ्यो। मानव हुनु र यो उपमा पाउनु कति सहज र पुर्खौली भएको छ आज। बस मानवको कोखमा जन्म लियो मानिस बन्यो। तर आचरण र व्यवहार भने कुनै पशुसंग पनि तुलाना गर्न नमिल्ने। काटमार, हिंसा, लुटपाट, बलत्कार, शोषण, अन्याय र अत्याचार यी सबै यस्ता मानव सभ्यातकाका गहना भएका छन्, जो मानिसको पुरै अंगलाई कपडाको जस्तै बेरेर बसेको छ। जब सम्म हामी आफ्नो शरिरको यो दुर्गन्धलाई हटाउदैनौ वास्तवमा कतै र कुनै पनि कोणबाट हामी मानिस हुन सक्दैनौ किनकि हामी पशु त कहिल्यै हुन सकेनौ।


जादा जादै एक जना महात्माको कथा यहाँनेर छोटकरीमा राखौ। एक जना मूर्तिको लागि ठूलो ढुंगा कुदिरहेका कारिगरको नजिकै पुगेर एक जना मानिस सोध्छन्; के गर्न लागेको हो तिमिले? कारिगरले जबाफ दिन्छन्: “मैले यो ढुंगाको बाहिर रहेको अनाबश्यक पत्रहरुलाई फाल्दै छु। जब नचाहिने ढुंगाको पत्रहरु फाल्दछु तब मूर्ति त आफै प्रकट भइहाल्छ नि।”


सबैले हाम्रो सभ्यता माथिको खराब दागहरुलाई यसरीनै फाल्न सके बल्ल मानिस हुन्थ्यौ होला।। सबैलाई चेतना भया !!!!

Comments :

13 comments to “हामी पशु कहिल्यै हुन सकेनौ !!”

बहुत मजाले एउटा परिषितीलाई झापड मार्नु भएछ दुर्जेय जी, तपाईँको टाँसो सही छ। किनकी मान्छे बस कर्म गर्छ योग कहाँ............??????
पैसा पैसा यहाँ पैसा बाहेक अरु सोंच..............?????

Unknown said...
on 

सायद मनिसलाई संसारकै सर्वश्रेस्ठ प्राणी भनेकै भएर होला यी सबै कुराहरुको जरुरत परेर पशु बन्न नसकेको? बिचार अर्थपूर्ण र मननयोग्य लाग्यो दूर्जय जी ।

डीआर न्यौपाने'सूर्य' said...
on 

सुरुमा शिर्षक मात्रै हेर्दा कुनै व्यङ्य लेख होला भन्ने सोचेको त मानव संबेदनाको गहनतम तहमा पुगेर लेख्‍नु भएको रहेछ ।

साँच्चै हो, भन्दा लाज लागे पनि (वा लाच पचाएर ईन्कार गरे पनि) हामी मानिस भैसकेका छैनौं र पशु भन्दा पनि गएगुज्रेको हालमा छौं ।

चित्त बुझ्ने उदाहरण दिनु भएछ, हामी राजाको छोरा "फ्रि" मा राजा भएजस्तै मानिस भएका नै हौं ।

तपाईको यो लेखमा मेरो १०० % सहमती ।

Dilip Acharya said...
on 

inside everybody there is devil and god. different is that devil always dominate the god side of ours. so why we are living with evilness.

wordflows said...
on 

साह्रै प्रभावकारी चिन्तन ! हामी मानिस चेतनशील र सृस्‍टिको
सर्वश्रेष्ठ प्राणी हौँ भनेर स्वघोषित तवरले कहलिएका छौँ । तर हामी हामीले हेयको दृष्‍टिले हेर्ने पशुसम्म हुन सकेनौँ । पतनको अन्त्यहीन लहर पशुमा होइन, मानवमै देखिएको छ । पशुमाथि त मानिसले रवाफ जमाएको छ, पशुको के दोष हुन सक्ला ?
बरु पशु नै आफ्नो समाजमा गुणकारी होला ।
घत पर्‍यो तपाईंको विचारले ।

Jotare Dhaiba said...
on 

अत्यन्त गहन बिचार !!साहैं चित्त बुझ्यो।

Unknown said...
on 

तपाईं को प्रश्न को उत्तर म दिन्छु

मनिस सर्बस्रेस्थ प्रानी भनेर आजसम्म कुन पशु ले भनेको सुन्नु भको छ ?

मनिष ले आफु सक्तिशाली भएको ले आँफैलाई सर्ब्स्रेठ भनेको हो

तर सक्तिशाली हुनु नै सर्ब्श्रेस्ठ हो भने हिट्लर र स्टालिन मानिस हरु मध्येका का सर्ब्श्रेष्ठ हून

हैन भने जबसम्म हामी आफुलाई सर्ब्श्रेश्ठ भएको आडम्बर राखी रहन्छौ तबसम्म हामी भन्दा चुतिया जनावर् अर्को कुनै छैन

HAWA said...
on 

दूर्जेय जीको यस टाँसोमा मान्छेले आफ्नै अस्तित्व आफुभित्रै खोज्नुपर्ने माने बोकेको जस्तो लाग्यो मलाई । मानिस यहाँसम्म आइपुग्दा उसले आफुलाई निकै रुपान्तरण गरेको जस्तो लाग्छ मलाई ।

आदिमकालको मानव सभ्यताको युग र अहिलेको २१ औं शताब्दीको युगबीच मनोविश्लेषण गर्दा मानिसको स्वभाव, बानी, बेहोरा र विचार मानिस आफैले परिवर्तन गर्दै लगेको मैले बुझेको छु । जे गरे पनि सबैथोकको जिम्मेबार मानिस नै हो ।
धन्यवाद यो संदेशमूलक टाँसोका लागि ।

Anonymous said...
on 

Really deep contemplation...

Sweta said...
on 

Hello, दूर्जेय चेतना. Thank you for visiting Pasadena Daily Photo and for commenting in English--I can't begin to even read your blog, and I appreciate your taking the trouble to read mine. Thank you.

Petrea Burchard said...
on 

Thank you Petrea!!! I love your photo blog very much.

दूर्जेय चेतना said...
on 

Thank you! Please don't be sorry. I'm only sorry I don't speak your language too.

Petrea Burchard said...
on 

मन छुने लेखाई दुर्जेयजी! हावा ब्रोको प्रतिकृया पनि साह्रै चित्त बुझ्यो।

Basanta said...
on 

Post a Comment