यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Saturday, July 25, 2009

जतिसुकै राम्रो भए पनि ओझेलमा परेका छन् राम्रा कुराहरू !!

देशलाई माया गरेकै हो। देशको सम्झना र शालीनतालाई मनमा सम्हालेर राखेकै हो। तर किन होला यो मनमा यति धेरै माया र सन्झना? किन आउछ मेरो देशको याद? किन होला मलाई जति नजिकबाट हेरे पनि र जति चोटि हेरे पनि नपुग्ने। वाह मेरो देश।


जतिसुकै सडकमा धुलोले कुइरी-मंडल भए पनि, जतिसुकै सडकमा खाल्टो परे पनि, जतिसुकै सडकमा पानी जमे पनि, जतिसुकै फोहोर सडक भए पनि, जतिसुकै ट्राफिक बढे पनि, जतिसुकै हर्न बजाए पनि, जतिसुकै बाटो मिच्दै गाडी हिडे पनि, जतिसुकै भिखारीको लाईन लागे पनि, जतिसुकै बालक सडकमा आए पनि, जतिसुकै बाटो बन्द भए पनि, जतिसुकै टायर बालिए पनि, जतिसुकै टियर ग्यास खाए पनि जतिसुकै तोडफोड गराए पनि।

नेताले जतिसुकै झुट बोले पनि, जति सुकै आश्वासन बाडे पनि, जति सुकै समाजलाई भड्काए पनि, जतिसुकै मान्छे मारे पनि, जतिसुकै भर्ष्टचार गरे पनि, जतिसुकै नातावाद र कृपावाद गरे पनि, जतिसुकै हस्तक्षेप गरे पनि, जतिसुकै कुर्सीको लागि मरे पनि, जतिसुकै नदी र सम्पदा बेचे पनि, जतिसुकै जालझेल गरे पनि, जतिसुकै उपयोगिताको खेल खेले पनि, जतिसुकै मान्छे मार्न लगाए पनि, जतिसुकै किनबेच गरे पनि, जतिसुकै राज्यको ढुकुटी हिनामिना पारे पनि, जतिसुकै तीन वटा “र”(रक्सी, रण्डी रमी) को पछाडि दौडिए पनि ।

सामाजमा जतिसुकै बलात्कार भए पनि, जतिसुकै छोरीहरु बेचिए पनि, जतिसुकै काटमार भए पनि, जतिसुकै अपहरण भए पनि, , जतिसुकै छुवाछुत भए पनि, जतिसुकै दाईजोको चलन बढे पनि, जतिसुकै जाड, चुरोट र अफिम बेचिए पनि, जतिसुकै सामन्त बढे पनि, जतिसुकै घर लुटिए पनि, जतिसुकै गरिबी बढे पनि, जतिसुकै रोग लागे पनि, जतिसुकै भोकमरी भए पनि, जतिसुकै अनिकाल परे पनि, जतिसुकै पानीको हाहकार भए पनि, जतिसुकै नदीहरु दुर्गन्धित भए पनि, जतिसुकै नदीहरु बेचिए पनि, जतिसुकै थिचोमिचो भए पनि, जतिसुकै बेरोजगारी बढे पनि, जतिसुकै पटक ठगिए पनि, जतिसुकै अन्याय परे पनि, जतिसुकै कानुनको धारा प्रयोग गरे पनि, जतिसुकै अशिक्षित भए पनि, जतिसुकै खुट्टा तानातान भए पनि, जतिसुकै बौद्धिक शोषण भए पनि, जतिसुकै बौद्धिक पलायन भए पनि, जतिसुकै व्यापार धाटा भए पनि, जतिसुकै व्यापारी लुटिए पनि, जतिसुकै आर्थिक मन्दी भए पनि, जतिसुकै कानुन तोडिए पनि, जतिसुकै स्कुल बन्द गरिए पनि, जतिसुकै स्कुलमा राजनीति गरे पनि, जतिसुकै शिक्षक कुटिए पनि, जतिसुकै बच्चा टुहुरा भए पनि, जतिसुकै छोराहरु मरे पनि, जतिसुकै छोरीहरु विधवा भए पनि, जतिसुकै काम ढिलाइ भए पनि, जतिसुकै घुस दिन परे पनि, जतिसुकै आलटाल गरिए पनि, जतिसुकै हन्डर खान परे पनि, जतिसुकै दुःख झेल्नु परे पनि।

छिमेकीले जतिसुकै सिमाना अतिक्रमण गरे पनि, जतिसुकै नेपाली धपाईए पनि, जतिसुकै सम्पत्ति लुटिए पनि, जतिसुकै चेलीबेटी बलात्कार गरिए पनि, जतिसुकै आर्थिक शोषण गरिए पनि, जतिसुकै हस्तक्षेप गरे पनि, जतिसुकै मिचाह निति लिए पनि, जतिसुकै हतियार पठाए पनि, जतिसुकै साधन र श्रोतमा गिद्धे आँखा लगाए पनि, जतिसुकै नेताहरुलाई कठपुतली बनाए पनि, जतिसुकै सामाजिक हस्तक्षेप गरेपनि, जतिसुकै सस्कृतीमा हस्तक्षेप सहित शक्ति प्रयोग गरे पनि आफ्नै लाग्ने हाम्रो देश। त्यसतै अफिसमा, स्कुलमा, कलेजमा, घरमा, गाँउमा, शहरमा, व्यापारमा, जागिरमा र समष्टिगत रुपमा भन्नु पर्दा आफैमा......ओहो कति हो कति।।।।

जे जतिसुकै भए पनि मेरो देशको माया नमर्ने रहेछ। किन होला यस्तो बिघ्न हुदा पनि मेरो देश रहेको छ? जतिसुकै जे होस मेरो देश रहिरहन्छ, किनहोला? हजारौ र करोडौ रोग, अराजकता र समस्या हुदा हुदै पनि देश रहिरहेको भान हुन्छ। केही बाँकी छैन नराम्रो हुनलाई, जतिसुकै राम्रो भए पनि ओझेलमा परेका छन् राम्रा कुराहरू, हरेक युवाहरु आफ्नो हातमा कानुन बोकेर हिडेका छन्। एक अर्का प्रति विस्वास छैन, माया छैन, सद्भाव छैन।


देश भनेको माटो र सिमाना मात्र हैन, देश भनेको समाज हो, त्यसको समुचित व्यवस्था हो र देश भनेको शालीनता हो। अराजकतामा देश; देश रहदैन। सामाजिक विखण्डनमा देश अखण्ड रहन सक्दैन। देशले रगत हैन, बास्तबमा पसिना मागेको हुन्छ। कुनै पनि देशले आफ्नोलागि रगत माग्दैन फगत आफ्ना छोरा र छोरीको बलि खोज्दैन। यदि कसैले भन्छ भने गलत हो त्यो र हामीलाई भड्काइ रहेको छ त्यो। कसैले भड्काउन खोजिरहेको छ त्यहाँ। शान्त र शालीन देशले के को लागि रगत माग्ने? रगत दिएर जानेहरुको खेती नहुनु नै देश हो। बिसौ हजारको बलिदानबाट मात्र नबन्ने रहेछ देश। मेहनत, पसिना, शालीनता, माया, विश्वास, सद्भाव, कानुनी व्यवस्था, गरिबनै भए पनि र खानै नपाए पनि पेट थिचेर एक निन्द्रा गतिलोसंग सुत्न सकिने सुनसान र शान्त रात हो देश। सबै बिगारेर हामी कुन देशको कुरा गरिरहेका छौ आज? यस्तो अबस्थामा छ मेरो देश तर पनि मलाई सुन्दर शान्त र विशाल लागिरहेको छ, सही कुरा हो तर नमिठो लाग्नसक्छ र गाली खाईएला तर हाम्रो यथार्थता यही हो। बनाऔ कम्तिमा एक पटक यो देशलाई देश। हातेमालो गरेर खनौ र सुन फलाऔ यही देशमा, बाच्नु त भइगो तर कम्तिमा शान्तसंग मर्न त पाँउ।


मेरो देश आफैमा जड तत्व भएर निरपेक्ष अबस्थामा रहेको छ र सायद म पनि। अनि त देश बाँचेको देख्छु म। कस्तो विडम्बना, कस्तो नियति मेरो? र आफैमा प्रश्न गर्छु के प्रत्येक सूत्रबद्ध कुराहरू निरपेक्ष सत्य हुन सक्छन्? सबै कुराहरु बिर्सौ, आफैमा बिश्बास गरौ र आफैबाट परिबर्तनको सुरुवात गरौ। कसैले बनाई दिदैनन् हाम्रो लागि हाम्रो देश। हामीले बानाउनु पर्छ हाम्रो आफ्नो देश र समाज। हामीले मान्नु पर्छ कानुन, सामाजिक मूल्य र मान्यता, अनि मात्र बन्छ हाम्रो देश हाम्रै सापेक्ष.... सबैलाई चेतना भया.........

Comments :

11 comments to “जतिसुकै राम्रो भए पनि ओझेलमा परेका छन् राम्रा कुराहरू !!”

स्थिति त ठ्याक्कै तपाइले लेख्‍नु भएको जस्तै छ (यो भन्दा खराव होला राम्रो छैन) तर तापईको जस्तै भाव हामी सबैमा आउँछ पनि । तपाईको यो पोष्ट पढी रहँदा बालकृष्ण समको मुकुन्द इन्दिरा भित्रको एक लाईन पटक पटक याद आयो:
देशभक्ति त मर्दैन चुत्थै देश भए पनि

अर्को एउटा एकदमै चित्त बुझ्ने कुरा के लाग्यो भने कुनै पनि देशले आफ्नो लागि आफनै छोरा-छोरीको रगत माग्दैन । १५-२० हजारको दु:खद 'सहादत' पछी पनि देशको यो भाँडभैलो हेर्दा थाहा हुन्छ, दैशको नाम समेत बेचेर वा देशको नाममा ठगी खानेहरुले नै ईमोशनल ब्यालमेल गर्न प्रयोग हुने कुरा मात्रै रहेछ यो ।

एकदमै चित्त बुझ्यो तपाईको कुरा !

Dilip Acharya said...
on 

हैन दुर्जेय ब्रो तपाईंलाई देशको हैन देशमा छाडेर गएको मायालु को सम्झना आको हुनुपर्छ...अनी तपाईंले कुन देशको कुरा गर्नुभाको ? जबसम्म मलाई राम्रो छ नेपाल मा त सबै कुरा राम्रै छ

HAWA said...
on 

निकै चित्त बुझ्दो बिष्लेशण।
साहैं नै दु:ख दायी अवश्थामा छौ हामी। तपाँईले भने झै, हामी सबै मिलेर अँध्यारोबाट उज्यालोतिर, अविश्वासबाट विश्वासतिर, द्वन्द्वबाट मेलमिलापतिर अग्रसर बनौँ।हामी सबैको सामुहिक प्रयास बाट मात्र शान्त, समुन्नत र समृद्ध लोकतान्त्रिक नेपालको निर्माण सम्भव हुनेछ।

Unknown said...
on 

"देशले रगत हैन, बास्तबमा पसिना मागेको हुन्छ|"
सारै राम्रो बिचार |
एउटा बेफाएदा रगत बगाउँदा शहीद हुन पाइन्छ पसिना बगाएर त्यो सम्भव छैन | अनि रगतबाट छिटै सत्तामा पुग्न र बलिदानीको भाषण गर्न पनि सजिलो हुन्छ क्यारे !
"जतिसुकै" पुनरावृति गरेर नयाँ शैली अपनाउनु भएछ | मिठास नै छ लेखमा |
एउटा सग्लो प्रस्तुति लग्यो मलाई | म सहमत छु तपाईंसंग |

https://www.youtube.com/channel/UCCZWja8o4uNVu5txxGve6dA said...
on 

कस्ले पसिना बगाउछ र!!! यो देश मा भएभरक सबै बिदेशिने तयरी मा होला कति त बिदेशी सकेक छन्

wordflows said...
on 

साह्रै सुन्दर विचार! मिठासपूर्ण लेखन शैली!
"देशले रगत हैन, बास्तबमा पसिना मागेको हुन्छ।" भनने कुरा साह्रै चित्त बुझ्यो। रगतको होली खेलेर गरिने शहीद-खेती आफैंएउटा ठूलो समस्या बनिसकेको छ हाम्रो देशमा।

Basanta said...
on 

दुर्जेयजी, यो नौलो तर मिठो शैलीमा व्यक्त सुन्दर बिचारले देशको माया अझ गाढागाढा महशुश भयो । हो नि, भत्किए पनि फाटे पनि, अँध्यारोले ढाके पनि आफ्नो घर त आफ्नै घर हो । अत्यन्त मन पर्यो तपाइको लेखन, ...... ओहो कति हो कति।।।। भनि साध्य छैन ।

कृष्णपक्ष said...
on 

शक्तिशाली विचार र हरेक नागरिकको मनमा भुलभुलाउने भावनाको साझा पेटारो खोल्नुभयो दुर्जेय जी ले । जसले जसलाई जतिसुकै जे-जे गरे पनि, जसले जसलाई केही पनि नगरे पनि देश त छातीकै धर्मालयमा पिलपिलाउने दीप हो । यस्तो देश कहाँ पो निभ्ला र ?

रसिलो लाग्यो लेखाइ । कति धेरै कुरा समेट्नुभएको जतिसुकै भित्र... । मनपर्‍यो ज्यादै ।

Jotare Dhaiba said...
on 

Doorjeya ji ho जतिसुकै राम्रो भए पनि ओझेलमा परेका छन् राम्रा कुराहरू !! ani sadai hami naramra kurako prachar garana tira lagchau.
Aba chuttai bisya ma kura hai,
ब्लगर भेला at www.dautari.org:नेपाली समय शनिवार दिनको ११ देखी १ बजे अर्थात US Central Time, 12:15-02:15 AM, (Friday night)ब्लगर भेलामा सामेल हुन कमेन्ट बक्समा सहभागिताको जनाउनु होला, बोल्ने अबसर क्रमअनुसार हुनेछ।

nepalean said...
on 

हास्यव्यंग्यको चाड गाईजात्रामा
हाँस्ने केही विषयहरुः
१. महँगीले थिच्नु
२. कार आएर पेटीमै किच्नु
३. चामल खाएर पखालाले मर्नु
४. सीमारेखा रातारात सर्नु
५. पहिरोले मान्छे पुरिनु
६. अपराधीहरु सुरिनु....
... ... ...
... ... ...
आउनुहोस्, मरी मरी हाँसौँ ।

friendlyniraj said...
on 

देश भक्ती त मर्दैन चुत्थ्या देश भए पनि।। ....सम

nawaraj adhikari said...
on 

Post a Comment