यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Friday, August 28, 2009

सकरात्मक तर प्रगतिशील आत्मविश्वास

१ युद्धको मैदानबाट फर्किएको कुनै लडाकुलाई मैले सोधेँ, के युद्ध राम्रो हो ?

२ कसै माथी प्रहार गरेर कसैलाई मारेर फर्किएको मान्छेलाई मैले सोधेँ, के हत्या गर्नु राम्रो हो?

३ चोरेर फर्किएको चोरलाई मैले सोधेँ, के चोर्नु राम्रो हो?

४ कसैसंग झगडा गरेर फर्किएको मान्छेलाई मैले सोधेँ, के झगडा गर्नु राम्रो हो?

५ बिधार्थीलाई गृहकार्य नगरेको निहुँमा बेस्करी कुटेर फर्किएका शिक्षकलाई सोधेँ, के बिधार्थी कुट्नु राम्रो हो?

६ चीट चोरेर पास भएको बिधार्थीलाई सोधेँ, के चीट चोरेर पास हुनु राम्रो हो?

७ भ्रष्टाचार गरेर पैसा कमाएको कर्मचारीलाई सोधेँ, भ्रष्टाचार गर्नु राम्रो हो?

८ अपराधीलाई बेस्करी कुटेर बसेको पुलिसलाई सोधेँ, के अपराधीलाई नियन्त्रणमा लिएर कुट्नु राम्रो हो?

९ राजनीतिको खराब खेलमा खप्पिस भएका नेतालाई सोधेँ, के राजनीति खराब खेल हो?

१० धर्म, भाषा र वर्णको लागि आन्दोलन गरेकाहरुलाई सोधेँ , के धर्म, भाषा र वर्णको आधारमा विभाजित हुनु राम्रो हो? ११ ............१२................१३..............


यस्ता थुप्रै र आम सरोकारका प्रश्नहरुलाई केलाएर हेर्ने हो र म मात्र हैन कसैले पनि यो उत्तर खोज्न चाह्यो भने सबै प्रश्नको एउटै उत्तर हुन्छ “राम्रो हैन”। आफैले गरेको काम वा कुकर्म आफैलाई राम्रो नलागेर पनि किन यस्तो काम भईरहेको छ? किन यस्तो काम गरिरहेका छन् त? स्वयं चोरलाई, भ्रष्टाचारीलाई, अपराधीलाई आफूले गरेको कामबाट सन्तुष्टि छैन। उनीहरु आफै यो कामलाई ठीक मानेका छैनन्। मन ले नगरौ भन्छ, नगरी छाड्दैनन् वा नगरी हुदैन।


आफू माथि अन्याय परेको छ, कसैले सुन्दैन, आफूमाथि आक्रमण भएको छ, बचाउको लागि पनि त युद्ध लड्नु पर्यो। नचोरेर के गर्नु ? सीप छैन, संगतले त्यही काममा राम्रो ज्ञान भयो, नचोरी खानै पुग्दैन। जती संझाए पनि मान्दैन, दिएको कामनै गर्दैन नकुटेर त हुदै हुदैन शिक्षकलाई।, पास हुनु छ, पास नभए जागिर पाईदैन, जसरी पनि पास हुनु छ, चीटनै चोरेर किन नहोस। तलबले खानै पुग्दैन, मंहगी बढेको छ, जहान केटाकेटी पाल्नको लागि आउने आम्दानीले पुग्दैन, भ्रष्टाचार नगरी नहुने। राम्रो मुखले संझाएर वा सोधेर अपराधी बोल्दैन। नकुटेर त हुदै नहुने र यसो नभए पारनै नलाग्ने पुलिसलाई। पेशानै राजनीति भए पछि उद्धेश्य पुरा गर्न वा कुर्चीमा बसिरहन, खराब किनबेच नगरी नहुने नेतालाई। यी र यस्तै उत्तर पाउछौ हामी यदि किन यो काम गरेको हो त भनेर सोध्यौ भने वा सोच्यौ भने।


नराम्रो काम छ, नराम्रो हो भन्नै थाह छ तर पनि किन यो सबै भईराखेको छ? सबैको जड तत्व भनेको “आत्मविश्वास” हो। नकरात्मक आत्मविश्वासको कारण यसो भइ रहेको छ। यदी सबैकुरालाई सकरात्मक आत्मविश्वासका साथ सोच्ने हो भने सबै कुरा ठीक हुने थियो। आफूलाई निन्तान्तै बाध्यात्मक परिस्थितिले यसो गर्न परेको छ भनेर जति भने पनि यो सबै कुरालाई एउटा सकरात्मक आत्मविश्वासले हेर्ने हो र आफूमा तद्अनुरुप परिवर्तन गर्ने हो भने सबै कुरामा नियन्त्रण सम्भव छ। नचोरी हुदैन भन्ने नकरात्मक आत्मविश्वासलाई, मेहनत गरेर पनि गुजारा गर्न सकिन्छ, सानै काम गरेर पनि संसारका करौडौ मानिसहरु खुसी छन् भन्ने सोच्ने हो भने चोर्न मन लाग्दैन। रक्सीको मातलाई आनन्दको प्रतिक मान्नेहरुले यसले गर्ने हजारौ खराबीलाई आत्मसाथ गर्ने हो भने, र रक्सी खाँदा मरिन्छ तर नखाँदा मरिदैन भन्ने कुरालाई सकरात्मक आत्मविश्वासकासाथ स्वीकार गर्ने हो भने सायद रक्सी खाएर बिताएका र गुमाएका हजारौ यथार्थताहरु प्रति आफैलाई धिक्कार लाग्ने छ।


खराब मान्छेसंग दुस्मनी गर्न एकदमै सजिलो हुन्छ तर एउटा असल मान्छेसंग दुस्मनी गर्नु पर्यो भने कति गाह्रो हुन्छ र कति ठूलो मूल्य चुकाउनु पर्छ भन्ने कुराको कुनै सीमानै छैन। यो आत्मविश्वासका साथ कुनै शिक्षकले बिधार्थी माथि राम्रो ब्यबहार गर्ने हो र सकरात्मक आत्मविश्वासका साथ सिकाउने हो भने, कुनै पनि बिधार्थीलाई असल शिक्षकको नजरमा तल झर्ने कुराको कल्पना पनि गर्न सक्दैन। भ्रष्टाचार गर्नु भनेको कुनै निरीह, सोझो र साधारण मानिसको पेट मार्नु हो। यसो गर्दा आफ्नो केटाकेटीको पेट त भरिएला तर पीडित मान्छेको केटाकेटीको गासँ खोसेर, उसका लालाबालाको अनुहारमा भोक र प्यासको नजानिदो अनुभूतिको उपहार दिनु सरह हो भन्नेकुरा सोच्ने हो र मैले राम्रो काम गरे भने र राम्रो सेवा गरिदिए भने, उसले मलाई कहिल्यै पनि भुल्ने छैन, उसको केटाकेटीहरुको हाँसो र खुसी खोसिने छैन भन्ने सोच्ने हो भने सायद भ्रष्टाचार गर्नु त के उसको दिमाखमै आउने छैन यस्तो सोचहरु।


त्यसैले हाम्रो समाजमा भईरहेको जती पनि खराब पक्षहरुको सामाधान माथिबाट कानुन बनाएर वा लादेर हुने छैन। तपाई हामीले जतिसुकै कराए पनि, जतिसुकै नराम्रो भयो भने पनि कुनै परिवर्तन हुनै छैन। त्यसलै एक पटक आखाँ बन्द गरेर सोचौँ, हामीसंग के के खराब कुराहरु छन् र के के असल।तर एउटा कुरा याद गर्न जरुरी छ, सकरात्मक सोच यथास्थितिवादी सोचको लागि भने कहिल्यै हुनु हुदैन। यस्ता कुराहरुको कुनै पनि दस्तावेज वा उदाहरणहरु सकरात्मक हुनै सक्दैन। छानेर, साँधेर वा केलाएर हेर्नु पर्ने हुन्छ हरेक यस्ता उदाहरणहरु। गर्न नसकेर वा भनु आफ्नो पछौटेपनलाई मन बुझाउने असल माध्यम सकरात्मक आत्मविश्वास भने हुनै सक्दैन। त्यसैले आफूबाट हुनु पर्छ परिवर्तन र प्रगतिशीलपनि हुनु पर्छ आत्मविश्वास। समयको सीमा र यथास्थितीवादमा रहने हो भने जतिसुकै सकरात्मक भए पनि पुरानो र कामनलाग्ने खालको हुने छ आत्मविश्वास, यसको साथमा आएका परिवर्तनहरु र सम्पुर्ण परिभाषाहरु।


त्यसैले यो खराब काम हो र यो गर्न हुदैन भन्ने सकरात्मक सोचले मात्र पुग्दैन। यसबाट मुक्ती पाउन सकरात्मक सोच सगै एउटा बलियो समय अनुकूल आत्मबिश्वासको खाचो हुन्छ; अर्थात “सकरात्मक तर प्रगतिशील आत्मबिश्वास”...सबैलाई चेतना भया.......


(प्रयोग गरिएका कुनै पनि शब्द बा भनाईहरु बिल्कुल निरपेक्ष छन्)

Comments :

13 comments to “सकरात्मक तर प्रगतिशील आत्मविश्वास”

dai, maie padhe.ramro lagyo.ho ni hami tha pai pai pani naramro kam gariraaheka hunchhau.malai article bhanda pani ajha tapaiko lekhne saili dherai ramro lagyo.simple and clear.

archana paudel said...
on 

उदाहरण सहित सहि विश्लेषण दिनु भएको रहेछ | धन्यबाद | सकारात्मक आत्म बिश्वाशले धेरै कुरालाई सहि बाटोमा हिंडाउन सकिन्छ |

शिर्षकको प्रगतिशील शब्दले भने झन्डै अल्मल्यायो !

Anonymous said...
on 

मिलनजी प्रतिक्रियाको लागि धन्यबाद। मैले नअल्मलनकै लागि अन्त्यमा "प्रयोग गरिएका कुनै पनि शब्द बा भनाईहरु बिल्कुल निरपेक्ष छन्।" भन्ने वाक्य राखेको हुँ

दूर्जेय चेतना said...
on 

प्रगतिको बाटो हिड्न, सामाजिक विकृति र विसंगतिको समुल नाश गर्न सबैलाई यस्तो आत्मविश्वासको खाचो छ, आज । यो त्यहि आत्मविश्वास हो जसले बाध्यताहरुलाई पनि परास्त गर्ने हिम्मत राख्नेछ ।

कृष्णपक्ष said...
on 

प्रगति र आत्मबिश्वासको रेखाङकन गर्नलाई पक्कै सकारात्मक सोच र निस्वार्थ भावनाको बिकाश हुनु जरुरी छ ।

यथार्तबादी चिन्तनको बिषय बाँडनु भएकोमा धन्यबाद ।

डीआर न्यौपाने'सूर्य' said...
on 

सबैलाई त थाहा छैन तर आफैलाई चाहि केही केही चेतना भया।

कैलाश said...
on 

एकदमै रचनात्मक सोच !

असल र खराबको भेद भएर वा भेउ पाएर पनि खराब कार्यमै लिप्त हुनुमा पक्कै पनि आत्मविश्वासकै को कमि नै प्रमुख कारण होला ।

बाँकी कैलाशजीको शब्दहरु दोहर्‍याउँछु म पनि:
सबैलाई त थाहा छैन तर आफैलाई चाहि केही केही चेतना भया।

Dilip Acharya said...
on 

यो लेख हजुरको विचार मात्रै होइन ध्रुब सत्य कुरो हो। मलाई यो लेख पढेर छुट्टै किसिमको आत्मविश्वास बढ्यो.... साच्चै !!
धन्यवाद है :)

रमा said...
on 

साह्रै सुन्दर विचार! मिठासपूर्ण लेखन शैली!

हरेक ब्यक्तिले आफनो नकारात्मक सोचाई, बानी र भावनालाई परिवर्तन गरेर सकारात्मक सोचाई बानी र भावनालाई आफ्नो नेतृत्वमा स्थान दिनु नै आजको हाम्रो आवश्यक्ता रहेको छ ।

Unknown said...
on 

durjaya jee , sarhai ramro lekh sakaratmak soch banaaunako lagi kehi had samma yo lekh le saghaune chha .

दिनेश राज said...
on 

कुरो ठीक हो.. तर एस्तो नैतीक शिक्षा छाटेर मात्र के हुन्छ ?

HAWA said...
on 

सबै कुरा आफ्नै सोचमा निर्भर गर्छ ! अत: नराम्रो हुँदैमा सकरात्मक अनि राम्रो हुँदैमा सकरात्मक हुँदैन । कसैले आफूले पढ्न को लागि चोरी गरेको हुँ भन्छ भने, भावनात्मक रुपले सहि मान्न सकिएपनि, यो नराम्रो कामलाई सकरात्मक लिन सकिँदैन ।

अनि कराएर मात्र परिवर्तन हुने हैन, क्रान्तिकारी पनि हुने हैन ! जब हृदय ले यसो नै गर्नुपर्छ भन्ने सोच्छ अनि सकरात्मक विचार आउँछ या भनौँ नकारात्मक विचारहरु माथि सकरात्मक विचार ले नजिते सम्म केही हुँदैन । कहिलेकाँहि सोचाइ नै नकरात्मक बनिदिन्छ भने कहिले काँहि त्यही कुरा एकदम सकरात्मक बनिदिन्छ । प्रगतिशिल हुनु भनेको सकारात्मक सोच्नु मात्र पनि होइन, कुनै कुरा को नकरात्मक र सकरात्मक पाटोलाई विश्लेषण गर्न सकियो भने, प्रगतिशिल मानिएला हैन र, अर्जुन जी ?

Aakar said...
on 

हावाजी: नैतिक शिक्षा गरेरै, भनेरै र सिकाएरै हुने कुरा हो। यो जन्मजात कसैलाई पनि हासिल हुदैन। मानौ मेरो सानो बच्चाले चक्लेट खाएर, चक्लेटको कागज भुईमा फाल्यो भने र ड्स्बिनमा राखेन भने, यो समाजले एक पुस्ता कुर्नु पर्छ कम्तिमा सफा र फोहोर नगर्ने अबस्था कुर्न। सिकायौ भने अहिलेनै र यो पुस्तामा नै सफा र बिबेकशिल समाजको आशा गर्न सकिन्छ र हुनेछ। हैन र?

आकारजी: पठ्नकै लागि कसैले पुस्तक चोरेको छ भने मैले पनि कतै सकरात्मक सोच भनेको छैन। चोर्नु कसै पनि सकरात्मक हुदैन। निरपेक्ष प्रगतिशिल हुनुलाई सकरात्मक भनेको र मानेको पनि छैन। परिबर्तित र समयअनुकुल हुनु पर्छ सोच भन्ने मात्र हो। कुनै पनि बेला वा परिस्थितीमा नकरात्मक सोच कसै गरि पनि सकरात्मक हुनै सक्दैन। ब्यक्ती बिशेष र परिस्थिती बिशेषको सोचले कहिलै पनि नकरात्मक सोचलाई सकरात्मक मान्छौ भने, हामीले पुरै रुपमा नकरात्मक सोच माथीको बिजय हासिल नगरेको मान्नु पर्छ जस्तो लाग्छ। र जब सम्म यो सोचमाथि बिजय हुदैन तपाईलाई मात्र हैन हो कोहीलाई पनि यस्तो लाग्नु नौलो हैन। तर कुनै कुराको नकरात्मक र सकरात्मक पाटोलाई विश्लेषण गर्न सकियो भने, प्रगतिशिल मानिएला भन्नै तपाईको बिचार उत्तम छ र म सहमत छु र मेरो लेखको मनसाय पनि यहि हो। सकरात्मक प्रतिक्रियाको लागी धन्यबाद है।

दूर्जेय चेतना said...
on 

Post a Comment