यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Saturday, September 19, 2009

तपाईको नजरमा दूर्जेय चेतना!!

सर्बप्रथम त विजया दशमी तथा दीपावलीको शुखद उपलक्षयमा मेरा सबै मित्र, शुभचिन्तक तथा पाठक गण प्रति मेरो हार्दिक मंगलमय शुभकामना। यो सुखद चाड कसैको पेवा नभई, सुरु देखि जसरी सबै समुदाय, धर्म र वर्गको बीच सुमधुर सम्बन्ध कायम गर्ने चाडको रुपमा मनाउदै आईएको छ त्यसरी नै मनाउन पाईयोस।


मेरा पाठक वर्गमा मैले आज नौलो जिज्ञासा लिएर आएको छु। मेरो यो लगभग ६ महिनाको ब्लग यात्रामा मलाई धेरै अनुभबहरु गर्ने मौका मिल्यो। धेरै कुराहरु जान्ने र धेरै असल मित्रहरु संग सङ्गत गर्ने मौका मिल्यो।

आज मैले तपाईहरुसंग मेरो ब्लगको राम्रो र नराम्रो पाटोलाई खुला मनले राखिदिनु हुन अनुरोध गरेको छु।

भाषाको शुद्धता एकदमै ठूलो कुरा हो तर ब्लगको सुरुको समयमा अनलाइन युनिकोडबाट यहाँहरु बीच आईरहदा भाषामा लाज लाग्ने गरिनै गल्तिहरु भएका छन्। जो मैले फेरि फुर्सदको समयमा पुन लेख्ने छु वा सचाउने नै छु। मेरो भाषाको शुद्धतामा धेरै प्रश्नहरु उठ्ने कुरालाई यसबेला सोचेको छु। यसको अलावा मेरो राम्रो नराम्रो पक्षको बारेमा कृपया मन खुलाएर कमेन्ट गरिदिनु होला।


यो दसैंको शुभ अबसरमा मेरा कमीकमजोरीलाई शुद्ध बनाउने प्रयासको रुपमा उपयोग गर्न मन लागेर यहाँहरुको बिचमा यो प्रस्ताव राखेको हुँ। तपाईहरुको सुझाव ले मलाई अझै राम्रो गर्ने हौसाउने छ। त्यसैले मलाई जान्न मनलाग्यो “ तपाईको नजरमा दूर्जेय चेतना”।।।

Comments :

17 comments to “तपाईको नजरमा दूर्जेय चेतना!!”

म मेरो साथिहरू माझ कहिलेकाहीँ बालसाहित्यको कुरा गर्दा दूर्जेय चेतनाको रिमिक्स: सिहँ र खरायोको कथा- मुर्ख खरायो लाइ उल्लेख गरेकै हुन्छु । किनकी मलाइ लाग्छ यो साच्चिँकै उत्कृष्ट छ ।
खास गरी ब्लगमा नकारात्मक भन्दा सकारात्मक र निरासाजनक भन्दा आशावादी विचार/चेतना प्रवाह गर्न एकदम सफल हुनुहुन्छ दूर्जेय चेतना । अझै अघि बढ्दै जानुहोस् । शुभकामना ।

Basanta Balami said...
on 

The template is very nice (magazine style)The color layout is cool as are the posts.

Besides "Share on facebook" Subscribe by RSS would also be good.
The image in your blogs:
".. Photo Blog Click" has dim: 320x112.
It should be about: 310 px wide at maximum so that it will not appear as floating out of box.

If you can make the header pic gif with flag waving, like aakar has, it would look better.

On the front page, if you can make the left col litle wider than the middle col, it will give more focus on the content than the accessories of the blog.

Rest is best!!!

Cheers!

nkm

NKM said...
on 

Oh, one more thing: the navigation panel at the top also needs some refinement.

Happy Blogging!!!

NKM said...
on 

दुर्जेयजी निक्कै सकारात्मक लेख लेख्ने बर्गमा पर्नुहुन्छ | हुनत म तपाईंको ब्लगमा चाहेजति उपस्थिति हुन सकिन तर जति भएँ एउटा प्राप्ति लिएर नै फर्कें | भाषिक शुद्दता भन्ने कुरा एकठाउँमा छ तर बिचार र भावको अभिव्यक्तिगत शैली अलि फरक कुरा हो | यसमा मैले दुर्जेयजीलाई राम्रो स्थानमा पाएको छु | आगामी दिनमा तपाईंको कलम अझ तिखो बन्दै जाओस | मेरो तर्फबाट विजया दशमीको हार्दिक शुभकामना छ |

chuamani said...
on 

अरु कुरा त त्यस्तै हो ,ब्लग आफ्नो कुरा अरु संग बाड्ने सशक्त माध्यम बनेको छ।गहन बिचार र यथार्थलेखहरुको लागि जसरी तपाईको ब्लग प्रख्यात छ त्यसै गरि आगामी दिनहरुमा पनि राम्रो हुदै जाओस मेरो हार्दिक शुभकामना छ।अनि तपाँईको विचारहरुको सधै सह्राना गर्छु सफलताको कामना पनि।नाप नक्शाको कुरा गर्दा सबैजना फुर्सद भएको बेलामा चल्छन् नै होला।
समग्रमा भन्नुपर्दा मलाई तपाँईको ब्लग राम्रो लाग्छ। अझ तपाँईको रिमिक्स गर्ने शैलि भने बिशेष मन पर्छ।

तपाईसहित तपाईको परिवार अनि तपाईको ब्लगमा पाल्नुहुने सम्पूर्ण पाठकवर्ग लाई बिजयादशमीको हार्दिक मंगलमय शुभकामना। सुखद रहोस सबैको हर पल।तपाईको ब्लगको निरन्तरता, लेखन र निजी जीवनमा पनि उत्तरोत्तर सफलताको कामना गर्दछु ।

Unknown said...
on 

तपाइको ब्लग सायद सुरु देखी नै हेर्दै आएको छु र विविधताले भरीएको पाउँछु म यी पानाहरु । साजसज्जाको बारेमा केही कुरा माथी नबिनजीले भनि सक्नु भएको छ त्यो बाहेक लेखनको कुरा गर्ने हो भने म त तपाईलाई आफ्नो शैलीलाई सधैं कायम राख्‍नुहोस भन्छु ।

ब्लगको सुन्दरता नै यही हो, सबैको आ-आफ्नो सोच हुन्छ र आफ्नो मौलिक शैलीमा नै कुनै पनि सर्जकको अभिव्यक्ती विस्तारसंग खुल्न सक्छ । मेरो सल्लाह त के छ भने तपाई जस्तो लेख्दै आउनु भएको छ त्यस्तै लेखीरहनुस ।

Happy Blogging and Happy Vijaya Dashami!!!

Dilip Acharya said...
on 

तपाईं को सोचाइ मा खासै नराम्रो त देखिन.. राम्रै छ

अब अंमुर्त र ठुला कुरा गर्ने त नेपाल का विद्वानहरु को बानी नै हो

HAWA said...
on 

मलाई त मेरै ब्लग सबैभन्दा राम्रो लाग्छ । सबैले आफ्नो ब्लग पढिदेओस् भन्ने चाहना राख्ने म अरुको ब्लग कमै पढ्छु, विभिन्न कारणले । मैले पढ्ने कम ब्लगहरुमध्ये दुर्जेय चेतना पनि एक हो । तपाईँको ब्लग साँच्चै नै राम्रो छ । छोटो समयमा गर्नुभएको प्रगतिको लागि र आउँदा दिनमा सफलताको लागि सँगै शुभकामना ।

friendlyniraj said...
on 

आत्माको कुरा गर्दा मैले यो दूर्जेय चेतनालाई एउटा शसक्त, प्रतिभाशाली र गहन बिचारहरुको मैदान सम्झेको छु । साथीहरुले भने झै चाहेरै पनि कुनै बेला अनुपस्थिती हुने भए पनि अनुकुल समयमा प्रबेश गर्ने नै गर्छु ।
तपाइको यो यात्राले निरन्तरताको शब्दबाट टाढा जाने अवसर नपावोस ।
भाषा शुद्धताको कुरामा म पनि धेरै पछाडी नै छु । आशा गरौ समय अनुसार यसमा पनि सुधार हुँदै जानेछ तपाई हाम्रो ।
आउदै गरेको वियजा दशमी तथा शुभ दीपवलिको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना तपाई अनि यो चेतनाको खानीलाई पनि ।

डीआर न्यौपाने'सूर्य' said...
on 

तपाईँको ब्लग राम्रो छ दूर्जेयजी! भाषा भन्ने कुरा लेखाईको निरन्तरतासंगै सुध्रिँदै आऊँछ। साजसज्जाको बारेमा त नवीनजीले भनिहालनुभयो। तपाईँको सकारात्मक सोच सधैं कायम रहोस्।

दूर्जेयजी र 'दूर्जेय चेतना' का समस्त पाठकहरुमा विजया-दशमीको हार्दिक मंगलमय शुभकामना!!!

Basanta said...
on 

दूर्जेयजी,
मैले यो ब्लग शुरु देखि पढेकी त छैन तर जति पढेकी छु पढीसकेपछि त्यसबाट निकै सन्तुष्ट हुन्छु। पाठकको मनभित्र सरल तर मिठास पूर्ण तरिकाले उत्रन सक्ने कला छ हजुरको शब्दमाला भित्र। अत्यन्तै तर्कपूर्ण विश्लेषण तर सकारात्मक सोचको उदाहरण हो यो ब्लग। धन्यवाद यसरी हामीलाई विचरण गर्ने अवशर दिनु भएकोमा । अनि नजिकै आउदै गरेको महान चाँड बिजया दशमीको धेरै धेरै शुभकामना!!
साच्चै एउटा कुरा , हजुरको ब्लगको पहिलो नाम उच्चारण गर्न चै निकै गाह्रो लाग्छ मलाई.. अन्यथा नलिनुहोला, तर मैले एकदमै ईमान्दार भएर लेखेकी छु है :)

आश्मा said...
on 

दूर्जेय जी , तपाईंका लेखहरु मलाई थोरै लेखकहरुको मन पर्ने लेखहरुमा पर्छन । तपाईंले उठान गर्नु भएका बिषयबस्तुहरु प्राय सोचनीय बिषयहरुनै पर्छन । त्यहाँ धेरै ब्यक्तिहरुको नजर पुग्न नसकेको बेलामा पनि तपाईंले देख्नु भएको छ र लेख्नु भएको छ । त्यसैले मलाई लाग्छ तपाई परिवर्तन नहुनुस जस्तो लेखेर हाम्रो मन जित्नु भएको छ ,त्यसै गरी लेखिरहनुस् ।

दिनेश राज said...
on 

मलाइ दुर्जेय चेतनाजीको बिचार र भावनाहरु एकदम मन पर्छ ।
फरक प्रस्तुति छ तपाइको, यसरि नै तपाइको चेतनाको गहिराइ अझ बढ्दै जाओस ..
विजया दशमीको हार्दिक मंगलमय शुभकामना !!!

कृष्णपक्ष said...
on 

अभिव्यक्तिगत रुपमा केही हदसम्म समस्या देखिए पनि त्यो नियमित लेखाइसँगै माझिदै जाने सबैको जस्तै तपाईंको पनि अवस्था हुनेछ । अरु राम्रै छ । तार्किक लेख तपाईंको चिनारी हो, यसलाई कायम राख्नुस् । शुभ विजया तपाईंलाई पनि ।

Jotare Dhaiba said...
on 

मेरा सबै साथीहरुलाई धेरै धेरै धन्यवाद। यहाहरुले सुझाएको झै अबश्य गर्ने छु। ब्लगको रुपरेखामा गरिनु पर्ने थपघट, प्राबिधिक कुरामा त्यती जानकारी नभएर हो। नबिनजीको सुझाबझै मैले बिस्तारै परिवर्तन गर्ने छु।
साथीहरुलाई फेरी पनि धेरे धेरै धन्यवाद है।

दूर्जेय चेतना said...
on 

अक्कल झुक्कल तपाइको ब्लगमा आइनै रहन्छु। राम्रो छ। अझै राम्रो गर्नुहोला।
ब्लगमा डिजाइनले लोड गर्नु भन्दा म्याटेरियलले लोड गर्दा बेश होला।

Nepalean said...
on 

म सधैं आउने गर्छु, तपाईंको ब्लग घरमा कहीले दशैको तीका लगाउन त कहीले देउसी खेल्न । राम्रो छ घर, पिढिं पनि सफा, आंगन त्यस्तै चटक्क । त्यो भन्दा पनि रमाइलो तपाईंको घरमा हुने गफ र कुराकानीहरु ।
सत्य लेख्नुहुन्छ, राम्रो लेख्नुहुन्छ । तपाईंको यहिपनाले निरन्तरता पाओस । शुभकामना छ ।

Unknown said...
on 

Post a Comment