यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Thursday, December 10, 2009

तिमीले कसम खाने, जनताले दु:ख पाउने?

ठूली माइली र सानी कान्छीको बीचमा झगडा चलिरहेको थियो कचौरा हराएको बिषयमा। हिजो पधेरामा डोको भरी जुठा भाडा बोकेर माज्नको लागि गएका थिए दुबै जना। ठूली माइलीको काँसको कचौरा हराएको रहेछ। सानी कान्छीले चोरेर लुकाईस भन्ने आरोपको प्रतिउत्तरमा भनाभन भईरहेको थियो।

“लौ तेरो छोरा छोरीको टाउकोमा हात राखेर भन त तैले कचौरा लगेको छैन भेनेर” माइलीले कसम खुवाउन लागि। “मैले यसबेला पनि भन्न नपाऊ, यी यो छोराको कसम खाएर भन्न सक्छु कि मेले तेरो कचौरा लगेको छैन।“ कान्छीले सफाई दिई।

यदी कान्छीले कचौरा चोरेकै भए के हुन्थ्यो? उसले कसम खाईसके कि छ। यदि उसले चोरेको खष्डमा उ आफै र आफ्नो सानो छोरालाई जे पनि हुन सक्ने भयो। एकातिर यदि उसले चोरेको भए यसबेला पनि भन्न नपाउँ भनेकै छ अर्थात मरिहालु भनेकि छ भने अर्को तिर आफूसंग आफ्नो छोरा पनि मरिहालोस भनेर भन्न पनि भ्याईसकेकी छ।

ईश्ब रको नाममा कसम खाए, ईश्बरले मेरो नष्ट गरुन भन्ने अर्थ त लाग्छ नि, हैन र? त्यस्तै यदि कसैले आमाकै कसम खाएमा के होला? पक्कै पनि आमाले नष्ट त गर्ने हैन होला। नष्ट गर्ने नसक्ने आमाको कसम खानुको मतलब के होला तभन्दा, यदि उस्ले झुट्टा बोलेको छ वा ढाटेको छ भने, उसको आमा मरिहालोस बा उनलाई अनिष्ट होस नै

भन्ने हैन र?गल्ति गर्ने आफू दु;खको कामना गर्नु अर्काको। कत्तिको न्याय संगत कुरा हो यो? यो सबै कुराहरुको जड र कसम ख्वाएर सत्य बकाउने चलन हाम्रोमा ब्यापक छ। बिषेशरुपमा अशिक्षाको कारण ईश्बर र अदृष्य शक्तिमाथि विश्वास गर्नेहरु। तर यहाँ डर त पढे लेखेका, जान्नेहरु र नेताहरुको कसमको हो। कसम खानुलाई के रुपमा बुझ्ने र कसरी यो परिपाटीलाई बुझ्ने? ईश्बरको नामको कसम होस वा जनताको नाममा वा आमाको नाममा होस कि छोरा छोरीको नाममा; कसम खाने भनेको चाहिँ यदि उसले झुट बोलेको रहेछ वा झुटको सहारा लिएको रहेछ भने, तद्अनुरुप उ माथि ईश्बरले कारबाही गरुन वा आमा वा छोरा छोरी मरेर उसलाई सजाय होस वा नेताले जनताको नाममा खाएका रहेछन् भने अर्को पल्ट (वा फेरि एक पल्ट) चुनावमा हराइदिउन् भन्ने अर्थ भन्दा अरु केहिलाग्छ जस्तो मलाई लाग्दैन।


नेपाली भाषा बोल्दा साह्रै राम्रो सुनिनेमान्छेहरुको जमघट भएको ठाउँ, जसको भाषा र उच्चारण अरुका लागि रिफ्रेष्स हुने ठाउँ, तर्क त प्रमाणले झुटो बोल्ने मानिसलाई झुट्टा साबित गर्ने ठाउँ, समाचार तथा समसामयिक बिषयको व्याख्या, समालोचना बा टिप्पणीको लागि निकै मानिदै आएको ठाउँमा पनि यसको प्रयोग यसरी राम्रै संग भईरहेको छ। सुन्नुस है त रबिन्द्र मिश्रको: आमाको कसम।



मूल कुरा: समस्याको समाधान कसम लिने र खाने हो त? हैन!! मात्र एक झुटको लागि अर्को झुटको सहारा लिनु वाहेक केही हैन कसम खानु र लिनु। मन सफा हुनु पर्यो, ईमान्दार हुनु पर्‍यो। कसम खाएरै हुने भए देशमा धेरै ठूला गन्यमान्यहरुले हरेक पटक कसम खाएकै हुन र कसम खुबाएकै हुन्। कहिले ईश्बरको नाममा त कहिले जनताको नाममा। ईश्बर, जनता, आमा, छोरा छोरी बा कुनै पनि कुराको कसम यदि साछीको लागि मात्र हो भने बोल्दै नबोल्ने वा सजाय दिनै नसक्नेको कसम के का लागि। यदि कसम प्रतिबद्धता हो भने किन आमाको कसम , किन ईश्बरको कसम वा किन जनताको कसम? आफै ईमान्दार रुपमा प्रतिबद्ध भए कस्ले रोकेको छ? जनताले सजाय दिईसकेकाहरुले जनताको कसम खानुको मतलब के होला? ईश्बरले सजाय दिईसकेकाहरुले ईश्बरको नाममा कसम खानुको अर्थ के हुन्छ? सिधै कुरा छ, जनताले नष्ट गरुन हैन बरु, मैले काम गर्न सकिन, मैले ईमान्दारीका साथ काम गरिन भने जनतानै नष्ट हुन्। यही कामना हैन? राम्रो होस सबैको कसमले। कहिलै काम गरेको छैन फेरि पनि काम नगरोस कसमले र मैले लेखे जस्तो जनताको नष्ट हुने काम नहोस। कसैले गरेको कुर्कमको फल जनताले भोग्न नपरोस ..हा हा.. सबैलाई चेतना भया।।।।।

Comments :

8 comments to “तिमीले कसम खाने, जनताले दु:ख पाउने?”

अामाको कसम खाएर भन्छु यो लेख दमदार छ,

तर सर यो कसम भन्ने चिज खाँदा खाँदा खाना जस्तो भइ सक्यो, अब त यसको असप पनि पर्ला कि नपर्ला,

Anonymous said...
on 

तपाईको यो पोस्ट पढेर एउटा पुरानो हिन्दी फ्लिमको सम्बाद याद आयो:
"कसम तोडन लाई नै कसम खाईन्छ"

सुरुमा पधेंराको कुरा गर्दै गज्जबले यो पोस्टमा नेपालको राजनिती र नेताको चरित्र चित्रण गर्नु भएको रहेछ ।

अरु कुरा जे होस, मलाई भने नेपाली नेताको कुरा गर्ने हो भने माथीकै वाक्य सही लाग्छ। यिनिहरु तोडनको लागि नै कसम खान्छन।

Dilip Acharya said...
on 

दूर्जेय जी, ‘कसम’ र ‘कबूल’को सार्थकता के थाहा हाम्रा नेताहरुलाई । बरु यसलाई संशोधन गरेर ‘कसम’लाई ‘कसले सम्झने’ बनाउने कि !

तपाईले भनेझैँ हाम्रा नेताहरुले कसम खाए की जनतालाई झुक्काउने वहाना खोजे भनिदिँदा हु‌न्छ ।

Anonymous said...
on 

यसमा मेरो पूर्ण सहमति छ ।

friendlyniraj said...
on 

रोइ रोइ नछुट्टिने कसम खानेले कसम खानेले
हासी हासी कसम तोडेको पनि देखियो

तर कसम वा सपथ खानु को सार्वजनिक जीवनमा महत्व छ... जसले देश वा जनता वा इश्वर को नाम मा कसम खाएर भ्रस्टाचार गरेको हुन्छ... उसलाई देश जनता र इश्वर ले पनि बहिस्कार गर्नुपर्छ भनेको हो

HAWA said...
on 

कसमको बारेमा तपाईंको यो गंभीर बहस पढ़े पछि, मैले पनि अलिकति थपिदिन्छु है दुर्जेयजी, सारांस बनाएर-
'सक्छौ कसम नखाऊ
सक्दैनौ कसम खाऊ
तर ईमानमा बस
जालझेलमा नपस
(भ्रष्टाचारमा नफँस)'
(पुरानो टुक्काको आधुनिक संस्करण हो यो)
मिल्यो त ? नमिलेमा क्षमाप्रार्थी छू|

Chaitanya said...
on 

सामाजिक जनजीवनमा कसम खाने वा खुवाउने चलन धेरै प्रयोग भएको पाइए पनि त्यसको वास्तविक अर्थका सम्बन्धमा चाहि कसैले पनि गम्भीर भएर सोचेको पाइएन । खासगरि जो भ्रष्टाचारी र पापी छ, उसलाई इश्वर वा अरु कसैको डर भएको भए त्यस्तो कर्म पक्कै गर्दैनथ्यो, अब त्यस्ता कुरामा कुनै विश्वास नै नभएको नास्तिकलाई जो सुकैको कसम खुवाएपनि केहि अर्थ छ जस्तो लाग्दैन।

कृष्णपक्ष said...
on 

रबिन्द्रजीले कसम ख्वाएको सुन्दा रमाईलो लाग्यो | शायद यस्ता कसमले भित्रि मनमा धर्म प्रति अलिकति आस्था हुनेलाई त असर पार्ला |

पापी मुलालाई कसम खानु र जाँड खानु उस्तै हो |

Anonymous said...
on 

Post a Comment