यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Saturday, December 12, 2009

घर भित्र दुम लुकाउने नेताहरु र कोपनहेगन

सिरक भित्र मुठ्ठी कस्नेहरु कहिलै पनि बाहिर मुठ्ठी कस्न सक्दैन्। जीवन अनकौ मोडमा सहज रुपमा उपस्थित हुन जान्ने जीवन बाँचेको मान्नु पर्छ। पर्दा पछाडिको सुख जीवनले कसैलाई प्रेरणा दिन सक्दैन। आफैमा रमाउने स्वार्थी तरिका भन्दा अरु केही हुदैन त्यो। त्यसैले जीवन आफू बाच्नको लागि भन्दा पनि अरुलाइ बचाउनका लागि प्रयोग भयो भने मात्र जीवन बाचेको अर्थ हुने छ। कुनै मिथ्या दर्शनको भरमा सहज र उपमा वाच्नेहरुको लागि जीवन जान्ने र बाच्ने भन्दा केही हैन। न त कसैले यो जीवनको मया गर्छ र न त सार्थक जीवननै हुने छ। कसैका लागि बाँच र अनि मात्र आफू बाचेका हुन्छौ।


संसारको अनेकौ युग पुरुषहरु कहिलै आफू बाचेनन्। बाच्नको लागि कहिलै संघर्ष पनि गरेनन् तर पनि हामीमा त्यो बोध कहिलै भएन। डार्बिनको सिद्धान्त नै सही बाच्नको लागि कुनै कृष्ण वा कुनै क्राईष्टनै चाहिने हैन न त कुनै अल्लाह। बाच्नु तिम्रो जन्मसिद्ध अधिकार हो र तिमी कसैलाई नमाने पनि, कुनै माथि आस्था नराखे पनि र कसैलाई आफ्नो जन्मको श्रेय नदिए पनि बाँचेका हुन्छौ र बाच्ने नै छौ। तिमी सास फेरि रहन्छौ, मिथ्या ईन्द्रियहरुको प्रयोग गरेकै हुन्छौ र बाचेको नाटक गर्दै छौ। यहाँ माटो र ढुंगाहरु पनि बाचेकै छन्। कसै न कसै, कसै गरि उनिहरुको जन्म भएकै हो र अन्त्य पनि अनकौ रुपमा हुने नै छ । जन्मनुलाई बाच्नुको अर्थमा बुझ्नेहरु यँहा तिमी सजीव मात्र हैन, निर्जीवहरु पनि छन्। फगत सजीव भएर निर्जीव झै बाच्ने तिमी मात्र हुन सक्छ, भन्न सकिन्न तर पनि निर्जीव जीवन त पक्कै बाचैकै हौ।


के को लागि र कसका लागि बाच्ने तयारी हुदैछ जीवन। किन मरेको नाटक गर्छौ तिमी अन्त्यमा। जीवन बाच्ने नाटक र बाँचेको नाटक अनि मरे पछि मरेको नाटक गर्ने तिमिलाई कुन उपमाले सम्बोधन गर्नु पर्छ थाह छैन तर पनि त्यो अद्‍भुत नाटक भने हो। किनकि तिम्रो जन्मनै मृत्य तुल्य छ। तिमी मृत्यु तुल्य जीवनको दर्शन बोकेर हिडेका छौ । न त तिमी कहिलै जन्मियौ न त तिमी कहिलै मर्ने नै छौ। तिम्रो बिकास र तिम्रो हरेक चाल यही निर्जिवताबाट साँधिएर, संगालिएर र पोषित भएर चलाएमान भएको हो भन्ने कुरा किन बिर्सिन्छौ? के लिएर आएका छौ तिमी र के लिएर जान्छौ। न ल्याउन सक्छौ न त लिएर जान सक्छौ तै पनि किन मेरो भन्छौ र मेरो लागि र म लागि अरुलाई मार्छौ? यदि तिमीले बाच्नु नै बाच्न हो भने तिमीले किन अरुलाई बाच्न दिदैनो। हजारौ भुर्णहरुको जीवनलाई किन स्वीकार गर्दैनौ? किन उनीहरुको अस्तित्वलाई स्वीकार गर्दौनौ? हैन भने तिमीले स्वीकार गर्नु पर्छ मैले भबिष्यमा जन्मने जीवनको हत्या गर्दै छु। मेरो र म जस्ताको मात्र हैन अन्य र अनेकौ सम्भावनाहरुको घाँटी काटेका छौ तिमीले। हैन भने बन्द गर यो सबै। केही नगरे पनि राम्रो संग बाचँ र भबिश्षको लागि पनि केही तर स्बस्थ समाज छोडेर जाउ।


आफैमा भुल्ने तिमी किन अरुलाई भुलाउन खोज्दै छौ। भबिश्यको कुनै प्रतिनिधि छैन सायद त्यसैले तिमिहरुले उसको अस्त्बलाई स्वीकार गरेका छैनौ। भविश्य तिम्रो हो भन्ने कुरा तिम्रो सन्तान र पुस्ताहरुलाई सम्झ नभए कल्पना गर। तिमीले यो समस्या बोकेका छौ भने तिम्रो भबिष्यले के पाउला। भबिष्यमा तिमी वाच्न चाहन्नौ सायद। किन कि भौतिक उपस्थिती भन्दा बाहेकको तिमिले जीवनलाई स्वीकार गरेका छैनौ। त्यो तिम्रो भूल हो। तिमिले आफ्ना सन्तान र भविष्यमा आफ्नो जीवन खोज्नु पर्छ र त्यसलाई स्वीकार गर्नु पर्छ। त्यसैले म सोध्छु तिमिलाई कोपनहेगन के हो ?


तिमीले भित्र केही हेर्नु पर्दैन। सभा र नाटक गरेर मात्र देश समाज बन्ने राम्रो हुनै हैन। आफ्नो देशमा टेबल ठोकेर मात्र र जनताको अगाडि केही गरेको नाटक गरेर मात्र हुदैन। तिमी भित्र र तिम्रो भुमीमा बाह्रय बलत्कार भएकै हो र भई रहेको छ। देशको हरेक सीमा र क्षेत्रमा मानव सभ्यताको कालदोष भईरहेको छ। घर भित्र दुम लुकाउनेहरुको फुर्ती घर वाहिर बढीनै हुन्छ। घर भित्र श्रीमातीको लात्ती सहनेहरु घर बाहिर अलि बढी टेवल ठोकेर कुरा गर्छन। तर यहाँ कुरा फरक छ। फरक छ त, आत्म सम्मान र उनै लात्ती हान्ने श्रीमतीको अगाडि घर वाहिर देखाउनु पर्ने पुरुषार्थ। सबाल श्रीमतीको हैन; हो त परिवेष र नियतको। तिम्रो व्यवहारले त्यही भन्छ, तिम्रो घर, समाजको हालतले यही भन्छ र लात्ती हान्नेहरु र सगै नहान्न भन्नेहरु लात्तीको बिरोधमा बकालत गर्छन। यो त मात्र परिवेश हो र नाटक। त्यसैले आफ्नो घर बनाउ पहिला अनि तिम्रो समाज बन्छ र तिमीसंग अरुले गर्ने ब्यवाहार राम्रो हुन्छ। तिमीले बाहिर गुहार मागेर हुदैन। बाटोको प्रदुषण र धुलो र यहाँ भईरहेको अब्यबस्था माथी नजर गर, मिलाउ र मात्र जाऊ बाहिर। घर मिलाउ बाहिर आफै मिल्छ। हैन भने जीवन र मृत्युको खेल तिमी पनि खेलिरहेका छौ। तिम्रो पेशालाई तिमी नोकरी नठान त्यो संग सबै जीबनको अस्तित्व गासिएको छ। अन्यथा के त ? मित्था बोध वा मात्र बोध??? …….सबैलाई चेतना भया।

Comments :

12 comments to “घर भित्र दुम लुकाउने नेताहरु र कोपनहेगन”

राम्रो लेख। हामीमा योजनाको कमी चाहीँ छ है। यहा नेताहरुले जनतालाई थर्काएर , भड्काएर काम गरे जस्तो बाहिर कहाँ हुन्छ र। तयारी पनि त गर्नु पर्यो आफैमा। हाम्रो गल्तिले हाम्रा सन्तानहरुको भबिष्य माथि हुने खतराको दिशाबोध गराउनु भएको रहेछ। म तपाईको बल्ग सधै पढ्छु, साह्रै राम्रो लाग्छ। लेख्दै राख्नु होला।

Anonymous said...
on 

सधैं झै फेरि एउटा बिचारोतेजक उत्कृष्ट लेख !

के गर्नु हामीलाई मात्रै चेतना भयो, हुनुपर्नेलाई भएन ।

Dilip Acharya said...
on 

कोपनहेगनको प्रसंगलाई धेरै मिहिन कुराहरुसँग जोडेर विचार मन्थन गर्नुभएको रहेछ, राम्रो लाग्यो। तर यो 'दुम' शब्दको ठ्याक्कै अर्थ बुझ्न भने गाह्रो भयो, बुझाइदिनुहुनेछ भन्ने आशामा छु।

Dhruba Panthi said...
on 

धुर्बजी लेख मन पराईदिनु भएकोमा धेरै धन्यवाद र यो बल्गमा स्वागत पनि। दुम भन्ने शब्द वास्तवमा हिन्दी शब्द हो र यसको शाब्दिक अर्थ "पुच्छर" भन्ने हुन्छ। नेपाली बोलिचालीमा कहिले काहिँ यसको प्रयोग हुने भएको ले मैले यहाँ पनि प्रयोग गरेको हुँ। तर यहाँ प्रयोग भएको मानेमा यसको ठ्याक्कै शाब्दिक अर्थ तिर नगई(मान्छेको दुम नहुने हुदा) दुम लुकाउने भन्नुको मतलव, "डराउने" वा "केही पनि गर्न नसक्ने" भन्ने अर्थमा प्रयोग गरिएको हो। जिज्ञाशाको लागि धेरै धेरै धन्यवाद।

दूर्जेय चेतना said...
on 

एकदमै चित्त बुझ्दो लेख ! मनपर्यो ।

Sujan Sharma said...
on 

दुर्जेय अनी चेतना नाम जस्तै काम पनि बडो मज्जदार प्रस्तुती, झटारो मजाले लाग्ने छ। यसरी रोचक लेखको लागी धेरै धेरै धन्यवाद।

B.J. Bantawa said...
on 

धन्यवाद दूर्जेयजी। म त हाम्रा गाउँघरतिर बोलिने कुनै झर्रो शब्द पो हो कि भनेर घोत्लिँदै थिएँ :)

Dhruba Panthi said...
on 

malai ta sarai man paryo yo article!kati damdar kura tara kati sajilo gari bahnu bhako cha! ekdum ramro! maiel ta dorai dorai padhe hai! sarai man paryo.i am eager to read ajhai pani yestai yestai article.

archana paudel said...
on 

म अलि काँचैँ छु क्यार!!३ पटक पढेपछि चाहिँ बल्ल अलि अलि बुझेँ कुरोको चुरो । एकदमै मनन योग्य कुरो रहेछ यहाँ । पृथ्वी सबैको साझा थलो हो । यो त नासो हो हाम्रो लागि । भोलिका सन्ततिको लागि जोगाईराख्ने जिम्मा हाम्रै हातमा छ ।
बुझिल्याउँदा त एकदमै विचारोत्तेजक लेख लाग्यो मलाई!!

Ashesh said...
on 

म अन्ततिर आइपुगे ! तपाईले सोधेको ‘कोपेनहेगन के हो’ भन्ने प्रश्न घतपूर्ण लाग्यो मलाई । कसरी बुझछन् यिनीहरु कोपनहेगनलाई या भनौ विदेश भ्रमणलाई । सबै आफ्ना फाइदा मात्र खोज्छन् देशको भलो गर्ने योद्धा कहिले जन्मेला र यो देशमा !! :) प्रस्तुती निकै राम्रो लाग्यो ।

राजेश बुढाथोकी 'नताम्स' said...
on 

"जीवन बाच्ने नाटक र बाँचेको नाटक अनि मरे पछि मरेको नाटक गर्ने तिमिलाई कुन उपमाले सम्बोधन गर्नु पर्छ थाह छैन तर पनि त्यो अद्‍भुत नाटक भने हो। "
घर भित्र दुम लुकाउने नेताहरु न परे विश्व संजालमा पासे भने पनि त्यो संजाल नै ख़तम बनाई दिनछन जस्तो लाग्छ ( हुन त नेपाली भएर नेपाली को यत्रो ध्वजा उडाऊनु नहुने हो ) तर के गर्ने यथार्थता यस्तै रहेको छ |
राम्रो लेखोट ! दुर्जेय जी !

Bed Nath said...
on 

मुख्य कुरा नै त्यै हो नि दूर्जेय ब्रो,धर्म भनेको मन्त्र जप्नु मै सिमित भो.. त्यो मन्त्र को सार के हो भन्ने तर्फ जान्ने बुझ्ने भन्ने हरुले नै पनि बुझ्न चाहेनन्.. अझ अब त मन्त्र पनि अरुले पढिदिए हुनेभो.. आफुले त केहि नगरे नि भो.. आफु घर भित्र दुम लुकाएर बस्ने अनि अरुलाई सान्ति को मर्न पठाउने फिलोसोफी हावी भो

हावा De Wind said...
on 

Post a Comment