यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Wednesday, December 23, 2009

यसरी आरम्भ हुदो रहेछ जीवन !!२!!

 

यसरी आरम्भ हुदो रहेछ समय !!१!!  ……नितान्तै मोहित हुदै थिए समयको सुरुवात भईरहेको देखेर। सुनसान समय थियो, तर पनि समयले एउटा तरङ्ग निम्ताउदै थियो सदा झै सायद। मैले आफ्ना आखाँहरुलाई रोक्न सकिन र हेरिरहे। मलाई यो आनन्दको अनुभूती पहिले कहिलै भएन। हुन सक्छ मैले यस अगाडि समयलाई चिनेको थिईन। समयको यो रसलाई मैले कहिल्यै पनि ग्रहण गर्न सकेको थिईन। सायद यसै भएर होला, मैले आज यो समयको आफ्नो पन र यसले दिनसक्ने सुखको बयानै गर्न सक्दिन। पर क्षितिजमा सुनौला रेखाहरु देखिन थालेका थिए, म हातमा चियाको कप बोकेर घरबाट बाहिर निस्किए। घर सगै जोडिएको सानो ढिस्को र शीतका नजानिदा थोपाहरुको मलिनो चिसोपनको महसुस भईरहेको थियो। समयले आफ्नो नियमिता दर्शाउदै थियो जसलाई मैले रोकेर पनि रोक्न सक्दिन थिए। चलयमान समयसगै चल्नु पर्ने म र मेरा सबै। मलाई आखाँ बन्दनै गर्न मन लागेन, हेरिरहे मात्र हेरिरहे।

 

यो समयको साक्षी हामी दुई जना थियौ। यो समयको सुरुवातको दर्शन मैले पहिलेनै गरे मेरै परिभाषामा तर हुन सक्छ म भन्दा पनि पहिले उसले सुरुवात गरेको होस। मैले ख्याल गरिन तर पनि यो पछिल्लो समयको दर्शनको शुरूवात म पछि पक्कै उसैले गरेको हुनु पर्छ। मैले भन्नै पर्छ; जब म चियाको कपलाई ढुङ्‍गाको आडमा भुईमा राखेर यीनै आदमारा बस्ती, पहाड र यसको क्षितिजमा चड्दै गएको तर कुनै कलाकारले रंग पोत्न सुरु गरेको क्यानभासको भान पर्ने सुनौला रेखाहरुमा नजर पुराईरहेको थिए। यसै बीच ऊ मेरो अगाडि आएको थियो। मैले जसरी जुन तवरले नजरलाई नघुमाईकन हेरिरहेको थिए, मेरो त्यो समयको सहयात्री पनि त्यसरीनै आखाँनै बन्द नगरिकन हेरिरहेको थियो सायद। म अलिक पर थिए तर उसको स्थिरताले मलाई त्यही भान परिरहेको थियो।

 

हामीले यो समयको सुन्दरताको अनुभव गर्यौ एक अर्काको साक्षी भएर। त्यो ठाँउको लागि म त केही दिनको पाहुना थिए। म भोलि जान सक्छु तर ‍ऊ त्यहीको रैथाने हुनु पर्छ तथापि त्यो दिन म भन्दा केही समय पछि आयो र केही समय चाडैनै गयो। हुन सक्छ धेरै दिनबाट सबै भन्दा बढी म आफै भोकाएको थिए। म नै पहिले आएँ र अबेर सम्म म नै बसेँ त्यँहा। यो कुनै नौलो कुरा हैन कारण म त आफ्नै बीच र आफ्न्तहरुकै बीच पराई भईरहेको थिए; जसलाई मैले आफ्नो भाग्य भनेर पनि भ्रम पालेको छु। मेरो हो तर पनि मैले कसैको रीस गरे जस्तो र फेरि कहिल्यै देख्न नपाईने पो हो कि भने जस्तो गरेर हेरिरहेको थिए।

 

मलाई उसले देख्यो वा देखेन, ख्याल गर्यो वा गरेन; त्यो भन्दा हामी त्यस दिनका लागि एक दैनिकी सुरुवात गर्दै थियौ; एक साथ एक अर्काको साक्ष्य भएर। ऊ हतार भए जस्तो अलिक चाडै फर्कियो। मलाई लाग्यो नन्दन समयको त्यो सुरुवातको नमनको लागि नै आएको होला ऊ यहाँ। सहज दैनिकीको रुपमा लियो सायद उसले तर मेरो लागि यो उत्सव थियो र सुन्दर मौका। त्यसैले म भुईमा बसेर यो सबै दृष्यको अनुभव गरिरहेँ।

 

1(म भन्दा पछि नै आईपुग्यो ऊ )2 3 4 5 6( म भन्दा अगाडिनै गयो ऊ)7 8 910

समयको यो चालसगै मैले पनि चल्नु थियो, दैनिकीनै भन्छौ सायद हामी तर जब म फर्किनको लागि भुईबाट चियाको कप उचाल्दै थिए तब मेरो मनमा आईरहेको थियो, समयको ब्यापार गर्ने म र मेरो परिवेश, नास्तिक नभए पनि नास्तिकतामा बाचेको बुदुनो, भौतिकता र भौतिक सुबिधामा जीवन खोज्ने म;  मलाई के थाह.... हरेक दिन यसरी आरम्भ हुदो रहेछ नन्दन समय र जीवन तर म त फगत.......... सबैलाई चेतना भया।।

Comments :

11 comments to “यसरी आरम्भ हुदो रहेछ जीवन !!२!!”

फेरि पनि कति मीठो भाव...नढाँटी भन्छु तपाईको लेखानीले सिधै मुटुमै स्पर्श गर्छ(हुन त मुटुको साटो मन भनेनि हुन्थ्यो, अलि फरक छ रे यि दुई शव्दमा तर मैले एउटै अर्थमा लिएको मात्र) मेरो । भावको अनुभुति पहिलो भागलेनै गराईसकेको थियो पहिल्यै । आज फेरि वल्झियो..मन दुख्यो फेरि तर मीठो दुखाई...आन्नदको दुखाई!!

Ashesh said...
on 

तस्बिर र शब्द दुबै बेजोड छन । तपाईको शब्दहरु पढ्दै फोटोमा टोलाउँदै गर्दा मेरो मनमा पनि कैयौं भावहरु जन्मे !

सोच्दैछु म पनि एक दिन अल्छि नगरीकन झिसमिसेमै उठेर दिनको आरम्भ हेरौं ।

Dilip Acharya said...
on 

दूर्जेय जी, तपाई को चिन्तन र चित्र आत्मसात गर्न कुनै खास किसिम को मनस्थिति मा हुनुपर्ने हुन्छ.. अब यहाँ एक छिन सरर हेरेर कमेन्ट त लेखुला तर त्यो कमेन्ट ले तपाई को भाव लाइ न्याय गर्ने छैन भन्ने मलाई थाहा छ...

सायद एति मात्र भनम होला अस्तित्व सबै एक हो

हावा De Wind said...
on 

धेरै भएको थियो दूर्जेय जी का बेजोड र भावस्पर्सी शब्दहरुमा रंगीन नपाएको। (त्यही समयको कारण) समयको भावसागरमा मनको चिन्तनलाई कति मिठो र रसमय तरिकाले उभ्याउनु भएको छ पढीरहू जस्तो लाग्ने गरी । धन्य! तपाइको तिखो कलमलाई

सूर्य/सिकारु said...
on 

A good post!
I am unable to express my feelings…
Wonderful pictures! just loved them…

Sujan Sharma said...
on 

कस्तो मनै हर्ने टासो, अनि सुन्दर तस्विरहरु, पहिलो भाग पनि पढेको थिए, यसले पूर्णता दियो, दुर्जेयजी तपाइको लेखनमा मनमोहक जादुगरी मिसिएको छ, मलाइ यस्तै महशुस भैरहेछ

कृष्णपक्ष said...
on 

तस्विरहरुले मोहित बनाए । लेखाई सायद अझै अगाडी निक्कै पढ्नुपर्छ तपाईंलाई बुझ्न । सारंसमा समयको बुझाई एकै भएपनि प्रक्रियामा यो पक्कै फरक हुन्छ । यो रोचकताका साथ अझै अगाडी पढ्न र थप बुझ्न पाईयोस् ।

दीपक जडित said...
on 

मन छुने तस्वीर र शब्दहरू , वाह ।

वसन्त बलामी said...
on 

फोटा पनि राम्रा रैचन् ।

Shiva Prakash said...
on 

सबै जनालाई धेरै धेरै धन्यवाद मन पराईदिनु भएको मा। म जहाँ बस्छु नेपालको हरेक ठाँउ मेरो घर र मेरो देश। यसै प्रसंगमा मैले मेरो घर भनेर जोडे। नेपालको हरेक ठाँउ जहाँ म जाउ र रमाउ त्यो मेरो देश नेपाल भन्दा अन्त कतै हैन र सम्पु्र्ण मेरो घर। यसै प्रसंगमा मैले मेरो घर भनेर जोडे। यो नगरकोटको सूर्य उदय हुदै गर्दाका दृष्यहरु हुन। नेपालका थप फोटोहरु बिस्तारै राख्ने नै छु है।

दूर्जेय चेतना said...
on 

He was not there when you get there. He came and he went and you were still there. Very thoughtfully, you have posted the pictures as evidence. Respectively: you were there before he came, he came and he went and you were still there ! Wow ! Great work! I bet I can analyse your literary piece applying various theories. Radha

Anonymous said...
on 

Post a Comment