यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Saturday, December 26, 2009

९०% नेपाली बल्गहरु spyware को खतरामा ?

हिजो अबेला सम्म डा. थापा संग निकै बेर कुरा गरियो। ब्यक्तीगत भेटधाटनै थियो। निकै बेर कुरा भईरहे पछि नेपाली बल्गको प्रसङ्ग उठ्यो। कुरा सुरु हुदै थियो, उहाँले एउटा कुरा उठाईहाल्नु भयो कि ९०% नेपाली बल्गहरु खोल्नै डर लाग्छ रे। खोल्यो भने “you have attempted to open a dangerous website” भनेर आउछ र “यो पेज बन्द गर्ननै राम्रो” भनेर सल्लाह दिन्छ। मैले त पहिला ठट्टा नै होला भने तर जव उहाँकै कम्प्युटरमा खोलेर हेरियो तब मेरो बल्ग खोल्ने बित्तिकै “Trend Micro PC- cillin Internet Security” ले यस्तो जानकारी दियो।


त्यस पछि मैले धेरै जसो नेपाली मित्रहरुको बल्गहरु हेरे र प्राय जसो सबैमा यस्तै समस्या देखे। हामीले बल्गमा आउने आगन्तुको लागि राखिने WWW. Feedjit.com का recent visitors र live traffic feed जस्ता widgets को ठेगना देखाउदै यस्तो जानकारी दियो। त्यस पछि मैले मेरो बल्गवाट यो हटाएरै पनि हेरेँ। त्यस पछि यस्तो संकेत देखा परेन। मलाई यस सम्बन्धि मूल प्राबिधिक कुरा छीचोल्न गाह्रो हुने भएकाले मलाई बीचमा फुत्त आउन मन लाग्यो र मैले यो जानकारी राखे। जानकारीकै लागि मैले मेरो र केही साथिहरुको स्क्रीनसट पनि राखेको छु। spyware सम्बन्धी जानकारी राख्न हुने मित्रहरुले यथाचित छलफल गरिदिनु होला।


यस्तो wedgets प्रयोग नगर्नु भएका दौतरी, आकारजी , दिपेन्द्रजी र कृष्णजीहरुकोमा भने यस्तो देखा परेन। खतरा होस वा नहोस तर पेज खोल्ने बित्तिकै यस्तो आउन थाले पछि कसैले पनि किन पेज खोलोस र यो खतरा किन मोलोस?


कृपया!! उदाहरणको रुपमा तलका फोटोहरु हेर्नुहोला र यस सम्बन्धी आफ्नो बिचार राखिदिनु होला ।

pohto3photo1hamro nepal sikaru basanta cafe manga dilipkailash

dautariakar

kirshana dipendra

आफ्नो स्क्रिनसट नराखिदिएको भए हुन्थ्यो भन्ने लागेमा कृपया जानकारी दिनुहोला म यसलाई निकाल्ने छु

Comments :

13 comments to “९०% नेपाली बल्गहरु spyware को खतरामा ?”

म पनि यो IP Tracing को बारेमा अली हिच्किचाएको हो सुरूमा राख्नको लागी । कुनै कुनै ब्लगमा त सर्भर को डोमेन सहित को जानकारी देखिने गर्दछ। त्यसी देख्दा आँफुलाई पनि झसङ्ग लाग्ने गर्दथ्यो । तर पछी आफ्नो जानकारीको लागी उपयोगी नै हुन्छ जस्तो लाग्यो। हुन त कतीपय Spyware ले अत्यधिक नै सतर्कता अपनाउने गर्दछन् । तर पनि यसो विचार गर्दा Google Analytics ले पनि यो जानकारी दिने भएकोले यस्को खासै जरुरत चाँहिदैन जस्तो लाग्यो । हुन पनि हो, यस्तो बिगबिगी भएको बेलामा त्यस्तो सुचना देख्दा कस्ले खतरा मोलोस् ?

धन्यवाद जानकारीको लागी !

Rabindra said...
on 

Seems that the problem is from feedjit.
I always had liked the feedjit badges... now will have to rethink if it is detected so.
Thanks for bringing it up.

NKM said...
on 

केही कोडहरु को कारण ले, र एन्टिभाइरस का कारण ले त्यस्तो देखाउनु स्वभाविक नै मान्छु । शीर्षक मा भनिएको जस्तो खासै डराउनुपर्ने कुरा केही छैन ।

यो खास मा ट्र्याकिङ गर्ने कोडहरु को कारण नै समस्या देखिएको हो । अस्ति मेरो नोर्टन एन्टिभाइरस ले भन्यो, त्यो आइपि मा भएको त्यो ब्लग ले मेरो कम्प्युटर को त्यो फाइललाई बिगार्ने कोशिस गर्यो । म निकै बेर अलमल मै परेको थिँए ।

खासमा स्पाइवेयर अनि भाइरस को सम्भावना एकदम न्युन छ, कारण यी सबै ब्लगहरु ब्लगर मै होस्टेड छन्, अनि यो एलर्ट को कुराचाँहि, फिडजिट अनि यस्तै अन्य तेस्रो पक्ष का कोडहरु को कारण हुनेगर्छन् । हिजोआज फायरफक्स अनि क्रोम मा ठूलो सुविधा छ दुर्जेय जी । यदि कुनै हार्मफुल साइट छ भने, फायरफक्स र क्रोम ले सतर्क गराउँछन्, पेज नखोल्नु भन्छन् ।

को डा थापा सँग कुरा गर्नुभयो त थाहा भएन तर यस्तो कुरा मा तर्सिनुपर्ने कुरा केही छैन तर यत्ति हो कि, ती कोडहरु ले ट्रयाक गरिरहेकाहुनसक्छन् । अनि प्राय: एन्टिभाइरसहरुले ती ट्र्याकिङ कुकिहरु पनि डिलिट गरिरहेका हुन्छन् ।

डराउनुपर्दैन, ९९% ब्लगरहरु सुरक्षित छन्, निर्धक्क पढेहुन्छ नेपाली ब्लगरहरु !

Aakar said...
on 

म चाहि यो कुरामा अनभिज्ञ थिए, यो फीड्जितको वाइजेट राख्ने बिषयमा चाहि सतर्कता अपनाउनु पर्ने नै रहेछ..., जानकारीको लागि धन्यवाद !

कृष्णपक्ष said...
on 

दूर्जेय जी, खै यो विषयमा म पनि अनभिज्ञ परे । तपाई भन्नु भएको सफ्टवेयर खोजेर डाउलोड गर्न खोजे डाउनलोड भयो तर इन्स्टल भएन । मेरो ब्लगको अवस्थामा थाहा छैन । अनि अर्कोकुरा दिलीप दाईको सल्लाह अनुसार ‘एभिजी’ एन्टीभाइरस प्रयोग गरिरहेको छु अहिले तर त्यसमा भने मेरो ब्लग ठिक रहेको देखायो ।

Anonymous said...
on 

जानकारीको को लागि धन्यवाद, तर मलाइ यो कुरासंग आत्तिनु पर्ने कुनै कारण छ जस्तो लाग्दैन ।

मेरो बिचारमा यो ९९.९९% 'False Positive Alarm' हो । बजारमा हजार थरिका एन्टि भाईरस, फायरवाल र पिसि वा ईन्टरनेट सेक्युरिटिका सफ्टवेयरहरु उपलब्ध छन । अनि कहिलेकाहीँ आई पि ट्रयाक गर्ने ग्याजेट वा जाभास्क्रिप्टलाई कुनै कुनै एन्टि भाईरस वा सेक्युरिटी सफ्टवेयरले गलत पहिचान गर्न सक्छन । कुनै कुनै सेक्युरिटी सफ्टवेयरले कुनै साईट वा ब्लगले तपाईको कम्प्युटरको आई पि ट्र्याक गर्न खोज्यो भने त्यसलाई 'शंकास्पद' रुपमा लिन्छ र यस्तो मेसेज दिन सक्छ ।

मैले भर्खर Feedjit.com लाई पनि ईमेल गरेको छु ( ३ दिन लगातार बिदा छ सदुपयोग पनि गरौं भनेर :) तर केहि जबाफ भने आएको छैन। तर Feedjit एउटा लोकप्रिय र लाखौंले प्रयोग गर्ने ग्याजेट हो र मलाई त्यसमा स्पाईवेयर होला जस्तो लाग्दैन ।

तैपनि होशियार हुनु भने ठीकै हो, पून: एक धन्यवाद सहित ।

Dilip Acharya said...
on 

आकार जी र दिलिपजीले भनेको कुरामा म पनि समर्थन गर्दछु। तपाईहरुले भने जस्तै हुन सक्छ। दिलिपजीले गरेको ईमेलको प्रतिक्षामा रहनु नै उत्तम हुन्छ होला। केही खबर त आउला नि जसै।
यो सफ्टवयरले यस्तो भनि रहदा, कुनै खतरा नहुदा पनि सामान्य पाठकलाई यसले दुबिधामा अबस्य पार्ने छ। स्पेवयरले डिटेक्ट गरि रहेको बेला, जो कसैलाई पनि चाडै पेजवाट बाहिर जान नै मन पर्छ आफ्नो सुरक्षाको लागि भए पनि।
राजेशजी मैले पचास भन्दा बढी नेपाली बल्गहरु जहा यसको प्रयोग गरेको छु, सबै हेरिसकेको छु, सबैमा यस्तै म्यासेज आउने रहेछ। तपाईकोमा पनि यो प्रयोग भईरहेकोले तपाईकोमा पनि मैले पाएको छु। सबैजनाको स्क्रिनसट राख्दा धेरै हुने हुदा मैले नराखेको हो।
तर मैले चाहीँ हटाईसकेको छु। कुरा सामन्य होला र खतरा पनि नहोला तर सामन्य पाठकहरुलाई यसले कन्फ्युज गरेको चाहीँ पक्कै छ।

दूर्जेय चेतना said...
on 

भर्खर मलाई Feedjit.com बाट एकजना Mark Maunder भन्नेको नामबाट एउटा ईमेल आएको छ । उनले आफ्नो ग्याजेटमा कुनै स्पाईवेयर नभएको र यसले भिजिटर वा ब्लगर कसैको कम्प्युटरमा पनि समस्या नगर्ने बताएका छन ।

Trend Micro PC- cillin Internet Security ले देखाएको खतराको सूचनाको बारेमा भने उनले Trend Micro संग सम्पर्क गरेर 'investigate' गर्ने बताएका छन ।

Dilip Acharya said...
on 

धेरै धेरै धन्यबाद दिलिपजी। जे होस राम्रो रेस्पोन्स गरेछन्।

दूर्जेय चेतना said...
on 

अति नै उपयोगी मुलक जानकारी सहितको बिषयमा प्रवेस गरी मनका शंका र भ्रमहरुलाई चिर्न यथेस्ट सहयोग गर्ने कुराहरु पस्कनु भयो दूर्जेय जी, ब्लगको संसारमा रमाए पनि यस्ता कुराहरु सम्बन्धी खासै जानकारी नभएको हुँदा ब्लगरमित्रहरुबाट जाने अवसर मिल्यो धन्यबाद दूर्जेय अनि ब्लगर साथीहरु !

डीआर न्यौपाने'सूर्य' said...
on 

I have also noticed this problem in my lab's computer. I think it's due to Trend Micro PC- cillin Internet Security which detects widgets from Feedjit and CBox as suspicious contents. I agree with Dilip ji's view but the problem is how are we going to tell a normal user that the blogs don't pose any virus threat? btw, thanks to Doorjeya ji for writing about this problem.

Anonymous said...
on 

दूर्जेय ब्रो ले मेरो ब्लग लाइ पनि ब्लाक लिस्ट मा राख्दिनुभेछ... जबकी मेरो ब्लग निर्दोस छ...

लौ बिज्ञ साथीहरुको कुरा सुनेर म चाहि अब FEEDJIT लाइ हटाउने भए

HAWA said...
on 

j bhaye pani hami Nepali ko Blog ma dhakka lagna nadeu hai dada haru...

aashish said...
on 

Post a Comment