यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Sunday, January 10, 2010

बिहान उठ्ने बित्तिकै !! ३!!

बेलुका अबेरै सुते त्यस दिन। आफन्त सँगको भेटघाट र निकै अबेर सम्मको भलाकुसारीले निद्रा कचमचियको थियो सायद। दु:ख सुखका कुरा केही हदसम्म र केही हदसम्म मेरो विदेश बसाइको गफ सँग सँगै चलिरहेको थियो त्यस रात सबै परिवारजन एक साथ बसेका बेला। आफ्नो प्रोजेक्टको सानो रिपोर्ट बुझाउनु पर्ने काम बाँकी राखेर हतारमै हिडेकोले त्यस दिन, कलेजबाट प्रोजेक्टको रिपोर्ट बुझाउनु भन्ने ईमेल आएको रहेछ। सुत्ने कोठामै सिरानीको आड लिएरै, काखेलाई काखी च्याप्दै त्यो रिपोर्ट बुझाउदा खेरनै रातीको १:३० बजिसकेको थियो।

 

बिहान भने बाहिरबाट आईरहेको परिवर्तित प्रकाशका किरणहरुले पर्दाको चरबाटै मेरो आँखाको तन्द्रालाई जगाईदियो। त्यति उज्यालो पनि हैन तर निन्द्रा खुलाउन करिब करिब काफी थियो सायद, त्यसै भयो र म पनि उठे। सुत्‍न मन थियो तर अझै, झ्यालको सानो चरबाट नजानिदो चिसो हावाले कोठानै चिसो पनि बनाईरहेको रहेछ। पर्दा बन्द गर्न म उठे। तर पर्दा बन्द हुनै सकेन। मेरो मस्तिष्कमा एक प्रकारको तरङ्गनै पैदा गरिदियो त्यस बेला, जसबेला मैले पर्दाबाट बाहिर हेरे। मैले के देखेँ र मेरो मनमा कस्तो अनुभव गरे त्यसको कुनै लेखाजोखानै छैन। तर मलाई नजानिदो तबरले स्वर्गको दर्शन भईरहेको अनुभव भयो। म नतमस्तक भईरहेँ र यो समयलाई सधैको लागि स्मरणीय बनाउन मन लाग्यो। कति बनाउन सके कति बनाउन सकिन, तर मेरो पहुँच र समयले साथ दिउन्जेल सम्म मैले त्यो आनन्द लिईरहेँ। मन शान्त हुदै थियो, केही समय पछि माईक्रोबसमा माईक लगाएर माईकिनङ गर्दै आईरहेको ठूलो ठुलो आवाजले भने सबै भताभुङ्ग बनाईदियो।

 

”भोलीको नेपाल बन्द सफल पारौँ, समयमा संबिधान बनाउन नदिने......... मुर्दावाद.. जिन्दावाद... यस्तै यस्तै.......उफ मैले त सबै बिर्सिएको रहेछु मेरो देशको हालत। जुन कुराको अगाडि मेरो सबै आनन्द गौण भएरहेका छन्।

 

प्राकृतिक यो सुन्दरताले भरिएको मेरो देश र मेरो ठाउँले मात्र खोजेको केही छ भने त्यो हो, बन्द हटताल र अराजकता माथिको बिजय र स्थिर शान्तिको स्थापना। बिग्रेर नचलेको घडीले त दिनको दुई पटक सही समय दिन्छ भने, कसो हाम्रो देशमा शान्ति र स्थिरता नआउला र? लड्ने र भिड्ने सबै बिषय कसो नसकिएला र एक पटक। मलाई लाग्यो त्यस दिन अझै आनन्द हुने छ मन, तन र त्यसले सृजित सबै विचारहरु पनि। जे होस एकै छिन भए पनि बिर्साईदियो यो सब यी दृष्यहरुले।

 

PB070104 PB070092 PB070093 PB070094 PB070095 PB070096 PB070097 PB070098 PB070099 PB070101 PB070103

मनमा यो गीत भने कता कता याद आईरह्यो “बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस यी हातले सधैं सधैं नेपाल लेख्न पाइयोस”!!!! सबैलाई चेतना भया............

Comments :

13 comments to “बिहान उठ्ने बित्तिकै !! ३!!”

सुन्दर अनि मनमोहक !
तर... देश को स्थिति झन् झन् खराब बन्दै छ ! खै के पो गर्ने हो ?

Aakar said...
on 

प्रकृति अनि तपाईको विचार दुवै उत्कृष्ट !!

Ashesh said...
on 

वास्तबमै आज हामी सानो/ठुलो उल्लासहरुको उत्सव मनाउन चाहेका हरेक पल/क्षणहरुमा देशको अनिश्चितता/अन्यौलताले तर्सिने गर्छौं । सबैको मनोदशा उजागर गरेको छ तपाईंको यो टाँसोमा प्रस्तुत मनोदशाले । साथमा सुन्दर तस्विरहरु र सुन्दर आशाको किरणले सजिएको छ यो टाँसो ।

धन्यवाद !

दीपक जडित said...
on 

टाँसो र टाँसोसंगैका तस्बिरहरु सबै यादगार छन ।

तपाईकै गरबाट देखिने दृश्यहरु हुन यि सबै?
(भनेपछी त तपाईको घर त स्वर्गकै छेउ-छाउमै छ जस्तो लाग्यो....रजानीतिले देशै बेहाल छ त्यो भिनदै कुरा !)

Dilip Acharya said...
on 

कस्तो, मनै हर्ने टाँसो। तस्बिर र शब्द दुबै उत्कृष्ट छन् ।

Sujan Sharma said...
on 

तपाइको गाम (शहर)भाको ठाउ मलाइ पनि खुब मन पर्छ। अघिल्लो महिना तेता तिर घुम्न गा'को बेला धित मरेर हेरेको थिय यि हिमालहरुलाई। तेति बेला त हिउ परिसक्या थेन। टुप्पा टुप्पा मात्रै सेता देखिन्थे। अलि अस्ति हिउ पर्यो रे। झन राम्रा भा'का होलान है। फोटो बाड्नु भाकोमा धन्यबाद् दुर्जेय जी।

नयां लाउरे said...
on 

कता हो दूर्जेय ब्रो, पोखरा तिर गाम परो कि कसो ?

दूर्जेय ब्रो प्रकृतिप्रेमी हुनुहुन्छ त्यसैले प्राक्रित्रिक सुन्दरतालाई समात्नुहुन्छ

तर ब्रो जुन कर्कस माइकिंग पृष्ठभूमि मा छ त्यो पनि त हामीले उपेक्षा गर्न मिल्दैन कि ?

हिजो तेस्तै साना तिना आवाज र चिच्याहट नसुनिदिएकै कारण ले मानिसहरु झोक्किएका छन्

आज माइक मा बोलेको आवाज निश्चय नै कर्कस छ तर त्यो पनि नसुनिदिनेहो भने भोलि झन् के को आवाज सुन्नुपर्नेहोला ?

HAWA said...
on 

"कहीं आफ्नो बासुरीमा आफैं बज्यो गीत
कहीं आफ्नो आँखाबाट आफैं झर्यो शीत"
समसामयिक र सोचपूर्ण छ लेख | सोच्नै पर्नेहरुले कहिले सोच्लान ?

Chaitanya said...
on 

हो त दूर्जेय जी, यस्तो प्रकृतिका खानि सहित रम्न र जम्न पाइने देशमा कस्तो घटिया र फोहरी राजनीतिले देश घेरिन पुग्यो भन्या ! तर पनि शान्तिको कामना गर्न भने छोड्नु भएन हामीले । मनमोहक तस्विर हरु !

सूर्य/सिकारु said...
on 

अहा! सुन्दर तस्वीर र मिठा शव्दहरुको मेल हरेक शृंखलामा उत्तिकै जमेको छ मनै प्रफुल्ल बनाउने

कृष्णपक्ष said...
on 

सबै साथीहरुलाई धेरै धेरै धन्यवाद है। सबैले फोटोहरु र शब्दहरु मन पराईदिनु भयो। यो फोटो पोखरा बाट देखिने माछापुच्छ्रे हिमलाको हो। अन्नपुर्ण सृखलामा पर्ने माछापुच्छ्रै चुचुरोको हो। दिलिप जी यो फोटो मेरै स! घरवाट लिईएको हो।

दूर्जेय चेतना said...
on 

Thank you very much for the breath-taking pictures! You've put up your words well with the situation.

prelude said...
on 

पोखरा गको त कहिले छैन । तपाईको घर नै पोखरामा रहेछ , त्यहाँको जीवनशैली, snaps हरुले हामीलाई यही blog through घुमाउनु हुनेछ भन्नेमा हामी आशावादी छौ ।।

ametya said...
on 

Post a Comment