यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Saturday, January 23, 2010

चौगिर्दा पर्खाल भित्र मन र झञ्झावात आकाश!!

 

लामो समय पछि आज एउटा सानो मन र ठूलो आकाश http://larissam.tumblr.com/page/5एउटै लाग्न थाल्यो। किन किन समय र मनलाई जोड्दै एउटा नयाँ बिचार आईरह्यो। म गलत हुनसक्छु तर पनि कता कता एक म भित्र अनेकौ भावलाई कुटनपिँधन गर्दै बसिरहेँ, चौगिर्दा पर्खाल भित्र मनलाई जति बाधेर राखे पनि यसको सीमालाई रोक्न कस्ले सक्ने? मनको विष, भावानाको विषलाई कस्ले रोक्न सक्ला? न त यस्को कुनै झारमौरो पाईने न त कुनै झारफुकले नै काम हुने। मात्रै भावलाई पोख्नु र सुनाउनुनै सबै भन्दा उत्तम उपाय हुन सक्छ।

 

काम र समयको सिमितताले तोबातोबा बनाईरहेको जीवनहरुका हरेक पीडालाई; अन्तर्मनमै अन्तर्निहित दिग्यन्त्रको खोजी सबैको महत्वको विषय हुन सक्छ। तर सोच र ईच्छाहरुको बढिरहने परिताप पनि त पोख्‍नु पर्‍यो। कतै कसै पेन्डुलम भईरहेन यी बिचारहरुको प्रतिबिम्ब बुडिनु पनि त पर्‍यो। कि कसो?? मनलाई आकाश जस्तै ठूलो भनु वा आकाशलाई मन जस्तो सानो, सानो कुन र ठूलो कुन, निकै घोत्लिए यसपटक ।।। लौ है यसपटक यसमै चित्त बुझाउनु पर्ने भयो....

 

तृप्‍त,दीप्‍त र खुसी मन

भाग्दै, खोज्दै दोडिएको आकाश

बिशालतामा रुमलिदै

आफूभित्र थुप्रै ताराहरु हुदा पनि

अतृप्‍त र अदीप्‍त आकाश!

 

भावुक, पल्वन र किस्मती मन

गुन्ठिदै, जुजुधौ जस्तै जमेको आकाश,

बिशालताको उपमा लिदै

आफू भित्र थुप्रै आशाहरु हुदा पनि

अशान्त र झञ्झावात आकाश!!

 

दु:खी पिडित र झारातिराई मन

रुमलिदै, छिमलिदै साघुरिएको आकाश

बिशालताको दम्भ लिदै

आफू भित्रै अथाह पिण्डहरु हुदा पनि

अघोरी र अपाकभोगी आकाश!!!

 

पापी, अहङ्‍कारी र छिद्रान्वेषी मन

चर्कदै, पोखिदै टुक्रिरहेको आकाश

बिशालताको अहं लिदै

आफूमुनि अथाह वादल हुदा पनि

चुहेत्रो र पोखिरहने आकाश!!!!

 

वाह!!! मन र आकाश अनि आकाश र मन!!!

Comments :

10 comments to “चौगिर्दा पर्खाल भित्र मन र झञ्झावात आकाश!!”

वाह!!! मन र आकाश अनि आकाश र मन!!!

Ratio ठ्याक्कै 1:1 कै लाग्यो मन अनि आकाशको । मन ठुलो कि आकाश सानु वुझ्नलाई त एकछिन घोत्लिनै पर्ने भो अव ।

Ashesh said...
on 

मन र आकाशको तुलना निकै रोचक लाग्यो | विभिन्न स्थिति र अबस्थामा रहेका दुवै थरि कुरालाई राम्ररी नियालेर हेर्दाखेरि पटक पटक घोत्लिनु त पर्यो नै | पढ्नेले पनि एकछिन घोत्लिनै पर्छ है!

Chaitanya said...
on 

man ra akas, huna ta compare garnai milne kura ho.tesaile pani kabita ramro bhako ho ki ;)

on the side note:
दुर्जयजी दोस्रो ब्लगर भेला www.dautari.org मा आउनुहोला। जेनवरी ३०,२०१०(माघ १६,२०६६)नेपाली समय बिहान ९ बजे सनिबार ( US CST Jan 29,9:15pm Fri)

Dautari Admin said...
on 

आकाश र मन उस्तै लाग्छ मलाई पनि दुबै अगम्य । तत्व पनि यि दुईको एकै होलान दुबैमा खास पदार्थ हुन्न । कविता निक्कै दमदार लाग्यो ।

दीपक जडित said...
on 

दामी कविता गयो ल!
मन, आकाश अनि आकाशमय मनको तानाबाना एकदमै मन पर्‍यो ।

Dilip Acharya said...
on 

पापी, अहङ्‍कारी र छिद्रान्वेषी मन

चर्कदै, पोखिदै टुक्रिरहेको आकाश
बिशालताको अहं लिदै
आफूमुनि अथाह वादल हुदा पनि
चुहेत्रो र पोखिरहने आकाश!!!!


वाह ! दूर्जेय जी कविता निकै घतपूर्ण लाग्यो । प्रत्येक पल असन्तुष्टीका विम्बहरुले घेरिहन्छन् जीवनमा । तपाईले ती सबै विम्बहरुलाई एउटै कविताबाट कोट्याइ दिनुभयो है । कवितात्मक पोष्टका लागि हार्दिक धन्यवाद है ।

राजेश बुढाथोकी 'नतांश' said...
on 

यहीं त छ त गजब ! कहिले आकाशको अनन्ततामा मन फिलुङ्गो जस्तो भएर यसै हराईदिने, कहिले मनको एकै अनुभूति भित्रपनि आकाश स्वाट्ट बिलाइदिने !
जीवन यिनै कुराहरूको जादु लिएर बाँचेको छ शायद | सिर्जनाको पर्खाल भित्र दुबैलाई समेट्ने प्रयत्न गर्नुभएछ | राम्रो लाग्यो |

चूडामणि/मणि said...
on 

दूर्जेय जी को कविता र साथीहरुको कमेन्ट पढेपछि सबै मा कुनै न कुनै पिडा लुकेको छ जस्तो लाग्यो

HAWA said...
on 

सुन्दर कविता! आकाश मान्छेको मनलाई अर्थ्याउने सबैभन्दा उपयुक्त प्रतीक हो।

Basanta said...
on 

वाह ! क्या दमदार कविता ...

Milan said...
on 

Post a Comment