यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Saturday, February 27, 2010

हाम्रो डेरा: के हामी सर्न सक्छौ?

म, उनी र उहाँ डेरा सर्दा यो घर निकै राम्रो थियो। चिटिक्क परेको घर, सुन्दर बगैँचा र बगैँचा भरी फूलेका सयौ जातका फूलहरु। घरको रंग पनि सुन्दर र हिड्दा भूई र छुदा भित्तामा पनि दाग लाग्ला जस्तो। यो बसाई सगै समय कुन रफ्तारमा गयो थाहनै भएन। मेरो कोठामा मट्टीतेलको स्टोभ, उनको कोठामा ग्यासको चुलो र उहाँको डेरामा बिजुलीको हिटरल; हाम्रो दैनिक खाना पकाउने माध्यम। मुस्किलले हाम्रो भेट हुन्थ्यो कहिलेकता तर हामीलाई एक अर्काको डेरामा आउने अनुमति थिएन। न त मैले उनीहरुलाई बोलाए न त मलाई उनीहरुले आफ्नो कोठामा। हाम्रो पानीको घारा र चर्पी एउटै थियो त्यसैले कहिलेकाहि भेट हुन्थ्यो बाहिर बाहिरै। हामी एक अर्कालाई मुस्किलले अनुहारमा हेरेर बोल्थ्यौ। एउटै घरमा बस्थ्यौ तर पनि अपरिचित जस्तो। यसो गर्दा गर्दै निकै समय गयो। घर पुरानो हुदै गयो। समयले हामीलाई पनि पुरानो पुस्ता बनायो र हामी पुरानिदै गयौ। हामी कहिलै पनि आफू भन्दा अरुको बारेमा सोच्दैन थियौ र यस्तै हाम्रो बानी भईसकेको थियो।


हाम्रो डेरा सगै पुरै घर यो बिचामा निकै पुरानो भईसेको थियो, भूई वा भित्ताका रंगहरु पनि घमिलो हुदै फोहर भईरसकेका थिए । धारामा न टुटीनै छ न त भनेको बेलामा पानी आउछ। हाम्रो त्यो बिचमा निकै समय सम्म पनि भेट हुन सकेको थिएन कारण धारामा नआउने पानी थियो। बाहिरबाट पानि किन्ने गरेर टैकीमा हाल्न थालेको पनि निकै भईसकेको तर अब त्यो पनि भनेको बेलामा नपाईने भईसकेको थियो ।


यसै बीचमा बिस्तारै घरका भित्ताहरु पनि पानीले रसाउन थाल्यो। भित्ताका रंगहरुको कुनै निसानै थिएन बरु रसायका पानीका काला धब्बाहरु प्रश्ट देखिन्थ्यो। माथी जाने र आउने भर्‍ङ्यागहरुमा लेउ लागेर हिड्नै मुस्किल भईसक्यो। राती अबेला आउदा घडिको बत्ती बालेरै भए पनि हिड्नु पर्ने भईसकेको थियो। कुनै पनि बिजुलीका बल्ब थिएन र भए पनि बिजुली हुन्छ भन्ने कुनै आधारनै हुदैन थियो। घरको भित्ता मात्र हैन घरको छाना पनि चुहिन थालेको थियो। माथिल्लो तलामा त ठाउँ ठाऊमा खालि भाँडाहरु पनि राखेर काम चलाएकै हो।


हामीले कहिलै पनि हाम्रो घरलाई स्याहार गर्ने तर्फ घ्यान दिएको पटक्कै हैन। न त हामीले चर्पी सफा राख्यौ, न त घाराकै स्याहार गर्यौ। न त हामीले बिजुलीको ख्याल गर्यौ न त पानीको। अगाडिको बगैँचा उजाड भएर चौर भएको कयौ वर्ष भईसक्यो अझ भन्ने हो भने ठ्याक्कै यादनै छैन। कस्तो संग ध्यानै नदिइकन यत्रो समय बसिएछ। पछिल्लो पटक भने बेला बेलामा हाम्रो नियमित भेटघाट हुन थाल्यो। घरको यो अबस्था र यसलाई गर्नु पर्ने स्याहारको बारेमा घरबेटीलाई भन्नु पर्ने कारण देखाएर म, उनी र उहाँ एक अर्काको कोठामा आउन जाने भईसेकेको थियो।


बाहिर जस्तो सुकै भए पनि हामी सबैको कोठा ठीकै सजाएका रहेछौ। मेरो अलिक बढी कालो भित्ताहरु , उनको कोठाका भित्ताहरु अलिक कम काला थिए भने उहाँको भित्ताहरु जस्ताको तस्तै लाग्थ्यो। सुत्‍ने बिस्तरा देखि खाना पकाउने कुना पनि राम्रै थिए। कोठा भने निकै राम्रा थिए तर घर भने हेर्न लायकको थिएन बाहिरबाट। यो घरमा बस्छु भन्दा पनि लाज लाग्ने भईसकेको थियो। हामीले निर्णय गर्‍यौ त्यस दिन कि घरबेटीलाई यो कुरा भनौ। उनलाई जानकारी गराउनु नै सही हुनेछ यो बारेमा।


भोली पल्ट जाने तयारी हुदै थियो, बेलुका घरबेटी आफै हामीलाई भेट्न आए। सबैजना बाहिर बस्यौँ। "तपाईहरु यतिका वर्ष बस्नु भयो, तपाईहरुलाई निकै समय देखि एउटा कुरा भन्नु पर्ने थियो तर यतिका समय देखि बसेका मान्छेहरुलाई कसरी डेरा सरेर जान भन्नु भनेर भन्न सकेको थिइन"। उनले थपे "हिजो प्राविधिकहरुको निरीक्षणले यो घर बस्न लायक छैन भनेर जानकारी दिए। घरको जगमा पानिको भेल पसेको निकै भईसकेछ, जगमा पानी पसेर निकै हानी पुराएको छ, कुनै पनि बेला जे पनि हुन सक्छ। तपाईहरुले अर्को कतै डेरा खोज्नुस। म यही भन्न आएको हुँ।"


घरको बिजुली, पानी घारा वा भित्ताहरु हामीले निकै हेर्‍यौ र यो सबै कुराहरुमा हाम्रो घ्यान गई रहेकै हो तर घरको जगमा पनीनै पस्ने गरेको भने हामी कसैले पनि घ्यानै दिईएन वा भनौ यस्तो हुन्छ भन्ने नै लागेको थिएन। के बोल्नु खै!! कसैले पनि केहि बोल्ने आट गरेनौ। डेरा सर्नु भन्दा बाहेक कुनै बिकल्पनै थिएन हाम्रो अगाडि। बत्ती, पानी वा भित्ताका रंगहरुमा आखाँ लगाईरहेका र त्यसैको सुन्दरतामा रमाईरहने हामीलाई के थाह, यो भन्दा पनि ठूलो घरको जग हुदो रहेछ। घन्य घरबेटी आएर बेलैमा भनिदिए र बाच्यौँ जस्तो लाग्यो हामीलाई.…………


म, उनी र उहाँ त पक्कै पनि एउटा राम्रो घर खोजेर डेरा सरौला; तर बिभिन्न राजनैतिक सिमा रेखा कोरेर, एउटा घरलाई हजारौ डेरामा पृथक पृथक नाम दिएर बसेका हे पृथ्बी बासीहरु; तिमी हामीले हाम्रो यो डेरा सर्न सक्छौ ?...... सबैलाई चेतना भया... …..

ktun39l

Comments :

11 comments to “हाम्रो डेरा: के हामी सर्न सक्छौ?”

It is still not too late...

N K M said...
on 

निकै गज्जब सँग ले कुरा बुझाउने प्रयास गर्नुभएछ ! सबै थाहा हुँदा हुँदै पनि, केही गरिएको छैन । कसैको चासो या भनौँ ध्यान यसतर्फ जाँदैन ।

Aakar said...
on 

घर गुमे पछी डेराकै बास हुने त होला नि। त्यस्तै छ सबैको हाल।

हैन त?

Nepalean said...
on 

एकदमै धरातलीय यथार्थमा लेखीएको मनछुने लेख । तर खै यो 'घर' र 'डेरा' को कुरा बुझ्नु पर्नेले बुझेका छैनन् । नेपालियनजीले भन्नु भएको जस्तै होला भन्ने डर छ मलाइ पनि ।

Dilip Acharya said...
on 

साह्रै ... मज्जाले ...लेख्नु भएको रहेछ .... हाम्रो एउटा नराम्रो आदत छ .. मूल (मेन) कुरा मा त कहिले नि ध्यान नै दिदैनौ ... त्यसले गर्दा ...अलिकति ढिला भए ...त्यसबाट कस्तो क्षति बेहर्नु पर्ने हो ..त्यसको निर्कोल हामि गर्न पनि सक्दैनौ !

.... खै सबैलाई चेतना ...कहिले भया... हुने हो कुनी ? दुर्जेय जी !

बेदनाथ पुलामी ( उमेश ) said...
on 

hmm ! a new way of presenting what is inside ur mind!! i liked it!

archana said...
on 

निकै गम्भीर सोचाईले भरिपूर्ण छ लेख | आफ्नो कोठा बाहेक अर्थोक केहि ठीक नराख्दा ठुलै परिणति भोग्नुपर्ने देखिन्छ है!

Chaitanya said...
on 

डेरामा बस्नेले आफ्नो डेरा र घर हुनेले आफ्नो घरको चौघेराबाहिर कुनै जिम्मेवारी बोध नगर्ने हाम्रो 'विशेषता' लाई जोडेर लेख्नुभएको यो लेख निकै घतलाग्दो छ। हामी सबैको साझा घर पृथ्वीलाई नै संकटमा पारेपछि 'डेरा सर्न' त्यति सजिलो कहाँ होला र?

Dhruba Panthi said...
on 

Sarai ramro lagyo lekh!

prelude said...
on 

छानो चुहिएपछि सके रुझेर बस्ने, नसके भाँडो थाप्ने तर टाल्न नखोज्ने मानवीय प्रवृत्तिलाइ उजागर गरेको छ लेखले... यही प्रवृत्ति नै घर भत्कनुको प्रमुख कारण हो ।

कृष्णपक्ष said...
on 

very gud bro

mahesh sagar khanal said...
on 

Post a Comment