यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Friday, June 18, 2010

गरी खान देऊ:.. कर्म सर्वः प्रकृतिजैर्गुणैः

सिलसिलालाई केही हप्ता अगाडिबाट जोड्न खोजेँ मैले जब साथीहरुले हिमाल खबर पत्रिकाको एउटा समाचारसगैको फोटोलाई फेसबुकमा घकेल्नु भयो। कुरा ठीकै थियो, मेरो पनि साह्रै चित्त बुझ्यो र यसै क्रममा फेसबुकमै निकै साथीहरुको बिचार पनि पठ्न पाइयो। कुरा फोटोहरुकै हो फेरि पनि, फोटो सगै जीवन बोल्छ र केही भनी रहनु पर्दैन। हजारौ अवसरहरुको खोजीमा, कहिले आउने हो हाम्रो पालो भनेरे कुर्दा कुर्दै कहिले होला अवसरले हामीलाई खोज्ने? अझ भनौ कहिले होला हामीले अबसरको निर्माण गर्ने ? भन्ने जस्ता प्रश्नहरुको उत्तर निकै कठिन छ र यस्तो यथार्थ नियतिका बीच, हामी कहिलेसम्म अल्झने हो ? फरक फरक देखिने यी फोटोहरुलाई एकमुष्ट रुपमा हेर्दा कहिले होला हाम्रा भन्नेहरुलाई चेतना पलाउने जस्तो लाग्छ। दोष र गुन अनि दोषी र गुनीको बारेमा बहस गाह्रो होला किनकी यसमा मेरो पनि हात छ। जे होस यी तस्बिरहरुको प्रसङ्ग फरक छन् तर मूल मर्मले केही त पक्कै भन्छ.............

 

रोजगारीका लागि पालो कुरेर बस्दै गर्दा: राती १ बजे देशका महान मान्छेहरु न्यानो बिस्तरामा सुतेकै होलान् वा बियरसगै बिश्वकपको मज्जा लिदै होलान् तर रंगशाला बाहिर  मेरो  देश यसरी सुतिरहेको छ.....

mid 

आफू सगै हजारौ सपना भाच्यिएको मेरो देश.(यस फोटोको बारेमा अझै केही लेख्‍ने आटनै गर्दिन म)।।।

nepalese

 

हजारौ सपनाहरु भाचिदै गर्दा पनि अझ केही गर्न सक्छौँ हामी, हामीलाई हाम्रै ठाँउमा “गरी खान देऊ”।

गरी खान देऊ

 

यस अन्तिम तस्बिरले अनेकौ प्रसङ्गसग अनेकौ अर्थ राख्छ र निकै सम्भावनाका साथ जोडेर हेर्न पक्कै सकिन्छ। यहाँ देश सुतेको छ भनौ भने, यहाँ जस्तो होहल्ला सायदै कहीँ कतै होला र यहाँ देश जाग्राम छ भनौ भने यहाँ जस्तो सन्नाटा कहीँ कतै सायदै  होला। म पनि फेरि भन्छु, कर्म त प्रकृतिकै गुण हो.....मलाई पनि मेरै ठाउँमा........ गरी खान देऊ।

 

न हि कश्चित्क्षणमपि जातु तिष्ठत्यकर्मकृत्‌ ।

कार्यते ह्यवशः कर्म सर्वः प्रकृतिजैर्गुणैः ॥ ............सबैलाई चेतना भया।

 

तस्बिर स्रोतहरु:

http://www.nagariknews.com/

http://himalkhabar.com

Comments :

5 comments to “गरी खान देऊ:.. कर्म सर्वः प्रकृतिजैर्गुणैः”

मन छोयो भावले। साँच्ची नै, अब त गरी खान देऊ।

Shirish said...
on 

हो दूर्जेय जी कति चुप बस्ने अब त् भन्नै पर्छ --- गरी खान देऊ भनेर !

कति हामीलाई उपयोग मात्र गर्छौ अनि बदलामा विनाश, बन्द र हड्ताल मात्र -??? ( यो न्याय हुन् सक्दैन !!

Yumesh Pulami said...
on 

माथिका फोटोहरुको बारेमा त केही बोल्न मलाई पनि सुझ्दैन । तर यो गरी खान दिनु पर्ने कुरा सही भएपनि त्यो नारा पनि खाली ठगी खाने भाँडो मात्रै बनेको छ हामीकहाँ अहिलेसम्म ।

Dilip Acharya said...
on 

तस्वीर साह्रै उदेकलाग्दा छन्, चस्स छुने खालका | देश साँच्चिकै चकमन्न छ, उज्यालो छैन र हुँईयां गर्नेहरुको मात्रै राज छ |

Chaitanya said...
on 

मनले केहि बोलु भन्छ तर बोलि फुटेन मेरो दूर्जेय जी, क्षमा ..

डीआर न्यौपाने'सूर्य' said...
on 

Post a Comment