यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Monday, March 30, 2009

मैले बा आमा त्यागेर रोजेको

आज यसो you tube हेर्न मन लाग्यो। बिहानै नेपाली गीतहरु सुन्ने र हेर्ने मूड चल्यो अनी लागे त्यता तिर। हेर्दै जदा एउटा गीत मलाईपनि मन पर्‍यो। हुन त यो नयाँ न होला तर मेरो भने पहिलो पटक नै थियो। हुन त म सँग अरु कुराहरु पनि थुप्रै बाँकी थियो यहाँ टास्नलाई तर अली अली ब्यस्त छु यती खेर। एउटा जर्नल को लागी आर्टिकल लेख्दै छु र यहाँ टास्ने कुराको साफि गर्न भ्याइन। तपाईंलाई कस्तो लाग्छ भन्नु होला है ...........


»»  पुरै पढ्नुहोस

Wednesday, March 25, 2009

हामी ढिला भएका छौं, तर ढिला भएको आभाष छैन

बिश्व नयाँ प्रयोगमा छ। म आँफै पनि नयाँ नयाँ प्रयोगमा छु। अर्थिक, समाजिक क्षेत्रमात्र हैन, प्रयोग; राजनितिमा,बिज्ञानमा,साहित्यमा भइराखेको छ। यस्तो रफ्तार र गतिशिल अबस्थामा नयाँ प्रयोगहरु किन भइराखेको छ संसारमा ? प्रयोग शब्द आँफैमा अनौठो हैन न त यो नयाँ हो । तर यसको उपयोगिता आँफैमा नबिन हुनेगर्छ ।
प्रयोग भन्ने बितिकै हामी सर्सर्ती बिज्ञानको प्रयोगको रुपमा बुज्दैछौ र बुज्छौ तर राजनीतिको प्रयोग सबै भन्दा बढी चर्चामा रहेको बिषय हो। मानब सब्यताको बिकाससगै , प्रीथक प्रीथक समयमा प्रीथक प्रीथक रुपमा प्रयोग हुँदै आएको कुरा हो। त्यसैले राजनैतिक प्रयोगको अवस्था एकदमै प्रगतिशिल छ। हरेक भू-राजनैतिक सिमाना आफ्नै खालको प्रायोग तद्अनुरुप हुँदै गयो । कुनै परेबेशले,कुनै बिशेष प्रयोगलाई अपनायो ,कसैले भने अरुको पछि पछि प्रयोगलाई अनुशरण गर्दै गए। तर यावतरुपमा राजनैतिक प्रयोग सबै ठाउँमा समानरुपमा हुन सकेन। हरेक पृष्‍ठभूमिमा,हरेक भू-राजनैतिक समाजले आफ्नैखालको प्रयोगलाई आत्मसाथ गरे र बिकासको नयाँ प्रायोगमा लम्किए ।
यथार्थके रह्यो भने, राजनितीको परिपक्क प्रयोगनै कुनै पनि सब्य समाजलाई अन्य प्रयोगको ढोका खुलाउने यथार्थ माद्यम हो भन्ने कुरामा कसैको पनि दुई मत छैन। कुनै पनि समाजको आर्थेक, समाजिक , बैज्ञानिक बिकासको मुल ढोका राजनैतिक प्रयोगनै हो ।
कुनै पनि राष्ट्रको बिकासको ईतिहास निहाल्नेहो भने , त्यस राष्ट्रको राजनैतिक प्रयोगको स्थिरताको ईतिहासलाई हेर्न आबस्यक हुन्छ। प्राय सबै राष्ट्रमा क्रान्ति भएको छ। चाँहे राजनैतिक ब्यबस्थाको लागिहोस्,चाँहे राजनैतिक मुक्तीको लागिहोस् क्रान्ति बिकासको लागि आबस्यक छ । क्रान्ति पछि जुन ब्यबस्था त्यी राष्ट्रहरुमा भयो, त्यसको गहन अद्यन गर्नेहो भने ,त्यस्ता प्रयोग स्थिर छ्न जो त्यस ठाऊको लागि सर्बमान्य छ । कुनै पनि देशको जनता द्धारा स्वीकारीएको सर्बमान्य ब्यबस्था जुन देशले कायमा गर्न सक्यो,त्यस देशको आर्थेक,समाजिक,बैज्ञानिक बिकास ऊच्च स्थानमा रहदै आएको छ ।
हाम्रो जस्तो देश, जो अहिले सम्म पनि न्युनतम सर्बमान्य ब्यबस्था कायम गर्न सकेको छैन,त्यस्तो देशको अन्य सामाजिक बिकासको आशा पनि गर्न सकिदैन। जबसम्म हरेक राजनितिक दल,समाजको हरेक तप्कामा न्युनतम सर्बमान्य राजनैतीक एकता र सहमती हुँदैन त्यसबेला सम्म हामी हालको यूद्धको रहिरहने छौ।
देशको सबै पार्टी वा समाजको तप्काको मानिसहरुको सर्बमान्य राजनैतिक ब्यबस्था एकै खालको भएमा, त्यही ब्यबस्थाका सिद्धान्त र नियम अनुसार फरक फरक बिचारले परिमार्जन हुने मौका पायो भने मात्रै देशले अन्य बिषयमा प्रयोग गर्न पाउछ। राजनैतिक प्रयोगको स्थिरताबाट जब अर्थिक र बैज्ञानिक प्रयोग को सुरुवात हुन्छ अनी सामाजिक मूल्य र मान्यताको स्थिरता सँगै बिकासको रुपरेखाहरु देखापर्न थाल्छ्न। यो यथार्थलाई हामीले बुज्नु पर्छ।
मानविय छेमतालाई हेर्ने हो भने, आज बिकाशित देशहरु र बिकासन्मूक देशहरुको बिचमा कुनै फरक छैन। बिकाशित देशहरु बिकाशित छ्न मात्र जड् राजनैतिक बिकासले मात्रै हो। राजनैतिक बिकासपछि समाजले दूई खालको बिकासलाई अगाल्न पुग्छ,एक स्वत: समय अनुसारको बिकास र अर्को योजना वद्ध बिकास। चाँहे बिकास स्वत:समयनुसारको होस,चाँहे योजनावद्ध,यसको प्रयोग बिस्तारै हुन्छ र समाजले आँफै निर्णय गर्छ। ढिलो भए पनि,भौतिक बिकाससँग जोडिएको अर्थ्रिक बिकास पनि स्वत:अगाडि बढ्छ।
त्यसैले आजको हाम्रो आबस्यकता भने पनि,चुनौती भने पनि राजनैतिक प्रयोगको स्थिरता(जसको अन्तिमरुप स्थिर राजनिति) नै हो।
हाम्रो देशको परिबेष प्रयोगमै छ। हामिले अझै पनि सर्बमान्य शिद्धान्तलाई न्युनत आधारमा खोज्न सकेका छैनौ। हामि राजनैतिक प्रयोगको त्यो अवस्थामा छौ जो शताब्दी अगाडिनै हुनु पर्थ्यो। हामी ढिला भएका छौ यो प्रयोगमा त्यही पनि हामीमा ढिला भएको आभाष छैन। हामी विश्वास र आशामात्रै गर्न सक्छौ , चाडै हामी यो आधारभुत प्रयोगबाट मुक्त हुने छौ र नँया यूगको सुरुवात गर्ने छौ र आज हामी सबै को यही साझा ऊद्धेश्य हुनु पर्छ।
हाम्रो संसारमा प्रकाशित(19 March 2009)
»»  पुरै पढ्नुहोस

Friday, March 20, 2009

कालो गूलाबको फूल

दूर्जेय ..............
केही समय प्रेमकै कुरा गरुम जस्तो लाग्यो। रजनिस भन्नुहुन्थ्यो प्रेमलेनै सुन्यताको दिवारलाई भत्काउछ, प्रेमले हेर्ने गर्‍यो भने , नराम्रो पनि राम्रो , दु:ख पनि सुख हुन्छ। तर मनको पिडा , आत्माको पिडा र समयको पिडा अली फरक हुन्छ जस्तो लाग्यो। फेरी यो कुरै अचम्मको छ, प्रेम , माया , मुटु खै के के हो के के । मान्छे शायद मन भएर पनि शुन्ने हुन्छ होला, धन भएर पनि गरिब हुन्छ होला, सुख भएर पनि दु:खी हुन्छ होला यो प्रेम बिना। अद्ध्भुत छ है यो कुरा , कहिलेकाही राम्रोलाई नराम्रो, मायालाई घिर्णा, सुखलाई दु:ख ,रातोलाई कालो के के देखिन्छ, के के भोगिन्छ।।।।।।।।त्यसैले त ..................

कालो गूलाबको फूल ........

पलायन मनको तरलतामा बग्दै

मनकै भेलहरुमा पौडीएको यो मन
जीवन पथको सागुरो मरुभूमीमा यो

खिस्स हान्छे, मेरो बारीको कालो गूलाबको फूल

मालीहरुको स्याहारहरुमा रम्दै
जलहरुले सिन्चित गरेको यो जल

पिडाहरुको गहिरो घाऊहरुमा यो
घिक्क रुन्छे, मेरो बारीको कालो गूलाबको फूल

समयहरुको सूइहरुमा घुम्दै
दमहरुले संचार गरेको दम

समयचक्रको मुस्किल पलहरुमा यो
फकृएर ओइलाई दिन्छे, मेरो बारीको कालो गूलाबको फूल

जन्माइएको क्षणहरुमा नाच्दै

खुशीहरुले रमिरहेको खुशी
समयचक्रको अन्तिम चीताहरुमा यो

चुडिएर झरिदिन्छे, मेरो बारीको कालो गूलाबको फूल

»»  पुरै पढ्नुहोस

Wednesday, March 18, 2009

तिमी न हुँदाको बेला

यो कबिता भयो के भयो थाहा भएन है।।। किन किन यो कलम मायाको कुरा बढी गर्न खोज्छ। फेरी बिस्तारै बिस्तारै के हुने हो ।। जेहोस् राम्रो नै होला। आज फेरी तिर्मो याद आयो ।। त्यस्तै त्यस्तै ..............

दूर्जेय ..............
तिमी नहुँदाको बेला
भावनामा डुबेर तिमीलाई खोज्दै छु ,
मनको तरङहरुमा खोज्दै छु,
बिबस जीबनको रङहरु धमिलिएकोबेला
आस्थाले मात्र जीबन धानेको छु।
तिमीलाई सम्झेको बेला....
आफ्नो समयलाई आफै नियालेको छु
मनको रोदनलाई आफै सुनेको छु
मनको पिडालाई आफैले कोरीरहेका बेला
पिडाले मात्र जीबन धानेको छु
तिमीलाई महसुस गरेको बेला .....
सपनाको तरङ जस्तै सधै महसुस गरेको छु
दूख र पिडामा तिमीलाई खोजी राखेको छु
एकान्त बासको बेला मनलाई थामिरहेको बेला
आँखाहरुलाई बन्द गरेर बस्ने गरेको छु
तिमीलाई माया गरेको बेला.......
»»  पुरै पढ्नुहोस

Sunday, March 8, 2009

निरपेक्ष अबस्थामा मेरो कलम

दूर्जेय ..............
भीर पाँखामा दाउरा घास गर्दा , जब यो कलम गीतहरुमा कबिताहरुमा आफूलाई बयक्त गर्थ्यो। कयौ पटक शान्त भएर मेरो मनको कुराहरुको लामो माला बनाएर मलाई दिन्थ्यो। शायद त्यसैले होला मेरो कलमलाई वा भनु भावनालाई सबैले माया गर्थे।हरेक प्रशंशाको शब्द सगै मेरो कलम शान्त र भाबुक रुपमा आफूलाई प्रस्तुत गर्थ्यो।
तर अचानक यो कलम एकदिन बौलायो शायद एकदमै आक्रोशित भएर ऊफ्रियो। अहिेले सम्मको सालिन्तालाई चिर्दै बढो ऊदेक रुपमा , हिम्श्रक र आक्रोशित शैलीमा उभियो। मैले बुझिन शायद ।तर मेरो अन्तरआत्मालाई राम्रोसँग पढेको छ मेरो कलमले। मनको कुनाबाट अंश अंशबाट एक बिशेष प्रकारको शक्तीको संचार बनायो मलाई त्यस दिन मेरो कलमले। मैले बुज्नै सकिन तर कता कता चेतना बाट आवाज आयो। अब उठ ढिला भयो, अब उठाउ ढिलो भयो , अब मलाई बेस्करी रगडेर छोड ,ढिलो भयो त्यस्तै त्यस्तै ।।।
मलाई आफै भुझ्न समय लाग्यो। मेरो कलमको बेग र आक्रोशित भावनालाई ,बुझ्नेले बुझ्यो। जस्ले बुज्यो त्यसले कलमलाई नै आक्रोश पोख्यो। तर मान्छेको भन्दा, हिंसक जनावरको भन्दा ठुलो र घातक हुदो रहेछ यो चेतनाको आक्रोश वा भनौ भने कलमको आक्रोश। धरै दिन सम्म रहयो यसको रीस, मलाई कता कता डरलाग्यो किनकि यो कलम कता मसंग नै रीसाऊने त हैन। किनकी म मन्छे हु, मान्छे भएर कलम लिएको छु। कता मेरो चेतनाले आत्मसमर्पन गर्ने त हैन,सायद मेरो कलमले मलाई नियाल्दै थियो। म खरो उत्रिय,आफूलाई स्वाभिमानी बनाऊने परिक्षणमा उतिर्ण भए। यो धेरै आगाडिको कुरा थियो..............
..........तर आजकल कलम चलाऊनै मन लाग्दैन। कलमलाई अनेक रुपमा मैले प्रयोग गरे, चांहे शासकको बिरुद्धमा; बारुद भन्दा पनि बिस्फोटक रुपमा होस, चांहे मायालुलाई माया भरिएको प्रेम पत्र लेख्न होस, हरेक रुपमा कलमलाई मैले जाने कै रुपमा चलाए। कतीले थाहापाए वा पाएनन् तर मेरो कलमले थाहापायो।कहिले हिंस रुपमा, उग्रचन्डिको रुपमा कुशासनको बिरुद्धमा थामिनसक्ने प्रबेगमा अगाडि बढ्यो, लाग्थ्यो मेरो कलम एउटा विशाल क्षेप्रआस्त्र हो। मेरो कलम मायालुलाई प्रेम लेख्दा लेख्दै भावुक बनेर कयौ चोटी रोएको पनि छ र आफूलाई प्रेम पत्र, कविता वा कथामा पोखेर जलाम्य पनि भएको छ। मेरो कलमको यो बिबिध, क्रोधी र शान्त रुप सगै धरै समय चुपलागेर बिस्राम गर्यो। कुशासन ढल्यो, जस्ले गर्दा मेरो कलमको क्रोधी रुपको अन्त्य भयो र धरै समय सम्म प्रेमिकाको बिछोडको बियोगमा मेरो कलमले वियोग मनायो होला सायद भित्र भित्रै जो कुरा मलाई थाह नै भएन। आज मेरो कलमले मेरो गोजीमा बस्नै मानेन,मैले सोधे किन?... अनि मन मनै सोचे... कुशासन??? कि फेरि मेरो प्रेमिका??? तर आज भने मेरो कलम शान्त छ तर खुशी छैन, त्यती आक्रोशित पनि छैन र त्यती भाबुक पनि। यो मेरो कलमको तेश्रो रुपहो; अलि अलि आक्रोशित,अलि अलि भाबुक तर बिल्कुल निरपेक्ष अबस्था।।।।
सायद अब फेरि सामाजिक, आर्थिक, बैजानिक, शैक्षिक र अन्य सबै प्रयोगमा चल्ने छ। आवस्यकता अनुसार आफ्नो शालिनता, भाबुकता अनि आक्रोशको प्रयोग गर्ने छ...................दूर्जेय चेतनाको रुपमा.......
»»  पुरै पढ्नुहोस

नेपालको समय

नेपाली पात्रो

ट्वीटरमा

दूर्जेय चेतनाको साथमा

दूर्जेय फेशबुक संजालमा

छिमेकीको घरमा

यहाँ आउनेहरु

हाम्रो दौतरी

Dautari

नेपाली भाषा ब्लग स‍ंजाल

 
इम्प्याक्ट फ्याक्टर

Disclaimer: If any copyrighted material is found , will be deleted immediately upon request.

फेरि फेरि पनि पाल्नु होला