यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Friday, January 20, 2012

विभाजित मस्तिष्क र खण्डित चेतना

शून्य मस्तिष्क भनेको के हो? पिण्ड वा भौतिक स्थिति मात्र मस्तिष्क हैन। शून्यमा जानु चेतनाको कुरा हो कि हैन, मैले पहिलेनै बहस गर्ने प्रयास गरेको थिए(चेतना शून्यमा जानु योग हो वा मृत्यु)। सबै सोच्छन्, गर्छन् तर भोग कसैले गर्दैनन्। Cranial cavity भित्र रहेको नशादार मांसपेशी मात्रै सोच्ने हो भने संसारका अन्तरकुन्तरमा रहेका सबै प्राणी र जीवसँग पनि त त्यो छ। मेरो, उनको र तपाइको भन्ने बोध कहाँबाट आउँछ? मलाई, उनलाई र तपाइहरूलाई भन्ने बोध किन आउँदैन? Quantum consciousness को कुरा म पनि स्वीकार गरि हाल्ने स्थितिमा छैन किनकी स्वयं म आफै यो कुरामा कन्सियस छैन। वा चेतनाले चेतनाकै कुरा सम्म पुग्ने योग वा प्रयोगको स्थितिमा म छैन।

brainजे होस स्वार्थी छ सायद त्यो पिण्ड र त्यस्तै संरचनाका सङ्केतहरू प्रवाह भएका छन् शरीर भरी। शरीर भरी चल्ने, घनघटा संवाद र सङ्केतहरू सहितको एकमुस्ट संरचना हो भने, किन द्वेषी वा द्वैत व्यवहार गर्छ त्यसले? त्यति सजिलो छैन सोच्न र परिभाषित गर्न तर पनि जन्मजात संरचनाकै गुण र अवगुणमा हामी किन बन्धक छौ। हामीले चाहने भनेको त्यही संरचनाले सङ्केत गरेको मात्र हो भने पनि किन महापुरुषहरूको जीवन समेत सपाट छैन? कहीँ न कहीँ काम त गरेकै छ। ज्ञान, उपदेश र वेदान्तका कुराले त्यसलाई बिरक्त्याउन सजिलो किन हुन्छ? विचलित बनाउन सकिने, दबाबमा राख्न सकिने हो भने कसरी एकै संरचनाका सङ्केत स्वरूप परिभाषित गर्ने सकिन्छ? तह र विभागमा विभाजित तर मूल सङ्केतले निर्देशित संरचना नै चेतनाको बाहिरी स्वरूप हो भने, सबै संरचनालाई एकै नाम दिन हुँदैन थियो। देख्‍ने, सुन्ने, छाम्ने र बोध गर्ने तहहरूको यथोचित व्यवस्था पन हो भने, त्यसले त्यही स्वरूपमा काम गर्न पर्थ्यो। त्यही संरचनाको प्रभावोत्पादक मनमा गलत कामको बोध गराउँदै गर्दा, अर्को तर्फ राम्रा कामको चेतना आईरहन्छ। यहाँ नियन्त्रण कसले गर्छ भन्ने नै परिभाषित छैन। कसले चलाउँछ भन्ने नै हेक्का गरिएको छैन। सबैलाई एकमुस्ट परिभाषित गरिएको छ। मन र तनलाई छुट्टाएर धनसँग जोडिएको छ। चेतना खै? चेतना मन र तन सँग किन छुट्टाउने प्रयास गर्छौ हामी? मन चेतना हो भन्ने कुरामा म प्रस्ट छैन। मनलाई चेतना मान्ने पक्षमा म छैन। माथिनै भने झैँ एउटै संरचनाको प्रभावोत्पादक मन हो भने, मन पनि त्यसैको अंश हुनु पर्छ, न कि पूर्ण। तर पृथक् संरचना मन र तन त चेतनाको पनि दासानुदास संरचना भित्र पर्दछन्। पृथक् बोध, अनुभूति र प्रयोग हुँदा हुँदै पनि हामी किन एउटै खेमामा बाच्न बाध्य छौं? (मैले “मान्छे” नामसँग यहाँ जोड्न खोजेँ)

साँचो अर्थमा भन्ने हो भने यहाँ कुनै कुरा कसैको नियन्त्रणमा छैन। सबैले संरचनिक रूपमा दासत्व स्वीकार गरेका छन् तर कर्म र प्रयोगमा सबै स्वतन्त्र र भिन्न छन्। मन छ तन छैन, तन छ मन छैन, चेतना छ दुर्जेय छैन, खटन छ तर नियन्त्रण छैन, पुरै विभाजित छ तर पनि एकै संरचनाबाट संचालित भ्रममा बाचेका छौ। हामी किन यस्तो अनागत वा अपरिचित संरचनामा होमिएका छौ? वास्तवमा हाम्रो बाध्यता हो यो। हामी बुझ्दैनौ, अनि अलौकिक शक्तिको आडमा कुरालाई, यथार्थलाई परिभाषित गर्न खोज्छौ। त्यसैले हामी आफ्नो अनुकूल भाँचभुँक गरेर, पुर्खाले रेखाङ्कन गरेको शैलीलाई रेजा लगाउँदै बाच्न अव्यस्त भइरहेका छौं। हामी भित्र के छ, के छैनको बोध, हामी के गर्न सक्छौ र के गर्न सक्दैनौ भन्नु भन्दा पनि हामीले के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने मात्र यथार्थ त्यही संरचनाबाट निकालेर विभिन्न उपमामा प्रयोग गरेको भए राम्रो हुने थियो।

यथार्थमा प्रकृति भित्रै आ-आफ्नै संरचनाहरू छन्। सबै संरचनामा एउटै परिभाषा, एउटै नियम र एउटै अनुकरण छ अर्थात् विभाजन छैन। बिहान देखि बेलुका सम्मको सबै नियमलाई हेर्ने हो भने हरेक प्राणी, वनस्पतिको एउटै नियम छ। एउटै जीवन शैलीमा चलेको यथार्थ छ। तर हामी मान्छे किन फरक फरक जीवन शैलीमा छौ। हामी बीचको व्यवहार किन फरक फरक छ। हामी बीच यत्रो विभाजन किन? कारण हामी चेतनशील छौ रे। चेतना, मन र तन सबै विभाजित छ र विभाजित संरचनाले भिन्न र विभाजनकै काम गर्दछ। त्यो भन्दा पनि ठूलो र यथार्थ हाम्रो मस्तिष्क विभाजित छ। स-साना अँग र शरीर भित्रको संरचना चलाउने विभाजन भन्दा फरक, हामीलाई पृथक् बनाउने चेतना आफैमा विभाजित भएको हुनु पर्छ। विभाजित मस्तिष्क र त्यसले प्रादुर्भाव गरेको खण्डित चेतनालाई बुझ्ने योग ज्ञान र ठूलो प्रयोगशाला म सँग छैन तर पनि मान्छेहरू बीच, सर्वमान्य सिद्धान्तहरूमा पनि खण्डित चेतनाको बोध वा अनुभव सधैँ भईरहन्छ... चेतना भया.

»»  पुरै पढ्नुहोस

नेपालको समय

नेपाली पात्रो

ट्वीटरमा

दूर्जेय चेतनाको साथमा

दूर्जेय फेशबुक संजालमा

छिमेकीको घरमा

यहाँ आउनेहरु

हाम्रो दौतरी

Dautari

नेपाली भाषा ब्लग स‍ंजाल

 
इम्प्याक्ट फ्याक्टर

Disclaimer: If any copyrighted material is found , will be deleted immediately upon request.

फेरि फेरि पनि पाल्नु होला