कुनै पनि भाईरसको अध्यन गर्नु भन्नुको अर्थ हुन्छ यिनै जीनहरुको क्रमता यसको बनौट र यसले प्रर्बाह गर्ने गुणको जानकारी। जब कुनै पनि भाईरसको जीनको पूर्ण रुपमा अध्यन गरिन्छ,तब यसको बिरुद्धको दबाई वा खोपको बिकास सम्भव हुन्छ। अझसम्ममा संसार भरी लगभग ५००० को सख्यामा भाईरसहरु पत्तालागेको बाताइएको छ तर अचम्म;सयौको सख्यामा यसको बिकास भैराखेको छ। जब कुनै भाईरसको पूर्ण अध्यन गरिन्छ तब किन यसको बिरुद्ध प्रभावकारी दबाई वा खोपको बिकास गर्न सकिएको छैन? त्यसो त भाईरसको बिरुद्धमा खोपहरुको बिकास नभएको हैन तर केही समय पछि फेरी यो भाईरसको लागि काम नगर्ने हुन सक्छ।
कुनै पनि भाईरस जिबित प्राणी वा बनस्पतीबिना रहन सक्दैन। यसको बिकास हुन र जिबित रहन यसलाई प्राणी वा बनस्पतीको शरीरमा रहन आबस्यक हुन्छ। प्राणीको शरीर बाहिर रहेकोबेला प्रोटिन वा बोसोले यसलाई केही समय सुरक्षा प्रदान गर्छ। मुख्य कुरा यो हो, जब कुनै पनि भाईरस जिबित प्राणी वा बनस्पतीको कोषमा रहन्छ यसले त्यी जिबित प्राणी वा बनस्पतीको कोषमा वा शरीरमा रहेको अन्य जिबाणुको जीनसँग मिसिएर नयाँ जीनहरुको श्रङ्खला तयार गर्दछ,तब नयाँ जीनहरुको श्रङ्खलाले त्यो भाईरसले पुरानो नभई बिल्कुल नयाँ गुण लिनपुग्छ। अब यसरी बनेको नयाँ भाईरस बिल्कुल नयाँ र पहिलेको भन्दा पनि खतरनाक हुन पनि सक्छ। यसरी दिनानुदिन नयाँ प्रकारको,नयाँ गुण लिएर बिकासहुने भाईरसहरुको बनौट जटिल हुँदै जान्छ र त्यसको बिरुदमा बनाइएको खोप वा उपचारको सिमितता कायमा हुन पुग्छ।
यस्तै भएको छ आहिले यो Swine फ्लुको कारक भाईरसको लागि पनि । Influenzavirus C (novel H1N1 strain )नाम दिएको यो भाईरस मानिसमा हुने इन्लुएन्जा, एबियन इन्फ्लुएन्जा र बङुरमा हुने दुई प्रकारको इन्फ्लुएन्जाबाट बनेको हो। मानिसमा हुने इन्फ्लुएन्जा र बङुरमा हुने इन्फ्लुएन्जा एक आपसमा सर्दैन भन्ने गरेको भए पनि यो नयाँ इन्फ्लुन्जा जो कोहीलाई पनि सर्ने बताइेको छ । जटिल रुपमा मिसिएर बनेकोले गर्दा यसको बनौटको अध्यन गरेर यसको बिरुद्धमा खोप बनाउन समय लगेको छ। बङुरहरु त यो नयाँ भाईरस बनाउनको लागि मिस्रणगर्ने भाडो मात्र हुन्। यसलाई "fits into the mixing vessel hypothesis," पनि भनिएको छ। हाल यो भाईरस पहिलो पटक कहाँ बिकास भयो थाहा हुन सकेको छैन तर मेक्सिकोबाट यो पहिलो पटक देखा परेको छ र यसको प्रकोप अन्य महादेशमा झै एशियामा पनि देखा परेको छ। साईन्स पत्रिकाको अनुसार कोरिया प्रायद्दिपमा यसको आशंकाले त झन बढी चिन्तानै थपेको छ। यदी यो रोग दक्षिण एशियासम्म आयो भने यसको प्रकोपको सिमा सोच्न नसकिने खालको हुने निस्चित प्राय छ। अझ बढी खतरा त यो भाईरसको फैलन सक्ने क्षमता र यसले मानब शरीर र जनवारको शरीरमा रहेको अन्य भाईरस वा जिबाणुहरुसँग मिसियर नयाँ प्रकारको गुण लिन सक्ने डरले बैज्ञानिकहरुलाई थप तनाब दिईरहेको छ।
बैज्ञानिक जगतले यो भाईरसको अरु भाईरससँगको मिश्रणले हुनसक्ने खतराको लागि,यो भाईरस प्राकिर्तिकरुपमा मिसिनु भन्दा अगाडिनै पायोगशालामा,यसलाई अरु मानब वा जनावारको भाईरससँग मिसाएर अध्यन गरिनु पर्ने र भबिश्यमा यसले पार्न सक्ने हानीबाट बच्ने उपायको बारेमा एकमत हुन थालेका छन् ।
हाल सम्म प्रारम्भिक अबश्थाको बेला केही भाईरस बिरुदको औषधीले यसलाई काम गर्ने गरेको छ तर यदी बढीनै आक्रमण भएको अवस्थामा भने मृत्यु पनि हुन सक्ने हुँदा रोग लाग्नु भन्दा रोग लाग्न नदिनु नै प्रमुख उपाय हुन आउछ। यसको लागी, यदी भाईरसको सम्क्रमणको लक्षण जस्तै ज्वोरो आउनु , घाटी दुख्नु, शरीर दुख्नु, टाउको दुख्नु, खोकी लाग्नु, कहिले काही पखला लाग्नु र असजिलो अनुभब गर्नु आदि देखा परेमा डाक्टरको सल्लाह लिने, प्रचुरमात्रमा झोल कुरा खानु, मास्क लगाएर हिंड्ने जस्ता कुरामा ध्यान दिनु पर्छ।