लामो समय पछि आज एउटा सानो मन र ठूलो आकाश एउटै लाग्न थाल्यो। किन किन समय र मनलाई जोड्दै एउटा नयाँ बिचार आईरह्यो। म गलत हुनसक्छु तर पनि कता कता एक म भित्र अनेकौ भावलाई कुटनपिँधन गर्दै बसिरहेँ, चौगिर्दा पर्खाल भित्र मनलाई जति बाधेर राखे पनि यसको सीमालाई रोक्न कस्ले सक्ने? मनको विष, भावानाको विषलाई कस्ले रोक्न सक्ला? न त यस्को कुनै झारमौरो पाईने न त कुनै झारफुकले नै काम हुने। मात्रै भावलाई पोख्नु र सुनाउनुनै सबै भन्दा उत्तम उपाय हुन सक्छ।
काम र समयको सिमितताले तोबातोबा बनाईरहेको जीवनहरुका हरेक पीडालाई; अन्तर्मनमै अन्तर्निहित दिग्यन्त्रको खोजी सबैको महत्वको विषय हुन सक्छ। तर सोच र ईच्छाहरुको बढिरहने परिताप पनि त पोख्नु पर्यो। कतै कसै पेन्डुलम भईरहेन यी बिचारहरुको प्रतिबिम्ब बुडिनु पनि त पर्यो। कि कसो?? मनलाई आकाश जस्तै ठूलो भनु वा आकाशलाई मन जस्तो सानो, सानो कुन र ठूलो कुन, निकै घोत्लिए यसपटक ।।। लौ है यसपटक यसमै चित्त बुझाउनु पर्ने भयो....
तृप्त,दीप्त र खुसी मन
भाग्दै, खोज्दै दोडिएको आकाश
बिशालतामा रुमलिदै
आफूभित्र थुप्रै ताराहरु हुदा पनि
अतृप्त र अदीप्त आकाश!
भावुक, पल्वन र किस्मती मन
गुन्ठिदै, जुजुधौ जस्तै जमेको आकाश,
बिशालताको उपमा लिदै
आफू भित्र थुप्रै आशाहरु हुदा पनि
अशान्त र झञ्झावात आकाश!!
दु:खी पिडित र झारातिराई मन
रुमलिदै, छिमलिदै साघुरिएको आकाश
बिशालताको दम्भ लिदै
आफू भित्रै अथाह पिण्डहरु हुदा पनि
अघोरी र अपाकभोगी आकाश!!!
पापी, अहङ्कारी र छिद्रान्वेषी मन
चर्कदै, पोखिदै टुक्रिरहेको आकाश
बिशालताको अहं लिदै
आफूमुनि अथाह वादल हुदा पनि
चुहेत्रो र पोखिरहने आकाश!!!!
वाह!!! मन र आकाश अनि आकाश र मन!!!